फौजी किराले मकैबालीमा क्षति
०९ असार २०७७
•
२ मिनेट पाठ
फौजी किराले मकैबालीमा क्षति
बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ कुसुममा फौजी किराले नोक्सान गरेको मकै । तस्बिर :अर्जुन ओली/नागरिक
हुर्कदै गरेको मकैबालीलाई फौजी किराले क्षति गरेपछि राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ कुसुम, बाँकेका किसान भोजराज केसी अचेल चिन्तित छन् । कोरोना भाइरसको महामारीका कारण बाहिरको सबै काम छाडेर कृषि पेशामा रमाइरहेका बेला फौजी किराले मकैमा क्षति गरेपछि उनी चिन्तित भएका हुन् । फौजी किराले हुर्कदै गरेको मकै बालीमा धेरै क्षति गरेको केसीले बताए । ‘मकैको कलिलो पातलाई फौजी किराले खाइदिएको छ,’ उनले भने ‘अनेक प्रयास गर्दा पनि पुर्ण रुपले किरा नियन्त्रणमा आउन सकेको छैन ।’  




फौजी किराले सताएपछि वडा कार्यालयबाट विषादी ल्याएर छर्किएपनि अझै नियन्त्रणमा नआएको केसीले सुनाए । सोही गाउँका अर्का किसान कृष्ण केसी पनि फौजी किराको आतंकबाट निराश बनेका छन् । किराले दिन रात मकैको बोटमा क्षति गरिरहँदा पनि नियन्त्रण गर्ने उपाय आफुसँग नभएको कृष्णले सुनाए । ‘किराले मकैको बोटमा नोक्सान गरिरहेको छ, किरा मार्ने उपाय हामीसँग केही छैन,’ उनले भने ‘गाउँका केहीले विषादी ल्याएर छर्किए, मैले त विषादी पनि छर्किन पाएको छैन ।’  

फौजी किराले राप्ती सोनारीका अधिकांस गाउँमा मकैबालीलाई नोक्सान गरेको छ । राप्तीसोनारी गाउँपालिका कृषि शाखा प्रमुख चन्द्रा शाहीले फौजी किराले मकैं बालीमा क्षति गरिरहेको बताईन् । गाउँपालिकाले वडा कार्यालयमार्फत किसानलाई विषादी वितरण गरेपनि फौजी किरा पुर्ण रुपले नियन्त्रणमा आउन नसकेको उनको भनाई छ । ‘हामीले विषादी वितरण गरेको ठाउँमा थोरै नियन्त्रणमा आएको जस्तो देखिन्छ, तर जहाँ विषादी पाएका छैनन्, त्यहाँ त झन् बढी क्षति गरेको छ,’ उनले भनिन् । फौजी किराको प्रकोप नियन्त्रण गर्न पुतलीलाई नै नष्ट गर्नुपर्ने कृषि शाखा प्रमुख शाही बताउँछिन् ।  

‘यो किराको लार्भा मकैको पातमै हुन्छ, तर पुतली चाही रातको समयमा मात्र देखिन्छ, त्यसकारण पुतलीलाई नष्ट गर्न चुनौतीपुर्ण छ,’ उनले थपिन् । फौजी किरा नियन्त्रण गर्न स्थानीय तहको एक्लो प्रयासले मात्र सम्भव नभएको भन्दै यसका लागि संघिय सरकारले विशेष अभियान सञ्चालन गर्नुपर्ने शाहीको सुझाव छ । फौजी किराले राप्तीसोनारीसहित डुडुवा, नरैनापुर, बैजनाथ, जानकी र खजुरा गाउँपालिका तथा नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिका क्षेत्रमा पनि आतंक मच्चाएको किसान बताउँछन् ।

कोरोना भाइरसको महामारी चलिरहेकै बेला मकैबालीलाई फौजी किराले क्षति गरिदिदाँ खाद्य संकट निम्तिने खतरा बढेको छ । डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले कोरोना महामारी चलिरहेको बेलामा मकैबालीलाई फौजी किराले क्षति गरिदिदाँ किसान समस्यामा परेको बताए । ‘फौजी किराले मकैबालीमा अहिले क्षति गरिरहेको छ, हामीले विषादी वितरणको काम गरिरहेका छौं, तरपनि नियन्त्रणमा आउन सकेको छैन,’ उनले भने ।
अर्को समाचार
मकैमा फौजी किराको समस्या देखिएपछि किसान चिन्तित
११ जेष्ठ २०८२
•
१ मिनेट पाठ
मकैमा फौजी किराको समस्या देखिएपछि किसान चिन्तित
मकैबालीमा फौजी किराको समस्या बढ्न थालेपछि यहाँका किसान चिन्तित भएका छन्। फौजी किराले मकैबालीमा क्षति गर्न थालेपछि किसान चिन्तामा परेका हुन्।  




वैशाख अन्तिम साताबाट अमेरिकन फौजी किराको समस्या बढेसँगै मकैबालीमा क्षति पुगेको स्थानीय कृषक धनबहादुर थापाले बताए।

किराका कारण गोड्ने समय भएको मकैको गुबोभित्र पसेर गुबो खाइदिने, पात खाने र पहेँलो भएर मर्ने समस्या रहेको उनको भनाइ छ। 'यस वर्ष पनि मकैमा फौजी किराको समस्या देखिएको छ,' उनले भने, 'फौजी किराले मकैको गुबो खाएर नष्ट बनाएको अवस्था छ। मकैमा किराको प्रकोप बढेपछि चिन्ता थपिएको छ। विशेष गरेर तल्लो भेगमा लगाइएको मकैमा किराको समस्या बढी देखिएको छ।'

जिल्लाको भोजपुर नगरपालिकाको टक्सार, बोखिम, दाँवा, पौवादुङमा गाउँपालिका, टेम्केमैयुङ गाउँपालिका, अरुण गाउँपालिकालगायत तल्लो क्षेत्रमा फौजी किराको समस्या देखिएको किसानको भनाइ छ। किराले गुबो नै खान थालेपछि मुख्य खाद्यान्नका रूपमा लगाइएको मकैको उत्पादन घट्ने अवस्था रहेका किसानको भनाइ छ।

बेँसी तथा तल्लो भेगमा किसानले लगाएको मकैबालीमा फौजी किराको समस्या देखिएको कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ। किरा नियन्त्रयका लागि किसानलाई आवश्यक प्राविधिक सहयोग गरिरहेको केन्द्रको भनाइ छ। रासस
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ५ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ४० मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस