कोशी प्रदेशमा घट्यो बाली कृषि क्षेत्रफल
२९ पौष २०८१
•
४ मिनेट पाठ
कोशी प्रदेशमा घट्यो बाली कृषि क्षेत्रफल
बढ्दो बसाइँसराइ र कृषि भूमिमा घर तथा आवास निर्माण गर्ने क्रममा वृद्धि भएपछि कोशी प्रदेशमा कृषि बालीले ढाकेको क्षेत्रफल घटेको छ।




नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदनमा आर्थिक वर्ष २०७९/८० को तुलनामा कोशी प्रदेशमा समग्र कृषि बालीले ढाकेको क्षेत्रफल एक दशमलव ५५ प्रतिशतले घटेको उल्लेख छ।

आर्थिक वर्ष २०८०/८१ मा नेपालको राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनमा कोशी प्रदेशको हिस्सा १५ दशमलव ८४ प्रतिशत हुने केन्द्रीय तथ्याङ्क कार्यालयको अनुमान छ। गत आर्थिक वर्षमा यस प्रदेशको हिस्सा १५ दशमलव ८८ प्रतिशत थियो।  

सो प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको ३२ दशमलव ८० प्रतिशत, उद्योग क्षेत्रको १६ दशमलव ३२ प्रतिशत र सेवा क्षेत्रको ५० दशमलव ८८ प्रतिशत योगदान रहने अनुमान छ।

कृषि भूमि घटन जाँदा धान, मकै, कोदो, आलु, भटमास, सुन्तला, बेसारलगायत बालीले ढाकेको क्षेत्रफल घटेकाले समग्र कृषि बालीले ढाकेको क्षेत्रफल कम भएको हो। कोशी प्रदेशमा समग्र कृषि उपजले ढाकेको क्षेत्रफल मध्ये खाद्य तथा नगदे बालीले ढाकेको क्षेत्रफल ८७ दशमलव ९२ प्रतिशत, तरकारी बालीको पाँच दशमलव ११ प्रतिशत र अन्य बालीले ढाकेको क्षेत्रफल छ दशमलव ९७ प्रतिशत छ। कृषि उपजले ढाकेको कुल क्षेत्रफलमा धान, मकै, गहुँ र कोदो बालीले ढाकेको क्षेत्रफलको हिस्सा ७१ दशमलव ६४ प्रतिशत छ। आव २०८०/८१ मा यस प्रदेशमा समग्र कृषि बालीको उत्पादन एक दशमलव १३ प्रतिशतले वृद्धि भएको छ।

विशेष गरी खाद्य बाली अन्तर्गत धान सात दशमलव ४५ प्रतिशत तथा कोदो शून्य दशमलव ८६ प्रतिशतले वृद्धि भएकाले समग्र कृषि बालीको उत्पादन वृद्धि भएको देखिन्छ। अघिल्लो आर्थिक वर्षको तुलनामा तरकारीको उत्पादन एक दशमलव ९८ प्रतिशत, चियाको उत्पादन शून्य दशमलव शून्य एक प्रतिशत, कफीको उत्पादन एक दशमलव २३ प्रतिशत तथा महको उत्पादन शून्य दशमलव २८ प्रतिशतले बढेको छ भने फलफूलको उत्पादन शून्य दशमलव ९४ प्रतिशत र मसलाको उत्पादन आठ दशमलव शून्य तीन प्रतिशतले घटेको छ।

आव २०८०/८१ मा यस प्रदेशको कुल खेतीयोग्य क्षेत्रफलको ३७ दशमलव तीन प्रतिशत क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो सुविधा पुगेको क्षेत्रफल ३६ दशमलव ७४ प्रतिशत रहेको थियो।  

कोशी प्रदेशमा कुल सिञ्चित क्षेत्रफल एक दशमलव ५२ प्रतिशतले विस्तार भएको छ। त्यसैगरी दूध उत्पादन १९ दशमलव ९३ प्रतिशत, मासु उत्पादन दुई दशमलव ३० प्रतिशत तथा माछा उत्पादन एक दशमलव २१ प्रतिशतले वृद्धि भएको छ। अण्डा उत्पादन एक दशमलव ७३ प्रतिशत तथा ऊनको उत्पादन छ दशमलव ४३ प्रतिशतले घटेको छ।

यसैगरी, काठको उत्पादन १५ दशमलव २९ प्रतिशतले वृद्धि भएको छ। २०८० असार मसान्तको तुलनामा २०८१ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट कोशी प्रदेशको कृषि क्षेत्रमा प्रवाहित कर्जा दुई दशमलव १० प्रतिशतले घटेर रु ५९ अर्ब ९० करोड ७४ लाख ४१ हजार पुगेको छ। गत असार मसान्तसम्म कुल प्रवाहित कर्जामध्ये कृषि क्षेत्रमा प्रवाह भएको कर्जाको अंश १० दशमलव १२ प्रतिशत रहेको छ। यस प्रदेशका नमुना छनोटमा समेटिएका उद्योगको औसत क्षमता उपयोग ५२ दशमलव सात प्रतिशत रहेको छ। आव २०७९/८० मा उक्त उद्योगको औसत क्षमता उपयोग ५१ दशमलव एक प्रतिशत रहेको थियो।

उत्पादित वस्तु अनुसार समीक्षा वर्षमा टायर तथा ट्यूब उत्पादन गर्ने उद्योगको क्षमता उपयोग सबैभन्दा बढी ९१ दशमलव तीन प्रतिशत रहेको छ भने वनस्पती घिउ उत्पादन गर्ने उद्योगको क्षमता उपयोग सबैभन्दा कम चार दशमलव चार प्रतिशत रहेको छ। अध्ययनमा समेटिएका उद्योगको उत्पादनमध्ये गार्मेन्ट उत्पादन सबैभन्दा बढी छ भने घरेलु धातुका सामानको उत्पादन ४५ दशमलव सात प्रतिशतले घटेको छ।

सो प्रदेशका ४३ वटा उद्योगमा आव २०७९/८० मा १८ हजार चार सय ६१ जना श्रमिक कार्यरत रहेकामा समीक्षा आर्थिक वर्षमा ती उद्योगमा जम्मा १६ हजार नौ सय ५८ जना श्रमिक कार्यरत  छन् जुन गत वर्षको सोही अवधिको तुलनामा आठ दशमलव एक प्रतिशतले कम हो। सुनसरी, मोरङ, इलाम, झापा र उदयपुरमा रहेका उद्योगमा श्रमिकले रोजगारी गुमाएका छन। कुल औद्योगिक रोजगारीमध्ये ८३ दशमलव दुई प्रतिशत स्वदेशी र १६ दशमलव आठ प्रतिशत विदेशी कामदारहरूले रोजगारी प्राप्त गरेका थिए । समीक्षा वर्षमा कुल औद्योगिक रोजगारीमा स्वदेशी र विदेशी कामदारको सहभागिता क्रमशः ९१ प्रतिशत र नौ प्रतिशत छ।

केन्द्रीय बैंकका अनुसार  २०८० असार मसान्तको तुलनामा २०८१ असार मसान्तमा कुल औद्योगिक कर्जा आठ दशमलव ११ प्रतिशतले वृद्धि भइ रु एक खर्ब ३९ अर्ब कायम भएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा उक्त कर्जा छ दशमलव ६४ प्रतिशतले वृद्धि भएको थियो। सो  प्रदेशमा वाणिज्य बैंकका सात सय ५४, विकास बैंकका एक सय ९५, वित्त कम्पनीका ३६ तथा लघुवित्त वित्तीय संस्थाका आठ सय ५२ गरी जम्मा एक हजार आठ सय ३७ शाखा पुगेका छन्।  

त्यसैगरी २०८० असार मसान्तको तुलनामा २०८१ असार मसान्तमा सो प्रदेशमा अवस्थित बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप परिचालन १३ दशमलव ३८ प्रतिशतले वृद्धि भई रु चार खर्ब ७७ अर्ब र प्रवाह गरेको कर्जा तीन दशमलव ८१ प्रतिशतले वृद्धि भई रु पाँच  खर्ब ७८ अर्ब पुगेको छ।
अर्को समाचार
आर्थिक विकास गर्न महिला उद्यमीहरूका लागि विशेष नीति आवश्यक : अध्यक्ष ज्ञवाली
२० माघ २०८१
•
६ मिनेट पाठ
आर्थिक विकास गर्न महिला उद्यमीहरूका लागि विशेष नीति आवश्यक : अध्यक्ष ज्ञवाली
महिला उद्यमी महासंघ नेपालकी अध्यक्ष शोभा ज्ञवालीले नेपालको दिगो आर्थिक विकास र वित्तीय समावेशिता सुनिश्चित गर्न महिला उद्यमीहरूका लागि विशेष नीति आवश्यक रहेको बताएकी छन्।  




फिमेल इकोनोमिक जर्नलिस्ट एसोसिएसनद्वारा आयोजित “अर्थतन्त्रः नीति र व्यवहार” विषयक छलफल कार्यक्रममा अध्यक्ष ज्ञवालीले महिला उद्यमीहरूको नीति २०८२ को आवश्यकताबारे विशेष रूपमा कुरा उठाउँदै यस्तो बताएकी हुन्। उनले नेपालको आर्थिक स्थिरता, व्यापार वृद्धि, वित्तीय समावेशिता र डिजिटलीकरणलाई अघि बढाउन नीति निर्माण, प्रभावकारी व्यवस्थापन र नवीनतम् प्रविधिको उपयोग आवश्यक रहेको पनि उल्लेख गरिन्।  

उनले भनिन्, 'आजको प्रतिस्पर्धात्मक विश्वमा व्यावसायिक वातावरण सरल, समावेशी र दिगो हुनुपर्छ, जसले साना तथा मझौला उद्यमी तथा महिला उद्यमशीलतालाई सशक्त बनाउन सक्छ।'

नीति २०८२ को माध्यमबाट महिला उद्यमशीलता प्रवर्द्धन गर्ने, वित्तीय पहुँच वृद्धि गर्ने, प्रविधिको समुचित उपयोग गर्ने र नीति निर्माणमा महिलाको समावेशिता सुनिश्चित गर्ने लक्ष्य हुनुपर्ने उनको भनाइ छ। यस्तै आजको यस छलफलले नयाँ नीति सिफारिसहरूलाई व्यावहारिक रूप दिने, महिला उद्यमशीलताको प्रवर्द्धन गर्ने र आर्थिक रूपान्तरणलाई गति दिने ठोस कार्ययोजना अघि बढाउने उनको विश्वास छ।

'नेपालको कुल गार्हस्थ्य उत्पादनमा महिला उद्यमशीलताको योगदान उल्लेखनीय छ, तर नीति निर्माण, लगानी पहुँच र वित्तीय पूर्वाधारमा उनीहरूको समुचित प्रतिनिधित्व अझै न्यून छ। त्यसैले, महिला उद्यमीहरूका लागि एक विशेष नीतिगत कार्ययोजना आवश्यक छ, जसले नेपालको अर्थतन्त्रलाई दीगो, समावेशी र उद्यमशीलता(मैत्री बनाउनेछ,' उनले भनिन्।

अध्यक्ष ज्ञवालीले नेपालको आर्थिक स्थिरताका लागि सुधारहरू पनि आवश्यक रहेको बताइन्।

फिमेल इकोनोमिक जर्नलिस्ट एसोसिएसनलाई यो महत्त्वपूर्ण विषयमा छलफल आयोजना गरेकोमा धन्यवाद दिँदै अध्यक्ष ज्ञवालीले सबै मिलेर नयाँ रणनीति, सहकार्यका सम्भावनाहरू र समावेशी आर्थिक प्रणाली निर्माण गर्न प्रतिबद्ध रहनुपर्ने जिकिर गरिन्।

कार्यक्रममा अर्थमन्त्री विष्णु पौडेल, नेपाल राष्ट्र बैंकका पदाधिकारीहरू, बैंकिङ तथा वित्तीय क्षेत्रका व्यक्तिहरू, नीति निर्माता तथा विज्ञहरूको उपस्थिति रहेको थियो।

सम्बोधनको पूर्णपाठ:

सम्माननीय अर्थमन्त्री विष्णु पौडेलज्यू, नेपाल राष्ट्र बैंकका पदाधिकारीहरू, बैंकिङ तथा वित्तीय क्षेत्रका अग्रजहरू, नीति निर्माता, विज्ञ तथा पत्रकार मित्रहरू तथा यहाँ उपस्थित सम्पूर्ण महानुभावहरू,

म यहाँहरू सबैलाई फिमेल इकोनोमिक जर्नलिस्ट एसोसिएसन (FEJA) द्वारा आयोजित “अर्थतन्त्र: नीति र व्यवहार” विषयक छलफल कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छु।

नेपालको आर्थिक स्थिरता, व्यापार वृद्धि, वित्तीय समावेशिता, र डिजिटलकरण लाई अघि बढाउन नीति निर्माण, प्रभावकारी व्यवस्थापन, र नवीनतम प्रविधिको उपयोग आवश्यक छ। आजको प्रतिस्पर्धात्मक विश्वमा व्यवसायिक वातावरण सरल, समावेशी, र दिगो हुनुपर्छ, जसले साना तथा मझौला उद्यमी (SMEs) तथा महिला उद्यमशीलतालाई सशक्त बनाउन सक्छ।

महिला नेतृत्व र आर्थिक सशक्तीकरण – नीति २०८२

आजको छलफलमा महिला उद्यमीहरूको नीति २०८२ को आवश्यकता बारे विशेष रूपमा उठाउन चाहन्छु।

नेपालको कुल गार्हस्थ्य उत्पादन (GDP) मा महिला उद्यमशीलताको योगदान उल्लेखनीय छ, तर नीति निर्माण, लगानी पहुँच, र वित्तीय पूर्वाधारमा उनीहरूको समुचित प्रतिनिधित्व अझै न्यून छ। त्यसैले, महिला उद्यमीहरूका लागि एक विशेष नीतिगत कार्ययोजना आवश्यक छ, जसले नेपालको अर्थतन्त्रलाई दीगो, समावेशी र उद्यमशीलता-मैत्री बनाउनेछ।

महिला उद्यमशीलता प्रवर्द्धनका लागि नीति सिफारिस (२०८२)

१. महिला उद्यमशीलताको वित्तीय पहुँच विस्तार

  •   महिला उद्यमीहरूका लागि कम ब्याजदरमा कर्जा सुविधा प्रदान गर्ने।

  •   कृषि, उत्पादन, तथा निर्यात-आधारित व्यवसायमा लगानी वृद्धिका लागि विशेष कोष स्थापना गर्ने।

  •   बैंकिङ प्रणालीमा महिला उद्यमीहरूलाई प्राथमिकता दिने नीति अवलम्बन गर्ने।

२. व्यावसायिक सीप विकास र प्रविधि समावेशीकरण

  •   महिला उद्यमीहरूलाई डिजिटल वित्तीय सेवामा प्रशिक्षित गर्ने।

  •   ई-कमर्स तथा डिजिटल मार्केटिङमा सहभागी गराउन अनुदान तथा प्रोत्साहन प्रदान गर्ने।

  •   AI र ब्लकचेन प्रविधिको उपयोग गरी महिला उद्यमीहरूलाई नवीनतम प्रविधिहरूसँग जोड्ने।

३. नीति निर्माणमा महिला सहभागिता वृद्धि

  •   सरकारी नीति निर्माण प्रक्रियामा महिला उद्यमीहरूको प्रतिनिधित्व सुनिश्चित गर्ने।

  •   उद्योग वाणिज्य महासंघ, बैंक तथा वित्तीय संस्था, र सरकारी निकायमा महिला प्रतिनिधित्व अनिवार्य गर्ने।

  •   महिला उद्यमीहरूका लागि कर तथा नियमहरूलाई लचिलो र अनुकूल बनाउने।

४. वैदेशिक लगानी तथा निर्यात प्रवर्द्धन

  •   महिला उद्यमीहरूका उत्पादनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने नीति निर्माण गर्ने।

  •   सरकारले महिला उद्यमशीलताको अन्तर्राष्ट्रियकरण गर्न व्यापार सम्झौता तथा रणनीति बनाउने।

  •   महिला उद्यमीहरूलाई ‘मेड इन नेपाल’ अभियानमा विशेष प्राथमिकता दिने।

५. महिला उद्यमशीलताको लागि सरकारी तथा निजी क्षेत्रको सहकार्य

  •   महिला उद्यमीहरूका लागि ‘पब्लिक-प्राइभेट पार्टनरशिप (PPP) मोडल’ को प्रवर्द्धन गर्ने।

  •   साना व्यवसायका लागि सरकारी अनुदान तथा कर प्रोत्साहन दिने।

  •   महिला उद्यमशीलतालाई प्रवर्द्धन गर्ने स्टार्टअप इन्क्युबेटर र भेन्चर क्यापिटल कोष स्थापना गर्ने।

व्यवस्थापन र आर्थिक स्थिरता

नेपालको आर्थिक स्थिरताका लागि निम्न सुधारहरू आवश्यक छन्:

✅ बैंकिङ सुधार र लगानीमैत्री नीति अवलम्बन।

✅ कर प्रणालीलाई सरल, पारदर्शी र डिजिटल बनाउने।

✅ उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी तथा निजी क्षेत्रको सहकार्य।

✅ आर्थिक नीति र रणनीतिहरू व्यवहारिक रूपमा कार्यान्वयन गर्ने सुनिश्चितता।

निष्कर्ष

नेपालको दिगो आर्थिक विकास र वित्तीय समावेशिता सुनिश्चित गर्न महिला उद्यमीहरूका लागि विशेष नीति आवश्यक छ। नीति २०८२ को माध्यमबाट महिला उद्यमशीलता प्रवर्द्धन गर्ने, वित्तीय पहुँच वृद्धि गर्ने, प्रविधिको समुचित उपयोग गर्ने, र नीति निर्माणमा महिलाको समावेशिता सुनिश्चित गर्ने हाम्रो लक्ष्य हुनुपर्छ।

आजको छलफलले नयाँ नीति सिफारिसहरूलाई व्यवहारिक रूप दिने, महिला उद्यमशीलताको प्रवर्द्धन गर्ने, र आर्थिक रूपान्तरणलाई गति दिने ठोस कार्ययोजना अघि बढाउनेछ भन्ने विश्वास लिएको छु।

अन्त्यमा, फिमेल इकोनोमिक जर्नलिस्ट एसोसिएसन (FEJA) लाई यो महत्त्वपूर्ण विषयमा छलफल आयोजना गरेकोमा धन्यवाद दिन चाहन्छु। हामी सबै मिलेर नयाँ रणनीति, सहकार्यका सम्भावनाहरू, र समावेशी आर्थिक प्रणाली निर्माण गर्न प्रतिबद्ध रहनुपर्छ।

जय नेपाल! धन्यवाद!
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस