समपूरक र विशेष अनुदानको ढाँचा परिवर्तन गरेको राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षका लागि आयोजना र कार्यक्रमको प्रस्ताव माग गरेको छ। आगामी आर्थिक वर्ष २०८२÷८३ मा लागि बजेट तयारी अघि बढाउने योजना बनाएका योजना आयोगले सङ्घीय समपूरक र विशेष अनुदानअन्तर्गत कार्यान्वयन हुने आयोजना र कार्यक्रमको प्रस्ताव माग गरेको हो।
योजना आयोगले प्रदेश सरकार र स्थानीय सरकारलाई दिँदै आएको समपूरक र विशेष अनुदान वितरणको प्रणाली परिवर्तन गरेको छ। अहिलेसम्म समान रूपमा अनुदान वितरण गर्दै आएकामा समपूरक र विशेष अनुदान कार्यविधि संशोधन गरेर पालिका र प्रदेशलाई उनीहरूको राजस्व क्षमताको स्तर, समृद्धि र भौतिक पूर्वाधारका आधारमा श्रेणीकरण (वर्ग विभाजन) गरी अनुदान वितरण गर्ने गरी नयाँ ढाँचा तयार गरेको छ।
आयोगले प्रदेश र स्थानीय तहलाई परिपत्र गर्दै आयोगले यी शीर्षकमा अनुदान लिन आगामी फागुन १५ गतेभित्र योजना तथा कार्यक्रमको विस्तृत विवरणसहितको प्रस्ताव पेश गर्न भनेको छ। विगतका वर्षमा आयोगले समपूरक र विशेष अनुदानका योजनाको प्रस्ताव पुस मसान्तभित्र माग गर्यो। तर यसपटक राष्ट्रिय विकास समस्या समाधान समितिले समपूरक र विशेष अनुदान सम्बन्धी कार्यविधि संशोधन गर्न निर्देशन दिएपछि प्रस्ताव माग गर्न ढिला भएको हो।
स्रोतमा गरिब पालिकाले केन्द्र सरकारबाट समपूरक अनुदान तुलनात्मक रूपमा बढी पाउने व्यवस्था गरिएको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. शिवराज अधिकारीले बताए । ‘सबैको पालिका र प्रदेशको क्षमता समान नभएकाले क्षमताका आधारमा वित्तीय संघीयताको कार्यान्वयन गर्न नयाँ मापदण्ड कार्यान्वनयमा ल्याएको हो,’अधिकारीले भने। विशेष अनुदानसम्बन्धी कार्यविधि, २०८१ ले यो शीर्षकमा अनुदान दिँदा योजना तथा कार्यक्रमको लागत तोकेको छ।
कार्यविधिअनुसार यी शीर्षकमा अनुदान लिनका लागि आयोजनाको सम्भाव्यता अध्ययन, ड्रइङ, डिजाईन, स्पेसिफिकेसनसहितको विस्तृत विवरणको लागत अनुमान पेश गर्नुपर्ने व्यवस्था छ। त्यस्तैगरी, वातावरणीय अध्ययन प्रतिवेदन लगायतका कागजात चाहिन्छन्।
अनुदान माग गर्नका लागि स्थानीय तहको हकमा सम्बन्धित कार्यपालिकाको निर्णय र प्रदेशको हकमा सम्बन्धित प्रदेश योजना आयोगको सिफारिसमा प्रदेश सरकारको मन्त्रिपरिषद्ले निर्णय गरेको हुनुपर्ने व्यवस्था कार्यविधिमा छ।
सरकारले आर्थिक सामाजिक विकासमा वञ्चितीकरण सूचकांकका आधारमा प्रदेश र स्थानीय तहमा समपूरक र विशेष अनुदान वितरण गर्ने भएको छ। अहिलेसम्म समपूरक अनुदानतर्फ प्रदेश तथा पालिकाहरूले न्यूनतम ५० प्रतिशत र संघीय सरकारले अधिकतम ५० प्रतिशत लागत बेहोर्ने गरी अनुदान दिँदै आएको थियो।
यसैगरी विशेष कार्यक्रम सञ्चालन गर्न सरकारले प्राथमिकताका आधारमा तल्ला तहलाई विशेष अनुदान दिँदै आएको छ।
सरकारले स्रोत, साधन र क्षमताका आधारमा ‘क’देखि ‘छ’ वर्गमा वर्गीकरण गरेको छ। न्यूनतम ५० प्रतिशत अनुदान दिँदै आएको संघीय सरकारले ‘क’ वर्गमा पर्ने स्थानीय तहलाई ८० प्रतिशतसम्म अनुदान दिनेछ भने ‘छ’ वर्गमा पर्ने पालिकालाई २० प्रतिशत मात्र अनुदान दिने भएको छ। यसको अर्थ राजस्व स्रोत बलियो भएका, पूर्वाधार निर्माण गरेका सबल तथा सक्षम पालिका ‘छ’ वर्गमा पर्ने भएको छ। ती पालिकाले २० प्रतिशत मात्र अनुदान पाउनेछन्। ८० प्रतिशत अनुदान पाउने पालिकाले २० प्रतिशत मात्र लगानी गरे पुग्नेछ भने संघीय सरकारबाट २० प्रतिशत अनुदान पाउने पालिकाले ८० प्रतिशत लगानी गर्नुपर्नेछ। वर्गीकरणअनुसार काठमाडौं महानगरपालिकासहित सक्षम १९ पालिका ‘छ’ वर्गमा परेका छन्।
विशेष अनुदान कार्यविधि संशोधन गर्दै सरकारले आर्थिक सामाजिक विकासमा वञ्चितीकरण सूचकांकका आधारमा प्रदेश र स्थानीय तहका क्रमबद्धता निर्धारण गरेको छ। संशोधन भएको समपूरक अनुदान कार्यविधिअनुसार अब संघीय सरकारले गाउँपालिका/नगरपालिकाको हकमा १ देखि ७ करोडको आयोजनामा समपूरक अनुदान दिनेछ भने उपमहानगर र महानगरको हकमा ३ देखि १५ करोड रूपैयाँ रहेको छ।
यसैगरी प्रदेशलाई १० देखि ३० करोड रूपैयाँको कार्यक्रममा समपूरक अनुदान दिने व्यवस्था गरिएको छ। आयोजनाको लागत अनुमानलाई यथार्थपरक बनाउन सीमा परिमार्जन गरिएको योजना आयोगले जनाएको छ।