अल्ट्रालाइट जहाजबाट सगरमाथा क्षेत्र घुमाउने एभियाको योजना
२७ माघ २०८१
•
३ मिनेट पाठ
अल्ट्रालाइट जहाजबाट सगरमाथा क्षेत्र घुमाउने एभियाको योजना
जनकपुरबाट सगरमाथा क्षेत्रमा उडान भरेको एभिया क्लवको अल्ट्रालाईज जहाज। तस्बिरः नागरिक
पोखराको आकाशमा अल्ट्रालाइट जहाजमार्फत आन्तरिक तथा बाह्य पर्यटकलाई सयर गराईरहेको एभिया क्लवले सगरमाथा क्षेत्रको प्रत्यक्ष अवलोकन गराउने उद्देश्यले मधेश प्रदेशबाट पनि उडानको तयारी थालेको छ। त्यसका लागि केहीदिन अघि जनकपुर विमानस्थलबाट परीक्षण उडान गरेको छ।  




एभिया क्लवकी संचालक नताशा श्रेष्ठले जनकपुर र राजविराजमध्ये कुनै एउटा विमानस्थलबाट सगरमाथा क्षेत्रको आकाशमा अवलोकन उडान गराउने योजना रहेको सुनाईन। उनका अनुसार एभियाले सगरमाथा हिमाल, त्यस वरपरका चुचुरा र कोशी टप्पु क्षेत्रको दृश्यावलोकन गर्ने गरी उडानको योजना रहेको छ। ‘सगरमाथा क्षेत्रलाई आकाशबाट प्रत्यक्ष अवलोकन गराउने योजना हो। त्यसले जनकपुर आउने पर्यटकलाई सगरमाथा क्षेत्रमा घुमाउन सकिन्छ,’ श्रेष्ठले भनिन, ‘मधेश क्षेत्रको पर्यटनमा नौलो प्रडक्ट थपिने भएकोले पहल थालेका हौ।’

एभियाले सगरमाथा क्षेत्रमा उडान गर्नेगरि केहीदिन अघि जनकपुर विमानस्थलबाट परीक्षण उडान पनि गरेको छ। जनकपुरबाट सगरमाथा क्षेत्रमा पुग्नका लागि एकघण्टाको उडान हुने र फर्किन पनि त्यत्तिकै समय लाग्ने उनले बताईन। ‘जनकपुरबाट उडेको दुइघण्टामा सगरमाथालाई नजिकैबाट नियालेर जनकपुर फर्किन सकिन्छ । यसले मधेश प्रदेशमा साहसिक पर्यटनको सम्भावनालाई बढाउनेछ,’ उनले भनिन, ‘पर्यटन क्षेत्रमा नौलो आयाम दिलाउने विश्वास छ।’

उनका अनुसार राजविराज विमानस्थबाट पनि परीक्षण उडानको योजना रहेको छ। तर, योपटक भने तिब्रगतिको हावाका कारण उडान भएको थिए। राजविराजबाट भिजिविलिटी राम्रो देखिएपनि तिब्रगतिको हावा चल्ने भएकोले अहिलेका लागि परीक्षण उडान नभएपनि केहीदिनमा पुन प्रयास गर्ने उनले बताईन।  

संचालक श्रेष्ठका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)बाट अनुमति पाएपछि नियमित उडान सुरु हुनेछ । त्यसका लागि प्राधिकरणका अनुमतिका लागि प्रक्रिया अघि बढाएको उनले बताईन। ‘जनकपुरमा धेरै नै भारतीय धार्मिक पर्यटक पनि भित्रिन्छन। भारतीय पर्यटकलाई सगरमाथा क्षेत्रको आकाशमा उडाउन सकेको खण्डमा पर्यटनमा साथ मिल्नेछ,’ उनले भनिन, ‘पोखरामा पनि पर्याप्त भारतीय पर्यटक आउँछन्। ती मध्ये केही युवापुस्ताका भारतीय पर्यटकले पोखराको आकाशमा अल्ट्रालाईट जहाजबाट पोखराको आकाशमा फन्को लगाउँछन। त्यस्तै प्रकृतिका भारतीय पर्यटकलार्इं जनकपुरबाट उडान गर्न सकियो भने यसले लाभ दिन्छ।’

यो जहाजलाई प्राधिकरणले १० हजार ५ सय फिटसम्मको उचाईसम्मको उडान अनुमति दिने गरेको छ। तर, सगरमाथाको कति दूरीसम्म जहाज जान सक्छ भन्ने अहिले नै यकिन नभएको उनले सुनाईन। ‘सगमारथाकै चुचुरोमा जान नपाएपनि समरमाथा क्षेत्रको हिमाली दृष्य अवलोकन गर्न सकिनेछ,’ उनले भनिन, ‘त्यसले गर्दा साहसिक पर्यटक प्रर्वद्धन हुनेछ। आकाशबाट हिमाली दृष्य र सगरमाथाको चुचुरो देख्न पाउँदा पर्यटक पक्कै पनि खुसी हुनेछन्।’  

एभिया क्लवसँग दुई खालका अल्ट्रालाइट जहाज छन। एभियासँग भएका ६ वटा जहाज मध्ये २ वटा ‘फिक्स विङ’ र ४ वटा ‘फ्लेक्स विङ’ छन्। ती मध्ये फिक्स विङ जहाजलाई सगरमाथा क्षेत्रको आकाशमा उडानका प्रयोग गर्ने योजना रहेको संचालक श्रेष्ठले जानकारी दिईन। तराई क्षेत्रको पर्यटनका लागि नौलो प्रडक्ट हुने र भारतीय पाहुना यही अल्ट्रालाइट जहाज चढ्नका लागि जनकपुरसम्म आउन सम्भावना रहेको उनले बताईन। ‘१५ सय मिटरको भिजिविलिटीमा पनि जहाज उड्न सक्छ। धावनमार्ग पनि ६ सय मिटर पर्याप्त हुन्छ । त्यही भएर जनकपुर र राजविराजमध्ये एउटा विमानस्थलबाट उडान गर्ने योजना बनाएको उनले सुनाईन।  

सन् १९९६ मा पहिलोपटक नेपालमा अल्ट्रालाइट (कतिपयले पुतली जहाज पनि भन्छन्) जहाज भित्र्याएर साहसिक पर्यटकलाई पोखरा तान्न थालेको थियो। दुईवटा अल्ट्रालाइटबाट सेवा थालेको एभियासँग अहिले ६ वटा जहाज छन्।
अर्को समाचार
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
२९ मिनेट अघि
•
१ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुस्ताङ। मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 




मुक्तिनाथ विकास समिति कोषमा चालु आव २०८३/०८४ को पहिलो चार महिनामा रसिद र दान पेटिकामार्फत उक्त रकम सङ्कलन भएको सङ्कलन भएको हो।

समितिका व्यवस्थापक दिनेश भुसालका अनुसार चालु आवको पहिलो चार महिनामा रसिद र दान पेटिकामा समेत गरी नेपाली रु २६ लाख ५९ हजार ५५७ र भारु  ११ लाख ७९ हजार ५४७ कोषमा जम्मा भएको थियो। उनका अनुसार भक्तजनले स्वेच्छिक रुपमा रु १०० भन्दा बढी चन्दा दिन चाहेमा रसिद काटेर उक्त सहयोग सङ्कलन गरिँदै आएको छ।

त्यस्तै १०० भन्दा कम दिन चाहना राख्नेलाई चन्दा बाकसमा स्वेच्छिक रुपमा दान गर्न सक्ने व्यवस्था  गरिएको छ। चालु वर्षको साउनदेखि कात्तिकसम्म भक्तजनले रसिदमार्फत प्रदान गरेको रु १७ लाख ५८ हजार ५६२ र भारु तीन लाख ९२ हजार ६८७ सङ्कलन भएको छ। मन्दिरमा नेपाली र भारतीयबाहेक १० राष्ट्रका मुद्रा रसिदमार्फत सहयोग र दान पेटिकामा जम्मा भएको छ।

व्यवस्थापक भुसालका अनुसार चालु आवको यस अवधिमा अमेरिकी डलर ८०२, अष्ट्रेलियन डलर २७०, थाइभाट ४४०, युएइ दिराम १०२५, क्यानेडियन डलर ७०, मलेसियन रिङ्गेट १२३, बेलायती पाउण्ड २१, ओमन रियल पाँच, युरो एक र युआन १३० भेटी सङ्कलन भएको छ।

समितिका अनुसार, गत आर्थिक २०८२/०८३ सम्म कोषमा रु ११ करोड ७६ लाख ३३ हजार १९१ मौज्दात छ। उक्त चन्दा रकम कोषको कृषि विकास बैंक, नेपाल बैंक माछापुच्छ्रे बैंक, प्रभु बैंक र साङ्ग्रिला बैंकमा रहेको खातामा जम्मा हुने गरेको छ।
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
यो पनि पढौँ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस