हलेसी गुरुयोजना कार्यान्वयनमा जोड
२९ असार २०७७
•
३ मिनेट पाठ
हलेसी गुरुयोजना कार्यान्वयनमा जोड
जिल्लासभामा प्रदेशसभा सांसद रामकुमार राई, जिल्ला समन्वय समितिका प्रमुख बबि चाम्लिङ लगायत । तस्बिर : दमन राई/नागरिक
जिल्ला समन्वय समिति खोटाङले त्रि–धार्मिकस्थल हलेसीको गुरुयोजना कार्यान्वयनमा सहयोग गर्ने कार्यक्रम तय गरेको छ । सोमबार जिल्ला समन्वय समितिको सभाहलमा आयोजित चौथोे जिल्लासभाले हलेसीको बृहत्तर गुरुयोजना कार्यान्वयनका लागि आवश्यक समन्वय गर्नेगरी वार्षिक कार्यक्रम ल्याएको छ । जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङले हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा पर्ने हलेसीको बृहत्तर विकासका लागि प्रतिनिधिसभा सदस्य बिशाल भट्टराईको संयोजकत्वमा बनेको समितिले दिएको गुरुयोजना निर्माणको कार्यान्वयन प्रस्ताव जिल्लासभाले पारित गरेको हो ।  




दैनिक पर्यटक/दर्शनार्थीको भीड लाग्ने हलेसीको व्यवस्थापन गर्न सके हलेसीलाई आर्थिक केन्द्रकारुपमा बिकास गर्न सकिने सम्भावनालाई मध्यनजर गर्दै जिल्लासभाले गुरुयोजना कार्यान्वयनलाई प्राथमिकतामा राखेको हो । किरात, हिन्दु र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रकारुपमा रहेको हलेसीको व्यवस्थित र दिगो बिकास गर्दै पर्यटन प्रवद्र्धनका लागि नगरपालिकाको पहलमा २०७५ साल जेठदेखि गुरुयोजना सम्बन्धी प्रारम्भिक चरणका काम थालिएको थियो । जिसस प्रमुख चाम्लिङले धार्मिक तथा पर्यटकीयस्थल हलेसीको पर्यटन प्रवद्र्धनका लागि विश्व सम्पदा सूचीमा सूचिकृत गर्नका लागि पहल गर्न सबैलाई आग्रह गरेका छन् ।  

दुधकोसी जलबिद्युत आयोजनाका लागि समन्वय गर्ने  

जिल्लासभाले खोटाङ र ओखलढुंगाको सिमानामा पर्ने दुधकोसी जलाशययुक्त जलबिद्युत आयोजनाको कामलाई पूर्णता दिन सहयोग गर्ने भएको छ । जिल्लासभाले ६३५ मेगावाटको दुधकोसी जलाशययुक्त जलबिद्युत आयोजनाको कामलाई सम्पन्न गर्नका लागि आवश्यक समन्वय गर्नेगरी वार्षिक कार्यक्रम ल्याएको हो । 

खोटाङको रावाबेँसी गाउँपालिका–३ लामीडाँडा र ओखलढुंगाको चिसंखुगढी गाउँपालिका–६ भदौरेको सिमानामा पर्ने राष्ट्रिय गौरवको आयोजनाकारुपमा रहेको दुधकोसी जलाशययुक्त जलबिद्युत आयोजनाले जिल्लाको संवृद्धिमा समेत महत्वपूर्ण टेवा पुर्याउन भएकाले यसको सफलताकालागि सहयोग गरिने जिल्ला समन्वय समितिका प्रमुख चाम्लिङले बताए । लामीडाँडाको रँभुवाबजारमा १६० मिटर अग्लो बाँध हालेर बनाइने जलाशयबाट १३.५ किलोमिटर हेडरेस सुरुङमार्फत हलेसी तुवाचुङ नगरपालिका–८ धितुङमा पानी खसाएर विद्युत उत्पादन गर्ने लक्ष्यका साथ काम भइरहेको छ ।  

जिल्लासभाले साविकको सदरमुकाम दिक्तेलबाट स्थानीय तहको केन्द्रसम्म पुग्ने सडक कालोपत्रे गर्न सम्वन्धित निकाय समक्ष समन्वय गर्ने, खोलानालामा मोटरेबल पुल बनाउन पहल गर्ने, प्रत्येक स्थानीय तहमा कलेज स्थापना गर्न र दिक्तल बहुमुखी क्याम्पसको स्तरोन्नतीमा पहल गर्ने, हरेक स्वास्थ्यचौकीको स्तरोन्नती गर्ने, हरेक स्थानीय तहमा मेडिकल डाक्टर सहितको अस्पताल स्थापनाका लागि पहल गर्ने, जिल्ला अस्पतालमै कोभिड–१९ को पिसिआर परिक्षण उपकरण जडान गर्ने र पिसिआरका लागि अन्यत्र स्वाब पठाउनुपर्ने बाध्यता अन्त्य गर्ने प्रस्ताव पारित गरेको छ । यस्तै, हलेसी, तुवाचुङ जायजुम, बराहताल, सोनापाताल, जन्तेढुंगा, धिप्लुङ झरना, टेम्केडाँडा, मझुवागढी, भुलभुले दुधकुण्ड, रुपाकोट, चिलिमढुंगा, ढालतरवारडाँडा, केपीलासगढी लगायतका पर्यटकीयस्थलको पर्यटन प्रवद्र्धनका लागि पहल गर्ने, फेदी, पाथेका र निर्मलीडाँडाको माथिल्लो क्षेत्रमा पाइने दुर्लभ रेडपाण्डा संरक्षण गर्ने, जिल्ला समन्वय समितिको हाताभित्र खोटाङ स्तम्भ निर्माण गर्ने लगायतका प्रस्ताव पारित गरिएको छ ।  

कार्यक्रममा जिसस प्रमुख चाम्लिङले वर्षदिन भित्र सञ्चालन गरेका काम तथा आय–व्यायका बारेमा जानकारी गराएका छन् । चाम्लिङले आर्थिक वर्ष २०७७/०७८ का लागि संघीय सरकारबाट प्राप्त भएको १ करोड ३८ लाख २० हजार रकम विनियोजन गरिएको बताए । 

जिल्लासभा प्रदेशसभा सांसद रामकुमार राईले प्रमुख आतिथिकारुपमा उद्घाटन गरेका थिए । कार्यक्रममा प्रदेशसभा सांसद राईले संघ, प्रदेश र स्थानीय सरकारले पर्यवरण संरक्षणलाई ध्यान नदिइ सडक खन्ने काममा मात्र बजेट खन्याएको उल्लेख गरे । कार्यक्रममा दुई नगरपालिका र आठ गाउँपालिकाका प्रमुख, उपप्रमुख लगायतको उपस्थिति रहेको थियो ।
अर्को समाचार
जलवायु प्रतिबद्धता कार्यान्वयन
२६ मंसिर २०७७
•
५ मिनेट पाठ
जलवायु प्रतिबद्धता कार्यान्वयन
सन् २०१६ मा फ्रान्सको राजधानी पेरिसमा विश्वका १ सय ९७ राष्ट्रले जलवायुसम्बन्धी एक महासन्धिमा हस्ताक्षर गरेका थिए जसको कार्यान्वयन त्यसको चार वर्षपछि सुरु भएको हो । पेरिस सम्झौताको नामले परिचित यो महासन्धिले विश्वव्यापी तापमान वृद्धिलाई औद्योगिकीकरण हुनुअघिको तुलनामा सम्भव भएसम्म १ दशमलब ५ डिग्रीमा सीमित गर्ने र नसके २ डिग्री माथि बढन नदिने उद्देश्य लिएको छ । जलवायु परिवर्तन एक साझा विषय भएकाले विकसित तथा अल्पविकसित राष्ट्रले यसमा आ–आफनो भूमिका निर्वाह गर्न आवश्यक छ । पेरिस सम्झौतामा विकसित राष्ट्रले विकासोन्मुख तथा अल्पविकसित राष्ट्रलाई बर्सेनि १ सय अर्ब अमेरिकी डलर सहयोग गर्नुपर्ने प्रावधान छ । पेरिस सम्झौताअन्तर्गत गरिएका व्यवस्थाबाट नेपालले लाभ लिन सुरु गरिसकेको छ । नेपालका चुरे क्षेत्र र गण्डकी जलाधार क्षेत्र संरक्षण, जलवायु अनुकूलन आयोजना तथा जलवायु परिवर्तन तयारी आयोजना सञ्चालनमा पेरिस सम्झौताअन्तर्गत निर्माण गरिएको ‘ग्रिन क्लाइमेट फन्ड’ बाट सहयोग छ भने अन्य परियोजना पनि प्रस्तावित छन् ।




जलवायु परिवर्तन प्राविधिक विषय मात्र होइन । यो त  गरिबी निवारण, खाद्य सुरक्षा, प्राकृतिक संसाधनको उचित प्रयोग र दिगो विकाससँग सिधा जोडिएको विषय हो । यी सबै हिसाबले पनि नेपाल जलवायु परिवर्तनका प्रभावलाई न्यूनीकरण गर्न गम्भीर हुनैपर्छ ।
यही पृष्ठभूमिमा मंगलबार मन्त्रिपरिषद्ले नेपालले जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौतासँग सम्बन्धित ४ वर्षअघि निर्धारण गरिएका राष्ट्रिय प्रतिबद्धतालाई परिमार्जन गर्ने एक प्रस्तावलाई स्वीकृति दिएको छ । जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण तथा अनुकूलनका लागि राष्ट्रियरूपमा निर्धारित योगदान (एनडिसी–२०२०)को परिष्कृत प्रारूपलाई अनुमोदन गरेर सरकारले गत वर्षको डिसेम्बरमा स्पेनको राजधानी मेड्रिडमा सम्पन्न संयुक्त राष्ट्रसंघीय जलवायुसम्बन्धी सम्मेलन (कोप–२५) मा व्यक्त गरेको प्रतिबद्धता पूरा गरेको छ । मेड्रिड सम्मेलनमा नेपाललगायतका पक्ष राष्ट्रहरूले एनडिसीको परिष्कृत लक्ष्यलाई सन् २०२० को अन्तसम्ममा महासन्धिको सचिवालयमा बुझाउन सहमत भएका थिए । त्यसो त पेरिस सम्झौतामा हस्ताक्षर गरेको अर्काे वर्ष नेपालले युनएफसिसीलाई आफ्ना १४ वटा लक्ष्यसहितको पहिलो एनडिसी पेस गरेको थियो । ती लक्ष्यमध्ये चारवटा जलवायु परिवर्तन अनुकूलनसँग, चारवटा यातायात क्षेत्रसँग, तीनवटा ऊर्जाका स्रोत र आपूर्तिसँग, दुईवटा वन क्षेत्रसँग र एउटा बहुक्षेत्रीय अनुकूलनसँग सम्बन्धित थिए ।  

सन् २०२० सम्ममा पूरा गर्ने भनिएका लक्ष्यमध्ये वन क्षेत्र, सौर्य प्रणाली जडित घर, पानी घट्टको संख्या तथा स्थानीय तहमा स्थानीय अनुकूलन योजना तर्जुमालगायतका केही क्षेत्रमा प्रगति भए पनि अधिकांशको प्रगति अपेक्षाकृत छैन ।  समग्रमा ऊर्जा, यातायात तथा औद्योगिक क्षेत्रमा पहिलो एनडिसीले तोकेका लक्ष्य हासिल निराशाजनक छ । पेट्रोलियम पदार्थको आयात घटाउन भनिएकामा पछिल्ला वर्षमा यो झन् बढेर गएको छ । नीतिगत व्यवस्था हुँदाहुँदै पनि कमजोर कार्यान्वयनले निजी तथा सार्वजजिक सवारी साधनमा विद्युतीय सवारी साधनको हिस्सा बढेको छैन । एनडिसी–२०१६ ले विद्युतीय सवारी साधनको हिस्सा सन् २०२० सम्ममा २० प्रतिशत पु¥याउने भने पनि हाल १ प्रतिशत मात्र छ । यसैगरी वर्षाैँअगाडि तयार गरिएको न्यून कार्बन आर्थिक विकास रणनीति अनुमोदन हुन सकेको छैन । फोहोरमैला व्यवस्थापनका क्षेत्रमा अपेक्षित प्रगति हुन सकेको छैन ।

परिष्कृत एनडिसीअन्तर्गत सन् २०३० सम्म दुई पांग्रेसहित सबै निजी सवारी साधनको बिक्रीमा विद्युतीय गाडीको हिस्सा ९० प्रतिशत पुर्‍याउने लक्ष्य छ भने विद्युतीय चारपांग्रे सार्वजनिक साधन बिक्रीको हिस्सा ६० प्रतिशत पु¥याउने भनिएको छ । यो नीतिगत व्यवस्थाले जीवास्मामा आधारित ऊर्जा खपतमा २८ प्रतिशतले कमी आउने अपेक्षा गरिएको छ । हाल इलेक्ट्रिक सवारी साधनको हिस्सा १ प्रतिशत भन्दा कम छ । यसैगरी स्वीकृत दस्तावेजमा हालको १४ सय मेगावाट स्वच्छ ऊर्जा उत्पादन वढाएर सन् २०३० सम्म १५ हजार मेगावाट बनाउने लक्ष्य छ जसअन्तर्गत कुल उत्पादनको ५ देखि १० प्रतिशतसम्म मिनी तथा माइक्रो हाइड्रो जलाविद्युत्, सौर्य तथा वायु ऊर्जा हुनुपर्ने भनेर तोकिएको छ । यसरी सन् २०३० सम्म नेपालको कुल मागको १५ प्रतिशत स्वच्छ ऊर्जाले पूरा गर्नेछ । हाल स्वच्छ ऊर्जाको योगदान ३ प्रतिशतको हाराहारीमा मात्रै छ । यसैगरी सन् २०३० सम्ममा नेपालका कुल घरधुरीमध्ये २५ प्रतिशतले घरमा खाना पकाउँदा प्राथमिकरूपमा इलेक्ट्रिक स्टोभ प्रयोग गर्ने तथा सुधारिएको चुलो तथा बायोग्यासको थप पहुँचले यो अवधिमा खाना पकाउँदा हुने कार्बन उत्सर्जनलाई कुल २३ प्रतिशतले कतौटी गर्ने अपेक्षा गरिएको छ । सरकारी तथ्यांकअनुसार नेपालका कुल घरधुरीमध्ये ५ प्रतिशतले मात्र खाना पकाउँदा इलेक्ट्रिक इन्डक्सन स्टोभ प्रयोग गर्छन् ।  

स्वीकृत योजनामा वन क्षेत्रलाई हाल भएको ४५ प्रतिशतलाई कायम राख्ने भन्न्ने छ । यसअघि सन् २०१६ को एनडिसीमा यो ४० प्रतिशत थियो । यसैगरी फोहोर व्यवस्थापनको हकमा सन् २०२५ सम्म हरेक दिन ३८ करोड लिटर फोहोर पानी प्रशोधन गरेर मात्र प्राकृतिक वातावरणमा छाडिने तथा ६० हजार घनमिटर मलमूत्र प्रतिवर्ष व्यवस्थापन गरिने लक्ष्य लिइएको छ जसले कार्बन डाइअक्साइडको उत्सर्जन कटौती गर्न सहयोग गर्नेछ ।  हाल नेपालमा २ दशमलव १ प्रतिशत फोहोर पानी प्रशोधन हुन्छ भने मलमूत्रको व्यवस्थापन १ प्रतिशतमा मात्र सीमित छ । औद्योगिक प्रदूषण रोकथामका लागि सन् २०२५ सम्ममा ठूलाखाले उद्योगले गर्ने उत्सर्जनको नियमित अनुगमनका लागि प्रणाली विकास गरिने र सन् २०३० सम्ममा उत्सर्जन मापदण्ड तोकेर कोइलामा आधारित  इँटा तथा सिमेन्ट उद्योगबाट हुने उत्सर्जनलाई नियन्त्रण गरिने योजना छ । हाल यी उद्योगका लागि उत्सर्जन मापदण्ड छैन ।  

जे होस्, जलवायु परिवर्तनका कारण नेपाल विश्वमै उच्च जोखिममा छ । नेपालको उच्च हिमाली क्षेत्रमा रहेका हिमताल फुट्न सक्ने भनेर विभिन्न अध्ययनले देखाएका छन्  । बाढी र पहिरोले बर्सेनि सयांँको ज्यान जाने गरेको छ । वायु प्रदूषणका कारण मृत्यु हुनेको संख्या पनि बढ्दो छ । त्यसो त, नेपालले एनडिसी मात्र होइन, जलवायुसँग सम्बन्धित विभिन्न ऐन तथा नीतिगत व्यवस्था पनि गरेको छ । नेपाल वातावरण संरक्षण ऐन २०१९, जलवायु परिवर्तन नीति २०१९, १५ औँ विकास योजना र अन्य क्षेत्रगत योजनामा दिगो विकासका लागि जलवायु परिवर्तनको प्रभावलाई न्यूनीकरण गर्ने कानुनी व्यवस्थासहित कार्ययोजना समावेश गरिएको छ । स्थानीय तथा प्रदेशस्तरमा विकास योजना तर्जुमा गर्दा स्थानीय अनुकूलन कार्ययोजना कार्यान्वयनमा ल्याइएको छ । नीतिगत व्यवस्था भन्दा पनि तिनको प्रभावकारी कार्यान्वयन नेपालका लागि सधैँ पेचिलो विषय बन्ने गरेको छ । जलवायु परिवर्तन प्राविधिक विषय मात्र होइन । यो त गरिबी निवारण, दिगो विकास, खाद्य सुरक्षा, प्राकृतिक संसाधनको उचित प्रयोग र दिगो विकाससँग सिधा जोडिएको विषय हो । यी सबै हिसावले पनि नेपाल जलवायु परिवर्तनका प्रभावलाई न्यूनीकरण गर्न गम्भीर हुनैपर्छ ।
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस