लकडाउन असर : होटल र यातायात क्षेत्रमा करोडौं नोक्सानी
२९ असार २०७७
•
४ मिनेट पाठ
लकडाउन असर : होटल र यातायात क्षेत्रमा करोडौं नोक्सानी
लकडाउन कारण सुनसान बनेको इलामको रोङ गाउँपालिकास्थित हिल उड रिसोर्ट । तस्बिर : भीम/नागरिक
साढे ३ महिनायताको लकडाउनका कारण मानिस आउ–जाउ शून्य हुँदा पर्यटकीय जिल्ला इलामको होटल र यातायात व्यवसायमा गम्भीर असर पुगेको छ । बैंकबाट ऋण काढेर लगानी गरिएका होटल र सवारी साधन ठप्प हुँदा व्यवसायीलाई करोडौं रुपैयाँको नोक्सान भएको छ ।




पर्यटक आउँदा खचाखच हुने होटल सुनसान छन् भने यात्रुले सधैं भरिपूर्ण देखिने सवारीका साधन व्यवसायीको घर–आँगनमै थन्किएका छन् । व्यवसाय नचल्दा यी क्षेत्रमा आश्रित हजारौंको रोजगारीसमेत गुमेको छ । कतिपय कामदार गरिआएको कामबाट पलायन भइसकेका छन् । मुखमा आउँदै गरेको ‘पर्यटन वर्ष सन् २०२०’ लाई लक्षित गरी खुलेका होटलको लगानी डुबेको छ । होटल व्यवसायीका अनुसार पर्यटन वर्ष लक्षित गरेरमात्रै पनि जिल्लाका होटलमा ३० करोड रुपैयाँ नयाँ लगानी थपिएको थियो । तर, निर्माण नसकिँदै लकडाउन भएपछि होटलहरूले उठ्नै नसक्नेगरी घाटा खानुपरेको व्यवसायीको गुनासो छ ।

झापासँग जोडिएको जोरकलसदेखि पाँचथरसँग सीमा राँके बजारसम्म गएको वर्षदिनकै अवधिमा ३ दर्जनभन्दा बढी साना–ठूला होटल खुलेका छन् । कतिपय निर्माण चरणमै छन् । तर, लगानी गर्नेबित्तिकै व्यवसाय सञ्चालन गर्न नपाउँदा व्यवसायीलाई बैंकको ऋण तिर्न आपत् परेको होटल एसोसिएसनका जिल्ला अध्यक्ष देवी पौडेल बताउँछन् । ‘इलाममा त्यसै पनि पर्यटन व्यवसाय फस्टाउँदै गएकाले होटलमा ह्वात्तै लगानी बढेको थियो,’ उनले भने, ‘तर, लकडाउनले नयाँ र पुराना दुवैखाले व्यवसायीलाई नराम्रोगरी डुबाएको छ ।’  

एसोसिएसनका अनुसार जिल्लामा साढे ४ सय होटल तथा रेस्टुरेन्ट छन् । तीमध्ये ठूला ६०, मझौला २ सय र सानाको संख्या १ सय ९० छ । यी होटल र रेस्टुरेन्टमा मात्रै २ हजार ३ सय ७० जनाभन्दा बढीले रोजगारी पाएका थिए । ‘होटल व्यवसायमा मासिक करिब २२ करोड ६२ लाख रुपैयाँ घाटा भइरहेको छ,’ अध्यक्ष पौडेलले भने, ‘अब कतिपय होटल रेस्टुरेन्ट उठ्नै नसक्ने निश्चित छ । बचेका होटललाई पनि यो घाटा पूर्ति गर्न वर्षाैं लाग्छ ।’ नयाँ व्यवसायीले १ देखि १० करोड रुपैयाँसम्म ऋण काढेर होटलमा लगानी गरेको एसोसिएसनले जनाएको छ । अध्यक्ष पौडेल भन्छन्, ‘होटलको भौतिक निर्माण गरिनसक्दै लगानी डुबेका व्यवसायी रातदिन राहत–सहुलियत खोजिरहनुभएको छ । तर, अहिलेसम्म कसैले पनि व्यवसाय सहज बनाउन सहज बाटो दिन सकेको छैन । भाडामा घर लिएर होटल चलाएका व्यवसायीको पीडा झन् उदेकलाग्दो छ ।’ उनले व्यवसायीलाई कम्तीमा पनि ऋणको ब्याज सहुलियत गर्नु नितान्त आवश्यक भएको बताए ।  

जिल्लाका यातायात व्यवसायीलाई पनि लकडाउन अवधिमा १५ करोड रुपैयाँभन्दा बढीको घाटा भएको अनुमान छ । व्यवसायीका अनुसार दिनमा कम्तीमा २ हजार रुपैयाँ नाफा नभएसम्म कुनै सवारी साधन चल्न सक्दैनन् । पूर्वेली जिप तथा ट्याक्सी व्यवसायी प्रालि अध्यक्ष गृष्म सुब्बा बैंकको ब्याज, सवारी साधनको बिमा, कर र त्यसमा आश्रित श्रमिकका लागि एउटा सवारीले दिनमा कम्तीमा २ हजार रुपैयाँ बचत गर्नुपर्ने बताउँछन् । ‘सधैं हुने खर्च त लकडाउन अवधिभर पनि भइरहेकै छ,’ उनी भन्छन्, ‘तर, आम्दानी चाहिँ शून्य ।’  

सरकारले निश्चित मापदण्ड र नियम तोकेर सार्वजनिक यातायातका साधन चलाउन अनुमति दिएको छ । तर, सर्वसाधारण यात्रु नै गाडी चढ्न नआउने गरेको उनले सुनाए । ‘लकडाउनअघि यही इलाममा दैनिक ८ सय हाराहारी सवारीका साधन चल्थे,’ उनले भने, ‘अहिले त्यसको एक तिहाई पनि चल्न सकेका छैनन् ।’ अध्यक्ष सुब्बाले घरमा आइनखाइ ऋण लिएर नयाँ सवारी साधन किनेका व्यवसायी लकडाउनको सबैभन्दा ठूलो मारमा परेको सुनाए । ‘गाडीमै वर्षाैंसम्म श्रमिक भएपछि ऋण÷सापट गर्दै, भएको घर–जग्गासमेत धितो राखेर नयाँ सवारी साधन किन्ने ८० प्रतिशतजति व्यवसायी छन्,’ उनले भने, ‘मालिक पनि आफैं, श्रमिक पनि आफैं भएका सवारी साधनका सञ्चालक नराम्ररी फसेका छन् ।’  

यातायात व्यवसायीले बैंकबाट लिएको ऋणमा जरिमानामात्र नभई ब्याज छुटको सुविधा माग गरेका छन् । ‘लामो समय कोरोना कहरले देश नै ठप्प भयो, सबै क्षेत्र डुबेकै छ तर सबैभन्दा ठूलो मार यातायात क्षेत्रमै छ,’ व्यवसायी सुब्बाले भने, ‘सरकारले ब्याजमात्रै छुट दिँदा पनि व्यवसायीको घाटा पुर्ताल चाहिँ हुँदैन ।’ सवारी साधनका श्रमिक लामो समय कामविहीन हुँदा उनीहरूलाई घर–परिवार चलाउनै सकस भइसकेको व्यवसायीले जनाएका छन् । सवारीका कतिपय श्रमिक भने सडक, भवन, पुललगायत निर्माण क्षेत्रमा समेत गएर रोजीरोटी चलाउन थालेका छन् ।  

लकडाउन अवधिमा निजी सवारीका साधन ‘अनुमति’ लिँदै यात्रु बोकेर हिँड्दा सार्वजनिक चाहिँ ठप्प थिए । निजी सवारीले अहिले पनि मोटो भाडा लिएर लामो दूरीमा यात्रुसमेत ओसारिरहेका छन् । ‘जोखिमबाट बच्न हामीले सहयोग गर्नुपर्छ, गरेकै छौं  । तर, व्यवसायीमाथि परेको पीडामा सरकारले केही सम्बोधन गरिदेओस् भन्ने सबै व्यवसायीको चाहना छ,’ अध्यक्ष सुब्बाले सुनाए । लकडाउनयता जिल्लाका सन्दकपुर, अन्तुडाँडा, माइपोखरी, कन्यामलगायत सबै पर्यटकीय क्षेत्र ठप्प छन् । पर्यटक नआउँदा होटल, यातायातलगायत सबै क्षेत्रमा आर्थिक क्षति पुगेको छ ।  

जिल्लाका व्यवसायीले आफूहरूलाई लकडाउन अवधिभरको घरभाडामा पूर्ण छुट तथा विशेष व्यवस्था गर्न माग पनि गरेका छन् । इलाम उद्योग वाणिज्य संघले लकडाउनका कारण भएको चरम आर्थिक नोक्सानीको सम्बोधन हुनेगरी कार्यक्रम घोषणा गर्न प्रदेश र संघीय सरकारसँग माग गरेको छ ।  

संघले जिल्ला प्रशासन कार्यालयमार्फत् सरकार र सम्बन्धित निकायलाई पठाएको ध्यानाकर्षणपत्रमा विक्रीका लागि राखिएपनि लकडाउनका कारण नष्ट भएका सामग्रीको समेत क्षति सम्बोधन गर्न माग गरिएको छ । ‘हामीले सरकार र बैंकहरूलाई समेत व्यवसायीको आर्थिक नोक्सानी सम्बोधन गर्न माग गरेका छौं,’ संघ अध्यक्ष ईश्वर चिपालुले भने, ‘कुनै सहुलियत नपाए जिल्लाको जुनसुकै व्यवसाय वर्षाैं पछि धकेलिने निश्चित छ ।’
अर्को समाचार
लकडाउन असर: होटल र यातायात क्षेत्रमा करोडौं नोक्सानी
१६ कार्तिक २०७७
•
४ मिनेट पाठ
लकडाउन असर: होटल र यातायात क्षेत्रमा करोडौं नोक्सानी
साढे ३ महिनायताको लकडाउनका कारण मानिस आउ–जाउ शून्य हुँदा पर्यटकीय जिल्ला इलामको होटल र यातायात व्यवसायमा गम्भीर असर पुगेको छ । बैंकबाट ऋण काढेर लगानी गरिएका होटल र सवारी साधन ठप्प हुँदा व्यवसायीलाई करोडौं रुपैयाँको नोक्सान भएको छ ।  




पर्यटक आउँदा खचाखच हुने होटल सुनसान छन् भने यात्रुले सधैं भरिपूर्ण देखिने सवारीका साधन व्यवसायीको घर–आँगनमै थन्किएका छन् । व्यवसाय नचल्दा यी क्षेत्रमा आश्रित हजारौंको रोजगारीसमेत गुमेको छ । कतिपय कामदार गरिआएको कामबाट पलायन भइसकेका छन् । मुखमा आउँदै गरेको ‘पर्यटन वर्ष सन् २०२०’ लाई लक्षित गरी खुलेका होटलको लगानी डुबेको छ । होटल व्यवसायीका अनुसार पर्यटन वर्ष लक्षित गरेरमात्रै पनि जिल्लाका होटलमा ३० करोड रुपैयाँ नयाँ लगानी थपिएको थियो । तर, निर्माण नसकिँदै लकडाउन भएपछि होटलहरूले उठ्नै नसक्नेगरी घाटा खानुपरेको व्यवसायीको गुनासो छ ।

झापासँग जोडिएको जोरकलसदेखि पाँचथरसँग सीमा राँके बजारसम्म गएको वर्षदिनकै अवधिमा ३ दर्जनभन्दा बढी साना–ठूला होटल खुलेका छन् । कतिपय निर्माण चरणमै छन् । तर, लगानी गर्नेबित्तिकै व्यवसाय सञ्चालन गर्न नपाउँदा व्यवसायीलाई बैंकको ऋण तिर्न आपत् परेको होटल एसोसिएसनका जिल्ला अध्यक्ष देवी पौडेल बताउँछन् । ‘इलाममा त्यसै पनि पर्यटन व्यवसाय फस्टाउँदै गएकाले होटलमा ह्वात्तै लगानी बढेको थियो,’ उनले भने, ‘तर, लकडाउनले नयाँ र पुराना दुवैखाले व्यवसायीलाई नराम्रोगरी डुबाएको छ ।’  

एसोसिएसनका अनुसार जिल्लामा साढे ४ सय होटल तथा रेस्टुरेन्ट छन् । तीमध्ये ठूला ६०, मझौला २ सय र सानाको संख्या १ सय ९० छ । यी होटल र रेस्टुरेन्टमा मात्रै २ हजार ३ सय ७० जनाभन्दा बढीले रोजगारी पाएका थिए । ‘होटल व्यवसायमा मासिक करिब २२ करोड ६२ लाख रुपैयाँ घाटा भइरहेको छ,’ अध्यक्ष पौडेलले भने, ‘अब कतिपय होटल रेस्टुरेन्ट उठ्नै नसक्ने निश्चित छ । बचेका होटललाई पनि यो घाटा पूर्ति गर्न वर्षाैं लाग्छ ।’ नयाँ व्यवसायीले १ देखि १० करोड रुपैयाँसम्म ऋण काढेर होटलमा लगानी गरेको एसोसिएसनले जनाएको छ । अध्यक्ष पौडेल भन्छन्, ‘होटलको भौतिक निर्माण गरिनसक्दै लगानी डुबेका व्यवसायी रातदिन राहत–सहुलियत खोजिरहनुभएको छ । तर, अहिलेसम्म कसैले पनि व्यवसाय सहज बनाउन सहज बाटो दिन सकेको छैन । भाडामा घर लिएर होटल चलाएका व्यवसायीको पीडा झन् उदेकलाग्दो छ ।’ उनले व्यवसायीलाई कम्तीमा पनि ऋणको ब्याज सहुलियत गर्नु नितान्त आवश्यक भएको बताए ।  

जिल्लाका यातायात व्यवसायीलाई पनि लकडाउन अवधिमा १५ करोड रुपैयाँभन्दा बढीको घाटा भएको अनुमान छ । व्यवसायीका अनुसार दिनमा कम्तीमा २ हजार रुपैयाँ नाफा नभएसम्म कुनै सवारी साधन चल्न सक्दैनन् । पूर्वेली जिप तथा ट्याक्सी व्यवसायी प्रालि अध्यक्ष गृष्म सुब्बा बैंकको ब्याज, सवारी साधनको बिमा, कर र त्यसमा आश्रित श्रमिकका लागि एउटा सवारीले दिनमा कम्तीमा २ हजार रुपैयाँ बचत गर्नुपर्ने बताउँछन् । ‘सधैं हुने खर्च त लकडाउन अवधिभर पनि भइरहेकै छ,’ उनी भन्छन्, ‘तर, आम्दानी चाहिँ शून्य ।’  

सरकारले निश्चित मापदण्ड र नियम तोकेर सार्वजनिक यातायातका साधन चलाउन अनुमति दिएको छ । तर, सर्वसाधारण यात्रु नै गाडी चढ्न नआउने गरेको उनले सुनाए । ‘लकडाउनअघि यही इलाममा दैनिक ८ सय हाराहारी सवारीका साधन चल्थे,’ उनले भने, ‘अहिले त्यसको एक तिहाई पनि चल्न सकेका छैनन् ।’ अध्यक्ष सुब्बाले घरमा आइनखाइ ऋण लिएर नयाँ सवारी साधन किनेका व्यवसायी लकडाउनको सबैभन्दा ठूलो मारमा परेको सुनाए । ‘गाडीमै वर्षाैंसम्म श्रमिक भएपछि ऋण/सापट गर्दै, भएको घर–जग्गासमेत धितो राखेर नयाँ सवारी साधन किन्ने ८० प्रतिशतजति व्यवसायी छन्,’ उनले भने, ‘मालिक पनि आफैं, श्रमिक पनि आफैं भएका सवारी साधनका सञ्चालक नराम्ररी फसेका छन् ।’  

यातायात व्यवसायीले बैंकबाट लिएको ऋणमा जरिमानामात्र नभई ब्याज छुटको सुविधा माग गरेका छन् । ‘लामो समय कोरोना कहरले देश नै ठप्प भयो, सबै क्षेत्र डुबेकै छ तर सबैभन्दा ठूलो मार यातायात क्षेत्रमै छ,’ व्यवसायी सुब्बाले भने, ‘सरकारले ब्याजमात्रै छुट दिँदा पनि व्यवसायीको घाटा पुर्ताल चाहिँ हुँदैन ।’ सवारी साधनका श्रमिक लामो समय कामविहीन हुँदा उनीहरूलाई घर–परिवार चलाउनै सकस भइसकेको व्यवसायीले जनाएका छन् । सवारीका कतिपय श्रमिक भने सडक, भवन, पुललगायत निर्माण क्षेत्रमा समेत गएर रोजीरोटी चलाउन थालेका छन् ।  

लकडाउन अवधिमा निजी सवारीका साधन ‘अनुमति’ लिँदै यात्रु बोकेर हिँड्दा सार्वजनिक चाहिँ ठप्प थिए । निजी सवारीले अहिले पनि मोटो भाडा लिएर लामो दूरीमा यात्रुसमेत ओसारिरहेका छन् । ‘जोखिमबाट बच्न हामीले सहयोग गर्नुपर्छ, गरेकै छौं  । तर, व्यवसायीमाथि परेको पीडामा सरकारले केही सम्बोधन गरिदेओस् भन्ने सबै व्यवसायीको चाहना छ,’ अध्यक्ष सुब्बाले सुनाए । लकडाउनयता जिल्लाका सन्दकपुर, अन्तुडाँडा, माइपोखरी, कन्यामलगायत सबै पर्यटकीय क्षेत्र ठप्प छन् । पर्यटक नआउँदा होटल, यातायातलगायत सबै क्षेत्रमा आर्थिक क्षति पुगेको छ ।  

जिल्लाका व्यवसायीले आफूहरूलाई लकडाउन अवधिभरको घरभाडामा पूर्ण छुट तथा विशेष व्यवस्था गर्न माग पनि गरेका छन् । इलाम उद्योग वाणिज्य संघले लकडाउनका कारण भएको चरम आर्थिक नोक्सानीको सम्बोधन हुनेगरी कार्यक्रम घोषणा गर्न प्रदेश र संघीय सरकारसँग माग गरेको छ ।  

संघले जिल्ला प्रशासन कार्यालयमार्फत् सरकार र सम्बन्धित निकायलाई पठाएको ध्यानाकर्षणपत्रमा विक्रीका लागि राखिएपनि लकडाउनका कारण नष्ट भएका सामग्रीको समेत क्षति सम्बोधन गर्न माग गरिएको छ । ‘हामीले सरकार र बैंकहरूलाई समेत व्यवसायीको आर्थिक नोक्सानी सम्बोधन गर्न माग गरेका छौं,’ संघ अध्यक्ष ईश्वर चिपालुले भने, ‘कुनै सहुलियत नपाए जिल्लाको जुनसुकै व्यवसाय वर्षाैं पछि धकेलिने निश्चित छ ।’
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस