पोखरा विमानस्थलमा ३६ लाख लिटरको हवाई इन्धन डिपो निर्माण
१२ असार २०८२
•
३ मिनेट पाठ
पोखरा विमानस्थलमा ३६ लाख लिटरको हवाई इन्धन डिपो निर्माण
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको करिब साढे दुई वर्षपछि ३६ लाख लिटर क्षमताको हवाई इन्धन डिपो निर्माण भएको छ। नेपाल आयल निगमले करिब ६८ करोड रूपैयाँको लगानीमा विमानस्थल नजिकै डिपो निर्माण गरेको हो।




१२ लाख लिटरका तीन वटा हवाई इन्धन ट्यांकसहित अत्याधुनिक डिपो निर्माण सम्पन्न भएको परियोजना प्रमुख प्रदीप यादवले बताए। ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ हवाई इन्धन डिपो तयार भएको छ,’ यादवले भने, ‘साउन दोस्रो सातादेखि सञ्चालनमा ल्याउने तयारी गरेका छौं।’

डिपो २०८० साउन पहिलो साता निर्माण सुरु भएको थियो। नेपाली निर्माण व्यवसायीले यो डिपो भारतीय निर्माण कम्पनीसँगको सहकार्यमा निर्माण गरेका हुन्। ‘निगमको आफ्नै लगानी र स्वदेशी निर्माण व्यवसायी तथा प्राविधिकले हवाई इन्धन डिपो निर्माण गरेको यो पहिलो पटक हो,’ यादवले भने, ‘यो आयल निगमका लागि पनि गौरवको विषय हो।’

पोखरामा सिजनमा दैनिक १८ हजारदेखि २२ हजार लिटरसम्म इन्धन खपत हुन्छ। पोखराको पुरानो विमानस्थलमा ६४ हजार लिटर क्षमताको मात्रै भण्डारण रहेको थियो। पुरानो विमानस्थलबाट नयाँ अन्तर्राष्ट्रिय विमानस्थलमा बाउजरमा हवाई इन्धन लगेर निगमले इन्धन व्यवस्थापन गर्दै आएको थियो।

अन्तर्राष्ट्रिय मापदण्ड अनुसार हवाई इन्धन डिपो निर्माण गरिएको नेपाल आयल निगमका कार्यकारी निर्देशक डा.चण्डिकाप्रसाद भट्टले बताए। ‘अन्तर्राष्ट्रिय तथा आन्तरिक उडानका विमानलाई सेवा दिन सहज हुनेछ,’ भट्टले भने, ‘सहज रूपमा गुणस्तरीय इन्धन सेवा दिन सहज हुन्छ।’

नयाँ डिपोमा सम्भावित आगजनी दुर्घटनाको पूर्व सर्तकताका लागि १२–१२ सय किलोलिटरका दुई वटा पानी टयांक पनि निर्माण गरिएको छ। डिपोमा पम्प हाउस, अफिस भवन, ल्याब लगायतका संरचना निर्माण भएका छन्। हवाई इन्धन अतिसंवेदनशील वस्तु भएकाले यसको गुणस्तर र सुरक्षामा विशेष ध्यान पुर्‍याउने गरी आवश्यक पूर्वाधार निर्माण गरिएको प्रमुख यादवले बताए। हवाई इन्धन डिपो पूर्ण स्वचालित प्रणालीमा सञ्चालन हुनेछ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालनमा आएपछि स्वदेशी तथा विदेशी हवाई कम्पनीको चाप बढेसँगै हवाई इन्धनको माग पनि बढ्ने अनुमान छ। नयाँ डिपो निर्माण गरेपछि बढ्दो माग अनुसार जहाज कम्पनीलाई हवाई इन्धन उपलब्ध गराउन नेपाल आयल निगम सक्षम हुनेछ। अबका दिनमा हवाई इन्धन बिक्री थप व्यवस्थित गर्न सहज हुने निगमले जनाएको छ।

पुरानो विमानस्थलमा रहेको डिपो परिसरमा १६–१६ किलोलिटरका चार वटा हवाई इन्धन भण्डारण गर्ने अन्डर ग्राउन्ड टयांक रहेका छन्। घरेलु विमानस्थलबाट करिब साढे ६ किलोलिटरको दूरीमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलमा घरेलु विमानस्थलकै हवाई इन्धन डिपोबाट डिस्पेन्सरमा ल्याएर बाउजरमा सारेर जहाजमा इन्धन भर्ने काम गर्दै आएको छ।

आयल निगमसँग काठमाडौंमा सात हजार सात सय १०, विराटनगरमा दुई सय ८०, भैरहवामा ५६, पोखरामा ६४, नेपालगन्जमा दुई सय ८०, सुर्खेत ६०, धनगढीमा ४५ किलोलिटर हवाई इन्धन भण्डारण क्षमता छ। निगमको अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा, विराटनगर, झापा भद्रपुर, भैरहवा, सुर्खेत, नेपालगन्ज, धनगढी, सिमरा, जनकपुर लगायतका विमानस्थलमा इन्धन डिपो छ। निगमले सिमरा, मन्थलीमा अस्थायी रूपमा हवाई इन्धन भर्ने व्यवस्था मिलाएको छ। विमान उडानको चाप भएका कपितय विमानस्थलमा बाहिरबाट ट्यांकरमा हवाई इन्धन लगेर भर्ने पनि गरिएको छ।

दाङ, डोल्पा, जुम्ला, भोजपुर, बाजुरा, खानीडाँडा खोटाङ, मनाङ, फाप्लु सोलुखुम्बु, रामेछाप, रुकुम चौरजहारी, रुकुम सल्लेरी, रुम्जाटार ओखलढुंगा, रारा मुगु, सिमिकोट हुम्ला, ताप्लेजुङ, तेन्जिङ हिलारी सोलुखुम्बु, तुम्लिङटार विमानस्थल संखुवासभा लगायतका विमानस्थलमा हवाई इन्धन डिपो छैन। डिपो नभएका विमानस्थलमा हवाई जहाजले सम्बन्धित एयरपोर्टमा जाँदा आउँदाको इन्धन उडान सुरु हुने विमानस्थलबाटै बोकेर जाने गरेका छन्। विमानस्थलमा हवाई इन्धन डिपो बनाउन नागरिक उड्डयन प्राधिकरणको पनि तत्परता चाहिने निगमले जनाएको छ।  
अर्को समाचार
आफ्नै लगानीमा पोखरा विमानस्थलमा निगमको हवाई इन्धन डिपो
१९ असार २०८२
•
२ मिनेट पाठ
आफ्नै लगानीमा पोखरा विमानस्थलमा निगमको हवाई इन्धन डिपो
नेपाल आयल निगमले पहिलो पटक आफ्नै लगानीमा विमानस्थलमा हवाई इन्धन डिपो निर्माण गरेको छ ।




नेपाल आयल निगमले पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ३६ लाख लिटरको हवाई इन्धन डिपो बनाउँदै इतिहास रचेको बिहीबार डिपो निर्माण भएको स्थल पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो ।

यसअघि इन्डियन आयल कर्पोरेसनको सहयोगमा हवाई इन्धन डिपो निर्माण हुँदै आएको थियो । यो डिपो निर्माणमा निगमको आफ्नै लगानी मात्र होइन, स्वदेशी प्राविधिक र स्वदेशी निर्माण कम्पनीले निर्माण गरेकाले पनि निगमको ५५ वर्षे इतिहासमा यो डिपो ऐतिहासिक भएको छ ।

यसअघि लगानी मात्र विदेशीको होइन, प्राविधिक र निर्माण कम्पनी पनि विदेशी नै हुन्थे। त्यसलाई तोड्दै आफ्नै लगानी, स्वदेशी प्राविधिक र स्वदेशी निर्माण कम्पनी पनि हवाई इन्धन डिपो बनाउन सक्षम छ भन्ने सन्देश दिन ऐतिहासिक रुपमा सफल भएको परियोजना प्रमुख प्रदीप यादवले बताए । उनले भने,‘हवाई इन्धन डिपो बनाउने परनिर्भरता तोड्न सफल भएका छौँ । साथै हामी आफै डिपो बनाउन सक्षम छौँ भन्ने सन्देश दिन पनि सफल भएका छौँ ।’

त्यस्तै, ७५ करोड (भ्याटबाहेक), भ्याटसहित करिब ८६ करोडको लागतमा निर्माण भएको ३६ लाख लिटरको सो डिपो अत्याधुनिक र प्रविधिमैत्रीसमेत छ । साउन दोस्रो साताबाट सञ्चालनमा आउने सो डिपोमा इन्धन भर्न स्वचालित मेसिन (अटोमेसन)समेत जडान छ । जसले गर्दा इन्धन छिटो भरेर समयको पनि बचत हुने प्रमुख यादवले बताए ।

अति प्रज्वलनशील भएकाले यसको सुरक्षाका लागि ४ हजार लिटर क्षमताको ‘फोम स्टोरेज’, आगलागी भइहालेमा आगलागी नियन्त्रणका लागि २३० हर्सपावर क्षमताको दुई वटा फायरफाइटिङ डिजल पम्प, १५ हर्सपावर क्षमताको एउटा जक्की पम्प र ८ इन्चको पाइपसमेत जडान गरिएको उनले जानकारी दिए । यसबाहेक डिपो सुरक्षामा उच्च सतर्कता अप्नाउनका लागि १ हजार २ सय किलोमिटर क्षमताको दुई वटा अलग्गै पानी ट्याङ्की निर्माण गरिएको उनले बताए ।

‘यो ट्याङ्कीसँग डिपोको वरिपरि जडान गरिएको फायरफाइटिङ संरचनालाई आबद्ध गरिएको छ । जसले डिपोलाई उच्च सुरक्षा प्रदान गर्न मद्दत गर्छ’–उनले भने । डिपोमा पम्प हाउस, अफिस भवन र ल्याब लगायतका संरचना पनि निर्माण गरिएको उनले जानकारी दिए ।

२०८० साउन पहिलो साताबाट निर्माण सुरु भएर निर्माण सम्पन्न भएको यो डिपो सञ्चालनमा आएपछि इन्धन भर्न अर्को विमानस्थल धाउनुपर्ने बाध्यता हट्नेछ ।

अन्तर्राष्ट्रिय मापदण्ड अनुसार हवाई इन्धन डिपो निर्माण गरिएको परियोजनाका सहायक प्रमुख अनुपम पराजुलीले बताए । उनले भने,‘फिल्टर पनि अत्याधुनिक भएकाले इन्धनमा गुणस्तरीयता आउनेछ ।’

इन्जिनियरिङ कन्सल्टेन्सी प्रमुख डा.सुरज लामिछानेले पोखरामा हवाई इन्धन डिपो निर्माण गरेर हवाई इन्धन बनाउने कुरामा हामी आत्मनिर्भर छौँ भन्ने पुष्टि गर्न नेपाल सफल भएको बताए । उनले भने,‘लगानीसँगै प्राविधिक र निर्माण कम्पनी पनि सक्षम र आत्मनिर्भर छ भन्ने पुष्टि गर्न सफल भयौँ ।’

परियोजनाका कन्सल्टेन्ट हेड नारायण गौतमले निगमले विश्वास गरेर दिएको जिम्मेवारी पूरा गर्न सफल भएकोमा खुसी व्यक्त गरे । उनले भने,‘हामीलाई विश्वास गरेर जिम्मेवारी दिएकोमा निगमलाई धन्यवाद छ । त्यो विश्वासलाई हामीले कामबाट पुष्टि ग¥यौं ।’
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस