नयाँ वर्ष: पर्यटकीय गन्तव्यमा चहलपहल, उत्साही व्यवसायी
३० चैत्र २०८१
•
७ मिनेट पाठ
नयाँ वर्ष: पर्यटकीय गन्तव्यमा चहलपहल, उत्साही व्यवसायी
नयाँ वर्ष २०८२ को आगमनसँगै मुलुकको पर्यटन क्षेत्रमा पर्यटकको चहलपहलका कारण उत्साह थपिएको छ।




वसन्त ऋतुको आगमन र विद्यालयको वार्षिक शैक्षिक बिदाका कारण अभिभावक आफ्ना सन्ततिलाई लिएर आन्तरिक पर्यटन प्रवर्द्धनमा निस्किएका छन् भने सरकारी कर्मचारीको पनि वार्षिक बिदा सक्नुपर्ने भएकाले बिदामा पर्यटकीय गन्तव्यमा पुगेका छन्।

जसका कारण पूर्वको पाथीभरादेखि पश्चिमको शैलेश्वरीसम्मका धार्मिक स्थलमा अहिले धार्मिक पर्यटकको चहलपहल बढेको छ।

यसले पर्यटन प्रवर्द्धनसँगै मुलुकको अर्थतन्त्रसमेत चलायमान हुन पुगेको छ। मुलुकभित्रका प्रमुख पर्यटकीय गन्तव्यमा आन्तरिक पर्यटकको बाक्लो उपस्थिति रहेको छ।

होटल सङ्घ नेपाल (हान) का अध्यक्ष विनायक शाहका अनुसार नयाँ वर्षको पूर्व सन्ध्यामा अधिकांश पर्यटकीय गन्तव्यमा पर्यटकको चहलपहल बढेको छ।

“मुलुकभरका होटलहरुमा न्यूनतम ३५ देखि झण्डै कुनै स्थानमा शतप्रतिशतसम्म अकुपेन्सी पुगेको छ। केही समय सुस्ताएको व्यवसायमा नयाँ आशा सञ्चार भएको छ ठमेल, पोखरा, सौराहा, लुम्बिनी, भेँडेटारलगायत क्षेत्रमा ‘न्यू इअर इभ’ कार्यक्रम आयोजना गरिएको छ, यसले पर्यटनलाई थप चलायमान बनाएको छ।”

देशका प्रमुख पर्यटकीय गन्तव्यस्थल पाथीभरा, इलाम, तीनजुरे, धरान, भेडेटार, वसन्तपुर, मकालु आधार शिविर, खुम्बु क्षेत्र, सगरमाथा आधार शिविर, लुक्ला, बराहक्षेत्र, बुढासुब्बा, हलेसी, दन्तकाली, केचनाकवल, छिन्नमस्ता, जनकपुरधाम र भरततालमासमेत धेरै सङ्ख्यामा पर्यटक पुगेका छन्।

त्यस्तै, कालिञ्चोक, चरिकोट, शैलुङ, जिरी, पाँचपोखरी, हेलम्बु, पनौती, पलाञ्चोक भगवती, चितवन राष्ट्रिय निकुञ्ज, सौराहा, हेटाैंडास्थित मदनभण्डारी पार्क, पालुङ, दामन, लाङ्टाङ, गोसाइँकुण्ड, नुवाकोट दरबार, बन्दीपुर, पोखरा, गोरखादरबार क्षेत्र, कपिलवस्तु, तिलौराकोट, रामग्राम, बुटवल पाल्ला, लुम्बिनी पर्यटकको प्रमुख गन्तव्य मानिन्छन्।

बर्दिया राष्ट्रिय निकुञ्ज, ढोरपाटन, कर्णाली पुल, काँक्रेबिहार, बुलबुले ताल, शुक्लाफाँटा, दोधारा–चादनी झोलुङ्गे पुल, अपि सैपाल हिमाल, स्वर्गद्धारी, सुपादेउराली, बागलुङ कालिका, गलेश्वर, मुक्तिनाथ, लोमान्थाङ, दाङ, घोडाघोडी, धारापानी, शैलेश्वरी, बडिमालिका, राराताल, बागेश्वरी, स्वर्गद्धारी, रानीमल पछिल्लो समय पर्यटकको आकर्षणको केन्द्र बनेका छन्।

पदयात्रा र पर्वतारोहणको उपयुक्त मौसम भएकाले विदेशी पर्यटक साहसिक पर्यटन लागि हिमाली क्षेत्रमा पुगिरहेका छन्। सगरमाथासहितका हिमाल आरोहण गर्न धेरै सङ्ख्यामा स्वदेशी र विदेशी आरोही आधार शिविर पुगेका छन्।

सङ्घीय राजधानी काठमाडौं उपत्यका मात्रै नभई देशका अधिकांश पर्यटकीय गन्तव्यमा पर्यटकहरूको भिडभाड छ। उपत्यकाको नगरकोट, धुलिखेल, लाकुरीझञ्ज्याङ, गोदावरी, चन्द्रागिरि, खुलेखानी, चित्लाङ, शिवपुरी, ककनी, जर्सिङपौवालगायत गन्तव्यमा आन्तरिक पर्यटकको भिडभाड छ।

दक्षिणकाली, पशुपतिनाथ, स्वयभू, बौद्धनाथ, वसन्तपुर, पाटन र भक्तपुर दरबार क्षेत्रमा पर्यटकले भरिभराउ छन्। नगरकोटस्थित नगरकोट अलमस्ट होटलका नवीन गुरुङले आफ्नो होटलमा अकुपेन्सी शतप्रतिशत रहेको उल्लेख गर्दै अन्य होटलमा पनि राम्रो अकुपेन्सी भएको बताए।

व्यवसायी उत्साहित नयाँ वर्षको अवसरमा पर्यटन राजधानी पोखराको पर्यटन चलायमान बनेको छ। तथापि आन्दोलनका कारण पर्यटकले केही बुकिङ रुद्ध गरेका छन्।

नयाँ वर्षको सन्दर्भमा पोखरामा हरेक वर्ष तीन/चार दिन पर्यटक बढ्ने गरेको पोखरा पर्यटन विकास परिषद्का अध्यक्ष तारा पहरीले बताइन्। “नयाँ वर्षमा पोखरामा दुईदेखि तीन दिन चहलपहल बढ्छ। विशेष गरी भारतीय र चिनियाँ पर्यटक बढी देखिएका छन्”, उनले भनिन्।

उनका अनुसार पोखरा आसपासका गन्तव्य पर्यटकले भरिभराउ छन्। पर्यटकीय क्षेत्र लुम्बिनीमा पर्यटकको माहौल बढेको छ। पर्यटन राजधानी पोखरामा नयाँ वर्ष तथा महोत्सवले चहलपहल बढाएको छ।

रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेबान), पोखराका अध्यक्ष विश्वराज पौडेलका अनुसार यतिबेला अकुपेन्सी ७० प्रतिशतभन्दा बढी पुगेको छ। भैरहवास्थित सिद्धार्थ होटल सङ्घका अध्यक्ष सिपी श्रेष्ठका अनुसार उक्त क्षेत्रमा अकुपेन्सी ३५ प्रतिशतभन्दा बढी पुगेको छ।

नयाँ वर्षको आगमनले पर्यटनलाई चलायमान बनाएको उनको भनाइ छ। “भैरहवाका होटलमा विशेष गरी भारतीय पर्यटकले भरिभराउ छन्। आन्तरिक पर्यटक पनि बढेका छन्। होटलहरुले विभिन्न छुट र अफर दिएका छन्।

सङ्घका अनुसार भैरहवामा पाँचतारेदेखि पर्यटकस्तरका डेढसय भन्दा बढी होटल सञ्चालनमा छन्। पर्यटकीय नगरी सौराहामा पनि नयाँ वर्षको सन्दर्भमा पर्यटकको भिडभाड बढेको छ।

रेस्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान) सौराहाका अध्यक्ष ध्रुव गिरीका अनुसार सौराहामा आन्तरिक र विदेशी पर्यटक उल्लेख्य सङ्ख्यामा पुगेका छन्।

नयाँ वर्ष विभिन्न मेला महोत्सवले पर्यटन प्रवर्द्धनमा टेवा पुगेको उनले बताए। क्षेत्रीय होटल संघ नेपाल चितवनका निवर्तमान अध्यक्ष गङ्गा गिरीका अनुसार चितवनका होटलमा रुम पाउने अवस्था छैन।

“नयाँ वर्षमा होटलहरुको अकुपेन्सी शतप्रतिशत छ, तीन दिनसम्मका लागि कुनै होटलमा रुम उपलब्ध छैनन्”, उनले भने।

ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष सागर पाण्डे पनि नयाँ वर्ष पर्यटनमा आशा जगाउने वर्ष हुने भएकाले पर्यटन व्यवसायमा सकारात्मक उत्साह थपिएको बताए।

उनले भने, “आन्तरिक मात्र होइन विदेशी पर्यटक पनि उल्लेख्य सङ्ख्यामा आउने भएकाले पर्यटन व्यवसायीमा पनि हौसला बढेको छ।”

बोर्डको सक्रियता पर्यटन क्षेत्र चलायमान बनिरहेको र आन्तरिक र अन्तर्राष्ट्रिय पर्यटन आकर्षणका लागि बजारीकरणलाई प्राथमिकताकासाथ अगाडि बढाइएको नेपाल पर्यटन बोर्डले जनाएको छ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले बोर्डले आक्रामक रुपमा अन्तर्राष्ट्रिय प्रवर्द्धनको कार्य गरिरहेको जानकारी दिए। उनका अनुसार पछिल्लो पाँच महिनामा विदेशमा १७ वटा बिटुबी कार्यक्रम गरिएको छ।

आन्तरिकतर्फ नेपाल इन्डिया चाइना एक्स्पो सम्पन्न भएको छ भने ‘इस्ट टुरिजम मार्ट’ सकिएको छ। सुदूरपश्चिम मार्टको तयारी भइरहेको छ। अन्तर्राष्ट्रिय बुद्धिस्ट ट्राभल मार्ट घोषणा गरिएको छ।

नेपालका गन्तव्यमा विदेशी इन्फ्लुएन्सर, मिडियालाई भ्रमण गराएर पर्यटन प्रवर्द्धन गरिएको छ। बोर्डको तथ्याङ्कअनुसार सन् २०२३ मा ११ लाख ४७ हजार पर्यटकले नेपाल भ्रमण गरेका छन्।

सन् २०२३ मा १० लाख १५ हजार पर्यटक नेपाल भित्रिएका थिए। महामारी पूर्व सन् २०१९ मा ११ लाख ९७ हजार ९१ जना पर्यटक नेपाल आएका थिए। तर सन् २०२० मा कोरोना महामारीका कारण विदेशी पर्यटकको सङ्ख्या ८१ प्रतिशतले कमी आइ दुई लाख ३० हजार ८५ सङ्ख्यामा खुम्चियो।

त्यसैगरी २०२१ मा भने एक लाख ५० हजार नौ सय ६२ पर्यटक नेपाल आएका थिए। हवाई पूर्वाधार र सडक सञ्जाल चुस्तदुरुस्त भएमा मात्रै यो लक्ष्य भेट्टाउन सहज हुन्छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालित छ। तर, भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्रभावकारी रुपमा सञ्चालनमा आउन सकेका छैनन्। भलै ती दुई विमानस्थलमा अन्तर्राष्ट्रिय उडान भने सञ्चालन भइरहेको छ।

सडक सञ्जाल र हवाई सम्पर्क सञ्जाललाई प्रभावकारी बनाउन सकेको खण्डमा मुलुकको पर्यटनले फड्को मार्ने अध्यक्ष शाहको विश्वास छ।

नेपाल एसोसिएसन अफ टुर्स एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) का अध्यक्ष कुमारमणि थपलियाले नयाँ वर्षले पर्यटनमा सकारात्मक ऊर्जा थपिएको बताए। वर्ष २०८१ मा पर्यटन क्षेत्रमा अपेक्षा र निराशा दुवै मिश्रित रहे पनि आगामी वर्षमा पर्यटन क्षेत्रमा उत्साह थपिने उनको विश्वास छ।

उनले भने, “भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान भएको थियो, तर वर्षको उत्तरार्धमा उडान स्थगित भएको छ। महँगो हवाई सेवा भएको वर्षको रुपमा पनि लिन सकिन्छ, समग्रमा आशा मरेको छैन, नीतिगत फड्को मारेर परिणाम ल्याउनुपर्ने अपरिहार्यता छ।”

नयाँ वर्षको सन्दर्भमा प्रमुख पर्यटकीय गन्तव्यमा भ्रमण वर्ष जस्ता कार्यक्रम आयोजना गरेर बढीभन्दा बढी पर्यटक आकर्षण गर्ने योजना छ।

यसैसन्दर्भमा सन् २०२५ लाई पोखराले भ्रमण वर्षको रुपमा मनाएर २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ। पोखरामा फेवा महोत्सव सुरु भएको छ। नयाँ वर्षको अवसरमा नगरकोटमा वैशाख १ गतेदेखि ‘नगरकोट भ्रमण वर्ष-२०८२ आयोजना हुदैछ।

भ्रमण वर्षको शुभारम्भ राष्ट्रपति रामचन्द्र पौडेलले गर्ने तालिका छ। नगरकोट क्षेत्रको प्राकृतिक, संस्कृति र इतिहासलाई थप प्रचारप्रसार गर्ने उद्देश्यले नगरकोट नाल्दुम पर्यटन विकास समितिको समन्वयमा भ्रमण वर्ष हुन लागेको हो।

समितिका अध्यक्ष नवीन गुरुङले नयाँ वर्षको अवसरमा नगरकोटमा आन्तरिक र विदेशी पर्यटकको घुइँचो लागेको तथा महोत्सवले पर्यटनमा थप रौनक ल्याउने विश्वास व्यक्त गरे।

-सिबी अधिकारी/रासस
अर्को समाचार
भारतीय पाहुनाको आगमनले पर्यटन क्षेत्रमा चहलपहल
१७ चैत्र २०७८
•
४ मिनेट पाठ
भारतीय पाहुनाको आगमनले पर्यटन क्षेत्रमा चहलपहल
पोखरा लेकसाइडमा भित्रिएका भारतीय पर्यटक। तस्बिरः सन्तोष पोखरेल/नागरिक
कोरोना भाइरस संक्रमणले थलिएको पर्यटन क्षेत्रमा आशाका संकेत देखिन थालेको भन्दै व्यवसायी उत्साही भएका छन। पोखरामा अहिले भारतीयसहित केही तेश्रो मुलुकका पर्यटकको आगमन हुन थालेपछि व्यवसायीलाई उत्साही बनाएको हो। आन्तरिक पर्यटक पनि थपिँदा अहिले पर्यटकीय क्षेत्र लेकसाइडसहित पोखरा आसपासका पर्यटकीय गन्तव्यमा चहलपहल बढेको छ।  




व्यवसायीका अनुसार अहिले पोखरामा भारतीय पर्यटकको आगमन ह्वात्तै बढेको छ। भारतीय सहरमा गर्मी बढेकोले घुम्न आउने बाहेक मुक्तिनाथ दर्शन गर्न आउने भारतीय पर्यटकका कारण यहाँको पर्यटन व्यवसाय फस्टाएको छ। कोरोना संक्रमणले पर्यटन क्षेत्र थलिएको बेला भित्रिएका भारतीय पर्यटकका कारण राहत महसुस गरेको व्यवसायीले बताएका छन्।  

‘भारतीय पर्यटकका कारण अहिले पोखरा र आसपासका पर्यटन क्षेत्रमा चहलपहल बढाएको छ। आन्तरिक पर्यटक पनि थपिएका छन्,’ होटल ल्याण्डमार्कका वरिष्ठ बिजनेस डेभलपमेन्ट म्यानेजर पुष्पराज चालिसे भन्छन्, ‘आन्तरिक र भारतीय मात्र नभई तेश्रो मुलुका पर्यटक पनि भित्रिन थालेका छन्। त्यसले गर्दा राहतको महसुस भएको छ।’ कोरोना पछि तेश्रो मुलुकका पर्यटक पनि आउन थालेपछि व्यवसायीमा झनै उत्साह बढाएको उनले बताए।
चालिसेका अनुसार अहिले आवासीय कार्यक्रम अन्तर्गत पोखरामा पाहुना थपिएका छन्। त्यस्तै बंगलादेशका पर्यटक पनि उत्रिकै भित्रिएका छन्। जर्मनको समूहको आगमन पनि हुन थालेको छ। त्यसबाहेक भारतीय कर्पोरेट हाउसले पनि पोखरामा कार्यक्रम ल्याउन थालेका छन्। ‘सबैतिरका पर्यटक भित्रिन थालेका छन्। तेश्रो मुलुकका विदेशीको आगमन पनि थपिँदा व्यवसायमा उत्साह पलाएको छ,’ उनले भने, ‘भारतीय समुहको आगमन सबैभन्दा बढी छ।’ चालिसेका अनुसार मार्च महिनाको ल्याण्डमार्कको अकुपेन्सी अनुपात करिब ८० प्रतिशत पुगेको थियो। अप्रिल महिनाका लागि पनि यो आगमन उत्तिकै उत्साहजनक रहेको उनले बताए।  

‘यसअघि रोकिएका पाहुनाको भ्रमण पनि सुरु भएको छ। त्यस्तै रोकिएका कार्यक्रम पनि यही बेला आयोजना भईरहेका छन्,’ उनले भने, ‘कोरोना त्रास कम भएको मौका पारेर पाहुना घुम्न निस्किएका छन्। यसले पोखराका पर्यटन व्यवसायीलाई राहत दिलाएको छ। अहिले व्यवसायी निकै नै हौसिएका छन।’ कोरोनाका कारण लामो समय नोक्सानमा गुजारेका व्यवसायीले अहिले पाहुना आगमन बढ्दा खर्च धान्न सक्ने अवस्था सिर्जना भएको उनले बताए।  

माउन्ट कैलाश रिसोर्टका संचालक नरेश भट्टराई पनि भारतीय र तेश्रो मुुलुकका पर्यटकको आगमन बढ्दा व्यवसायी उत्साही भएको बताउँछन्। ‘अहिले भारतीय मात्र नभई तेश्रो मुलुकका पर्यटक पनि आउन थालेका छन्। आन्तरिकको आगमन त नियमित नै हो,’ भट्टराईले भने, ‘यूरोपियन पर्यटक आउन थालेपछि व्यवसायमा झनै उत्साह बढाएको छ। कोरोना सुरु भएपछिको विदेशीको आगमन अहिले थपिएको छ।’  

भट्टराईको अनुमानमा अहिले पोखरामा तेश्रो मुलुकका पर्यटकको आगमनको अकुपेन्सी करिब १० प्रतिशत। त्यस्तै भारतीयको आगमन भने एकाएक उकासिएको छ। ‘मार्चको अकुपेन्सी ६० प्रतिशतमा रह्यो। अप्रिलको बुकिङ पनि निकै नै राम्रो छ,’ उनले भने, ‘कुनै अवरोध नआउने हो भने अब भारतीय र तेश्रो मुलुकका विदेशीको आगमन पक्का बढ्नेछ।’ कोरोनाले नयाँ समस्या नथपेको खण्डमा आगामी दिनमा पोखरामा विदेशीको आगमन बढ्नेमा कुनै आशंका गर्नु नपर्ने उनले बताए।  
‘अप्रिलको बुकिङमा कुनै समस्या आएको छैन। कतैबाट रद्द पनि भएको छैन। यस्तै अवस्था रहिरहेमा आगामि सेप्टेम्बरदेखि पर्यटन व्यवसाय कोरोना अघिको अवस्थामा फर्किनेमा आशावादी छौं,’ उनले भने, ‘अब कोरोनासँग जुधेरै अघि बढ्ने हो। अहिलेको आगमनले हामी सबैलाई उत्साही बनाएको छ।’  

पश्चिमाञ्चल होटल संघका अध्यक्ष लक्ष्मण सुवेदीका अनुसार भारतीय पाहुनाको आगमन यतिबेला निकै नै राम्रो छ। आन्तरिक पाहुनाको आगमन पनि चलिरहेको छ। भारतीय पर्यटक भने समुहमा आएका छन्। भारतीय समूहको आगमनका कारण पर्यटन क्षेत्र निकै नै चम्किएको अध्यक्ष सुवेदीले बताए। ‘अहिले भारतीय पाहुना समूहमा आएका छन। एकै समुहमा तीनसयजनासम्म भारतीय पाहुना आएको थाहा पाएका छौ,’ उनले भने, ‘अहिले भित्रिएका भारतीय मध्ये अधिकांश मुक्तिनाथ दर्शन गर्न आएका तीर्थयात्री हुन्।’ उनका अनुसार अहिले पोखराका होटलको समग्र अकुपेन्सी अनुपात कम्तिमा ३० प्रतिशत रहेको छ। केहीमा त सतप्रतिशत नै अकुपेन्सी रहेको पनि उनले बताए।

उनका अनुसार होटलमा मात्र नभई पदयात्रामा पनि उत्तिकै पाहुना पुगेका छन्। पदयात्रामा जानका लागि दिनमा करिब पाँचसय जनाले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)बाट अनुमति लिएको पनि उनले जानकारी दिए। ‘पदयात्रामा जाने पाँचसयजना मध्ये करिब एक सयजना जति तेश्रो मुलुका पर्यटक हुन्। बाँकी ७५ प्रतिशत भारतीय पाहुना हुन्। पदयात्रामा पनि भारतीयको बर्चश्व रहेको छ,’ अध्यक्ष सुवेदीले भने, ‘पोखराको पर्यटन क्षेत्रमात्र नभई समग्र पदयात्रामा पनि चहलपहल बढाएको छ।’

अहिले पोखराको पर्यटन क्षेत्रमा भारतीय पाहुनाको भीडभाड देखिन्छ। भारतीय पाहुना बोकेर आएका ठूला आकारका भारतीय बस लेकसाइडका चोकचोकमा बस ठडिएका देखिन्छन्। भारतीय पाहुनाका कारण होटल र रेस्टुरेन्टमा पनि व्यस्तता बढाएको अध्यक्ष सुवेदीले बताए।  
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस