कृषिजन्य वस्तुको उत्पादन र उत्पादकत्व वृद्धि हुन नसक्दा मुलुक खाद्यान्नमा परनिर्भर छ। सरकारले धानलगायत बालीको उत्पादन वृद्धि गरेर आत्मनिर्भर बन्ने बताइरहँदा चालु आवको ११ महिनामै करिब ३९ अर्बको धान–चामल आयात भएको छ।
सरकारले असार १५ (आइतबार) ‘धान बालीमा सघनता: खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने नारासहित २२औं राष्ट्रिय धान दिवस मनाइरहँदा चामल आयातको तथ्यांकले भने सरकारी नीतिलाई गिज्याइरहेको छ। भन्सार विभागका अनुसार चालु आव २०८१/८२ को साउनदेखि जेठसम्म ३८ अर्ब ९४ करोड २८ लाख ६७ हजार रुपैयाँको धान, चामल आयात भएको हो।
यसरी हेर्दा मासिक करिब तीन अर्ब रुपैयाँ बढीको आयात भएको देखिन्छ। यो अवधिमा सात लाख ५३ हजार तीन सय पाँच मेट्रिक टन धान–चामल आयात भएको हो। गत वर्षको ११ महिनाको तुलनामा यो वर्ष धान–चामल आयात करिब ११ अर्ब रुपैयाँले बढेको छ। गत आवको सोही अवधिमा करिब २१ अर्ब रुपैयाँको धान–चामल आयात भएको थियो। त्यसैगरी २०७९/८० को साउनदेखि जेठ मसान्तसम्म ३३ अर्ब ६३ करोड ४७ लाख ९२ हजार रुपैयाँको धान तथा चामल आयात भएको थियो।
खेतीयोग्य जमिन बाँझिनु, उन्नत जातको धानको बिउ तथा रासायनिक मल, सिँचाइको अभावका कारण धान उत्पादन वृद्धि हुन सकेको छैन। भारतमा रहेको बफर स्टक धानमा छुट दिएकाले पनि यो वर्ष धान–चामल धेरै आयात भएको कृषि विभागले जनाएको छ। भारतले धान निर्यातमा छुट दिनु, नेपालीमा भात खाने कल्चरको विकास हुनु, खेतीयोग्य जमिन घट्नुलगायत कारणले आयात बढेको कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलले बताए।
‘अपेक्षित रूपमा धानको उत्पादकत्व बढ्न सकेको छैन,’ सञ्जेलले भने, ‘धान खेती गर्ने क्षेत्रफल पनि घटेको छ।’ गत वर्ष धान रोप्ने क्षेत्रफल १ प्रतिशतले घटेको थियो।
आव २०८१/८२ मा १४ लाख २० हजार ६ सय ३६ हेक्टरमा धान खेती गरिएको छ। यो वर्ष ५९ हजार चार सय ७६ मेट्रिक टन उत्पादन भएको थियो। मुलुकमा करिब ७० लाख मेट्रिक टन धान आवश्यक छ। करिब १० लाख मेट्रिक टन धान उत्पादन अपुग छ। नेपाली उपभोक्ताले छिमेकी मुलुक भारत, चीनदेखि अमेरिकामा उत्पादन भएको मिठो–मसिनो चामल प्रयोग गर्ने गरेका छन्।
यो वर्ष अमेरिकाबाट करिब २१ करोड १५ लाख रुपैयाँको मसिना चामल आयात भएको छ। त्यसैगरी फिलिपिन्स, थाइल्याड, जापान, इन्डोनेसिया, इटाली, बेलायत, अमेरिका, नाम्बियालगायत मुलुकबाट पनि चामल आयात भएको छ।
भारतले सस्तोमा धान दिएका कारण यहाँका व्यापारीले खरिद गरेर होल्ड गरेका कारण पनि आयात बढेको सन्जेलको दाबी छ। प्रतिव्यक्ति वार्षिक एक सय २१ किलो चामल प्रयोग हुनुपर्नेमा नेपालीले वार्षिक एक सय ३८ किलो चामल प्रयोग गरेको अनौपचारिक अध्ययनमा देखिएका सञ्जेलले बताए। ‘नेपालीमा भात खाने संस्कृतिको विकास भएको देखिन्छ,’ उनले भने, ‘यसले पनि आयात बढाएको छ।’
मिठो, मसिनो तथा बास्नादार चामल आयात पनि बढेको उनले बताए।
उत्पादन बढाउन किसानलाई उन्नत जातको धानको बिउ, आवश्यक परेका बेला रासायनिक मल, सिँचाइ सुविधा, धान रोप्न मेसिन औजार, सिँचाइको उपलब्धता सहज हुनु आवश्यक छ। कृषिमा आधुनिकीकरण, यान्त्रिकीकरण र व्यवसायीकरण नहुँदा उत्पादन बढ्न नसकेको हो। परम्परागत खेती प्रणालीले पनि उत्पादन बढ्न सकेको छैन।
अहिले पनि धान खेती परम्परागत, निर्वाहमुखी रहेको छ। गुणस्तरीय बिउ प्रतिस्थापन दर न्यून, माटोमा प्रांगारिक पदार्थ न्यून भई उर्वराशक्ति कमजोर र सन्तुलित मलखादको अभावले उत्पादकत्व वृद्धि हुन नसकेको विज्ञ बताउँछन्।
अहिले प्रतिहेक्टर करिब ४.२ मेट्रिक टन धान उत्पादन भइरहेको विभागका महानिर्देशक सञ्जेलले बताए। ‘उत्पादन बढाएर प्रतिहेक्टर ५ देखि ६ मेट्रिक टन पुर्याए आयात प्रतिस्थापन हुन्छ,’ उनले भने, ‘उत्पादन बढाउन प्रविधि र उन्नत जातको बिउ चाहिन्छ।’
सरकारले उत्पादन बढाउन धान खेती विस्तारलाई प्राथमिकतामा राखेको छ। आव २०८२/८३ मा तराईका २२ जिल्लामा चैते धानको उत्पादन बढाउन ३३ करोड रुपैयाँ लगानी गरी चामलमा आत्मनिर्भर हुने कार्यक्रम ल्याइएको छ। १२ लाख टन धान उत्पादन वृद्धि गर्ने लक्ष्य छ। अहिले एक लाख १० हजार हेक्टरमा चैते धान खेती हुँदै आएकोमा दुई लाख हेक्टर पुर्याउने लक्ष्य छ।