रसुवाको गोसाइँकुण्ड गाउँपालिका–६ पाङ्लेखर्कमा रहेको चिज उत्पादन केन्द्रले बुधबारदेखि चिज उत्पादन नगर्ने भएको छ। केन्द्रमा उत्पादन भएको चिज बिक्री नभएको र केन्द्रमा चिज राख्ने ठाउँको अभाव भएकाले चिज उत्पादन बन्द गर्न लागेको हो।
दुग्ध विकास संस्थान अन्र्तगत सञ्चालनमा रहेका केन्द्रहरूबाट उत्पादन भएको चिज अहिले संस्थानमा लैजान सकिएको छैन। केन्द्रका प्रमुख जीतबहादुर जिरेलले भूकम्पले भत्केको भवन अहिलेसम्म पुनर्निर्माण हुन नसकेको र संस्थानमा पनि चिज जान छाडेपछि उत्पादन बन्द गर्न लागिएको बताए। अहिले संस्थानमा भएको चिज बिक्री नभएपछि केन्द्रहरूबाट उत्पादन भएको चिज संस्थानले लगेको छैन।
‘संस्थानले अझै एक हप्ता चिज उत्पादन गर्न आग्रह गरेको छ’, उनले भने, ‘तर चिज राख्ने ठाउँ नै नभएपछि उत्पादन बन्द गर्नुको विकल्प छैन।’ केन्द्रले उत्पादन गरेको ६ हजार ६ सय ८ केजी चिजमध्ये २ हजार ९ सय ७९ केजी चिज भने यसअघि नै संस्थानमा पुर्याइएको थियो। बाँकी चिज अहिले स्टोरमा नै राखिएको छ।
स्थानीय बजारमा चिज खपत हुँदैन। बिक्री कम भएपछि पछिल्लो समय संस्थानले प्रतिकेजी २ सय रुपैयाँ घटाएको छ। पहिले १ हजार ८ सय रुपैयाँमा चिज बिक्री हुँदै आएकोमा अहिले १ हजार ६ सयमा चिज बिक्री गरिरहेको उनले बताए। पछिल्लो समय यो केन्द्रले चिज उत्पादन बढाउँदै लगेको थियो। केन्द्रका अनुसार वार्षिक रूपमा १२ हजार केजीसम्म चिज उत्पादन हुने गरेको छ।
केन्द्रले यसअघि बैशाख १ गतेदेखि असोज मसान्तसम्म चिज उत्पादन गर्दै आएको थियो। विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण यसपटक चिज उत्पादन ढिलो गरी सुरु भएको थियो।
जिल्लामा अहिले दुग्ध विकास संस्थानअन्तर्गत ६ वटा केन्द्र सञ्चालनमा आएका छन्। २०७५ सालदेखि थुमन र तातोपानी थप भएका हुन्। तीमध्ये चारवटा केन्द्रले नियमित रूपमा चिज तथा मखन उत्पादन गर्दै आएका छन्। चारवटा केन्द्रले गत वर्ष ३९ हजार ६ सय ८० किलो याक चिज र १२ हजार ४ सय किलो मखन उत्पादन गरेका थिए।
दुग्ध विकास संस्थानद्वारा सञ्चालित केन्द्रमा उत्पादन भएको चिज तथा मखन केही मात्रामा स्थानीय बजारमा खपत हुने र बाँकी संस्थानमा नै लैजाने गरिएको छ। जिल्लाको चारवटा केन्द्रमा वार्षिक ३६ हजार केजी चीज उत्पादन गर्ने क्षमता रहेको छ।
चिसो समयमा दुध कम उत्पादन हुने र नजम्ने समस्या कारण ६ महिना उत्पादन बन्द हुने गरेको उनले बताए। गत्लाङ, धुन्चे र चन्दनबारीको केन्द्रमा वार्षिक १० हजार किलो र लाङटाङमा ६ हजार किलो चिज उत्पादन गर्ने क्षमता रहेको छ। जिल्लामा वैशाखदेखि असोज मसान्तसम्म चिज उत्पादन हुने गरेको छ।