सबै पर्यटकीय स्थलमा १० बर्षभित्र यातायात सुविधा
१८ मंसिर २०७६
•
९ मिनेट पाठ
सबै पर्यटकीय स्थलमा १० बर्षभित्र यातायात सुविधा
विराटनगर – जिम्मेवारी लिएको लामो समयसम्म खुद्रे काम र साना आयोजनामा अल्झेको भनेर आलोचना खेपिरहेको प्रदेश १ सरकारले सडक सञ्जालको गुरुयोजना तयार पारेको छ। २०७४ फागुन २ गते गठन भएको सरकारले दुई वर्ष बित्दा समेत सरकारको उपस्थिति महसुस हुने ठोस योजना बनाउन नसकेको आरोप लाग्दै आएको छ।




स्विस विकास नियोगको सहयोगमा १० वर्षे प्रादेशिक सडक सञ्जाल गुरुयोजना तयार पारेपछि भने मुख्यमन्त्री शेरधन राईले प्रदेश १ ले अब ठोस योजनासहित काम थाल्ने दाबी गरेका छन्। ‘विभिन्न बाध्यताले अहिलेसम्मका विकास अव्यवस्थित रुपमा सञ्चालन भइरहेका छन्’, मंगलबार विराटनगरमा सडक गुरुयोजना सार्वजनिक गर्दै मुख्यमन्त्री राईले भने, ‘अब त्यस्तो हुनेछैन। सडकको गुरुयोजना बन्यो, अब सहरी विकासको तत्कालै बन्छ। पर्यटन विकासको गुरुयोजना पनि बन्दैछ।’ गुरुयोजना तयार पारेर व्यवस्थित रुपमा विकास निर्माण अघि बढाउने उनको भनाइ छ।

संघीयताको अभ्यासका क्रममा सबैभन्दा पहिलोपटक गुरुयोजना तयार पारेको दाबी गर्ने सरकारले प्रदेशका सबै स्थानीय तहका केन्द्रलाई ‘स्तरीय सडकले जोड्ने’ लक्ष्य राखेको छ। प्रदेश १ मा १ सय ३७ स्थानीय तह छन्। ‘प्रदेश समृद्धिको आधार, सबै पालिकामा यातायात पूर्वाधार’ प्रदेश सरकारको मुख्य नारा तय भएको छ। जनघनत्व बढी भएका र प्रदेशका सबै पर्यटकीय स्थलसम्म १० वर्षभित्र सडक सुविधा पु-याउने महत्वाकांक्षी लक्ष्य गुरुयोजनामा समेटिएको छ। सरकार गठन भएको सय दिनमा पूरा गर्ने भनिएका योजना अपूरै रहेको, दुईपटकको बजेटमा परेका योजना थालनी नै नभएको अवस्थामा १० वर्षे सडक गुरुयोजना कार्यान्वयन प्रदेश सरकारका लागि चुनौतीपूर्ण छ। तर सरकार यो लक्ष्यलाई महत्वाकांक्षी र चुनौतीपूर्ण मान्न तयार छैन। ‘हाम्रा निर्माण कम्पनीहरुको कार्यशैली, दक्ष जनशक्ति अभाव र खर्च गर्ने क्षमता कमजोर हुनु चुनौतीको कुरा हो’, आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले भने, ‘तर गुरुयोजना पूरा गर्ने, स्रोत जुटाउने कुरा चुनौतीपूर्ण र महत्वाकांक्षी दुवै छैन।’

प्रादेशिक सडक सञ्जाल गुरुयोजनामा सरकारले प्रदेशका सडकलाई तीन प्रकारले वर्गीकरण गरेको छ। जसअनुसार पहिलो र दोस्रो पाँचवर्षे अवधिमा प्रादेशिक लोकमार्ग १ हजार ७ सय १७ किलोमिटर लामो बन्नेछ भने सहायक प्रादेशिक लोकमार्ग २ हजार ७ सय ८६ किलोमिटरको हुनेछ। अन्य प्रादेशिक सडक गरी २ हजार ७ सय २३ किलोमिटरको हुनेछ। ‘१० वर्षभित्र प्रदेशभर ७ हजार २ सय २६ किलोमिटर सडक बनाउने गुरुयोजनाको मुख्य लक्ष्य हो’, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव राजेश घिमिरेले भने, ‘यसमा नयाँ बनाउने, मर्मत गर्ने र तिनको स्तरोन्नति गर्ने योजना समेटिएका छन्।’ उनका अनुसार प्रदेशस्तरको सडकको पहिचान, वर्गीकरण र प्राथमिकीकरणका लागि गुरुयोजना तयार पारिएको हो।

गुरुयोजनामा जनघनत्वको विवरण तथा प्रत्येक सडक खण्डले सेवा पु-याउने भौगोलिक क्षेत्रको निर्धारण गरी सडकको प्राथमिकता निर्धारण गरेको सरकारको भनाइ छ। तराई र पहाडमा जनघनत्वको अवस्था धेरै फरक रहेका कारण तराईका सडकलाई छुट्टै र पहाडका सडकलाई अलग्गै प्राथमिकीकरण गरिएको छ। गुरुयोजनामा आधारित रहेर सरकारले निर्धारण गरेको लक्ष्यअनुसार तराईका सबै प्रादेशिक सडकलाई दुई लेनको कालोपत्रे बनाउने र स्तरोन्नति गर्ने उल्लेख छ। बाँकी प्रादेशिक सडक र सहायक प्रादेशिक सडकहरुलाई मध्यम लेन कालोपत्रेमा स्तरोन्नति गरिने गुरुयोजनामा उल्लेख छ। वर्गीकरणको सूचीमा तेस्रो नम्बरमा रहेको ‘अन्य प्रादेशिक सडक’ को हकमा पनि तराईका सडकलाई मध्यम लेनको बनाउने र बाँकी सबै सडकलाई ग्राभेल बनाउने योजना छ। यो लक्ष्य पूरा गर्न १ हजार ७ सय १७ किलोमिटर प्रादेशिक लोकमार्ग, २ हजार ७ सय ८६ किलोमिटर सहायक प्रादेशिक लोकमार्ग र अन्य प्रादेशिक सडकअन्तर्गत ८३ किलोमिटर कालोपत्रे गरिनेछ। बाँकी २ हजार ५ सय ८४ किलोमिटर सडक ग्राभेल गरिनेछ। प्रदेशका सडकलाई तोकिएको स्तरमा पु¥याउन ४ सय ६० वटा पुल निर्माण गर्ने लक्ष्य सरकारको छ।

गुरुयोजनाका अनुसार सडक सञ्जाल योजना पूरा गर्न कुल २ खर्ब ४ अर्ब रकम लाग्नेछ। ‘आगामी १० वर्षमा सडक सञ्जालको लक्ष्य हासिल गर्न प्रदेश सरकारले १ खर्ब ४ अर्ब लगानी गर्नेछ’, मुख्यमन्त्री राईले भने ‘अपुग ९९ अर्ब रुपैयाँ विकास साझेदारहरुसँग सहकार्य गरेर जुटाइनेछ।’ १ सय ४ अर्ब रकममा संघ र स्थानीय सरकारको पनि सहभागिता हुने उनको भनाइ छ। आउँदो बैशाखमा प्रदेशले लगानी सम्मेलन गर्ने तयारी थालेको जानकारी दिँदै मुख्यमन्त्री राईले विकास साझेदारहरुसँग सडक सञ्जाल निर्माणका लागि छलफल सुरु भएको जानकारी दिए। उनले सडक सञ्जाल आयोजना थाल्न प्राथमिकतामा आधारित लगानी योजना तयारी भइरहेको पनि बताए।

मंगलबार नै प्रदेश सरकारको उच्चस्तरीय टोलीले विश्व बैंक, एसियाली विकास बैंक, स्विस विकास नियोग, डिएफआइडीलगायतका विकास साझेदारका प्रतिनिधिसँग विराटनगरमा छलफल गरेको छ। छलफलले आशावादी बनाएको सरकारी भनाइ छ। ‘हामी उहाँहरुसँग छलफलकै चरणमा छौं’, आर्थिम मामिला मन्त्री आङ्बोले भने, ‘अब प्रदेश सरकार, संघीय अर्थ मन्त्रालय र विकास साझेदारबीच छिट्टै छलफल गर्ने कुरा भएको छ।’ उनका अनुसार प्रदेशमा वैदेशिक लगानी भित्र्याउन संघीय सरकारले अनुमति दिनुपर्ने हुन्छ। त्यसका लागि संघीय सरकारसँग निरन्तर छलफल भइरहेको उनले जानकारी दिए। ‘साझेदार संस्थाका प्रतिनिधिले गुरुयोजना व्यवस्थित बनेको प्रतिक्रिया दिनुभएको छ’, उनले भने, ‘प्राथमिकीकरण अझै प्रस्ट पार्न उहाँहरुले सुझाव दिनुभएको छ।’
अर्को समाचार
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
१२ घण्टा अघि
•
२ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि-२०८३’ पुनरावलोकन गर्न आग्रह गरेका छन्।




कार्यविधिका केही प्रावधान सकारात्मक भए पनि यसले निजी क्षेत्र र निर्माण व्यवसायीमाथि थप चुनौती थपेको उनको भनाइ छ।

शुक्रबार नवौं सामाजिक सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै पाण्डेले एउटै श्रम बजारमा दुईथरी ज्याला प्रणाली लागू हुँदा गम्भीर असर पर्ने औँल्याए।

‘निजी क्षेत्रको न्यूनतम ज्याला मासिक १९ हजार ५५० रुपैयाँ र दैनिक ७५४ रुपैयाँ रहेको अवस्थामा सार्वजनिक खरिदमा आबद्ध अकुशल श्रमिकको दैनिक ज्याला १ हजार ७४० रुपैयाँ निर्धारण गरिएको छ,’ उनले भने, ‘एउटै श्रम बजारमा दुईथरी ज्याला प्रणालीले निजी क्षेत्रबाट श्रमिक पलायन हुने, उद्योगको लागत बढ्ने र प्रतिस्पर्धात्मक क्षमता कमजोर हुने जोखिम छ।’

पुराना ठेक्काको दररेट, लागत अनुमान र बोलपत्रमा नयाँ ज्याला तथा १० प्रतिशत योगदान समावेश नभएको अवस्थामा नयाँ व्यवस्था तत्काल लागू गर्दा व्यवसायीलाई ठूलो आर्थिक भार पर्ने पाण्डेले बताए।

यस्तो व्यवस्था कार्यान्वयनमा ल्याउनुअघि रोजगारदाता, श्रमिक र सम्बन्धित सरोकारवालासँग पर्याप्त छलफल तथा परामर्श गर्नुपर्नेमा उनले जोड दिए।

कार्यक्रममा पाण्डेले सामाजिक सुरक्षा कोषमा रोजगारदाता र श्रमिकको योगदानमा देखिएको असमानता हटाई प्रणालीलाई थप व्यावहारिक र प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराए।

सामाजिक सुरक्षा श्रमिकको अधिकार र रोजगारदाताको दायित्वसँग जोडिएको विषय भएकाले मन्त्रालयको नाम वा संरचना परिवर्तन हुँदैमा श्रमिकको सामाजिक सुरक्षाप्रतिको जिम्मेवारी कमजोर हुन नहुने धारणा उनले राखे।

सामाजिक सुरक्षा कोषमा हाल अर्बौं रुपैयाँ जम्मा भइसकेको उल्लेख गर्दै पाण्डेले त्यो रकम बैंकमा थन्क्याएर राख्नुभन्दा पूर्वाधार, जलविद्युत्, उद्योग र रोजगारी सिर्जना गर्ने उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने सुझाव दिए।

सोही कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको दायरा विस्तार गर्न सरकारले आगामी बजेटमा पर्याप्त रकम विनियोजन गर्ने बताए।

सामाजिक सुरक्षा कोषमा श्रमिक तथा कर्मचारीको आबद्धता बढाउन सरकारले चालु वर्ष १ अर्ब ८० करोड रुपैयाँ विनियोजन गरेको जानकारीसमेत उनले दिए।
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
यो पनि पढौँ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस