तरबुजा खेतीबाट डेढ लाखसम्म आम्दानी
१६ जेष्ठ २०८२
•
३ मिनेट पाठ
तरबुजा खेतीबाट डेढ लाखसम्म आम्दानी
बगरमा फल्ने चिसो फलका रुपमा रहेको तरबुजा उत्पादन गरी कपिलवस्तुको बुद्धुभुमी नगरपालिका– १० धनकौली गाउँका कृषकले मनग्गे आम्दानी गरेका छन् ।




धनकौलीको मोतिनगर, गगनी र हर्दासडिहवा लगायतका गाउँका सय बढी कृषकहरूले बाणगंगा नदीको निख्खर जमिनमा र तरबुजा र खरबुजा उत्पादन गरी राम्रो आम्दानी गर्ने गरेका छन् । उनीहरुले बाणगंंगा नदीले बनाएको बगरमा हरियो तरबुजा र खरबुजा उत्पादन गरेका छन् ।  नदीको निख्खर र सुख्खा बालुवामय बगर बनेको जग्गामा समेत नमुनाका रुपमा उनीहरुले उक्त चिसो फल उत्पादन गरी ५० हजार देखि डेढ लाख बढी आम्दानी गरेका हुन । 

कृषकहरूले ३ देखि १० कठ्ठा सम्म खरबुजा लगाएका छन् ।  बैशाख दोस्रो साता देखि कृषकहरूले खरबुजा बेच्न सुरु गरेका हुन । सोही वडाको देवपुराका कृषक बहराईची केवटले सोही वडामा रहेको सानो चेत्रादेई गाउँमा रहेको १० कठ्ठा खेतमा महेन्द्रा जातको तरबुजा फलाएर राम्रो आम्दानी गरेका हुन । नदीको बगरमा तरबुजा खेती गर्ने गरिएमा उनले दोश्रो बर्ष खेतमा तरबुजा लगाएका हुन । खेतमा उत्पादन भएको तरबुजा उनले छिमेकी जिल्ला अर्घाखाँची र कपिलवस्तुमा बेचेका छन् । उनले अहिले सम्म ७० क्युन्टल बढी तरबुजा बिक्री गरी डेढ लाख बढी आम्दानी गरेका बताए ।  बिउ जोताई र सिचाई गरी २५ हजार बढी लगानी गरेको उनले तरबुजा खेतीबाट सन्तुष्ट भएको बताए । उनले गत बर्ष भन्दा उत्पादन कम भए पनि मूल्य भने यस बर्ष राम्रो पाएको बताए । यस बर्ष २० देखि २३ रुपैयाँ सम्म प्रति किलोका दरले बिक्री गरेका छन् ।

तरकारी खेतीलाई मुख्य पेश बनाएका बहराईचीले भारतीय तरबुजा आयत भएकाले केही भने असर परेको बताए । कपिलवस्तु नगरपालिका– ३ शिव गढका कृषक राहीत चौहानले यस बर्ष ६ कट्ठामा लगाएको तरबुजाबाट ५० हजार आम्दानी गरेको बताए । ५ कट्ठामा खरबुजा लगाएका मोतिनगरका कृषक रमेश केवटले बैशाख दोस्रो साताबाट तौलिहवा बजारमा खरबुजा बेच्न सुरु गरेको बताए । उनले यस बर्ष खरबुजा बेचेर यस बर्ष ८० हजार आम्दानी हुने बताए । हरेक बर्ष तरबुजा बेचर १ लाख बर्ष आम्दानी गर्दै  आएका उनले तरबुजा खेती आफूलाई फापेको बताए । यस बर्ष २५ देखि ३० रुपैयाँ सम्म मूल्य पाएको उनले बताए ।

अर्का कृषक दिनानाथ केवटले यस बर्ष तरबुजाबाट ५० हजार आम्दानी हुने बताए ।  बैशाख जेठको प्रचण्ड गर्मीको बावजुत बालुवाको तापमा राेपिँदै यतिखेर माग बढी भएकाले फल र तरकारीको स्याहारमा जुटेका केवटले बताए । ‘ सिँचाइको सुविधा हुन सके आम्दानी अझ बढने थियो । ’ उनले भने । २ बिघामा बगरे खेती गरेको अर्को कृषक बुद्धु केवटले यस बर्षे एक लाख मात्र आम्दानी भएको बताए । भारतीय तरबुजा जिल्लामा आएकाले यहाँका स्थानीय कृषकहरूले उत्पादन गरेको तरबुजाको भाउमा केही असर गरेको  कृषकहरू बताउँछन् ।

माधुरी ६४ जातको खरबुजा एक कट्ठामा नै १५ क्युन्ट बढी उत्पादन हुने कृषकहरु बताउँछन् । यहाँ एक देखि १० किलो सम्मको तरबुजा उत्पादन भएका छन् । उनीहरुद्धारा उत्पादित तरबुजा अहिले कपिलवस्तुका विभिन्न स्थानमा लाग्ने ४ दर्जन हाटबजारको प्रमुख आकर्षण बनेको छ ।यस्तै यहाँका तरबुजा र खरबुजा अर्घाखाँची बुटवल लगायतका स्थानका जाने गरेको छ । अहिले बजारमा तरबुजा प्रति केजी २५ देखि ३० रुपैयाँसम्म बिक्री भइरहेको छ । तरबुजा खरिद गर्न बुटवल, भैरहवा, अर्घाखाँची सम्मका व्यापारीहरू खेतमै आउने गरेका छन् । स्थानीय कृषक पुर्सराम केवटले खेतमा फलेका तरबुजात तर्फ इसारा गर्दै भने ‘ व्यापारीहरू गाडी लिएर खेत मै माल किन्न आउँछन्, बिक्रीका लागि कुनै समस्या छैन।,’

बढ्दै गएको गर्मीसँगै स्थानीय बजारमा चिसो फल र तरकारीको माग बढेकाले आफ्नो उत्पादन बजार सम्म पुर्‍याउन किसानहरू व्यस्त देखिन्छन् । सो फलसँगै उनीहरुले त्यहाँ काँक्रो, तरकारी उत्पादन समेत गरेका छन् । जिल्लामा ६५ हेक्टरमा तरबुजा खेती हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।  यहाँ माधुरी ६४ आस्था, महेन्द्रा र मधुवाला जातका तरबुजा उत्पादन हुने गरेको छन् । 
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
३ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
यो पनि पढौँ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस