मौसमी तरकारी निर्यात गर्दै टीकापुर
१८ असार २०८२
•
५ मिनेट पाठ
मौसमी तरकारी निर्यात गर्दै टीकापुर
कैलालीको पूर्वी क्षेत्र तरकारी खेतीका लागि चिनिन थालेको छ । पछिल्लो समय तरकारी खेती गर्ने किसानको संख्या बढ्दै गएको छ । उनीहरु मध्ये कोही व्यक्तिगत रुपमा त कोही सामूहिक रुपमा तरकारी खेती गर्दै आएका छन् ।




टीकापुर नगरपालिका वडा नम्बर ३ कटानपुरस्थित दिपज्योति महिला कृषक समूहमा २७ जना महिला सहभागी छन्। उनीहरुले १० विगाह क्षेत्रफलमा वर्षको तीन बाली तरकारी खेती गर्छन् । उनीहरुले मुख्य गरी काँक्रा, लौका र भान्टा उत्पादन गर्छन् । 

उनीहरुलाई बजारको कुनै समस्या छैन । ‘संकलन गरेर राख्छौँ । व्यापारी आफै गाडी लिएर आउँछन्’ सदस्य देशरानी चौधरीले भनिन्–‘हामीलाई बजारको झन्झट छैन ।’

जानकी गाउँपालिका वडा नम्बर ३ सुवर्णपुरमा रहेको कोसेली कृषक समूहले १५ विगाह क्षेत्रफलमा तरकारी खेती गर्छ । समूहमा ५१ जना सदस्य छन् । उनीहरुले आफ्नै जमिनमा तरकारी खेती गर्छन् ।

उनीहरुले काउली, बन्दा, टमाटर, खुर्सानी उत्पादन गर्छन् । समूहको तरकारी संकलन केन्द्र छ । सबै किसानले संकलन केन्द्रमा तरकारी जम्मा गर्छन् । समूहले टीकापुर, नेपालगञ्ज, सुर्खेतसम्म तरकारी बिक्री गर्दै आएको छ । तरकारी बेचेको रकम समूहले उत्पादन परिमाणका आधारमा किसानलाई भुक्तानी गर्छ ।

‘सामूहिक रुपमा बेच्दा किसानलाई समस्या हुँदैन’ समूहका अध्यक्ष रामकृष्ण चौधरीले भने–‘किसानको काम उत्पादन गर्ने र पैसा बुझ्ने मात्रै हुन्छ ।’

टीकापुर नगरपालिका वडा नम्बर १ वनगाउँस्थित घोटैली कृषक समूहले समेत किसानको तरकारी संकलन गरेर सामूहिक रुपमा बिक्री गर्ने व्यवस्था गरिदिन्छ । समूहमा आबद्ध २५ जना किसानले तरकारी खेती गर्छन् । उनीहरुले विगत ८ वर्षदेखि करिब २५ विगाहमा तरकारी खेती गर्दै आइरहेका छन् । उनीहरूको उत्पादन टीकापुरका साथै लम्की, चिसापानी, अत्तरियासम्म फैलिएको छ ।

समूहका सदस्य लालबहादुर चौधरीका अनुसार आवश्यकता अनुसार बजार बिस्तार भइरहेको छ । उनी आफैले १५ कठ्ठामा तरकारी खेती गर्छन् । उनले तरकारी खेतीले जीवन निर्वाहमा सहज भइरहेको बताए ।

जानकी गाउँपालिका वडा नम्बर ५ पहाडीपुरका प्रेमप्रसाद जोशी केही दिन अघि उत्कृष्ट कृषकका रुपमा सम्मानित भए । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्मान गरे । खप्तड पशुपक्षी तथा कृषि फर्मका सञ्चालक रहेका जोशी २०७७ देखि तरकारी खेती गर्दै आइरहेका छन् । उनले वैदेशिक रोजगारीको यात्रा छोडेर तरकारी खेती सुरु गरेका हुन । उनी वैदेशिक रोजगारीका क्रममा पाँच वर्ष मलेसिया बसेका थिए ।

उनको सिङ्गो परिवार तरकारी खेतीमा जुटेको छ । उनले ३ विगाहमा तरकारी खेती गर्छन् । उनका छोरा नारायण जोशी समेत वैदेशिक रोजगारीको यात्रा छोडेर तरकारी खेतीमा सक्रिय छन् । उनी दुई वर्ष मलेसिया र एक वर्ष कतार बसेर फर्किएका हुन । ‘हामी सात जनाको परिवार यसैमा जुटेका छौँ’ छोरा नारायण जोशीले भने–‘वैदेशिक रोजगारी भन्दा राम्रो आम्दानी भइरहेको छ ।’

उनले तरकारीका लागि बजारको कुनै समस्या नरहेको बताए । उनले कैलालीका ठूलासाना बजार मात्रै हैन नेपालगञ्ज, कोहलपुर, महेन्द्रनगर र सुर्खेतसम्म तरकारी पुर्‍याउने गरेको बताए ।

टीकापुर नगरपालिका वडा नम्बर ९ दुर्जनपुरका राजुप्रसाद चौधरीले तरकारी खेती सुरु गरेको १२ वर्ष भयो । उनी मौसमी र बेमौसमी दुबै खाले तरकारी उत्पादन गर्छन् । उनले हिउँदमा २ विगाह र वर्षायाममा डेढ विगाह क्षेत्रफलमा तरकारी गर्ने गरेको बताए । ‘वर्षायाममा समस्या हुन्छ । त्यही भएर अलि कम गर्छु’ उनले भने–‘हिउँदमा माग अनुसार तरकारी पुर्‍याउन सकिँदैन ।’

उनले आफ्नो उत्पादन टीकापुर, बर्दियाको राजापुर बजारमै खपत हुने गरेको बताए । उनले चार जनालाई नियमित रोजगारी दिएका छन् । उनले कामको चाप अनुसार आंशिक रुपमा ३०/३५ जनालाई रोजगारी दिने गरेको बताए । 

जानकी गाउँपालिका वडा नम्बर ५ पहाडीपुरका महेन्द्र सापकोटाले बुबाले सुरु गरेको तरकारी खेतीलाई व्यवसायीकरण गरे । उनका बुबाले दुई दशक तरकारी खेती गरे । ‘बुबाले थोरै क्षेत्रफलमा गर्नुहुन्थ्यो, मैले त्यसलाई बिस्तार गरे’ उनले भने–‘वर्षायाममा पनि मैले दुई विगाहमा तरकारी खेती गरेको छुँ ।’

उनको बारीमा अहिले लौका र करेला लटरम्म फलेका छन् । जो अहिले बजारमा बिक्री समेत भइरहेको छ । सापकोटाका अनुसार काँक्रा र बोडी बजार जाने तयारीमा छ । 

उनले तरकारीका लागि बजारको कुनै समस्या नरहेको बताए । उनले लम्की, अत्तरिया, महेन्द्रनगरका व्यापारी बारीमै पुग्ने गरेको जानकारी दिए ।

तरकारी उत्पादनमा रानी जमरा कुलरीया सिँचाई आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइले सहयोग गर्दै आएको छ । कार्यालयले कृषि औजार, अनुदान, प्राविधिक लगायतका सहयोग गर्दै आएको छ । एकाइले कतिपय समूहमा तरकारी संकलन केन्द्र निर्माण गरिदिएको छ । जसले तरकारीको बजारीकरणमा सहज भएको एकाइ प्रमुख भरतप्रसाद कँडेलले जानकारी दिए ।

उनले टीकापुरमा रहेका दुईवटा हाटबजार, अत्तरियास्थित हाटबजारलाई समेत आयोजनाले सहयोग गरेको बताए । ‘किसानको उत्पादन सहजै बिक्री होस् भनेर नै हाटबजार लगायतमा सहयोग गरेको हो’ उनले भने–‘हाटबजारले किसान उत्साहित भएका छन् ।’

उनका अनुसार कैलालीको पूर्वी क्षेत्र मौसमी तरकारीमा आत्मनिर्भर मात्रै नभई निर्यात गर्न सक्ने अवस्थामा पुगेको छ । उनले स्थानीय बजार बाहेक यहाँको तरकारी कोहलपुर, सुर्खेत, दाङ र बुटवलसम्म पुग्ने गरेको जानकारी दिए । 

उनले आयोजनाले सहयोग गरेपछि तरकारी उत्पादन गर्ने किसानको संख्या २५ प्रतिशत र उत्पादनमा ४० प्रतिशत बढेको दाबी गरे ।

आयोजनासँग जोडिएका तरकारी खेती गर्ने किसानको संख्या दुई सय रहेको छ । यसका अलावा ७ वटा समूह र २ वटा सहकारीले समेत तरकारी खेती गर्ने गरेको एकाइ कार्यालयका नायब प्राविधिक सहायक सम्झना चौधरीले जानकारी दिइन् । उनका अनुसार हाल कार्यालयको रेकर्डमा ९८ विगाह क्षेत्रफलमा तरकारी खेती हुने गरेको छ । 

बजारको सहजता र आयोजनाको सहयोगका कारण व्यावसायिक रुपमा तरकारी खेती गर्ने किसानहरूको संख्यामा वृद्धि हुँदै गइरहेको छ । तरकारी खेतीले धेरै किसानको आर्थिक अवस्थालाई सुधारको बाटोतर्फ डोर्‍याएको छ । 
अर्को समाचार
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
२१ साउन २०८२
•
१ मिनेट पाठ
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबाहेकका दलको बैठक बसेको छ। निर्वाचन आयोगले गरेको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ बारे सुझावबारे छलफल गर्न बुधबार बैठक बसेको हो। 




आयोगले साउन २२ गतेसम्म कार्यविधिमाथि सुझाव दिन भनी राजनीतिक दलहरूलाई पठाएको पत्रबारे छलफल गर्न अध्यक्ष दाहालले बैठक बोलाएको माओवादी केन्द्रले जनाएको छ। 

छलफल माओवादी केन्द्रको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको छ। छलफलमा कांग्रेस र एमालेबाहेक संसदमा रहेका दलका नेता तथा संसदीय दलका नेताहरू सहभागी रहेको माओवादी केन्द्रले जनाएको छ। 

माओवादी केन्द्रद्वारा सार्वजनिक तस्बिरमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, रास्वपाकी सांसद सोबिता गौतम लगायतका नेताहरू देखिन्छन्। 
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ४२ सेकेन्ड अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
यो पनि पढौँ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस