कृषि पूर्वाधारमा लगानी
०२ जेष्ठ २०७७
•
१० मिनेट पाठ
कृषि पूर्वाधारमा लगानी
सरकारले कृषि पूर्वाधारमा ठूलो लगानी गर्ने घोषणा गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संसद्मा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष ०७७/७८ को नीति तथा कार्यक्रममा कृषिको आधुनिकीकरण र व्यवसायीकरण गर्न ठूलो मात्रामा लगानी गर्ने उल्लेख छ ।




किसानका कृषि वस्तुले उचित बजार नपाइरहेको बेला बजार सुनिश्चित गर्न शीतभण्डार, बजार, संकलन तथा बक्री केन्द्र, कृषिजन्य वस्तु पु¥याउन सडक लगायत पूर्वाधारमा लगानी गर्ने उल्लेख छ ।

कृषि तथा कृषिजन्य उद्यम, व्यवसायलाई रोजगारीको मुख्य क्षेत्रको रुपमा विकास गर्ने घोषणा छ । कृषिमा आकर्षित गर्न बाली लगाउनुअघि नै न्यूनतम समर्थन मूल्य तोकेर कृषि उपजको बजार व्यवस्थित गर्दै किसानको नाफा सुनिश्चित गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । सरकारले सातै प्रदेशमा एग्रिकल्चर तथा लाइभस्टक सेन्टर स्थापना गर्ने नयाँ कार्यक्रम घोषणा गरेको छ । त्यसैगरी, सबै प्रदेशमा बीउ, नश्ल, औजार, बजारीकरण, उत्पादन भण्डारण, कृषि उपजको मूल्य शृंखलामा सूचना प्रविधिको प्रयोग समावेश गरिएको छ । किसानलाई दिने अनुदानमा सरलीकरण गर्ने जनाइएको छ ।  

कृषिलाई आयमूलक र मर्यादित पेसाको रुपमा विकास गर्ने, कृषि प्रशोधन केन्द्र खोलेर कृषि उपज निर्यातलाई प्रोत्साहन गर्ने, वैदेशिक रोजगारीबाट आएका युवालाई कृषिमा आकर्षित गर्ने सरकारको योजना छ । विगतमा सरकारले कृषि क्षेत्रमा वितरण गर्दै आएको अनुदान लक्षित समुदायमा नपुगेको गुनासोबीच अनुदानमा एकद्वार प्रणाली लागू गर्ने नीति र कार्यक्रममा उल्लेख छ ।

कोभिड–१९को असरपछि आन्तरिक उत्पादन बढाउन सरकारले कृषि क्षेत्रमा महŒवपूर्ण कार्यक्रम घोषणा गर्ने अपेक्षा गरिरहेको भए पनि विगतका जस्तै नीति तथा कार्यक्रममा समावेश गरिएको छ । नीति तथा कार्यक्रममा केही कार्यक्रम कार्यान्वनयमा आउन जटिल प्रकारका छन् ।  

वार्षिक रुपमा करिब दुई खर्ब रुपैयाँको कृषि तथा पशुजन्य वस्तु विदेशबाट आयात भएरहेको अवस्थामा आयातित वस्तुलाई निरुत्साहित गर्ने नीति छ ।  

‘स्वदेशी वस्तुको उपभोग गरौं, आन्तरिक उत्पादनलाई प्रोत्साहन गरौं’ नारासहित स्वदेशी उत्पादन बढाउने जनाएको छ । राष्ट्रपति भण्डारीले संसदका प्रस्तुत गरेको कार्यक्रममा कृषि उत्पादन बढाउँदै, कृषिलाई आयमूलक बनाउने, वैदेशिक रोजगारीबाट फर्किएका युवालाई कृषि व्यवसायमा प्रोत्साहित गरेर रोजगार वृद्धि गर्ने उल्लेख छ ।

सरकारले धान, गहुँ, उखुलगायत केही बालीको समर्थन मूल्य तोक्दै आएकोमा आगामी वर्ष बाली लगाउनुअघि नै प्रमुख बालीको न्यूनतम समर्थन मूल्य जनाएको छ । सरकारले आत्मनिर्भर अर्थतन्त्र बनाउन बाँझो जग्गामा खेती गर्न प्रोत्साहन गर्ने नीति लिएको छ । खाद्य सुरक्षामा सुधार आएको दाबी गरे पनि कृषिजन्य वस्तु आयात बर्सेनि बढिरहेको छ । कृषिमा आधुनिकीकरण, यान्त्रिकीकरण, विशिष्टीकरणको नारालाई दोहो¥याइएको छ । कृषि तथा कृषिजन्य उद्यमलाई प्रोत्साहन गरी रोजगारी सिर्जना गर्ने योजना छ ।  

चालु आर्थिक वर्षमा करिब सात अर्ब रुपैयाँ विनियोजन गरेर पनि प्रभावकारी हुन नसकेको, आर्थिक अनियमितता भएको आरोप लागेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई  पुनसंरचना गर्ने उल्लेख गरिएको छ । उक्त परियोजना अन्तर्गत विभिन्न जिल्लामा जोन, सुपरजोन, पकेट क्षेत्र बनाएर खेती गरिँदै आएको थियो । एक स्थानमा एउटै बाली लगाएर कृषि उपज र निर्यातको सम्भावना बढाउने नीति सरकारले लिने जनाएको छ । कृषि उत्पादन, प्रशोधन, बेचखिनमा स्थानीय सरकारको सहयोग लिएर किसानलाई प्रोत्साहन गरिने भएको छ । विगतमा वितरण गर्दै आएको अनुदानको रासायनिक मल स्थानीय तहमार्फत वितरण गर्ने नीति लिएको छ ।  

कृषियोग्य जमिनको नियमित परीक्षण गर्नुका साथै कृषि प्राविधिकले किसानको खेतबारीमा पुगेर प्राविधिक सेवा दिने व्यवस्था मिलाउने उल्लेख छ । सिँचाइ सुविधाको उपलब्धता, जनशक्ति अभावलगायत कारण अहिले पनि खेतीयोग्य जमिन उपयोगमा आउन नसकिरहेको अवस्थामा सरकारले सस्तो लोकप्रियताका लागि खेतका आलीमा समेत बिरुवा लगाउन अभिप्रेरित गर्ने कार्यक्रम राख्ने उल्लेख छ । सरकारले खेतका आली तथा कौसीमा दलहनलगायत बिरुवा रोप्न प्रोत्साहन गर्ने जनाएको छ ।  

भूमि बैंक बनाएर व्यक्तिका बाँझो जमिन उपयोग ल्याउनुका साथै उपयोगविहीन रहेका सरकारी जमिनमासमेत फलफूल लगाउने नीति लिएको छ । बाँझो रहेको जमिनलाई प्रयोगमा ल्याउन स्थानीय तहमार्फत बाँझो रहेको सार्वजनिक जग्गामा करार खेती गर्ने, सहकारीमार्फत र चक्लाबन्दी खेती गरेर उत्पादन वृद्धि गर्न प्रोत्साहन गर्ने उल्लेख छ । अर्गानिक खेतीलाई प्रोत्साहित गर्ने भएको छ । पशुपालनलाई थप व्यवस्थित गर्न नश्ल सुधारका कार्यक्रम ल्याउने, कृषि शिक्षालाई प्रयोगमा ल्याउने, कृषि र पशुपालन सम्बन्धी सीप हस्तान्तरण गर्ने जनाइएको छ ।  
अर्को समाचार
जापानी पक्षलाई पर्यटन, कृषि र पूर्वाधारमा लगानी गर्न आग्रह गरेँ: अध्यक्ष दाहाल
२५ साउन २०७९
•
१ मिनेट पाठ
जापानी पक्षलाई पर्यटन, कृषि र पूर्वाधारमा लगानी गर्न आग्रह गरेँ: अध्यक्ष दाहाल
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जापान भ्रमणका क्रममा आफूले प्राथमिकता प्राप्त आयोजनामा लगानी गर्न आग्रह गरेको बताएका छन्।




पाँचदिने जापान भ्रमण सम्पन्न गरी स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज पत्रकारसँग उनले जापानी पक्षलाई पर्यटन, कृषि, विद्युतीकरण र पूर्वाधारमा प्राथमिकताका साथ लगानी गर्न आग्रह गरेको बताए।

भ्रमणका क्रममा आफूले जापानको लिबरल डेमोक्रेटिक पार्टीका पूर्वमहासचिव एवं नेपाल–जापान संसदीय समितिका सभापति तोसिहिरो निकाइसँगको छलफलमा सूचना प्रविधि तथा फोहर व्यवस्थापनमा तत्काल नेपाललाई सहयोग गर्न आग्रह गरेको बताए। 'निकै राम्रो वातावरणमा विचारको आदानप्रदान पनि भयो', उनले भने,'एकअर्काको सहयोगलाई अभिवृद्धि गर्ने विषयमा दुवै पक्षबीच सकारात्मक कुराकानी भयो।'

नेपाली जनप्रगतिशील मञ्च जापानको निमन्त्रणामा अध्यक्ष दाहाल यही साउन २१ गते त्यसतर्फ प्रस्थान गरेका थिए। भ्रमणका क्रममा उनले कृषि, विज्ञान प्रविधि, पर्यटन प्रवद्र्धन, पुनःनिर्माण र पूर्वाधार विकासमा क्षेत्रमा जापानले गरेका प्रगति र विकासको अवलोकन गरेको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ।
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस