कोरोना भाइरसका कारण जारी लकडाउन बीच कपिलवस्तुको दोश्रो ठूलो नाका सुठौली भन्सारले चालु आर्थिक वर्ष २०७७/०७८ को साउन महिनामा लक्ष्यको करिब ३ प्रतिशत राजस्व संकलन गरेको छ। तोकिएको लक्ष्यको २ सय ९६ प्रतिशत भन्सार उठेको हो।
साउनका लागि ३ करोड ४५ लाख ७६ हजार तोकिएकोमा १० करोड २४ लाख १५ हजार राजस्व उठेको भन्सार प्रमुख तिर्थराज पासवानले बताए। चालु आर्थिक वर्षका लागि ५३ करोड ४० लाख ३० हजार लक्ष्य दिइएको छ। स्तरोन्नती भएको ढेड वर्षपछि सुठौलीमा अहिले राजस्व संकलन राम्रो भएको प्रमुख पासवानले बताए।
कृष्णनगर र रुपन्देहीको बैलहिया नाकाको बीचमा पर्ने भन्सारले अहिले बिस्तारै प्रगति गर्दै गएको उनले बताए। जारी लकडाउनमा लक्ष्यको करिब ३ सय प्रतिशत राजस्व उठ्नु आफैंमा राम्रो संकेत भएको उनले बताए। यो नाकाबाट कृषिजन्य सामाग्रीहरु भारतबाट बढी आयत हुने गर्दछ। संकलित राजस्व मध्ये चामल, आलु प्याज लगातयका सामग्रीबाट उठेका हो।
आर्थिक वर्ष २०७६/०७७ मा ४८ करोड राजस्व
सुठौली भन्सारमा आर्थिक वर्ष २०७६/०७७ मा ४७ करोड ९५ लाख ८ हजार ३५२ रुपैयाँ राजस्व संकलन भएको छ। गत आर्थिक वर्ष भन्सारका लागि ६२ करोड २१ लाख ३ हजार लक्ष्य तोकिएकोमा त्यसको ७७ प्रतशित मात्र राजस्व संकलन भएको हो। २०७५/२०७६ मा ४४ करोड ७८ लाख ३० रुपैयाँ राजस्व संकलन भएको थियो। भन्सार प्रमुख तिर्थराज पासवान अनुसार लकडाउनले भन्सार राजस्व संकलनमा समेत प्रभाव पारेको बताए।
८० प्रतिशत बढी रकम कृषिजन्य सामग्रीको आयतमा उठेको हो। सबै भन्दा बढी असारमा ७ करोड ८८ लाख रुपैयाँ उठेको थियो। यस्तै जेठमा ५ करोड ७६ लाख चैतमा ४ करोड १७ लाख तथा बैशाख ३ करोड ४१ लाख उठेका थियो। कृषि शुल्क, सुधार शुल्क, पैठारी, अग्रीम आयकर, मूल्य अभिबृद्धि कर लगातयतका शीर्षकमा राजस्व उठेको हो। आलु्, प्याज, गहुँ, तरकारी फलफूल लगायतका सामाानहरु यो नाकाबाट नेपाल ल्याइने गरिन्छ। ढेड वर्षअघि सरकारले सुठौलीलाई स्तरोन्नती गरी भन्सार कार्यालय बनाएको थियो।
कृष्णगनरपछि जिल्ला मै दोश्रो ठूलो नाका सुठौलीमा गोदाम समेत छैन। कर्मचारी र पूर्वाधार अभावले यो भन्सार नाकाको राजस्व संकलमा समते प्रभाव परेको ब्यापारीहरु बताउँछन्।