लुम्बिनी प्रदेशका सय पर्यटकीय गन्तव्य
०८ माघ २०८१
•
३ मिनेट पाठ
लुम्बिनी प्रदेशका सय पर्यटकीय गन्तव्य
प्रदेशको आर्थिक समृद्धिको प्रमुख आधारका रुपमा उल्लेख गरेको लुम्बिनी प्रदेश सरकारले प्रदेशमा १ सय पर्यटकीय गन्तव्य तय गरेको छ । उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले प्रदेशका जिल्लामा रहेका १ सय पर्यटकीय गन्तव्य तय गरेको हो । यी गन्तव्य पर्यटन प्रवर्धनका लागि उपयुक्त थलोका रुपमा उल्लेख गर्दै मन्त्रालयले यी थलोहरूमा पर्यटकहरूको संख्या वृद्धि गर्ने लक्ष्य लिएको छ । आन्तरिक तथा बाह्य पर्यटकहरूलाई यी गन्तव्यमा पुर्‍याएर प्रदेशको आर्थिक समृद्धिको लक्ष्य हासिल गर्ने रणनीति बनाइएको छ ।




मूलतः प्रदेशमा भित्रने बाह्य पर्यटकहरूलाई यी सय गन्तव्य मध्य सके जति धेरै स्थानमा पुर्‍याउने गरी सरकारले पर्यटकीय १ सय गन्तव्य तय गरेको मन्त्रालयले जनाएको छ । ‘प्रदेशको समृद्धिको प्रमुख आधार भनेको पर्यटन क्षेत्र हो, यसर्थ यहाँको पर्यटन प्रवर्धन सरकारको प्रमुख कार्य रहँदै आएको छ,’ उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले भने ‘यसका लागि हामीले प्रदेशका १ सय स्थान छनौट गरेर पर्यटकीय गन्तव्यका रुपमा सुचीकृत गरेका छौँ, यी स्थानहरूमा पर्यटकहरूको आवागमन बढाउने लक्ष्य मन्त्रालयको छ ।’

मन्त्रालयले प्रदेशका १२ जिल्ला मध्य सबै भन्दा बढी रुपन्देहीमा १६ पर्यटकीय गन्तव्य तय गरेको छ । मन्त्रालयका अनुसार रुपन्देहीका लुम्बिनी, भवानीपुर, देवदह,मर्चवारीमाइ मन्दिर, गैडहवा ताल, गजेडी दानापुर ताल,जितगढी किल्ला, मणिमुकुन्द पार्क, फूलबारी, पर्रोहा धाम, सैनामैना, प्रकटेश्वर महादेव मन्दिर, मुक्तिनाथ धाम, सन्तानेश्वर घाट, वनबाटिका/बौद्ध बिहार,ग्लोबल पिस पार्क,मिलन पार्कलाई बुटवलका पर्यटकीय गन्तव्य सुचीमा राखिएको छ ।

यसै गरी कपिलवस्तुका तिलौराकोट,जगदिशपुर ताल,कपिलदेव,निग्लिहवा,गोटिहवा, कुदान,अरौराकोट, लम्बुसागर ताल, सिसहनियाँकोट, जगदिशपुर ताल, तौलेश्वर मन्दिर, रामघट, लक्ष्मण घाट, शिवगढी क्षेत्रलाई प्रमुख पर्यटकीय गन्तव्य सुचीमा राखिएको छ । यसै गरी पाल्पाका १२ स्थललाई प्रमुख पर्यटकीय गन्तव्य सुचीमा राखिएको छ । मन्त्रालयका अनुसार रानी महल, ऋषिकेशव मन्दिर, राम्दीघाट, रानीघाट, श्रीनगर डाँडा, पाल्पादरबार संग्राहलय र भगवती मन्दिर, भैरवस्थान मन्दिर, नुवाकोट गढी, सिद्धबाबा मन्दिर, रामापिथेकस पार्क,माथागढी कौडे लेक र सत्यवती ताललाई पाल्पाका प्रमुख पर्यटकीय गन्तव्य सुचीमा राखिएको छ ।

यसै गरी गुल्मीका गुल्मी रेसुंगा,धुर्कोट दरबार, मालिका बाझकटेरी,सत्यवति,रिडि रुरु,विचित्र गुफा र खडगकोटलाई प्रमुख पर्यटकीय गन्तव्य तय गरिएको छ । यसै गरी अर्घाखाँचीका ११ स्थललाई प्रमुख पर्यटकीय स्थलको सुचीमा राखिएको छ । मन्त्रालयका अनुसार सुपादेउराली मन्दिर, पाणीनि तपोभुमी, अर्घा दरबार, नरपानी, परशुरामेश्वर बल्कोट पौवा, छत्रदेव देवालय, वलकोट देवालय, ठाडा डम्बरु दह,खाँची दरबार,मालारानी मन्दिर, नुवाकोट दरबारलाई अर्घाखाँचीका मुख्य पर्यटकीय गन्तव्य सुचीमा राखिएको छ ।

यसै गरी दाङका धारपानी धाम, बाह्रकुने दह, बगारबाबा धार्मिक क्षेत्र,दंगिशरण थारु संग्राहलय,अम्बिकेश्वरी मन्दिर, देविकोट, जंगलकुटि, गोरक्ष रत्ननाथलाई प्रमुख धार्मिक पर्यटकीय गन्तव्य सुचीमा राखिएको छ । यसै गरी बाँकेका बाँके राष्ट्रिय निकुञ्ज, जयबागेश्वरी मन्दिर, बर्फेनी बाबा धाम,सन्तानेश्वर धाम,लाई प्रमुख पर्यटकीय गन्तव्य सुचीमा राखिएको छ । यसै गरी बर्दियाका बर्दिया राष्ट्रिय निकुञ्ज, ठाकुर बाबा मन्दिर, बढैया ताल, कृष्णसार संरक्षित क्षेत्र, रोल्पाका जलजला, युद्धसंग्राहलय, रक गार्डेन, होलेरी, गुरिल्ला पदमार्ग, तिलाचन दह, सुनछहारी, पूर्वी रुकुमका कमल दह, सुनदह, सिस्ने हिमाल,ढोरपाटन तकसेरा, चौरी लेक,पुथा हिमाल लगायतका पर्यटकीय स्थललाई सरकारले प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य सुचीमा राखेको छ ।

मन्त्रालयले यी पर्यटकीय स्थलहरूमा पर्यटकहरूको आवागमन बढाउनका लागि प्रचारात्मक कार्यक्रम गरिरहेको छ । यी स्थलहरूको ऐतिहासिक,धार्मिक महत्वका बारेमा पर्यटकहरूलाई जानकारी गराउने काम मन्त्रालयले गरिरहेको मन्त्रालय अन्तर्गत रहेको पर्यटन शाखा प्रमुख गणेश घिमिरेले जानकारी दिए । ‘हाम्रो मन्त्रालयका विभिन्न संयन्त्र मार्फत मन्त्रालयले तय गरेका पर्यटकीय गन्तव्यहरूमा पर्यटकहरूको सहभागिता बढाउनका लागि प्रचारात्मक कार्यक्रमहरू गरिरहेका छन्,’ घिमिरेले भने ‘यी पर्यटकीय थलोहरूमा सके जति धेरै पर्यटक भित्र्याउन सके प्रदेशको पर्यटन क्षेत्रको प्रवर्धन बढोत्तरी हुने छ ।’  
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
६ मिनेट अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
यो पनि पढौँ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस