कोराना भाइरस फैलन नदिनको लागि जिल्ला प्रशासन कार्यालय जुम्लाले असार १८ गतेदेखि जारी गरेको निषेधाज्ञा शुक्रबार राति १२ बजे देखि हट्ने भएको छ । शनिबार विहान देखि जुम्ला बजार खुल्ने भएको हो । जिल्ला प्रशासन कार्यालयले जारी गरेको सुचना अनुसार विहान ६ बजे देखि दिउँसो ४ बजे सम्म बजार खुलाइने भएको छ । तर व्यापारीले जनस्वास्थ्य तथा सुरक्षा माफदण्डको अनिवार्य पालना गर्नुपर्ने छ ।
जिल्ला प्रशासन कार्यालय जुम्लाले लामो समय देखि बन्द रहेको खलंगा बजार खुलाउनको लागि विभिन्न दश वटा सर्त पालना गर्न व्यापारीलाई आग्रह गरेको छ । संभावित कोराना संक्रमणको जोखिमलाई मध्येनजर गर्दै संक्रमण जोखिम न्युनिकरण,रोकथाम,नियन्त्रण र संक्रमण फैलन नदिन जनस्वास्थ्य तथा सुरक्षा मापदण्डको पालना गर्न आग्रह गरेको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिए ।
प्रत्येक पसलले अनिवार्य रुपमा साबुनपानी र सेनिटाइजरको व्यवस्था गर्नुपर्ने छ । दुई मिटरको दुरीमा गोलो घेराको व्यवस्था गर्र्ने, पसल र ग्राहकलाई छुट्याउने गरि डोरीको व्यवस्था गर्न भनिएको छ ।
प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले दुई मिटरको भौतिक तथा सामाजिक दुरी कायम अनिवार्य गर्नुपर्ने बताए । प्रत्येक पसलले अनिवार्य रुपमा मुल्यसुचि टाँस्नु पर्नेछ, प्रमुख जिल्ला अधिकारी थापाले भने,‘ लकडाउनको अवसर पारेर कुनै पनि ग्राहकलाई ठग्न पाइनेछैन् ।’
बजारमा हिडडुल गर्दा दुई जना भन्दा बढि समुह बनाई हिडडुल गर्न पाइदैन्,थापाले भने,‘प्रत्येक ब्यक्तिले अनिवार्य रुपमा मास्क लगाउनु पर्ने छ ।’ मास्क नलगाउने जो सुकैलाई कार्वाही गरिनेछ् ।’ पसलमा सामान किनबेच गर्दा अनिवार्य रुपमा पञ्जा लगाउनु पर्ने प्रशासनले ब्यापारीका लागि सर्त तोकेको छ ।
स्थानीय प्रशासनले तोकेको सर्त पुरा नगर्ने व्यवसायीका संक्रमित ऐन अनुसार कार्वाही गरिनेछ । यस्तै होटल,रेष्टुरेण्ट लगायत खाजा नास्ता पसलहरु (होम प्याक बाहेक)सैलुन तथा ब्युटिपार्लर समेत पुर्ण रुपमा बन्द हुनेछन् । निजी सवारी साधन सञ्चालनका लागि जोरबिजोर प्रर्णाली पालना गर्नु पर्ने छ ।, कोभिड १९ संक्रमण फैलन नदिनको लागि असार १८ गतेदेखि जुम्ला खलंगामा निषेधाज्ञा जारी गरिएको थियो ।
उद्योग बाणिज्य संघ जुम्लाका बरिष्ठ उपाध्यक्ष पुरिचन्द्र देवकोटा लामो समय देखि बजार खुलेकोमा व्यापारी व्यवसायी खुसि भएको प्रतिक्रिया दिए । लकडाउने व्यापारी, व्यवसायी निकै मारमा थिए । पटक पटक उद्योग वाण्ज्यि संघ जुम्लाको टोली प्रशासन कार्यालयमा पुगेर परामर्श गरेको थियो । प्रशासनले उद्योग वाणिज्य संघको मागलाई संवोधन गरेकोमा हार्दिक धन्यवाद दिन चाहान्छौँ ।
उनले स्थानीय प्रशासनले तोकेका सबै सर्त अनिवार्य लागु गर्न लगाउने बताए । एक आपसमा व्यापारीलाई सचेत गरिसकेका छौँ । माइकिङ पनि गर्छौँ । जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड भित्र रहेर बजार खुलाउछौँ, उनले भने । प्रमुख जिल्ला अधिकारी थापाका अनुसार आगामी दिनमा परिस्थितीलाई मुल्यांकन गरेर बजार बन्द गर्ने या खोल्न सकिने अवस्था रहन सक्छ ।
कोरोना भाइरसको कारण देखाउँदै जुम्ला बजारमा कालोबजारी बढेको छ । खाद्य बस्तुमा अत्यधिक मूल्यवृद्धि भएको र अखाद्य बस्तु किनबेच भइरहेको उपभोक्ताले गुनासो गरेका छन् । खाद्य बस्तु तथा खुद्रा सामग्रीमा मनपरी मूल्य लिने गरेको गुनासो बढेपछि चन्दननाथ नगरपालिकाले बजार अनुगमन गरेको छ । उपमेयर अप्सरादेबी न्यौपानेको नेतृत्वमा निस्किएको अनुगमन टोलीले होलसेल, खुद्रा पसल र हार्डंवयरमा अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा बजारमा म्याद नाघेको खाद्यन्न सामग्री किनबेच भइरहेको भेटिएको थियो । 'कोरोनाका नाममा बढेको कालोबजारी रोक्न र मूल्यमा एकरुपता ल्याउन अनुगमन गरेका थियौँ,' उपमेयर न्यौपानेले भनिन्,'नागरिकको ढाड सेक्ने गरी कालोबजारी भएपछि अनुगमनमा निस्केका थियौँ । कालोबजारी रोक्न र मूल्यवृद्धि रोक्न आग्रह गरेका छौँ ।’
खाने तेल, चिनी, चामल दाल लगायतका दैनिक उपभोग्य बस्तुको मूल्यमा वृद्धि भएपछि नागरिक मर्कामा परेका थिए । कोरोनाका नाममा कृत्रिम अभाव देखाएर कालोबजारी गर्ने गरेको भेटिएको हो । उपमेयर न्यौपानेले भनिन्,‘बजारमा कालोबजारी नगर्न र मूल्यमा एकरुपता ल्याउन भनेका छौँ । अटेर गरेको खण्डमा कानुन अनुसार अघि बढ्ने छौँ ।’
खलंगामा रहेको ५ वटा ठूला डिलर, तरकारी पसल र हार्डवयर पसल अनुगमान गरिएको थियो । अनुगमनको क्रममा व्यापारी अनुशासित भेटिएनन् । उद्योग बाणिज्य संघका पदाधिकारीले नै म्याद सकिएको सामान बेच्ने गरेको भेटियो । उपमेयर न्यौपानेले थपिन्,‘उपभोक्ताको हकहितलाई मध्येनजर गर्दै अखाद्य बस्तुको किनबेच बन्द गर्नुपर्छ । अनुगमनमा निस्केको टोलीलाई राजनीतिक पूर्वाग्राहबाट हेरिनु हुदैन ।’
कतिपय ब्यापारीले म्याद नाघेको सामान जफत गर्न खोज्दा अनुगमन समिति आइलाग्ने गरेको अनुगमन समितिले जनाएको छ । डिलरहरु मूल्यमा एक रुपता भएको बताउँछन् । तर खुद्रा व्यापारी डिलरले महंगोमा बेच्ने गरेकोले महंगोमा उपभोक्तालाई बेच्नु परेको बताउँछन् । होलसेल व्यापारी र खुद्रा ब्यापारीबीचको तालमेल नमिलेको भेटिएको थियो ।
डिलरमा खाने तेल बाहेकको मूल्य वृद्धि भएको छैन । चामल चिनी र ध्रुम्रपान तथा सूर्तिजन्य पदार्थको मूल्य बढेको छैन । अनुगमनका क्रममा बिपिन टेडर्स जुम्लाबाट ४४ वटा म्याद गएको इनामेल बरामद गरिएको थियो ।
कैलाश जनरल स्टोरबाट एक डिब्वा इनामेल, जुम्ला हार्डहेयरबाट म्याद गएको सामान बरामद गरिएको थियो । चिउरा र भुजा पनि बरामद गरिएको छ । कोरोना महामारीले नागरिक आक्रान्त भइरहेको बेला ब्यापारी मनपरी गर्न थालेको स्थानीय बताउँछन् ।
कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गर्नेलाई कानुनी कार्वाही गर्छौँ । कोरोना महामारीको दोस्रो लहरको जोखिम भएको बेला बजारमा दैनिक उपभोग्य बस्तुमाथि कृत्रिम अभाव गराउनु मिल्दैन । कालोबजारी हुने काम रोक्न पहिलो पटक अनुगमन गरेको उपमेयर न्यौपानले बताइन् ।
अनुगमनमा अनुगमन समितिका संयोजक न्यौपाने, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, उद्योग बाणिज्य संघ, नेपाल प्रहरी, उपभोक्ता हकहित संरक्षण मञ्च, खाद्यप्रबिधि तथा गुणनियन्त्रण कार्यालयका प्रतिनिधि सहभागी थिए । यो अनुगमन शुरुवात भएको र अझौ पनि कृत्रिम अभाव सिर्जना गरेको, बढी मूल्यमा बेचेको पाइएमा तत्काल कानुनी दायरामा ल्याईने भएको हो ।
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...