घिसिङको कार्यसम्पादन मूल्यांकन शून्य!
२० फागुन २०८१
•
१ मिनेट पाठ
घिसिङको कार्यसम्पादन मूल्यांकन शून्य!
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यसम्पादन मूल्यांकन शून्य आएपछि चर्चाको विषय बनेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग घिसिङले गरेको कार्यसम्पादन सम्झौता अनुरूप म्याद गुज्रेपछि विवरण बुझाएकाले शून्य आएको मन्त्रालयले जनाएको छ। मन्त्रालयले घिसिङसँग गरेको कार्यसम्पादन करार अनुसार आर्थिक वर्ष सकिएको दुई महिनाभित्र बुझाउनुपर्नेमा घिसिङले अटेर गरेर ढिला बुझाएको मन्त्रालयको जिकिर छ।




मन्त्रालयले गत पुस २२ गते कार्यसम्पादन मूल्यांकन नै नबुझाएकाले किन पदमुक्त नगर्ने भन्दै पत्र काटेपछि उनले २६ पुसमा कार्यसम्पादन विवरण बुझाएका थिए। तोकिएको समयमा कार्यसम्पादन पेस नगरेका कारण मूल्यांकन ग्राह्य नभई निजको आर्थिक वर्ष २०८०/८१ को कार्यसम्पादन मूल्यांकनको अंक शून्य कायम गरेको मन्त्रालयको निर्णयमा उल्लेख छ। 

पहिलो र दोस्रो वर्षको कार्यसम्पादन मूल्यांकनमा घिसिङले लगातार वा तेस्रो आर्थिक वर्षको मात्रै मूल्यांकनमा ५० प्रतिशतभन्दा कम अंक पाएको अवस्थामा उनीसँग भएको भएको सम्झौता भंग गरी पदबाट हटाउनका लागि सिफारिस गर्नसक्ने कार्यसम्पादन सम्झौतामा उल्लेख छ। सरकारले घिसिङलाई पदबाट हटाउन खोजिरहेको छ। 

मन्त्रालयकै सहसचिवको संयोजकत्वमा बनेको कार्यसम्पादन मूल्यांकन समितिले यस्तो नम्बर दिएको हो। निर्देशक घिसिङले गत आवमा सम्पादन गरेका काममा ९८.९९ प्रतिशत अंक दाबी गरी कार्यसम्पादन सूचकांक समेटिएको विवरण पेस गरेका थिए। ऊर्जा मन्त्रालयले आव २०७८/७९ र २०७९/८० मा गरेको कार्यसम्पादनमा घिसिङको क्रमशः ९४.२३ र ९८.९४ प्रतिशत अंक प्राप्त गरेका थिए। गत मंगलबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले कुलमानसँग २४ घण्टे स्पष्टीकरण सोधेको थियो। सरकारले किन नहटाउने भन्दै सोधेको स्पष्टीकरणमा घिसिङले हटाउन नमल्निे जवाफ फर्काएका थिए।
अर्को समाचार
कुलमानबारे ऊर्जामन्त्री: परीक्षामा उपस्थित नहुने विद्यार्थीलाई नम्बर दिन मिल्छ ?
२२ फागुन २०८१
•
१ मिनेट पाठ
कुलमानबारे ऊर्जामन्त्री: परीक्षामा उपस्थित नहुने विद्यार्थीलाई नम्बर दिन मिल्छ ?
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई शून्य नम्बर दिइएको विषयमा संसदमा स्पष्टीकरण दिएका छन्। संसदमा उठेका प्रश्नको जवाफ दिँदै उनले घिसिङको कार्यसम्पादन मूल्यांकन किन शून्य भयो भन्ने विषय स्पष्ट पारे।




मन्त्री खड्काले भने, ‘नेपाल सरकारले २०७८ साउन २७ मा उहाँलाई नियुक्त गर्दा कार्यसम्पादन मूल्यांकन गर्ने, त्यसकै आधारमा पुरस्कृत गर्ने वा निष्कासन गर्ने व्यवस्था गरिएको थियो। नियुक्ति पत्रमै उल्लेख छ— कार्य विवरण, आवधिक कार्ययोजना, कार्यसम्पादन मूल्यांकन, सेवा शर्त र कार्यसम्पादनमा आधारित प्रोत्साहन सुविधा व्यवस्थापन कार्यसम्पादन सम्झौताद्वारा व्यवस्थित हुनेछ।’

उनका अनुसार घिसिङले भदौ मसान्तभित्र कार्यसम्पादन मूल्यांकनका लागि अनुरोध गर्नुपर्ने थियो। ‘तर उहाँले त्यसो गर्नुभएन, मूल्यांकनको प्रक्रिया नै अघि बढेन,’ मन्त्री खड्काले भने, ‘भदौ बितेपछि असोजमा लिखित रूपमा स्मरण गराइयो। तर, उहाँले बेवास्ता गर्नुभयो।’

मन्त्री खड्काका अनुसार पुस महिनामा आएर घिसिङले आफैंले मूल्यांकन नम्बर प्रस्तुत गरे। ‘उहाँले ९८.९९ प्रतिशत आएको छ भनेर मन्त्रालयलाई बुझाउनुभयो,’ उनले भने, ‘तर कानुनी प्रक्रिया पूरा नगरी आफूले नै नम्बर दिन मिल्छ ? विद्यार्थी परीक्षामा उपस्थित भएन भने उसले नम्बर पाउँछ त ? कानुन सबैका लागि समान छ।’

खड्काले भने, ‘उहाँ कानुनभन्दा माथि हुनुहुन्छ भने संविधानमा लेखिदिनुपर्‍यो, तर हाम्रो व्यवस्था त्यस्तो छैन। सबै नागरिक कानुनको दायरामा रहनुपर्छ। उहाँ न त मूल्यांकनका लागि उपस्थित हुनुभयो, न कानुनी प्रक्रिया पूरा गर्नुभयो। त्यसैले उहाँलाई शून्य नम्बर दिइएको हो।’
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस