उद्योग समितिमा म्यानपावर नविकरण सम्बन्धी छलफल
२६ असार २०७७
•
२ मिनेट पाठ
उद्योग समितिमा म्यानपावर नविकरण सम्बन्धी छलफल
एक सय भन्दा कम कामदार वैदेशिक रोजगारमा पठाउने म्यानपावर कम्पनीको नविकरण हुने भएको छ । कोभिड १९ का कारण वैदेशिक रोजगारमा कामदार पठाउने अवस्था नरहेपछि बाधा अडकाउ फुकाउ मार्फत एक वर्षका लागि सबै म्यानपावर कम्पनीको नविकरण गर्ने व्यवस्था गर्न लागिएको श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले बताए । 




संघीय संसद प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको शुक्रबारको बैठकमा उपस्थित हुनु भएका मन्त्री यादवले कानूनमा न्यूनतम एक सय जना कामदार पठाए मात्र नविकरण हुने व्यवस्था रहेको र अहिलेको परिस्थितिका कारण कानून मन्त्रालयको सल्लाह बमोजिम बाधा अडकाउ फुकाउबाट नविकरण गर्ने गरी प्रस्ताव मन्त्री परिषद्मा पठाउन लागिएको बताए । उनले यसअघि दुई पटक सम्म मन्त्री परिषदमा प्रस्ताव राखेको तर छलफल नभएपछि कानून मन्त्रालयको सहमति लिएर काम गर्न लागेको बताए ।

वैदेशिक रोजगारीमा जाने कामदारलाई अभिमुखिकरण दिने संस्थाहरूको नविकरण गर्ने सम्बन्धमा भने कानून मन्त्रालयको सहमति नभएकाले नविकरण के गर्ने भन्ने अन्योल भएको बताए । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णु प्रसाद गैह्रेले सबै म्यानपावर कम्पनीको नविकरणको प्रक्रियाको सुरुवात गर्न माग गरे । उनले असार मसान्त भित्र नविकरण भइसक्नुपर्ने व्यवस्था भएकाले अहिले नै नविकरणको प्रक्रियाको सुरुवात गर्नुपर्ने बताए । सरकारबाट निर्णय ढिलो हुँदा ७५ प्रतिशत वैदेशिक रोजगार व्यवसायी कम्पनी बन्द हुने अवस्था आउन लागेको र असार मसान्त सकिन चार दिन मात्र बाँकी रहेकाले छिटो निर्णय गरी कम्तिमा नविकरणको प्रक्रियामा जान दिन आग्रह गरे ।

छलफलमा सांसदहरूले एकसय जना पनि कामदार पठाउन नसक्ने म्यानपावर कम्पनीलाई नविकरण गर्नुपर्छ भन्ने पक्षमा आफुहरू नरहेको तर अहिलेको परिस्थितिका कारण एउटा आर्थिक वर्षका लागि नविकरण गर्ने व्यवस्था छिटो मिलाउन आग्रह गरेका छन् । कानूनमा भएको व्यवस्था परिवर्तन गर्न नसकिने भएकाले सकेसम्म लचकता अपनाएर सहज बनाउन मन्त्रालयले नै अग्रसरता लिनुपर्ने सांसदहरूले बताए ।

वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले वैदेशिक रोजगारमा जाने नयाँ कामदारको श्रम स्वीकृति रोकिएको बताए । उनले पुनः श्रम स्वीकृति लिनेहरूका लागि भने अनलाइन प्रणाली मार्फत आवेदन दिन सकिने र तोकिएको दिन र समयमा आएर श्रम स्वीकृति नविकरण गर्न सक्ने व्यवस्था गरिएको बताए । उनले सात वटै प्रदेशका कार्यालयबाट श्रम स्वीकृति लिन सकिने व्यवस्था मिलाइएको समेत बताए ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेपछि वैदेशिक रोजगार क्षेत्र प्रभावित भएको छ । सबै अन्तर्राष्ट्रिय उडान बन्द रहेको र श्रम स्वीकृति पनि बन्द भएका कारण म्यानपावर कम्पनी पूर्ण रुपमा बन्द भएका छन् । व्यवसायीहरूले न्यूनतम एक सय जना कामदार नपठाए नविकरण नहुने अवस्था आएपछि सहजिकरण गरी एक वर्षका लागि नविकरण गर्न दिन माग गर्दै आएका छन् । यस्तै अभिमुखिकरण सेवा दिने संस्थाहरूको पनि नविकरण हुने व्यवस्था मिलाउन व्यवसायीहरूले माग गरेका छन् ।
अर्को समाचार
प्रदेशभर सञ्चालित स्वास्थ्य संस्थाहरुलाई इजाजत लिन र नविकरण गर्न प्रदेश सरकारको उर्दी
१९ फागुन २०७७
•
३ मिनेट पाठ
प्रदेशभर सञ्चालित स्वास्थ्य संस्थाहरुलाई इजाजत लिन र नविकरण गर्न प्रदेश सरकारको उर्दी
प्रदेश १ सरकारले प्रदेशभरी सञ्चालित स्वास्थ्य संस्थाहरुलाई इजाजत लिन, नविकरण गर्न र नियमन्मा सहभागी हुन आह्वान गरेको छ। प्रदेश १ को जनस्वास्थ्य ऐन २०७७ को नियम १२ को उप नियम(२) बमोजिमका स्वास्थ्य संस्थालाई सामाजिक विकास मन्त्रालयले सूचना प्रकाशित गरी इजाजत लिन, नविकरण गर्न र नियमन्मा सहभागी हुन भनेको छ। नयाँ स्थापना हुने सबै निजी, सरकारी तथा सामुदायिक स्वास्थ्य संस्थाहरुमा यो नियम लागु हुने मन्त्रालयले जनाएको छ।  




मन्त्रालयले इजाजत पत्र नलिइ र नविकरण नगरी स्वास्थ्य संस्था सञ्चालनमा रहेको पाइए प्रचलित कानुन बमोजिम कारवाही, दण्ड र जरिवाना गर्ने समेत स्पष्ट पारेको छ। प्रदेश सरकारका अनुसार २५ देखि २ सय शय्यासम्मका जनरल तथा बिशेषज्ञ अस्पताल, २५ देखि ५० शय्यासम्मका आर्युेवेद अस्पताल, डेण्टल क्लिनिक, बिशेषज्ञ क्लिनिक, पोलिक्लिनिक, आँखा उपचार केन्द्र, ‘सी’ वर्गको प्रयोगशाला, ‘ख’श्रेणीको रेडियो इमेजिङ सेन्टर, २५ शय्यासम्मको डाइलासिस केन्द्र, पुनर्स्थापना केन्द्र र हस्पिटल सेन्टरले इजाजत लिन, नविकरण गर्न र नियमन्मा सहभागी हुनुपर्ने छ। मन्त्रालयका अनुसार २५ शय्यासम्मको जनरल तथा बिशेषज्ञ अस्पतालको नविकरण तथा इजाजतका लागि सिफारिस, अनुगमन तथा नियमन् सम्वन्धी कार्य सम्वन्धित जिल्लाको स्वास्थ्य कार्यालयले र २६ देखि ५० शय्यासम्मको स्वास्थ्य निर्देशनालयले गर्ने भएको छ। ५१ देखि २ सय शय्यासम्मको जनरल तथा बिशेषज्ञ अस्पतालको नविकरण तथा इजाजतका प्रदान अनुगमन तथा नियमन् सम्वन्धी कार्य प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले गर्ने भएको छ।  

स्वास्थ्य कार्यालय र स्वास्थ्य निर्देशनालयको सिफारिस बमोजिम ,२५ देखि ५० शय्यासम्मका जनरल तथा बिशेषज्ञ अस्पतालको इजाजत समेत सामाजिक विकास मन्त्रालयले जारी गर्ने भएको छ। २५ शय्यासम्मको आयुर्वेद अस्पतालको नविकरण, इजाजतका लागि सिफारिस अनुगमन तथा नियमन् सम्वन्धित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र/अञ्चल आयुर्वेद स्वास्थ्य केन्द्रले र २६ देखि ५० शय्या सम्मको स्वास्थ्य निर्देशनालयले गर्ने छ। सम्वन्धित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र/अञ्चल आयुर्वेद स्वास्थ्य केन्द्र र स्वास्थ्य निर्देशनालयको सिफारिस बमोजिम २५ देखि ५० शय्यासम्मको आयुर्वेद अस्पतालको इजाजत पत्र समेत सामाजिक विकास मन्त्रालयले जारी गर्ने भएको छ।  

यस्तै डेण्टल क्लिनिक, बिशेषज्ञ क्लिनिक र पोलिक्लिनिक र पुनर्स्थापना केन्द्रको इजाजत, नविकरण, अनुगमन र नियमन् सम्वन्धित जिल्लाका स्वास्थ्य कार्यालयले गर्ने छन्। आँखा उपचार केन्द्र र हस्पिस सेन्टरको इजाजत, नविकरण, अनुगमन र नियमन् स्वास्थ्य निर्देशनालयले गर्ने छ। ‘सी’ वर्गको प्रयोगशालाको इजाजत, नविकरण, अनुगमन र नियमन् प्रदेश जनस्वास्थ्य प्रयोगशाला र ‘ख’श्रेणीको रेडियो इमेजिङ तथा २५ शय्यासम्मको डाइलासिस केन्द्रको इजाजत, नविकरण, अनुगमन र नियमन् सामाजिक विकास मन्त्रालयले गर्ने भएका छन्।  

सामाजिक विकास मन्त्रालयका नर्सिङ अधिकृत आस्था थापाका अनुसार प्रदेश सरकारले नेपाल सरकारको स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नती सम्वन्धी मापदण्ड २०७० को अधिनमा रही इजाजत दिने र नविकरण गर्ने कार्य गर्ने भएको छ। प्रदेश सरकारले स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नती सम्वन्धी मापदण्ड तयार नभएकोले नेपाल सरकारकै विगतको बिधि र प्रकृया अनुसार गरिने समेत मन्त्रालयले जनाएको छ।
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock २३ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस