मुलुक कृषिमा परनिर्भर रहे पनि सरकारले पाँच वर्षको अवधिमा किसानलाई एक खर्ब सात अर्ब ६६ करोड रूपैयाँ अनुदान वितरण गरेको छ। स्वदेशमा कृषिजन्य वस्तुको पर्याप्त उत्पादन नभएर भान्सामा आयातिक कृषिजन्य वस्तुको प्रयोग भए पनि सरकारले मोटो रकम अनुदानमा वितरण गर्दै आएको हो।
अनुदान वितरण गरे पनि अपेक्षित रूपमा कृषि उत्पादन भने वृद्धि हुन सकेको छैन। आर्थिक वर्ष २०७६/७७ देखि २०८०/८१ सम्म स्वदेशी तथा विकास साझेदारहरूको सहकार्यमा सञ्चालित परियोजना लगायतबाट प्रत्यक्ष २० अर्ब ३० करोड ३० लाख रूपैयाँ र रासायनिक मललगायत अप्रत्यक्ष रूपमा ८७ अर्ब ३५ करोड ९७ लाख अनुदान वितरण गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ।
सरकारले विभिन्न परियोजनासहित उखु किसानलाई प्रोत्साहन अनुदान, कृषि, पशुपन्छी तथा मत्स्य बिमाको प्रिमियममा लाग्ने रकम, कृषि सहकारी, कषि समूह तथा कृषि फार्मलगायत विभिन्न शीर्षकमा किसानलाई अनुदान दिँदै आएको छ।
त्यसैगरी बर्सेनि अर्बौं रूपैयाँ रकम रासायनिक मलमा पनि अनुदान दिने गरिएको छ। सरकारले कृषि उत्पादन बढाउन अनुदान रकम बढाउँदै लगे पनि विदेशबाट कृषिजन्य वस्तुको आयात बढेको छ। स्वदेशी उत्पादनमा पनि अपेक्षित वृद्धि हुन सकेको छैन। कृषि अनुदान सही सदुपयोग हुन नसकेको किसान अगुवा बताउँछन्। अनुदान सार्वजनिक गर्ने प्रतिबद्धता सकारात्मक रहेको कृषक समूह महासंघ नेपालका संस्थापक अध्यक्ष उद्धव अधिकारीले बताए।
‘अनुदान वितरण गरेर मात्र भएन लक्षित समूहमा पुग्नुपर्छ,’ अधिकारीले भने, ‘व्यापारिक कम्पनीभन्दा किसानलाई केन्द्रित गरेर अनुदान वितरण गर्नुपर्छ।’ एउटैलाई ठुलो रकमभन्दा ससाना किसानसम्म पनि अनुदान पुर्याउनुपर्छ। उत्पादन प्रतिफलका आधारमा अनुदान दिनुपर्छ।
मन्त्रालयका अनुसार आयोजनातर्फ मुख्य गरी पाँचवटा आयोजनाबाट अनुदान वितरण गरिएको छ। यो अवधिमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट एक लाख ४१ हजार ६ सय ७० कृषि सहकारी, कृषि समूह तथा कृषि फार्महरूमार्फत किसानलाई ६ अर्ब ६१ करोड ९५ लाख ५१ हजार रूपैयाँ वितरण गरिएको छ।
त्यसैगरी रानी जमरा गुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइमार्फत २१ हजार चार सय ५० मार्फत १८ करोड ४८ लाख ६१ ह्जार रूपैयाँ प्रवाह भएको छ। त्यसैगरी २७ हजार ६ सय ५० सहकारी तथा समूहमार्फत ८० करोड १९ लाख ६१ हजार रूपैयाँ, नेपाल लाइभस्टक इनोभेसन आयोजना अन्तर्गत १ अर्ब ९२ करोड ७५ लाख, खाद्य तथा पोषण सुधार आयोजनामार्फत एक अर्ब पाँच करोड ३७ लाख रूपैयाँ वितरण भएको छ।
त्यसैगरी रिड परियोजनाअन्तर्गत स्टार्टअप ग्रान्टका कार्यक्रममा एक करोड ६४ लाख ४८ हजार रूपैयाँ, उखु कृषक प्रोत्साहन अनुदानमा चार अर्ब सात करोड २४ लाख, कृषि बिमा प्रिमियम अनुदानमा ५० करोड ४८ लाख, पशुपन्छी तथा मत्स्य बिमा प्रिमियममा सरकारले पाँच अर्ब १३ करोड ८० लाख रूपैयाँ अनुदान दिएको छ।
सरकारले रासायनिक मल खरिद, उन्नत बिउबिजन, उत्पादन एवं खरिद, मत्स्य विकास, बाली संरक्षण तथा विकास, कृषि यान्त्रिकीकरण तथा खाद्य सुरक्षा, बाली तथा पशुधन बिमा, तरकारी खेती, पोखरी निर्माण, कृषि औजारलगायत अनुदान दिँदै आएको छ।
लगानी बढाउँदा पनि उत्पादन तथा उत्पादत्व वृद्धि नभएपछि लक्ष्य तथा उपलब्धिको विवरण अद्यावधिक राखी प्राथमिकताका आधारमा अनुदान उपयोग गर्नुपर्ने महालेखाले समेत सुझाव दिँदै आएको छ।
किसानलाई दिने अनुदान व्यवस्थित बनाउने कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले बताए। ‘सरकारले दिने अनुदानको सही सदुपयोग हुनुपर्छ,’ अधिकारीले भने, ‘अनुदान लक्षित वर्गमा पुर्याउन सरकार संवेदनशील छ।’
बाली, वस्तु उत्पादनमा यान्त्रीकरण, प्रशोधन तथा बजारीकरणका लागि आवश्यक पूर्वाधारसहित सहयोग गर्न प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुरु भएको थियो। अनुदान वितरणमा विधि मिचेर नीति–नियम बनाएको आरोप लाग्दै आएको छ। अनुदान वितरण गर्दा सबै क्षेत्र, वर्ग नसमेटिएको तथा अनुदान कमजोर र विपन्न कृषकको पहुँचमा नपुगेको गुनासो आउने गरेको छ।
एकीकृत कार्यविधि तयार गरी अनुदान नीति स्पष्ट बनाई एकरूपता ल्याउनुपर्ने भए पनि हुन सकेको छैन। किसानका लागि विनियोजन गरेको बजेट तथा अनुदान पहुँचवालाले प्रयोग गर्ने गरेका छन्। अनुदान व्यवस्थित गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयले अनुदान मल वितरण व्यवस्थापन निर्देशिका, शीत भण्डारण गृह स्थापना कार्यक्रम कार्यान्वयन कार्यविधि, कृषि तथा पशुपन्छी बिमा निर्देशिका तयार गरी कार्यान्वयनमा ल्याएको छ।
चालु आर्थिक वर्ष २०८१/८२ मा भने कृषि क्षेत्रको बजेट घटेको छ। गत आर्थिक वर्षको तुलनामा करिब एक अर्ब रूपैयाँ बजेट घटाइएको थियो। चालु आर्थिक वर्ष २०८१/८२ को बजेटमाफर्त कृषि क्षेत्रका लागि ५७ अर्ब २९ करोड विनियोजन गरिएको छ। गत आवमा कृषि बजेट ५८ अर्ब ९८ करोड रूपैयाँ थियो। संघीय सरकार मात्र नभएर प्रदेश र स्थानीय सरकारले पनि कृषिमा अनुदान दिँदै आएका छन्।