अघिल्लो वर्ष असार १५ गतेसम्म २२ प्रतिशत रोपाइँ भएको सुदूरपश्चिम प्रदेशमा यस वर्ष भने चाँडै मनसुन भित्रिएसँगै असार पहिलो सातासम्म २२ दशमलव १६ प्रतिशत रोपाइँ भएको छ ।
मनसुन चाँडै भित्रनु र लक डाउनका कारण फूर्सदिला किसानले चाँडै धानको ब्याड राखेका कारण अन्य वर्षको तुलनामा यस वर्ष सुदूरपश्चिम प्रदेशमा रोपाइँ अगाडि भएको प्रदेश कृषि निर्देशनालयका कृषि निर्देशक यज्ञराज जोशीले बताए । ‘मनसुन चाँडै भित्रनु र सिँचाइ सुविधा पनि विस्तार गरिएका कारण विगतका वर्षभन्दा यस वर्ष चाँडै रोपाइँ सुरु भएको हो,’ उनले भने,‘सिँचाइ सुविधा विस्तार भएका कारण पनि किसानलाई यस वर्ष रोपाइँ गर्न सहजता भएको छ ।’
सुदूरपश्चिम प्रदेशमा १ लाख ८१ हजार ६ सय ४ हेक्टर जमिनमा धान रोपाइँ हुँदै आएकोमा यस वर्ष अहिलेसम्म ४० हजार २ सय ४४ हेक्टर अर्थात् २२ दशमलव १६ प्रतिशत जमिनमा रोपाइँ भइसकेको प्रदेश कृषि निर्देशनालय दिपायलले जानकारी दियो ।
सुदूरपश्चिम प्रदेशमा धानको उर्वरभूमि मानिने कैलाली र कञ्चनपुरमा भने सबैभन्दा कम रोपाइँ भएको छ । अहिलेसम्म कञ्चनपुरमा सबैभन्दा कम १५ प्रतिशत र कैलालीमा १७ प्रतिशत मात्रै रोपाइँ भएको प्रदेश कृषि निर्देशनालयको तथ्याङ्कले बताउँछ । कञ्चनपुरमा ४८ हजार तीन सय ७५ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेकोमा हालसम्म ७ हजार दुई सय ५६ दशमलव ३ हेक्टर जमिनमा रोपाइँ गरिसकिएको छ ।
यस्तै कैलालीमा ७१ हजार सात सय १५ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेकोमा अहिलेसम्म १२ हजार एक सय ९१ दशमलव ६ हेक्टर जमिनमा रोपाइँ भएको छ । पहाडी जिल्ला बाजुरामा सबैभन्दा बढी ४५ प्रतिशत रोपाइँ भएको प्रदेशक कृषि निर्देशनालयको तथ्याङ्क रहेको छ । ७ हजार दुई सय २० हेक्टर जमिनमा धान खेती हुने बाजुरामा तीन हजार दुई सय ४९ हेक्टरमा रोपाइँ सकिएको छ ।
अछाम र बैतडीमा ४०÷४० प्रतिशत रोपाइँ भएको छ । अछाममा धान खेती हुने १६ हजार ५ सय ८० हेक्टरमा ६ हजार ६ सय ३२ हेक्टर र बैतडीमा धान खेती हुने ९ हजार हेक्टरमध्ये तीन हजार ६ सय हेक्टरमा रोपाइँ भएको कृषि निर्देशक जोशीले जानकारी दिए । दार्चुलामा ३५, डोटी र बझाङमा २५÷२५ र डडेल्धुरामा २० प्रतिशत भू–भागमा धान रोपाइँ सकिएको छ ।
दार्चुलामा ४ हजार ४ सय ४८ हेक्टर जमिनमा धान खेती हुने गरेकोमा एक हजार ५ सय ६८, बझाङमा ७ हजार एक सय १० हेक्टरमा एक हजार ७ सय ७६ र डोटीमा १० हजार ८ सय ९८ हेक्टरमा धान खेती हुने गरेकोमा दुई हजार ७ सय २५ हेक्टर जमिनमा रोपाइँ सकिएको छ । त्यसैगरी डडेल्धुरामा ६ हजार दुई सय २६ हेक्टरमा धान खेती गरिँदै आएकोमा एक हजार दुई सय ४५ हेक्टरमा रोपाइँ सकिएको छ ।
कैलाली र कञ्चनपुर सिंञ्चित क्षेत्रसँगै असिंञ्चित क्षेत्रमा पनि असार नलाग्दै पानी परेका कारण धान रोपाइँ चाँडै भएको कैलाली र कञ्चनपुरको कृषि ज्ञान केन्द्रका प्रमुख रामचन्द्र भट्टले बताए । उनले भने,‘किसानले चाँडै बीउ राखेको र मनसुन चाँडै भित्रिएका कारण पनि रोपाइँ चाँडै भएको हो ।’ मनसुन यहि गतिमा भइरहेमा यस वर्ष अन्य वर्षको तुलनामा धान फसल राम्रो हुने पनि उनले बताए । ‘यसरी नै मनसुन भइरहेमा यस वर्ष फसल राम्रो हुन्छ,’ उनले भने,‘तर पनि रोगब्याधि र अन्य कुराले प्रभाव नपारेमा समग्रमा उत्पादन राम्रो हुन्छ ।’
मनसुन चाँडै भित्रनु र निषेधाज्ञाले फूर्सदिला किसानले चाँडै धानको ब्याड राखेका कारण अन्य वर्षको तुलनामा यसवर्ष सुदूरपश्चिम प्रदेशमा रोपाइँ चाँडै भएको छ। असार १५ रोपाइँ दिवसका दिनसम्म सुदूरपश्चिम प्रदेशमा ५० प्रतिशत रोपाइँ सकिएको प्रदेश कृषि निर्देशनालय दिपायलले जनाएको छ।
‘मनसुन चाँडै भित्रनु र सिँचाइ सुविधा पनि विस्तार गरिएका कारण विगतका वर्षभन्दा यसवर्ष चाँडै रोपाइँ सुरु भएको छ,’ प्रदेश कृषि निर्देशनालयका कृषि निर्देशक यज्ञराज जोशीले भने, ‘सिँचाइ सुविधा विस्तार भएका कारण पनि किसानलाई यसवर्ष रोपाइँ गर्न सहजता भएको हो।’
सुदूरपश्चिम प्रदेशमा १ लाख ८५ हजार ८ सय ४७ हेक्टर जमिनमध्ये रोपाइँ हुँदै आएकोमा करिब ५० प्रतिशत जमिनमा रोपाइँ भइसकेको प्रदेश कृषि निर्देशनालय दिपायलले जानकारी दिएको छ।
सुदूरपश्चिम प्रदेशमा धानको उर्वरभूमि मानिने कैलाली र कञ्चनपुरमा भने कम रोपाइँ भएको छ। अहिलेसम्म कञ्चनपुरमा सबैभन्दा कम ३५ प्रतिशत रोपाइँ भएको छ भने कैलालीमा ५५ प्रतिशत रोपाइँ भएको प्रदेश कृषि निर्देशनालयको तथ्याङ्कले बताउँछ।
कञ्चनपुरमा ४८ हजार ४ सय ७५ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेकोमा हालसम्म १६ हजार ९ सय ६६ दशमलव ३ हेक्टर जमिनमा रोपाइँ गरिसकिएको छ। यस्तै कैलालीमा ७० हजार पाँच सय ३० हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेकोमा अहिलेसम्म ३८ हजार ७ सय ८६ हेक्टर जमिनमा रोपाइँ भएको छ। पहाडी जिल्ला दार्चुलामा सबैभन्दा बढी ६२ प्रतिशत रोपाइँ भएको प्रदेश कृषि निर्देशनालयको तथ्याङ्क रहेको छ।
४ हजार ४ सय ८० हेक्टर जमिनमा धान खेती हुने दार्चुलामा दुई हजार २४ हेक्टरमा रोपाइँ सकिएको छ। अछाम, बझाङ र बैतडीमा ४५/४५ प्रतिशत रोपाइँ भएको छ। अछाममा धान खेती हुने १६ हजार ५ सय ९० हेक्टरमा ७ हजार ४ सय ६५ दशमलव ५ हेक्टर, बझाङमा १२ हजार ७ सय ४ हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएकोमा अहिलेसम्म ५ हजार ७ सय १६ दशमलव ८ हेक्टरमा रोपाइँ सकिएको छ भने बैतडीमा धान खेती हुने ९ हजार हेक्टरमध्ये ४ हजार ५० हेक्टरमा रोपाइँ भएको कृषि निर्देशक जोशीले जानकारी दिए।
बाजुरामा अहिलेसम्म ५५ प्रतिशत रोपाइँ सकिएको छ। ७ हजार १ सय ७५ हेक्टर क्षेत्रफलमा धानखेती हुने बाजुरामा ३ हजार ९ सय ४६ दशमलव ३ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ। यस्तै डडेल्धुरामा ६० प्रतिशत रोपाइँ सकिएको तथ्याङ्कले देखाउँछ। डडेल्धुरामा ६ हजार १ सय ८८ हेक्टरमा धान खेती हुने गरेको छ, जसमध्ये अहिलेसम्म ३ हजार ७ सय १२ दशमलव ८ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ। १० हजार ७ सय १५ हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको डोटीमा अहिलेसम्म ४५ हजार दशमलव ३ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ।
कैलाली र कञ्चनपुर सिञ्चित क्षेत्रसँगै असिञ्चित क्षेत्रमा पनि असार नलाग्दै पानी परेका कारण धान रोपाइँ चाँडै भएको छ। किसानले चाँडै बीउ राखेको र मनसुन चाँडै भित्रिएका कारण पनि रोपाइँ चाँडै भएको हो। मनसुन यही गतिमा भइरहेमा यस वर्ष अन्य वर्षको तुलनामा धान फसल राम्रो हुने कृषि विज्ञहरु बताउँछन्।
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...