साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेर बन्द भएको छ। लगातार ९ दिनसम्म वृद्धि हुँदै आएको नेप्सेमा यस दिन करेक्सन देखिएको हो।
सोमबार नेप्से परिसूचक १३.६२ अंकले घट्दै २८७६.६६ विन्दुमा झर्यो। पछिल्ला ९ कारोबार दिनमा करिब २१२ अंकले वृद्धि भएको नेप्सेमा अल्पकालीन लगानीकर्ताहरूले नाफा सुरक्षित गर्दा बजारमा करेक्सन देखिएको हो।
यस दिन सेन्सेटिभ इन्डेक्स ३.७१ अंक, फ्लोट इन्डेक्स १.०८ अंक, र सेन्सेटिभ फ्लोट इन्डेक्स १.३१ अंकले घटेका छन्।
नेप्से घटेपनि यस दिन कारोबार रकम भने सामान्य रूपमा बढेको छ। अघिल्लो कारोबार दिन १४ अर्ब २५ करोडको शेयर किनबेच भएकोमा सोमबार १४ अर्ब २८ करोड ४५ लाख १० हजार रुपैयाँ बराबरको कारोबार भएको छ। यस दिन ३०० कम्पनीका ३ करोड १२ लाख ४१ हजार कित्ता शेयर १ लाख ३९ हजार ५५५ पटक किनबेच भएका छन्।
गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा पुग्दै ११४ रुपैयाँ २० पैसा बढेर प्रतिकित्ता १,२५६ रुपैयाँ ४० पैसामा अन्तिम कारोबार भयो। त्यस्तै, दिव्यश्वरी हाइड्रोपावरको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ भने सिन्धु विकास बैंकको शेयर मूल्य करिब ८ प्रतिशतले उकालो लागेको छ।
समाज लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य भने नकारात्मक सर्किट लेभलमा पुग्दै ३१८ रुपैयाँ ५० पैसा घटेर २,८६६ रुपैयाँ ६० पैसामा अन्तिम कारोबार भएको छ।