सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई विभाजन गर्ने प्रस्ताव गरेको छ। क्यानलाई नियामक र सेवा प्रदायक दुई निकाय बनाउने गरी सरकारले प्रतिनिधिसभामा विधेयक दर्ता गरेको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले प्रतिनिधिसभामा दर्ता गराएको नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल हवाई सेवा प्राधिकरण विधेयक संसद्मा दर्ता गरेका हुन्।
नागरिक उड्डयनसँग सम्बन्धित वायुयान तथा त्यससम्बन्धी सेवाको इजाजत, दर्ता, सञ्चालन, खारेजी, जनशक्तिको योग्यता निर्धारण, परीक्षण, लाइसेन्स र वायुसेवा सञ्चालकले पालना गर्नुपर्ने सर्त तथा सुरक्षा निर्धारण लागु गर्ने जिम्मेवारीसहित प्राधिकरण बनाउने प्रस्ताव छ।
त्यसैगरी, इजाजत प्राप्त संस्था वा सेवा प्रदायक संस्थालाई वायुसेवा सञ्चालन, वायुयान उडान योग्यता, ग्लाइडर, अल्ट्रालाइट, माइक्रोलाइन बेलुन, पाराग्लाइडिङ, स्काइडाइभ जस्ता मनोरञ्जनात्मक क्रियाकलापको अनुमति दिने लगायतका जिम्मेवारीसहित अर्को संरचना तयार गर्ने विधेयकमा प्रस्ताव छ । त्यसैगरी, एयर नेभिगेसन सेवा सञ्चालन, विमानस्थल सञ्चालन र नागरिक उड्डयन सम्बन्धी प्रशिक्षण सञ्चालनलाई समेत अनुमति दिने काम गर्ने छ।
नागरिक उड्डयन सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि वा संगठनबाट जारी मापदण्ड तथा सिफारिस र त्यस बमोजिमका सर्त, निर्देशिका, दिग्दर्शन, परिपत्र वा आदेश जारी गर्न सक्ने जिम्मेवारी समेत प्राधिकरणसँग हुनेछ।
विधेयकमा आन्तरिक र अन्तर्राष्ट्रिय विमानस्थल निजी क्षेत्रलाई भाडामा दिन सकिने गरी प्रस्ताव गरिएको छ। सरकारको स्वीकृति लिएर आवश्यकताअनुसार आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण गर्न सक्ने व्यवस्था विधेयकमा छ।