शाश्वतधाममा ५० लाख दर्शनार्थीद्वारा भ्रमण
२८ पौष २०८१
•
३ मिनेट पाठ
शाश्वतधाममा ५० लाख दर्शनार्थीद्वारा भ्रमण
नवलपुरस्थित शाश्वतधाममा  ५० लाख दर्शनार्थीले भ्रमण गरेका छन्। सो अवसरमा शाश्वतधाम परिसरमा धार्मिक र सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो। साथै शनिबार यहाँ आएका सबै दर्शनार्थीका लागि स्वस्ति वाचन तथा भजन किर्तनले स्वागत गरिएको थियो।




सोही अवसरमा शनिबार उत्सवका रूपमा मनाइएको थियो। कार्यक्रममा ख्यातिप्राप्त आध्यात्मिक गुरु, विशिष्ट व्यक्तित्व, जनप्रतिनिधि, जिल्लास्थित कार्यालयका प्रमुखहरू, विभिन्न संघसंस्थाका पदाधिकारी, स्थानीय टोल विकास समिति, आमा समूह र सामाजिक अगुवाहरूको उपस्थिति थियो।

कार्यक्रममा काठमाडौं उपत्यकामा लोकप्रिय महाकाली र नागाचा नृत्य पहिलो पटक उपत्यका बाहिर प्रस्तुत गरिएको हो। शाश्वतधाममा प्रस्तुत यी नृत्यलाई सहभागीहरूले निकै रुचिका साथ हेरेका थिए। यसका साथै, थारु, मगर, लामा–गुरुङ, ब्राह्मण जातिका मौलिक नृत्य र सांस्कृतिक झाँकीसमेत प्रदर्शन गरिएको थियो।

सन् २०१७ मा उद्घाटन गरिएको शाश्वतधाममा शनिबारसम्म दर्शन गर्नेको संख्या ५० लाख पुगेको हो। शाश्वतधाम नेपालका उद्यमी तथा सांसद विनोद चौधरीले निर्माण गरेका हुन्। ‘सनातन धर्मका अनुयायी एवं धार्मिक पर्यटकहरूको आस्थाको केन्द्रका रूपमा शाश्वतधाम स्थापित भएको छ। यति छोटो समयमा ५० लाख आस्थावान दर्शनार्थी शाश्वतधामको दर्शनका लागि आउनु आफैंमा अनुकरणीय छ,’ शाश्वतधामका संस्थापक चौधरीले भने, ‘शाश्वतधामलाई दक्षिण एसियामा सनातन धर्मको केन्द्रको रूपमा विकास गर्न ५० औं लाख महानुभावका भावना समेट्दै हामी अगाडि बढ्ने छौं।’

‘नेपालमा अन्यत्र कहीँ नभएको धार्मिक स्थलको रूपमा शास्वतधाम स्थापित भएको छ,’ ५० औं लाख आगन्तुक मनोज अर्यालले भने, ‘यहाँ भ्रमण गर्नेहरूको बयान सुनेपछि परिवारसहित आएको हुँ। प्रत्यक्ष अवलोकन गरेपछि यति सुन्दर र मनमोहक स्थान नेपालमा अन्यत्र छैन जस्तो लागेको छ। शनिबार शास्वतधामभित्र प्राप्त भएको स्वागत–सम्मान मेरो जीवनमा अविस्मरणीय रहने छ।’

स्थानीय मौलिक संस्कृति, भेषभूषा, रहनसहन र बाजागाजालाई समेटेर प्रस्तुत गरिएको कार्यक्रमले सनातन धर्मप्रतिको श्रद्धा, आस्था र विश्वास जागरण गर्न तथा धार्मिक पर्यटन प्रवद्र्धनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने लक्ष्य राखेको शाश्वतधाम परिवारले जनाएको छ।

धर्म र संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्दै धार्मिक पर्यटनको आकर्षण बढाउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा शाश्वतधाममा भ्रमण गर्न आउने पर्यटकको उत्साहजनक सहभागिता रहेको थियो।

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी र आर्ट अफ लिभिङका संस्थापक रवि शंकरद्वारा संयुक्त रूपमा समुद्घाटन गरिएको शाश्वतधाम पछिल्लो समय नेपालको एक महत्त्वपूर्ण धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकसित भएको छ। कलात्मक मन्दिर, गुरुकुलीय विद्यापीठ, बौद्ध चैत्य–गुम्बा, संग्रहालय र शाकाहारी भोजनालय जस्ता स्थलहरू रहेका छन्।

शाश्वतधाम धार्मिक पर्यटक मात्र नभई शैक्षिक भ्रमणका लागि पनि उपयुक्त गन्तव्य मानिन्छ । यहाँका आर्कषक भित्ते चित्र, पानीका फोहोरा, हरियाली र सजिला पदमार्गहरूले भ्रमणकर्तालाई आकर्षण थपेका छन्। शाश्वतधामको प्रमुख आकर्षण एकम्वरेश्वर मन्दिरको भव्यता र कलात्मकतालाई उच्च प्रशंसा गरेका थिए। हरियाली र पानीको फोहोरा रहेको यस मन्दिरले विशेषगरी रातको समयमा पानीमा तैरिरहेको भान गराउँछ।

साथै, सनातन धर्मका मुख्य–मुख्य देवी देवतालाई एउटै थलोमा दर्शन गर्न पाइने यो मन्दिरको फरक विशेषता रहेको छ। मन्दिरभित्र रहेको ठूलो शिवलिंग र बुद्धिष्ट सेन्टरले यहाँ आउने आगन्तुकलाई धार्मिक शान्ति र आध्यात्मिक ज्ञान प्रवाह गरेको छ।

शाश्वतधाम केवल एक मन्दिर मात्रै होइन, यो हिन्दु र बौद्ध धर्मको उत्कृष्ट स्थल हो, जहाँ एकै ठाउँमा हिन्दुको आस्थाको केन्द्र मन्दिरका साथै बाद्धमार्गीका लागि चैत्य स्थापित छ। नवलपुर जिल्लाको देवचुली नगरपालिका २, दुम्कौलीमा रहेको शाश्वतधाम धार्मिक, सांस्कृतिक, पर्यटकीय र पर्यावरणीय दृष्टिले पनि निकै महत्त्वपूर्ण छ। धार्मिक सहिष्णुताको महत्त्व र त्यसको पाठ यहाँ निर्माण गरिएका  संरचनाले देखाउँछ।
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
२ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock २ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
यो पनि पढौँ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस