पोखरा विमानस्थलको कार्य प्रगति ६२ प्रतिशत
१३ साउन २०७७
•
४ मिनेट पाठ
पोखरा विमानस्थलको कार्य प्रगति ६२ प्रतिशत
निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल । तस्बिर : उमेश पुन/नागरिक
विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाइरसको प्रभाव निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा पनि परेको छ । देशकै गौरवको रुपमा रहेको पोखरा विमानस्थल निर्माणमा लकडाउनको प्रभाव पर्दा निर्माण सम्पन्न हुने समयसीमा भन्दा ६ महिना अघि नै निर्माण सम्पन्न गरेर सरकारलाई बुझाउने लक्ष्य पूरा नहुने भएको हो ।




सरकारले १० जुलाई २०२१ सम्ममा निर्माण सम्पन्न गर्नेगरी चिनको सिएएमसी ईञ्जिनिरिङ कम्पनीलाई विमानस्थल निर्माणको जिम्मा दिएको थियो । तर विमानस्थल निर्माण गरिरहेको सिएएमसीले निर्माण सम्पन्न मितिभन्दा ६ महिना अघि नै निर्माण सम्पन्न गरेर नेपाल सरकारलाई विमानस्थल हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएको थियो ।  

कोरोना अघिसम्मपनि निर्माण कम्पनीले प्रतिबद्धता अनुरुप विमानस्थल ६ महिना अघि नै हस्तान्तरण गर्न सकिने बताउँदै आएको थियो । तर विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाइरस र त्यसलाई रोक्न सरकारले गरेको लकडाउनका प्रभाव विमानस्थल निर्माणमा परेपछि निर्माण कम्पनीले निर्माण सम्पन्न गर्ने समयसीमा भन्दा ६ महिना अघि नै विमानस्थल निर्माण कार्य नसकिने बताएको छ ।

‘हो हामी यसअघीको प्रतिबद्धताबाट ब्याक हुनु परेको छ, विमानस्थल निर्माण आयोजना प्रमुख विनेश मुनंकर्मीले भने, ‘कोरोना र लकडाउनका कारण हाम्रो कार्य प्रगति खुम्चियो, समयसीमा भन्दा ६ महिना अघि नै निर्माण सकेर सरकारलाई विमानस्थल बुझाउन सक्दैनौं ।’ उनले सम्झौताको समयसीमा सम्ममा भने निर्माण सक्ने लक्ष्यका साथ काम गरिरहेको बताए ।

कोरोनाका कारण करिब १३ प्रतिशतले कार्य प्रगति घटेको पोखरा क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थल निर्माण आयोजनाले जनाएको छ । सामान्य अवस्था रहेको भए गत असार मसान्त सम्ममा पोखरा विमानस्थलको निर्माण कार्य प्रगति करिब ७५ प्रतिशत पुग्थ्यो । तर कोरोना र त्यसलाई रोक्न गरिएको लकडाउनका कारण निर्माणमा परेको प्रभावका कारण सो अवधीमा विमानस्थलको निर्माण कार्य प्रगति ६२ प्रतिशतमा खुम्चिएको हो । ‘दश देखि तेह्र प्रतिशत निर्माण कार्य प्रगति घट्यो भन्ने हाम्रो निश्कर्ष हो’,उनले भने ।

समग्र कार्य प्रगति खुम्चिने मात्र होइन, विमानस्थलको निर्माण कार्य आर्थिक वर्ष २०७५÷७६ को तुलनामा २०७६÷७७ मा पनि कम छ । विमानस्थल निर्माणको पहिलो वर्ष २०७४÷७५ मा १५ प्रतिशत कार्य प्रगति भएको २०७५÷७६ मा २७ प्रतिशत थप कार्य प्रगति गर्दै कुल ४२ प्रतिशत विमानस्थल निर्माण कार्य प्रगति भएको थियो । तर २०७६÷७७ मा केवल २० प्रतिशत मात्र कार्य प्रगति भई कुल ६२ प्रतिशत निर्माण कार्य प्रगति भएको पोखरा विमानस्थल निर्माण आयोजनाका प्रमुख मुर्नकर्मीले जानकारी दिए ।

कुल २२ अर्ब लागतमा निर्माण गर्न लागिएको सो विमानस्थल निर्माणमा हालसम्म १२ अर्ब खर्च भइसकेको विमानस्थल आयोजना प्रमुख मुनंकर्मीले बताए । उनका अनुसार विमानस्थल निर्माण अन्तर्गत हालसम्म २ हजार ५ सय मिटरको रन–वे, एयरसाइड निर्माण गरिएको छ भने भवनतर्फ आन्तरिक तथा बाह्य टर्मिनल भवन, एटिसी टावरसहित १४ वटा भवनहरू निर्माण गरिएका छन् ।

त्यस्तै, ह्याङ्गरलगायतको सिभिल संरचना र कंक्रिट संरचना निर्माणको कामपनि सकिएको छ भने ट्याक्सी आइसोलेटेड पार्किङ, राजमार्गबाट टर्मिनल भवनसम्मको मुख्य सडक तथा अन्य पहुँच मार्ग (एक्सेस रोड) निर्माण सकिएको प्रमुख मुनंकर्मीले जानकारी दिए । उनले पानीको निकासका लागि सिंचाई नाला, पानी बाहिर पठाउने (आउटलिफ्टिङ) र कल्भर्ट निर्माणको कामपनि सम्पन्न भइसकेको बताए । ‘हामी भवन निर्माण सकेर फिनिसिङ र डेकोरेसनमा जुटेका छौं,’ उनले भने,‘अब हामी चाँडै उपकरण जडानमा लाग्छौं ।’

निर्माण सम्पन्न गर्ने सम्झौताको समयसीमा भित्रै विमानस्थल निर्माण सम्पन्न गर्ने नया लक्ष्य लिएर काम गरिरहेको पोखरा विमानस्थल निर्माण आयोजनाले कामदारको अभाव झेलिरहेको जनाएको छ । कोरोनाका कारण घर फर्केका कामदार फर्काउन समस्या हुँदा कामले अझैपनि गति लिन नसकेको आयोजना प्रमुख मुनंकर्मीले बताए । बाहिरबाट कामदार बोलाउँदा कोरोना भए÷नभएका पिसीआर गर्नुपर्ने बाध्यता रहेको तर पिसीआर प्रोटोकलले भेटेमा मात्र गर्न मिल्ने विरोधाभास प्रावधानका कारण आफूहरूले चाहेरपनि कामदार ल्याउन नसकिरहेको उनको भनाई छ । उनले चीनिया कामदार र नेपाली कामदार दुबै ल्याउने तयारी भइरहेको जाकारी दिए ।

त्यस्तै, चीनबाट सामान ल्याउनसमेत समस्या हुँदा त्यसको असर निर्माणमा पर्ने हो कि भन्ने चिन्तासमेत भइरहेको मुनंकर्मीले बताए । उनका अनुसार विमानस्थल निर्माणका लागि आवश्यक पर्ने ग्लाइड पाथ, इलेक्ट्रोमिटर, बोडिङब्रिजलगायतका उपकरण तथा डेकोरेसनका सामानहरू चीनबाट आउन बाँकी छ । केहीँ सामान कलकत्ता बन्दरगाह हुँदै ल्याउनुपर्ने बाध्यताका कारणपनि सामान ल्याउन ढिलाई भइरहेको उनको भनाई छ । कतिपय सामानहरू भने उत्पादनकै क्रममा भएकाले ल्याउन केही समय लाग्ने उनले बताए । उनका अनुसार चीनबाट हिंडेको सामानसमेत पोखरा आइपुग्न दुई महिना लाग्छ ।

पोखरा क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थल ईञ्जिनियरिङ प्रोक्योरमेन्ट कन्सट्रक्सन (ईपिसी) मोडलमा अन्र्तराष्ट्रिय नागरिक उड्डयन अर्गनाइजेसन (आइकाओ)को मापदण्ड अनुसार फोरडी मोडलमा निर्माण भइरहेको छ । यसमा न्यारोवडीका १९० सिटे विमानहरू उडान तथा अवतरण हुनेछन् ।
अर्को समाचार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ६ महिनाभित्र निर्माण सकिने
२४ पौष २०७७
•
३ मिनेट पाठ
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ६ महिनाभित्र निर्माण सकिने
फाईल तस्बिर
राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल अबको छ महिनाभित्र निर्माण सकिने भएको छ। हाल ६८ प्रतिशत भौतिक प्रगति सम्पन्न भएको पोखरा विमानस्थलको निर्माण कार्य छ महिनाभित्र सकिने विमानस्थल आयोजनाले जनाएको छ। हालको निर्माण प्रगतिलाई हेर्दा पोखरा अन्तरराष्ट्रिय विमानस्थल कोभिड महामारी भए पनि तोकिएकै समयमा सम्पन्न हुने देखिन्छ। यो विमानस्थल भैरहवामा निर्माणाधीन अन्तर्राष्ट्रिय  विमानस्थलभन्दा पहिले नै सञ्चालनमा आउने आँकलन गरिएको छ। भैरहवा विमानस्थलको ९३ प्रतिशत भौतिक प्रगति छ। यो विमानस्थलमा पनि प्राविधिक जनशक्ति अभावमा उपकरण जडानको कार्य ढिला भइरहेको छ। अहिलेसम्मको कामको समग्र प्रगति हेर्दा भैरहवाभन्दा पोखरा नै चाँडै सञ्चालनमा आउने देखिएको हो।




पोखरा विमानस्थलको ६८ प्रतिशत भौतिक प्रगति र करीब ५१ प्रतिशत वित्तीय प्रगति भएको छ। तोकिएको काम सम्पन्न भएपछि मात्रै ठेकेदारलाई पूरा भुक्तानी दिइने भएकाले वित्तीय प्रगति कम देखिए पनि त्यो भुक्तानी गर्दा स्वतःवित्तीय प्रगति माथि पुग्ने विमानस्थल आयोजनाले जनाएको छ।

विमानस्थल निर्माण हालको प्रगति र उपकरण जडानसहित अबको छ महिनाभित्र विमानस्थल निर्माण सम्पन्न हुने विमानस्थल आयोजना प्रमुख इञ्जिनीयर विनेश मुनकर्मीले जानकारी दिए। 'अहिलेसम्म निर्माण व्यवसायीले म्याद थप्नुपर्ने भनेका छैनन्। उपकरण जडानको काम चारदेखि छ महिना लाग्छ। पचास प्रतिशतभन्दा बढी उपकरण बाँकी पनि केही समयभित्रै आउने भएकाले छ महिनाभित्रै जडानको काम सकिनेछ', उनले भने।

कोभिड–१९ को समस्या नभएको भए यो आयोजना समयावधिभन्दा छ महिनाअघि नै निर्माण सम्पन्न गर्ने लक्ष्य थियो। सन् २०२१ जुनमा सम्पन्न गर्ने लक्ष्य रहेको यो आयोजनाको काम बन्दाबन्दीको अवधिमासमेत निरन्तर सञ्चालन भएको थियो। अहिले १६० चिनियाँ र ६० नेपाली गरी २२० कामदार खटिएका छन्।

विमानस्थलको हाल दुई हजार ५ सय मिटरको धावनमार्ग, एटिसी टावर, सात वटा भवन, एउटा ह्याङ्गरलगायत निर्माण कार्य सम्पन्न भएका छन्। यी पूर्वाधार सम्पन्न हुँदै छ। विमानस्थलमा लाइटिङलगायत उपकरण जडानको काम मात्र बाँकी छ। प्रविधि जडानका लागि आवश्यक विदेशी कामदार ल्याउन प्रक्रिया पूरा भएको र उनीहरु आउनासाथ उपकरण जडानको काम सुरु हुनेछ। प्रविधि जडानका लागि चीनसहित युरोप, अस्ट्रेलिया र अमेरिकाबाट पनि प्राविधिक ल्याउनुपर्ने आयोजनाले जनाएको छ। पूर्वनिर्धारित समयअघि नै विमानस्थलको निर्माण कार्य सकिने आयोजना प्रमुख मुनकर्मीले बताए।

नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक प्रदीप अधिकारीले पोखरा विमानस्थलको निर्माण तीव्रताका साथ भइरहेकाले निर्धारित समयअघि नै काम सम्पन्न हुने जनाए। करीब तीन हजार ९ सय रोपनी क्षेत्रफलमा फैलिएको यो विमानस्थलको लगानी करीब २२ अर्ब हुने प्राधिकरणले जनाइएको छ। चिनियाँ सरकारी स्वामित्वको ठेकेदार कम्पनी सिएएमसिइले विसं २०७३ साउन १८ देखि विमानस्थल निर्माण गरिरहेको छ। 

अन्तरराष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को मापदण्डअनुसार फोरडी मोडलमा पर्ने पोखरा विमानस्थल निर्माण पूरा भए पनि बोइङ ७५७ र एयरबस ३२० वा सो सरहका जहाजको उडान अवतरण हुने जनाइएको छ। विमानस्थलले वार्षिक आठ लाख यात्रुलाई सेवा दिने क्षमताको हुनेछ। विमानस्थलमा तीन न्यारोबडी, चार एटिआर जहाज र चार ट्वीनअटर जहाज गरी ११ वटा जहाज पार्किङ गर्न सकिने क्षमता छ।

रिट्ठेपानी डाँडा काटिँदै

ठूला जहाजको उडान एवं अवतरणमा अवरोध गर्ने भनिएको विमानस्थल नजिकै रिट्ठेपानी डाँडा काट्ने तयारी भएको आयोजनाले जनाएको छ। धावनमार्गको ‘अप्रोच’ पर्ने भएकाले करीब ४० मिटर डाँडा काटेर समतल बनाइनेछ। एक महिनाभित्रै ठेक्का प्रक्रिया अगाडि बढाएर करीब छ महिनामा डाँडा काटेर सम्याइनेछ।

आयोजना प्रमुख मुनकर्मीका अनुसार आइकाओ मापदण्डअनुरुप जहाज उडान एवं अवतरण गर्ने मार्गमा अवरोध हुन हुँदैन। रिट्ठे डाँडा धावनमार्गको ‘अप्रोच’मा परेको छ। त्यसले उडान तथा अवतरणमा अवरोध पुर्‍याउने भएकाले काट्नुपर्छ। हाम्रो मार्गमा ‘४० मिटर ‘अप्स्ट्रयाकल’ परेकाले रिट्ठेपानी डाँडा काटेर समतल बनाइने उनको भनाइ छ। अन्तरराष्ट्रिय उडान ‘सिंगल अप्रोच’ बाट र आन्तरिकतर्फ धावनमार्गको दुवै एप्रोचबाट उडान तथा अवतरण हुनेछ। डाँडो काट्दा दुवै खाले उडानलाई सहज हुनेछ। रासस
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ सेकेन्ड अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock २० मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ५८ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस