जिल्लाको आमाछोदिङ्मो गाउँपालिका–५, चिलिमेमा निर्माण भइरहेको माथिल्लो सान्जेन जलविद्युत् आयोजनाको इलेक्ट्रोमेकानिकलको काम अझै सुरु हुन सकेको छैन । कार्यतालिका अनुसार गएको फेब्रुअरीदेखि मेसिन स्टलेसनको काम सुरु गर्ने योजना थियो ।
विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण चिनियाँ कामदार नआएको र इलेक्ट्रोमेकानिकलको सामग्री समेत आयात हुन नसक्दा काम सुरु हुनै नसकेको हो । आयोजना प्रमुख सुदनसिंह महतका अनुसार समस्या समाधानका लागि माथिल्लो तहबाटै समन्वय भइरहेको छ ।
आयोजनाका अनुसार गएको फेब्रुअरी १ बाट स्टलेसनको काम सुरु गर्ने तयारी थियो । यसका लागि चिनियाँ समूह आउने तयारीमा थिए । अन्य काम निरन्तर रूपमा चलिरहेको भएपनि स्टेलेसनको काम अघि बढाउन नसक्दा समस्या आएको आयोजना प्रमुख महतले बताए ।
आयोजनाको ९५ प्रतिशत भौतिक प्रगति भइसकेको छ । यो १४.८ मेगावट क्षमताको आयोजना हो । आयोजनाले दिएको जानकारी अनुसार सिभिलतर्फ ९५, इलेक्ट्रोमेकानिकलतर्फ ७० र हाइड्रोमेकानिकलतर्फ ९० प्रतिशत काम सम्पन्न भएको छ ।
आयोजना निर्माणका लागि हालसम्म तीन पटकसम्म म्याद थप गरिएको छ । आयोजनाको २०७२ साउन १५ गते निर्माण सम्पन्न गर्ने लक्ष्य थियो । निर्धारित समयमा निर्माण सम्पन्न गर्न नसक्दा तीन पटकसम्म म्याद थप गरिएको आयोजनाले जनाएको छ । आयोजनाको २०६८ असोज २३ गते विद्युत् खरिद सम्झौता (पिपिए) भएको थियो ।
आयोजनाकोे भूमिगत सुरुङ एक हजार तीन सय मिटर रहेको छ । सिभिल ठेकेदार इसिआई बज्रगुरुले आयोजना निर्माण गरिरहेकोे छ । सिभिल कार्यमा इसिआई बज्रगुरु जेभी, इलेक्ट्रोमेकानिकलमा चिनियाँ ठेकेदार तोनफाङ इलेक्ट्रिक इन्टरनेशन कर्पोरेसन, हाइड्रोमेकानिकलमा नेपाल हाइड्रो एण्ड इलेक्ट्रिक लिमिटेड र प्रशारण लाइन निर्माणमा मुडभरी एण्ड जोशी कन्स्ट्रक्सन प्रालिले काम गरिरहेका आयोजनाले जनाएको छ ।
आयोजनाले पावर हाउसदेखि चिलिमे हवसम्म ७ किलोमिटर प्रसारण लाइन निर्माण गर्नुपर्छ । १३२ केभी क्षमताको प्रसारण लाइन निर्माणको काम चलिरहेको छ । आयोजनाले विद्युत् उत्पादन गर्ने समयसम्म चिलिमे हबको निर्माण पूरा नभएमा कन्टिन्जेन्सी प्लान बनाएर चिलिमे प्रसारण लाइनमा विद्युत् जोडिने छ ।
११ केभी डबल सर्किट लाइनमा सीमित विद्युत् जोड्न सकिने उनले बताए । हब निर्माण भएपछि उत्पादित विद्युत् हबमा नै जोडिने छ ।