लकडाउनले चिनी बेच्न रोकेन, किसानको भुक्तानी रोक्यो
०९ भदौ २०७७
•
४ मिनेट पाठ
लकडाउनले चिनी बेच्न रोकेन, किसानको भुक्तानी रोक्यो
नवलपरासीका चिनी उद्योगले उत्पादित चिनी बेचीसके। तर त्यही चिनी बेचेपछि भुक्तानी पाउने आशामा बसेका उखु किसानहरुको हात अहिले पनि रित्तै छ। केही किसानले तीन वर्षदेखिको भुक्तानी पाएका छैनन्। नगदे बालीको उधोरो कारोबारले किसान ऋणमा डुबेका छन्।  




कोरोना कहर र लकडाउनले मदजुरी समेत गर्न नपाएपछि  बालबच्चालाई  भोकभोकै राख्नु परेको किसानको गुनासो छ। ‘न घरमा खान्ने अन्न छ, न मजदुरी गर्न पाइन्छ, न उद्योगले उखुको पैसा दिन्छ। किसानको बेहाल छ’ प्रतापपुर ७ सुर्यपुराका अगुवा किसान विश्वबन्धु यादवले भने।  

यहाँका उद्योगलाई उत्पादित चिनी बिक्री गर्न लकडाउनले रोकेन। तर त्यही लकडाउनलाई बहाना बनाएर कोरोना कहर सुरु हुनु अघि नै क्रसिङ गरीएको उखुको भुक्तानी दिइएको छैन। जिल्लाका तीन वटा चिनी उद्योगले किसानको  २६ करोड रुपैयाँ तिरेका छैनन्। त्यसमध्ये १८ करोड दुइ वर्ष अघिको हो।  

सुनवलमा रहेको लुम्बिनी चिनी कारखानाले उखु किसानलाई  १० करोड भुक्तानी दिएको छैन। पोहोरदेखि उद्योग बन्द छ। यो रकम २०७५ सालको हो। चिनी बेचेर भुक्तानी दिने भन्दै उधारोमै उखु खरीद गरेको उद्योगले चिनी बेच्यो, तर किसानलाई भुक्तानी दिएन। बरु उद्योग नै धरासाही भएको भन्दै बन्द गरिदियो। अहिले उद्योगका संचालक, कर्मचारी सम्पर्कविहीन छन्।  

उखु किसानले भुक्तानीका लागि पटक पटक प्रशासनलाई गुहारे पनि किसानको पक्षमा सुनुवाइ भएको छैन। पहुँचकै कारण उद्योगीलाई छलफलमा समेत नबोलाइएको आरोप किसानको छ। ‘सिडिओ सरले नै उजुरी दिनु पर्दैन म उद्योगीलाई राखेर छलफल गराउछु भन्नुहुन्छ तर गराउनु हुन्न’ उखु किसान यादवले भने।  

जिल्ला कै अर्को उद्योग इन्दिरा सुगर मिलले किसानलाई ८ करोड भुक्तानी दिएको छैन। यो रकम अघिल्लो वर्षको हो। यो उद्योगले पनि बिभिन्न बहानामा गत वर्ष मिल नै चलाएन। सरकार र चिनी उद्योगी बीच पोहोर कै माघमा उखुको सम्पुर्ण भुक्तानी दिने सम्झौता भएको थियो। तर लुम्बिनी र इन्दिराले दुई वर्ष अघिकै भुक्तानी नदिँदा सम्बन्धित निकाय मौन छन्।  

इन्दिराका शाहु राकेश अग्रवाल गत फागुनमा जिल्ला आएका थिए। तर उनले न किसानलाई भेटे न भुक्तानी नै दिए। बरु सिडिओ, प्रहरी र उखु उत्पादक कृषक समितिका सीमित पदाधिकारीका अगाडी धुरुधुरु रोएको नाटक गरे। प्रशासन, प्रहरीसंग राम्रो हिमचिम भएका अग्रवालले कृषक समितिका पदाधिकारीसंग पनि सहानुभुती बटुले। महिना दिन भित्रै भुक्तानी दिने आश्वासन दिएर फर्कीएका अग्रवाल त्यसपछि नाकमुख देखाएका छैनन्। उद्योगमा माथिल्लो तहका कर्मचारी पनि छैनन्। उद्योग परिसरमा भेटिने तल्लो तहका कर्मचारीहरु आफैले तलब नपाएको गुनासो गर्छन्।  

नवलपरासीमा गत वर्ष एउटा मात्रै उद्योगले क्रसिङ्ग गरेको थियो। सुस्ताको बाग्मती खाँडसारी चिनी मिलले ३५ करोडको ७ लाख ७० हजार क्वीन्टल उखु क्रसिङ गरेको हो। त्यसमध्ये किसानले करिब साढे ८ करोड रकम भुक्तानी पाएका छैनन्। उद्योगका महाप्रबन्धक टंकनाथ काफ्लेले २७ करोड भुक्तानी दिइसकेको र बाँकी ८ करोड छिट्टै चुक्ता गरीने बताए।

काफ्लेले लकडाउनका कारण किसानलाई उखुको भुक्तानी दिन ढिलाइ भएको बताए। उनका अनुसार यो वर्ष ६८ हजार क्वीन्टल चिनी उत्पादन भएको थियो। जुन चिनी उद्योगले बेचिसकेको छ। यसपाली चिनीको थोक बिक्री मूल्य प्रति किलो ६८/७५ रुपैयाँसम्म थियो। यसमा भ्याट समावेस छैन। तर उद्योगीले भने प्रतिकेजी ६५ रुपैयाँसम्ममा चिनी बेचेका हुन्। उद्योगीकै भनाईलाई आधार मान्ने हो भनेपनि बाग्मतीले यो वर्ष ४४ करोड बढीको चिनी बेचीसक्यो। तर किसानको उधारो चुकाएको छैन। लकडाउन सुरु नहुँदै क्रसिङ गरीएको उखुको भुक्तानी दिन उद्योगीले लकडाउन बाधक बनेको बताइरहेका छन्।

बाग्मतीले सरकारले तोकेका भन्दा प्रति क्वीन्टल एक सय रुपैयाँ कम मूल्यमा भुक्तानी दिएको गुनासो पनि छ। उखुको मूल्य प्रति क्वीन्टल ५ सय ३६ रुपैयाँ हो।४ सय ७१ उद्योगले दिने मूल्य, ६१ रुपैयाँ सरकारी अनुदान हो।  

तर बाग्मतीले प्रति क्वीन्टल ३७१ का दरले भुक्तानी दिएको छ। उखु उत्पादक कृषक समिति नवलपरासीका अध्यक्ष उमेशचन्द्र यादवले सरकारले तोकेको मूल्य किसानले कुनै हालतमा नछोड्ने बताए। उद्योगका महाप्रबन्धक काफ्लेले पेश्की स्वरुप प्रतिक्वीन्टल ३ सय ७१ किसानलाई उपलब्ध गराएको र बाँकी दसै तिहार अगाडी नै भुक्तान गर्ने बताए।  

नवलपरासीका प्रमुख जिल्ला अधिकारी सागर मणि पाठकले पुरानो भुक्तानी चुक्ता गर्न उद्योगीलाई पटक पटक आग्रह गरीएपनि टेरपुच्छर नलगाएको बताए। लुम्बिनी र इन्दिरा सुगर मिलका प्रतिनिधि सम्पर्कमै नआएको भन्दै उनले कृषि र उद्योग मन्त्रालयले बेलैमा समस्याको  सम्बोधन गर्नु पर्नेमा जोड दिए।
अर्को समाचार
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
५२ मिनेट अघि
•
१ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँके, बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 

केही दिनयता प्रेमको दिनचर्या बदलिएको छ। उनी हिजोआज बिहानै ताउमा सिंगाडा टिप्न पुग्ने र दिनभर बिक्री वितरण गर्ने कार्यमा व्यस्त छन्। परम्परागत सिंगाडाखेतीलाई व्यावसायिक रूप दिएर कश्यपले एकै सिजनमा करिब रु चार लाख आम्दानी गर्दै उदाहरणीय किसानको पहिचानसमेत बनाएका छन्।

वार्षिक रु २० हजार तिर्ने गरी गाउँपालिकासँग १५ कट्ठाभन्दा बढी क्षेत्रफलको तलाउ भाडामा लिएर कश्यपले वर्षौंदेखि सिंगाडाखेती गर्दै आएका छन्। अन्य अन्नबालीको तुलनामा कम लगानी र थोरै मिहिनेतमा राम्रो प्रतिफल पाइने भएकाले यस पेसाप्रति आकर्षित भएको प्रेमले बताए।

“अहिले सिंगाडाको सिजन हो, सिजनभर ६० क्विन्टलभन्दा बढी सिंगाडा बिक्री गर्छु,” कश्यपले भने, “प्रतिक्विन्टल रु छ हजारका दरले गाउँबाटै बिक्री भइरहेको छ, व्यापारीहरू खोज्दै गाउँमै आउने भएकाले बजारको कुनै चिन्ता छैन।”

कश्यपका लागि सिंगाडाखेती केवल व्यवसाय मात्र होइन, पुख्र्यौली विरासत पनि हो। बाउबाजेका पालादेखि चल्दै आएको यही पेशाले उनको आठ जनाको परिवारको जीविकोपार्जन धानेको छ।

सिजन सुरु भएसँगै कश्यप परिवारलाई बिहानदेखि साँझसम्म तलाउबाट सिंगाडा टिप्न, सफा गर्न र तौलेर व्यापारीलाई बुझाउन भ्याइनभ्याइ हुन्छ। माग अत्यधिक भएका बेला उहाँले चार–पाँच जना ज्यालादारी मजदुरसमेत लगाएर सिंगाडा टिप्ने गरेका छन्।

असार महिनामा तलाउको पानीमा बीउ रोपेपछि कात्तिक र मङ्सिर महिनामा सिंगाडा टिप्न तयार 

हुन्छ। एकपटक रोपेपछि सिजनभर तीन पटकसम्म फल टिप्न मिल्ने कश्यपको अनुभव छ। “सिंगाडाको बीउ असार महिनातिर पानीमा हाल्छौँ, कात्तिक–मङ्सिर महिनामा उत्पादन हुन्छ, अन्य बालीलाई जस्तो धेरै दुःख, मिहिनेत र लगानी गर्नुपर्दैन”, कश्यपले भने, “रोपेपछि दुई/तीन पटकसम्म आवश्यकताअनुसार किराबाट जोगाउन विषादी हाल्छौँ, भिटामिन पनि हाल्छौँ, अनि उत्पादन राम्रो हुन्छ।”

चाडपर्व र मेलामा अत्यधिक माग

बाँकेका विभिन्न तलाउ तथा पोखरीहरूमा सिंगाडाखेती हुने गर्छ। बाह्रै महिना नपाइने भएकाले कात्तिक–मङ्सिरको सिजनमा यसको माग उच्च रहन्छ। विशेषगरी चाडपर्व, व्रत र स्थानीय मेलाहरूमा सिंगाडाको खपत ह्वात्तै बढ्ने गर्छ। व्रत बस्नेहरूले सिंगाडालाई उसिनेर, पिसेर हलुवा बनाई खाने तथा तरकारीका रूपमा समेत प्रयोग गर्ने भएकाले उपभोक्ताको रोजाइमा पर्ने गरेको छ। यस वर्षको कार्तिक पूर्णिमा मेलामा मात्रै ठूलो परिमाणमा सिंगाडा खपत भएको कश्यपले बताए। नेपालगञ्जका खुद्रा व्यापारीहरू ताजा सिंगाडा किन्न सिधै नेवाजीगाउँ पुग्ने गरेका छन्।

उत्पादन र स्थानीय बजार राम्रो भए पनि भारतबाट अवैध रूपमा भित्रिने सिंगाडाले कहिलेकाहीँ स्थानीय किसानलाई मर्कामा पार्ने गरेको छ। भन्सार छली चोरीको बाटो हुँदै भित्रिने भारतीय सिंगाडा नेपालगञ्ज बजारमा सस्तो दरमा बिक्री हुन थालेपछि आफूहरूले पनि बाध्य भएर मूल्य घटाउनुपर्ने अवस्था आउने गरेको कश्यपको गुनासो छ। सीमा नाकामा कडाइ गरी स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न सके गाउँकै तलाउबाट अझै बढी आम्दानी गर्न सकिने उनको विश्वास छ।



मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock २ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
यो पनि पढौँ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस