नौ महिनामा १८ सय अनुगमन
०८ जेष्ठ २०७७
•
१० मिनेट पाठ
नौ महिनामा १८ सय अनुगमन
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले वैशाख मसान्तसम्म १७ सय ९८ फर्ममा अनुगमन गरेको जनाएको छ । विभागले अनुगमनका क्रममा कैफियत पाँच सय ६८ फर्मलाई जरिवाना गरेको छ । जसमा लकडाउन लक्षित ६४ र उपत्यकाबाहिरका ९८ फर्मसमेत छन् । जरिवानाबाट दुई करोड ८९ लाख सात हजार राजस्व संकलन भएको विभागको तथ्यांक छ । विभागका अनुसार उपत्यकाबाहिरबाट ८२ लाख १० हजार र लकडाउन लक्षित अनुगमनबाट ८६ लाख २५ हजार राजस्व उठेको छ ।




विभागका अनुसार चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म एक सय ४३ फर्मलाई स्पष्टीकरण सहित बयानको लागि बोलाइएको छ । यसमा नियमित अनुगमनको क्रममा एक सय ३७ र लकडाउन लक्षित अनुगमन नौ छन् । विभागले उपत्यकाबाहिर ६ लाई स्पष्टीकरण सोधेको छ । १० फर्मको परीक्षणको लागि नमुना संकलन भएको र ६ फर्मको कारोबार रोक्का गरेको विभागले जनाएको छ । अनुगमन गरिएकामध्ये चार सय २९ फर्म सामान्य अवस्थामा पाइएको र ६ सय ४२ फर्मलाई सुधारको लागि निर्देशन दिएको विभागले जनाएको छ ।

विभागले यो अवधिमा एक करोड ५५ लाख ४३ हजारभन्दा बढीको अयोग्य र म्याद गुज्रिएको सामग्री नष्ट गरेको जनाएको छ । विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले विभागले अनुगमनका अतिरिक्त लकडाउनयता नियमित रुपमा कल सेन्टरमार्फत उपभोक्ताका समस्यालाई सुन्दै र समाधान गर्दै आएको बताए । उनले यो बीचमा उपभोक्ताबाट खाद्यान्न र ग्यास सम्बन्धी गुनासा बढी आएको बताए । 

पछिल्लो समय राहत वितरणसम्बन्धी गुनासा बढी आउन थालेका छन् । विभागले इन्टरनेट सेवा प्रदायकसम्बन्धी गुनासा पनि हेर्दै आएको जानकारी दिए । धेरै इन्टरनेट सेवा प्रदायकको सेवा कमजोर रहेको गुनासाको आधारमा पटकपटक फोनमार्फत सेवा सुधार्न निर्देशन दिएको तर सुधार नआएकोले तिनका प्रतिनिधि बोलाएरै छलफल चलाउने योजना बताए ।

महानिर्देशक सुवेदीले विभागले उपत्यकाभित्र मात्र बढी चासो देखाएको जस्तो देखिए पनि उपत्यकाबाहिरको हकमा पनि पाँचवटा वाणिज्य कार्यालयमार्फत अनुगमनको काम अगाडि बढिरहेको जानकारी दिए । उनले उपभोक्ता संरक्षण नियमावली समेत आइसकेकोले उपत्यकाबाहिर सेवा प्रवाहलाई थप व्यवस्थित गराउन हरेक ७७ वटै जिल्लामा अनुगमनको संयन्त्र विकास गर्न लागेको जानकारी दिए ।

‘नियमावलीमा संघीय प्रादेशिक र स्थानीय तहमा निरिक्षण तोक्ने जिम्मेवारी विभागलाई भए अनुरुप हरेक जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीलाई निरिक्षण अधिकृत तोक्ने योजना बनाएका छौं,’ उनले भने, ‘गृहले सूची पठाउँदैछ, अब अनुगमन लगाएतका गतिविधि देखिने गरी जिल्ला जिल्लामा सक्रियता बढ्छ ।’
अर्को समाचार
पाँच महिनामा एक लाख बढी विदेशी नागरिक ‘ट्र्याकिङ’ मा
२९ वैशाख २०८३
•
२ मिनेट पाठ
पाँच महिनामा एक लाख बढी विदेशी नागरिक ‘ट्र्याकिङ’ मा
अध्यागमन विभागले विदेशी नागरिक अनुगमन प्रणाली (एफएनएमआइएस) कार्यान्वयनको प्रगतिबारे समीक्षा गरेको छ।




आज यहाँ आयोजित छलफलमा हालसम्म होटल, एजेन्सी, आन्तरिक विमान कम्पनी र विदेशी नागरिकलाई सेवा प्रवाह गर्ने एक हजार ५४३ वटा सेवा प्रदायक यस प्रणालीमा आबद्ध भएका विभागले जानकारी दिएको हो।

प्रणालीमा ९४ वटा होटेल मात्र आबद्ध भएका पनि जानकारी दिइयो।

यसैगरी, प्रणालीमार्फत करिब एक लाख २५ हजार यात्रुको अभिलेख सङ्कलन भएको जनाइएको छ।

उक्त प्रणाली सन् २०२६ जनवरी १ देखि काठमाडौंका तारे होटेल र मार्च १ देखि विदेशी नागरिकलाई सेवा प्रवाह गर्ने सबै सेवा प्रदायकमा लागू भएको छ।  

विदेशी नागरिकको सुरक्षा, राष्ट्रिय सुरक्षा, विदेशी नागरिकको गतिविधिको अनुगमन तथा अपराध नियन्त्रण, मुलुक पर्यटकीय दृष्टिकोणले सुरक्षित छ भन्ने सन्देश दिने उद्देश्यले यो प्रणाली लागू गरिएको विभागका प्रवक्ता टीकाराम ढकालले जानकारी दिए।

सबै होटेल सङ्घ र एसोसिएसनसँग नजोडिएका कारण प्रणालीमा आबद्ध हुने होटलको सङ्ख्या कम भएको, प्रणालीसम्बन्धी सचेतनाको कमी र साना होटल प्रणालीमा आबद्ध हुन नसकेका विषयमा पनि गम्भीर छलफल भएको उनले बताए।

आजको छलफलमा होटेलको अनुगमन गर्ने पर्यटन विभाग र विदेशी नागरिकलाई सेवा प्रवाह गर्ने सेवाप्रदायकका अनुगमनकारी निकायले अनुगमनमा तीव्रता दिने निर्णय भएको प्रवक्ता ढकालले जानकारी दिए।

‘होटेललगायत अन्य प्रकृतिका सेवा प्रदायकहरुलाई प्रणालीमा आबद्ध गर्न विभिन्न स्थानमा सचेतना कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको छ’, उनले भने, ‘यो प्रणाली राष्ट्रिय सुरक्षाको विषय पनि भएकाले यस प्रणालीमा सबैलाई आबद्ध हुन विभागले अन्य उपायको खोजी गरिरहेको छ।’

छलफलमा गृह मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पर्यटन विभाग, आन्तरिक राजस्व विभाग, होटल एसोसिएसन नेपाल, होटल व्यवसायी महासङ्घ, पर्यटक प्रहरीलगायत निकायको सहभागिता रहेको थियो।

त्यस क्रममा आन्तरिक राजस्व विभाग, पर्यटन विभागबाट होटेललाई प्रवाह हुने सेवासँग प्रणालीलाई आबद्ध गर्ने र प्रणालीमा आबद्ध भएका होटेलको सूची अध्यागमनको नेपाली पोर्टमा राखी भिसा आवेदन गर्दाकै बखत होटल छनोट गर्ने व्यवस्था लागू गर्नेलगायत विकल्पमा समेत छलफल भइरहेको जानकारी दिइयो।
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock २ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १२ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ४८ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस