काठमाडौं – सरकारले गत आर्थिक वर्षमा घर जग्गा कारोबारबाट १० अर्ब रुपैयाँ पुँजीगत लाभकर असुली गरेको छ। विगतमा आवासका लागिमात्र घरजग्गा किनबेच हुँदै आएकामा दशकयता यसले व्यावसायिक रुप लिएपछि सरकारले पुँजीगत लाभकर लिन थालेको थियो।
भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार आर्थिक वर्ष ०६८/६९ मा लाभकर ३६ करोड रुपैयाँ असुली भएकामा करिब एक दशकपछि नौ अर्ब ६९ करोड उठेको हो। आर्थिक वर्ष ०७४/७५ मा भने यो ६ अर्ब ३६ करोड ५७ लाख असुली भएको थियो। अघिल्लो वर्षको तुलनामा गत वर्षको वृद्धि ३४ प्रतिशत हो।
विभागले संकलन गरेको तथ्यांक हेर्दा लाभकर हरेक वर्ष बढेको देखिन्छ। आव ०६८/६९ मा ३६ करोड संकलन भएको पुँजीगत लाभकर ०६९/७० मा ३१ करोड, ०७०/७१मा ६४ करोड, ०७१/७२ माएक अर्ब २३ करोड, ०७२/७३ मा दुई अर्ब सात करोड र ०७३/७४ माचार अर्ब ६१ करोड पुग्यो।
अर्कोतिर पुँजीगत लाभकर बढेकाले लामो समय यससँग सम्बन्धित राजस्व छली भएको अनुमान गर्न सकिन्छ। यसलाई नियन्त्रण गर्न र राजस्व असुलीमा प्रभावकारिता ल्याउन सरकारले आर्थिक वर्ष ०७३/७४ देखि अनलाइन प्रणालीमार्फत राजस्व संकलन गर्दै आएको छ। विभागले किनबेचको विवरण अनलाइनमार्फत निगरानी गर्न थालेपछि पुँजीगत लाभकर असुलीमा सुधार भएको सूचना अधिकारी संजिव नेपाल पनि स्वीकार्छन्।
‘देशभरका एक सय एक मालपोत कार्यालयमा अनलाइन प्रणाली लागू भएको छ; त्यसमा थप अनलाइनमा पुँजीगत लाभकर क्याल्कुलेटर समेत व्यवस्था भएकोले सहज बनाएको छ,’ सूचना अधिकारी नेपालले भने, ‘यसअघि पुँजीगत लाभकरका सन्दर्भमा भएका केही द्विविधाले पनि असर पु¥याएको थियो, अहिले त्यो विस्तारै हट्दै गएको छ।’
सरकारले पोहोरदेखि कारोबारको सिलिङ ३० लाखबाट घटाएर १० लाख बनाएकोले त्यसले पनि राजस्व असुली बढेको नेपालको तर्क छ। उनले सरकारले गर्दै आएको जग्गाको मूल्यांकनले समेत प्रभाव पारेको हुन सक्ने बताए। पुँजीगत लाभकर सुरुमा घरजग्गा किनेको पाँचवर्षभित्र बिक्री गरे पाँच प्रतिशत लाग्ने र त्यसभन्दा बढीको हकमा साढे दुई प्रतिशत लाग्ने व्यवस्था छ।
यो कर केन्द्र सरकारले तोक्ने र सोबापतको राजस्व रकम केन्द्र सरकार मातहत रहने व्यवस्था छ। विभागको तथ्यांक अनुसार गत आर्थिक वर्ष ०७५/७६ मा घर–जग्गा रजिस्ट्रेसन दस्तुर २३ अर्ब ९४ करोड ५४ लाख उठेको छ। आर्थिक वर्ष ०७४/७५ मायो शीर्षकमा २४ अर्ब १४ करोड २३ लाख राजस्व संकलन भएको थियो। घर–जग्गा रजिस्ट्रेसन दस्तुर प्रदेशले आ–आफ्नो निर्णय अनुसार दर निर्धारण गरेर संकलन गर्ने व्यवस्था छ। गत वर्षको तुलनामा कम देखिए पनि प्रदेश र स्थानीय सरकारले असुल गर्ने यो राजस्वको अंक केही थप हुन सक्ने सूचना अधिकारी नेपालले बताए।
‘स्थानीय र प्रदेश सरकार अन्तर्गत रहने भएको हुनाले केन्द्रले यसको तथ्यांक राख्ने नराख्ने कुरामाअन्योल थियो,’ नेपालले भने, ‘अनलाइनमार्फत तथ्यांक नराखिने कार्यालयका केही तथ्यांक आउन बाँकी छ, यो रकम बढ्छ।’
उनले घर जग्गा रजिस्ट्रेसनको शुल्क असुली हरेक स्थानीय तहसम्म पनि हुने हुनाले यकिन तथ्यांक आउन गाह्रो दखिएकोले त्यसलाई सहजीकरणका लागि प्रदेशगत रुपमा तथ्यांक राख्ने योजना भएको बताए।
गत आर्थिक वर्षमा घर–जग्गा रजिस्ट्रेसन र पुँजीगत लाभकर बाहेकका अन्य स्रोतबाट तीन अर्ब ८२ करोड ८८ लाख राजस्व संकलन भएको छ। विभिन्न सामाजिक अभियानलाई सहयोग पुग्ने गरी संकलन गरिएको यो राजस्व प्रदेश ३ ले वागमती सभ्यता बचाऊ अभियान, प्रदेश २ ले बेटी बचाऊ बेटी पढाऊ र अन्य प्रदेशले विभिन्न कार्यक्रमका लागि छुट्ट्याएको नेपालले बताए।
घर–जग्गाबाट विगत आठवर्षमा संकलित पुँजीगत लाभकर
आर्थिक वर्ष कर रकम (रुपैयाँ)
०६८/६९ ३६करोड
०६९/७० ३१ करोड
०७०/७१ ६४करोड
०७१/७२ १२३करोड
०७२/७३ २०७करोड
०७३/७४ ४६१करोड
०७४/७५ ६३४ करोड
०७५/७६ ९६९ करोड