रसुवागढी नाकामा निर्माण भइरहेको सुक्खा बन्दरगाहको निर्माण सुस्त भएको छ । लकडाउनबीच निर्माण अघि बढाएको आयोजनामा कामदार र निर्माण सामग्री अभाव छ ।
यसको निर्माण गत मंसिरमा सुरु भएको थियो । कामदार अभावमा निर्माण प्रभावित भएको इन्टरमोडल यातायात विकास समितिले जनाएको छ । समितिका सिभिल इन्जिनियर प्रमोद आचार्यका अनुसार हालसम्म १० प्रतिशत काम सकिएको छ । कामदार र निर्माण सामग्री पर्याप्त भएको भए अहिले ३० प्रतिशत काम सकिने उनको भनाइ छ ।
निर्माणस्थलमा अहिले १३ जना कामदार छन् । चीन सरकारको सहयोगमा ३० महिनामा सम्पन्न गर्ने गरी निर्माण भइरहेको छ । चीन सरकारले दुई चरणमा बन्दरगाह निर्माण गर्ने जनाएको छ । डिजाइन अनुसारको काम पहिलो चरणमा पूरा गर्ने र बाँकी काम दोस्रो चरणमा गरिने छ । रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२, टिमुरेमा बन्ने बन्दरगाह निर्माणको काम चलिरहेको छ ।
रसुवामा चीज उत्पादन अनिश्चित
रसुवामा यो वर्ष चीज उत्पादन अनिश्चित बनेको छ । यसअघि वैशाख १ गतेदेखि उत्पादन सुरु हुन्थ्यो । लकडाउनका कारण जिल्लाका ६ वटै उत्पादन केन्द्र बन्द छन् ।
चार उत्पादन केन्द्रका प्रमुख अहिले आफ्नै जिल्ला गएका छन् । थुमन र क्यान्जिन केन्द्रका प्रमुख जिल्लाकै हुन् । बाँकी केन्द्र प्रमुख दोलखाका हुन् । गोसाइँकुण्ड गाउँपालिका–६ को पाङ्लेखर्क चीज उत्पादन केन्द्रका प्रमुख जीतमान जिरेलले उत्पादन केन्द्र कहिलेबाट सञ्चालनमा आउँछ भन्ने निश्चित नभएको बताए ।
‘चीज उत्पादनका लागि आवश्यक पर्ने केमिकल छैन,’ उनले भने, ‘यो सबै बाहिरबाट आउन पर्ने भएकाले समस्या छ ।’ केमिकल डेनमार्क र भारतबाट आयात हुन्छ । जिल्लाका ६ वटै उत्पादन केन्द्र दुग्ध विकास संस्थानले सञ्चालन गरेको हो । क्यान्जिनमा एउटा निजी उत्पादन केन्द्र पनि छ ।
उत्पादन केन्द्र नखुल्दा कृषकले दूध बिक्री गर्न पाएका छैनन् । केन्द्र प्रमुख जिरेलका अनुसार यसअघि कृषकलाई पेस्की दिँदै आएकामा यस वर्ष त्यो पनि दिन सकिएको छैन । यसले कृषकलाई समस्या परेको उनको भनाइ छ ।
समयमै दूध संकलन गर्न नसक्दा यस वर्ष चीज उत्पादन घट्ने अनुमान गरिएको छ । जिल्लामा चारवटा उत्पादन केन्द्रबाट गते वर्ष ३९ हजार ६ सय ८० किलो याक चीज उत्पादन भएको थियो ।
जिल्लामा अहिले दुग्ध विकास संस्थानअन्तर्गत ६ वटा केन्द्र सञ्चालनमा छन् । २०७५ देखि थुमन र तातोपानी थप भएका हुन् । तीमध्ये चारवटा केन्द्रले नियमित रूपमा चीज तथा मखन उत्पादन गर्दै आएका छन् । चारवटा केन्द्रले ३९ हजार ६ सय ८० किलो याक चीज र १२ हजार चार सय किलो मखन उत्पादन गरेका हुन् ।