काठमाडौं फर्कने जहाजमा टिकट पाउनैगाह्रो
३० असोज २०७६
•
७ मिनेट पाठ
काठमाडौं फर्कने जहाजमा टिकट पाउनैगाह्रो
काठमाडौं – दसैं मनाउन गाउँ फर्किएकाहरु काठमाडौं फर्कने क्रम बढ्दै गएको छ। अहिले विभिन्न जिल्लाका बसपार्कमा यात्रुको भीड देखिन्छ।




देशभरका विभिन्न गन्तव्यबाट राजधानीका लागि छुट्ने बसहरु सिटबाहिर पनि यात्रु राखेर फर्किरहेका छन्। काठमाडौं फर्कने टिकट सर्वसुलभ नहुँदा यात्रु ठगिने तथा टिकट नै नपाएका गुनासा व्यापक छ।

टिकट नपाउने समस्यास्थल मार्गमामात्र नभएर हवाईमार्गमा पनि उत्तिकै छ। यात्रु चापका कारण अहिले त्रिभुवन विमानस्थलमा दैनिक तीन सय ५० भन्दा बढी आन्तरिक उडानहरु भइरहेका छन्। अबको २–३ दिनभित्र दसैं मनाउन बाहिरिएकाहरु उपत्यका फर्किसक्ने निजी वायुसेवा कम्पनीहरुको भनाइ छ।

उनीहरुका अनुसार दसैंअघि नै प्रायः उडानका फर्कने टिकट बुक भइसकेकाले अग्रिम बुकिङ गरेको यात्रुलाई उडाउन अहिले विमान कम्पनीहरु व्यस्त छन्।

भद्रपुर, विराटनगर, राजविराज, भैरहवा र नेपालगन्जको उडान भरिरहेको श्री एयरलाइन्सले ८० वर्ष माथिकालाई पाँच सयमा र ७५ नाघेकालाई आधा छुटमा टिकट दिएकाले दसैंपछिको धेरै उडानको दसैंअघि नै बुक भइसकेकोले नयाँ यात्रुलाई दिन नसकेको बताएको छ। श्रीका प्रवक्ता अनिल मानन्धर अहिले काठमाडौंबाहिर जाने हवाई उडानमा टिकटको समस्या नरहेपनि काठमाडौं आउनेमा अझै १/२ दिन भिडभाड रहने बताउँछन्। ‘दसैंमा फरक–फरक मितिमा उडान भरेकाले फर्कन एकै दिनको टिकट बुक गरेका कारण पनि हवाई चाप बढेको हो,’ उनले भने, ‘अवको एक–दुई दिनमा सबै यात्रु ओसारिसक्छौं।’

पहिलै टिकट बुक भइसकेका कारण अहिले महँगो टिकटको सुविधासमेत नरहेको उनको भनाइ छ। भैरहवाको उडानमा यात्रु चाप कम भइसकेको र अन्य ठाँउमा पनि विस्तारै कम हुँदै जाने उनले बताए। अबको एक हप्तापछि तिहारको माहोलसुरु भइसक्ने भएकाले अहिले निजी विमान कम्पनीलाई यात्रु ओसार्न भ्याइनभ्याई भएको उनको भनाइ छ। ‘श्रीले भर्खरै सञ्चालनमा ल्याएको ८० सिट क्षमताको ड्यास ८ क्यू ४१०० विमानबाट यात्रु ओसारिरहेको छ,’ उनले भने, ‘नयाँ जहाजबाट घनगढी र नेपालगन्जको उडान भरिरहेका छौं।’

यती एयरलाइन्सका वरिष्ट प्रबन्धक तथा प्रवत्ता भिमराज राई पनि बुकिङ भएर फर्कने टिकटमा चाप रहेको बताउँछन्। अहिले महँगो फेयरको टिकट पनि नरहेकाले यात्रु चाप उच्च देखिएको उनले बताए। देशभरका उडानमा यात्रु चाप उस्तै रहेको र यो हप्ताभित्र टिकट नपाउने समस्या समाधान हुने उनले बताए। ‘काठमाडौंबाट बाहिर जाने यात्रुलाई हामीले निकै सस्तोमा उडाइरहेका छौं,’ उनले भने, ‘विराटनगरको साबिक भाडा सात हजार पाँच सय रहेपनि अहिले काठमाडौंबाट विराटनगर जानेलाई पाँच हजारमै उडाइरहेका छौं।’ खालि विमान उडाउनुभन्दासस्तोमा उडाउनु उचित हुने उनले बताए। दसैंअघि काठमाडौंबाट बाहिर जाने उडानमा चाप रहेपनि अहिले आउनेमा चार रहेको उनले बताए।

उनले भने, ‘यात्रुको चाप अत्यधिक छ। भनेकै दिनमा टिकट पाउन सक्ने अवस्था छैन।’ हाल यतीले भद्रपुर, तुम्लिङटार, विराटनगर, भरतपुर, पोखरा र नेपालगन्जउडान भर्दै आएको छ। यो कम्पनीलेपहाडतर्फ नेपालगन्जबाट फाप्लु, बाजुरा, जुम्ला, सिमिकोट, जुम्ला, रारा र डोल्पाको उडान गर्छ। पोखरा–जोमसोम रुटमा पनि यात्रुको उत्तिकै चाप रहेको राईको भनाइ छ। काठमाडौंबाट मात्रै यतीले दैनिक ३५ उडानसम्म भरिरहेको छ।

सिम्रिक एयरले पोखरा र भरतपुरको उडान गरिरहेको जनाउँदै आफ्ना उडानमा स्वाभाविक चाप रहेको कम्पनीका सञ्चार प्रवक्ता प्रज्ज्वल थापाले बताए।

उनका अनुसार कम्पनीका ८० प्रतिशत रिटर्न टिकट दसैं अघि नै बुक भइसकेका थिए। ‘यसपटक दसैं र पर्यटकीय सिजन सँगसँगै परेकाले दोहोरो टिकट बिक्रीमा अत्यधिक चाप देखिएको थियो,’ उनले भने ।

बुद्ध एयरले अबको केही दिनभित्रै दसैंमा बाहिरिएका यात्रु ओसारिसक्ने जनाएको छ। कम्पनीका मार्केटिङ म्यानेजर रुपेश जोशीले हाल बुद्धले तुम्लिङटार, सिमरा, भरतपुर, नेपालगन्ज, भद्रपुर, धनगढी र सुर्खेतमा उडान गरिरहेको जनाउदै रिटर्न टिकटमा यात्रुको चाप यथावत गएको जनाए।

सौर्य एयरलेनेपाल नागरिक उड्डयन प्राधिकरणले दिएको निर्देशन अनुरुप दसैंका उडानमा १० प्रतिशत छुट दिएको थियो।हाल यात्रुको चाप मध्यम रहेको कम्पनीको भनाइ छ। यसले भैरहवा, विराटनगर र भद्रपुरमा उडान सेवा दिइरहेको छ। विराटनगरबाट फर्कने उडानमा यात्रुको चापधेरै रहेको सौर्यको भनाइ छ।
अर्को समाचार
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
४६ मिनेट अघि
•
१ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्की। कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्। दूध उत्पादनमा प्रयोग हुने दाना, चोकर, घाँस, औषधोपचार, श्रम र ढुवानी खर्च निरन्तर बढिरहेको तर त्यसअनुसार दूधको मूल्य समायोजन नहुँदा किसानको आम्दानी खुम्चिँदै गएको किसानको भनाइ छ।




सप्तगण्डकी दुग्ध उत्पादक सहकारी संस्थाले पोखरामा पत्रकार सम्मेलन आयोजना गरी अहिले दूधको गुणस्तरका आधारमा किसानले प्रतिलिटर रु ६८ देखि रु ७१ सम्म मात्र पाउँदै आएको र यो मूल्यले किसानको उत्पादन लागत र श्रमको उचित प्रतिफल दिन नसकेको जनाएको छ।

सहकारी संस्थाका अध्यक्ष नवराज बरालका अनुसार कास्कीमा सहकारीमार्फत दैनिक २८ हजार लिटर र निजी फार्म तथा डेरीबाट करिब ७० हजार लिटर दूध उत्पादन तथा बिक्रीवितरण हुँदै आएको छ। जिल्लामा दैनिक करिब एक लाख लिटर दूध उत्पादन हुने गरेको उनले बताए।

दूध उत्पादन किसानको जीविकोपार्जनसँग मात्रै नभई ग्रामीण अर्थतन्त्र र समग्र राष्ट्रिय अर्थतन्त्रसँग पनि जोडिएको विषय भएकाले यसलाई गम्भीरतापूर्वक लिनुपर्ने अध्यक्ष बरालको भनाइ छ। 'उत्पादन लागत बढ्दै जाने तर दूधको उचित मूल्य नपाउने अवस्था रहिरहे किसान यो पेसाबाट विस्थापित हुन सक्छन्। त्यसको असर देशको समग्र दुग्ध उत्पादनमा पर्छ। भौगोलिक अवस्था, पशु आहारको उपलब्धता, श्रम, ढुवानी दूरी र पशुपालन प्रणालीलाई आधार मानेर दूधको मूल्य निर्धारण हुनुपर्छ,' उनले भने। 

उपभोक्ताको हित र बजारको अवस्थालाई समेत मध्यनजर गर्दै किसानले प्राप्त गर्ने दूधको मूल्य कम्तीमा प्रतिलिटर रु ८० कायम गर्न आफूहरुले सरकारसँग माग गरिरहेको अध्यक्ष बरालले बताए। दूधको मूल्य बढाउन मागसहित केन्द्रीय दुग्ध उत्पादक सहकारी संस्थाले सरकारसँग लामो समयदेखि माग गर्दै आए पनि माग पूरा नभएको बताइन्छ। 

किसानले दूधको मूल्य वृद्धिसँगै किसानले दूध बिक्री गरेबापतको रकम समयमै भुक्तानी गर्ने व्यवस्था मिलाउन, पशुको स्वास्थ्योपचार र खोप सेवा प्रभावकारी बनाउन, पशु आहारमा सहुलियत दिन तथा उत्पादन लागतका आधारमा अनुदान उपलब्ध गराउन सरकारसँग माग गरेका छन्। त्यस्तै, पशुमा कृत्रिम गर्भाधान सेवा निःशुल्क उपलब्ध गराउनुपर्ने उनीहरूको माग छ।

पोखरा लेखनाथका कृषक त्रिलोचन लामिछानेले तीन वर्षदेखि दूधको मूल्य समायोजन हुन नसकेको बताए। उनका अनुसार यसबीचमा दाना–चोकरको मूल्य २५ प्रतिशतभन्दा बढिसकेको छ। 'दाना–चोकरको मूल्य महिनैपिच्छे रु १० देखि रु १५ सम्म बढ्छ। हामीले उत्पादन गरेको दूधको मूल्य भने तीन वर्षदेखि उस्तै छ। यही अवस्था रहिरहने हो भने यसरी किसान कसरी बाँच्ने ? पशुपालनबाट पलायन हुनुको विकल्प छैन,' लामिछानेले भने। 

कास्कीको माछापुच्छ्रे गाउँपालिका–४ लाहाचोकका कृष्णप्रसाद अधिकारीले बजारमा हरेक वस्तुको मूल्य बढिरहेको भए पनि दूधको मूल्य बढ्ने आशामा किसान तीन वर्षदेखि कुरिरहेको बताए। उपभोक्ताले बजारमा दूध किन्दा चर्को मूल्य तिर्नुपरे पनि त्यसको उचित लाभ उत्पादक किसानले पाउन नसकेको उनी बताउँछन्।

'किसानले पाउने मूल्य र उपभोक्ताले तिर्ने मूल्यबीच ठूलो अन्तर छ। उपभोक्ताले महँगोमा दूध किन्नुपर्ने तर किसानले उत्पादन लागतसमेत नउठ्ने मूल्य पाउने अवस्था छ। किसानले उत्पादन गरेको दूधको मूल्य निर्धारणमा उनीहरूकै कुरा किन सुनिँदैन ?' अधिकारीको प्रश्न छ। रासस
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ३७ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ४३ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
यो पनि पढौँ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस