१२ उद्योगलाई नेपाली चियाको ट्रेडमार्क
०३ असोज २०७७
•
४ मिनेट पाठ
१२ उद्योगलाई नेपाली चियाको ट्रेडमार्क
खेती सुरु भएको १ सय ५७ वर्षपछि प्रयोगमा आउन लागेको नेपाली चियाको ट्रेडमार्क ।
नेपाली अर्थाेडक्स चिया १ सय ५७ वर्षपछि आफ्नै पहिचानमा अन्तर्राट्रिय बजार पुग्ने भएको छ । इलामका ८ सहित देशका १२ उद्योगले पहिलो चरणमा ‘नेपाल टी क्वालिटी फ्रम दि हिमालयज’ ट्रेडमार्क (लोगो) प्रयोग गर्न पाउने भएका छन् ।  




ट्रेडमार्क प्रयोग गर्न चियाको अन्तिम उत्पादकले राष्ट्रिय चिया तथा कफी विकास बोर्डले तोकेको मापदण्ड पूरा गरी बोर्डमा आवेदन गर्नुपर्छ । पहिलो चरणमा देशका ४१ उद्योगले आवेदन गरेकामा १२ उद्योगले ट्रेडमार्क पाएका हुन् । बोर्डका अनुसार तोकिएको मापदण्ड शतप्रतिशत पूरा गरेका उद्योगले मात्रै ट्रेडमार्क पाउँछन् । बोर्डका कार्यकारी निर्देशक डा.विष्णु भट्टराईले बोर्डले औपचारिक रूपमा ती उद्योगलाई ट्रेडमार्क हस्तान्तरण गर्ने बताए । ‘चियाको राजधानी इलाममा यही असोज १० गतेसम्ममा औपचारिक कार्यक्रम नै आयोजना गरी ट्रेडमार्क हस्तान्तरण गर्ने तयारी छ,’ उनले भने, ‘औपचारिक रूपमा ट्रेडमार्क पाएपछि ती उद्योगले प्रयोगको अधिकार पाउनेछन् ।’

४१ उद्योगले आवेदन गरेकामा पहिलो चरणमै १२ वटाले शतप्रतिशत मापदण्ड पूरा गरेको भेटिनु अत्यन्त उत्साहजनक परिणाम भएको उनले बताए । ‘नेपालको चियाबारे अन्तर्राष्ट्रिय बजारमा जुन भ्रम फैलिन खोज्दैथियो, अहिले अर्थाेडक्स चियामा पाएको गुणस्तरले त्यो भ्रम तोड्न गहकिलो जवाफ दिएको छ,’ उनले भने, ‘अन्तर्राष्ट्रिय बजारमा चाहिने मापदण्ड सुरुमै शतप्रतिशत पूरा भएको पाउनु नेपालकै लागि गौरवको विषय हो ।’  

सूर्याेदय नगरपालिकास्थित गोर्खा टी स्टेट, नेपाल स्मल टी, तारागाउँ टी स्टेट र ओएएचआइएस टी स्टेटले ट्रेडमार्क पाएका छन् । इलाम नगरपालिकास्थित जस्बिरे टी स्टेट, हिमालयन सांग्रिला टी प्रोड्युसर्स प्रालि, उच्च पहाडी चिया सहकारी र साखेजुङ टी स्टेटले पहिलो चरणमा ट्रेडमार्क पाएका छन् ।  

आवेदन दिने बाँकी उद्योगको पनि निर्देशिकाअनुसार गुणस्तर रहेको तर पूर्ण भइनसकेको बोर्डले जनाएको छ । मापदण्डको ९९ प्रतिशत पूरा गरेपनि ट्रेडमार्क दिन नमिल्ने भएकाले मात्रै अरू आवेदकले पाउन नसकेको भट्टराईले बताए । ‘आवेदकमध्ये कसैलाई २ महिना, कसैलाई ४ महिनाको म्याद दिएर बाँकी मापदण्ड पूरा गरी आउन भनेका छौं,’ कार्यकारी निर्देशक भट्टराईले भने, ‘ट्रे्डमार्क सरकारी वा निजी जोसुकै उत्पादकले पाउँछन् तर मापदण्ड चाहिँ पूरा गर्नुपर्छ ।’ बोर्डले हरेक वर्ष चिया उत्पादकका लागि ट्रेडमार्क प्रयोग गर्नेबारे आवेदन खुलाउँछ । र, अघिल्लो वर्ष पाएको ट्रेडमार्क हरेक वर्ष नवीकरण गराउनुपर्ने प्रावधान छ ।  

ट्रेडमार्क कार्यान्वयनका लागि ‘नेपाल अर्थाेडक्स चिया सर्टिफिकेसन ट्रेडमार्क कार्यान्वयन निर्देशिका–२०७४’ बनेको छ । निर्देशिकाअनुसार कार्यकारी निर्देशककै संयोजकत्वमा मार्क अनुगमन, व्यवस्थापन तथा नियमन समिति गठन भएको छ । चिया उद्योगीको संस्था हिमालयन अर्थाेडक्स टी प्रोड्युसर्स एसोसिएसन (होट्पा)ले ‘नेपाल टी क्वालिटी फ्रम दि हिमालयज’ लेखिएको ट्रेडमार्क तयार गरेर बोर्डमा पेश गरेको थियो । यही ट्रेडमार्क २०७४ मा सार्वजनिक गरिएको थियो ।  

नेपाली चियाको अन्तिम उत्पादकले ट्रेडमार्क प्रयोग गर्न पाउनेछ । प्याकेजर वा उत्पादकले चियामा तोकिएको गुणस्तर पुगेपछि बोर्डमा निवदेन दिनुपर्ने र बोर्डले आवश्यक परे स्थलगत अवलोकनसमेत गरेपछि मात्रै ट्रेडमार्क प्रयोग गर्न दिने व्यवस्था निर्देशिकामा छ । प्रकृति जोगाउने, मानिसलाई आदर गर्ने, स्वच्छ तथा सबैले देख्नेगरी उत्पादन गर्न सक्ने र गुणस्तरमा ध्यान दिएको हुनुपर्ने गरी ४ सर्त निर्देशिकामा व्यवस्था छ । माटोको परीक्षण, लगाइएका श्रमिकको अधिकार कार्यान्वयनमा पनि निर्देशिकाले उल्लेख गरेको छ ।

निर्देशिकाले हरियोपत्ती उत्पादक, संकलन र ढुवानीकर्ता, प्रशोधनकर्ता, प्याकेजर, वितरकलगायत सामाजिक र वातावरणीय रूपमा सबैले पालना गर्नुपर्ने आचारसंहितासमेत व्यवस्था गरेको छ । उत्पादकले चियाको असर कृषि अभ्यास गर्नुपर्ने, आन्तरिक नियन्त्रणप्रणाली लागू गर्नुपर्ने, २ पात १ सुइरो मात्र टिपेको हुनुपर्ने, नरम बाँझी पत्ती मात्र टिप्न पाइने, प्लास्टिकको जालीदार झोला वा डोकामा मात्र पत्ती टिप्न पाइने व्यवस्था निर्देशिकामा छ । त्यस्तै, उत्पादकले हरियो पत्ती राख्ने सामग्रीमा रासायनिक मलसमेत मिश्रण गर्न नहुने, टिपेको पत्ती ढुवानी गर्नुअघि सितल छहारीमा राख्नुपर्ने, खाँदेर वा थिचेर पत्ती राख्न नपाइने र पत्ती टिपेको बढीमा ८ घण्टाभित्र प्रशोधनस्थलसम्म पु¥याइसक्नुपर्नेलगायतका व्यवस्था निर्देशिकाले गरेको छ ।  

पत्ती ढुवानीकर्ताले अन्य वस्तुसँग हरियोपत्ती भण्डारण गर्न नहुने, प्रदूषणमुक्त वातावरणमा मात्रै भण्डारण गर्नुपर्ने, चियापत्ती बोक्ने सवारी साधनसमेत प्रदूषणमुक्त हुनुपर्नेजस्ता व्यवस्थासमेत निर्देशिकामा छन् । प्रशोधनकर्ताले पनि चियाको असल प्रशोधन अभ्यास गर्नुपर्ने, उत्पादकलाई हरियोपत्तीको उचित मूल्य दिएको हुनुपर्ने, कारखानामा पत्ती आइपुग्नेबित्तिकै गुणस्तर जाँच गर्नुपर्ने, ल्याइएको पत्ती कहाँको हो भन्नेसम्म स्पष्ट विवरण राख्नुपर्ने व्यवस्था पनि यसमा छ ।    

ट्रेडमार्कका लागि आवेदन दिने उद्योगले गुणस्तरीय उत्पादन गर्नु अनिवार्य भएकाले नेपाली चियामा गुणस्तर बढेर जाने वातावरण बनेको भट्टराईले बताए । ‘नेपाली उत्पादनमा राष्ट्रिय पहिचान भइसकेपछि उत्पादन आफैं गुणस्तरीय हुन्छ,’ उनले भने, ‘नेपाली तयारी चियाले अन्तर्राष्ट्रिय बजारमा राम्रो मूल्य पाउँछ ।’ तर, सुरुमै आफ्नो देशमा ट्रेडमार्क दर्ता गरेर कार्यान्वयन भएपछि मात्रै अन्य देशमा यसको दर्ताप्रक्रिया अघि बढ्ने उनले बताए । ‘खेती सुरु भएको डेढसयभन्दा बढी वर्ष बितेपछि नेपाली चियाको न्वारान भएको छ,’ उनले भने, ‘यसलाई संसारभर फैलाउन चिया उत्पादक र बोर्डको प्रयास सधैं रहिरहन्छ ।’
अर्को समाचार
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
२३ मिनेट अघि
•
१ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुस्ताङ। मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 




मुक्तिनाथ विकास समिति कोषमा चालु आव २०८३/०८४ को पहिलो चार महिनामा रसिद र दान पेटिकामार्फत उक्त रकम सङ्कलन भएको सङ्कलन भएको हो।

समितिका व्यवस्थापक दिनेश भुसालका अनुसार चालु आवको पहिलो चार महिनामा रसिद र दान पेटिकामा समेत गरी नेपाली रु २६ लाख ५९ हजार ५५७ र भारु  ११ लाख ७९ हजार ५४७ कोषमा जम्मा भएको थियो। उनका अनुसार भक्तजनले स्वेच्छिक रुपमा रु १०० भन्दा बढी चन्दा दिन चाहेमा रसिद काटेर उक्त सहयोग सङ्कलन गरिँदै आएको छ।

त्यस्तै १०० भन्दा कम दिन चाहना राख्नेलाई चन्दा बाकसमा स्वेच्छिक रुपमा दान गर्न सक्ने व्यवस्था  गरिएको छ। चालु वर्षको साउनदेखि कात्तिकसम्म भक्तजनले रसिदमार्फत प्रदान गरेको रु १७ लाख ५८ हजार ५६२ र भारु तीन लाख ९२ हजार ६८७ सङ्कलन भएको छ। मन्दिरमा नेपाली र भारतीयबाहेक १० राष्ट्रका मुद्रा रसिदमार्फत सहयोग र दान पेटिकामा जम्मा भएको छ।

व्यवस्थापक भुसालका अनुसार चालु आवको यस अवधिमा अमेरिकी डलर ८०२, अष्ट्रेलियन डलर २७०, थाइभाट ४४०, युएइ दिराम १०२५, क्यानेडियन डलर ७०, मलेसियन रिङ्गेट १२३, बेलायती पाउण्ड २१, ओमन रियल पाँच, युरो एक र युआन १३० भेटी सङ्कलन भएको छ।

समितिका अनुसार, गत आर्थिक २०८२/०८३ सम्म कोषमा रु ११ करोड ७६ लाख ३३ हजार १९१ मौज्दात छ। उक्त चन्दा रकम कोषको कृषि विकास बैंक, नेपाल बैंक माछापुच्छ्रे बैंक, प्रभु बैंक र साङ्ग्रिला बैंकमा रहेको खातामा जम्मा हुने गरेको छ।
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock २१ सेकेन्ड अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock २ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
यो पनि पढौँ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस