जलविद्युतकाे सेयरमा विपन्नको पहुँच
१८ मंसिर २०८१
•
४ मिनेट पाठ
जलविद्युतकाे सेयरमा विपन्नको पहुँच
<br>
जलविद्युत् आयोजनामा विपन्न नागरिकको पहुँच बढाउन सरकारले बिना धितो सहुलियत दरमा कर्जा दिने भएको छ। जलविद्युत् आयोजनाको सेयरमा विपन्न नागरिकको सहभागिता बढाइ जीवनस्तर सुधार्न यस्तो नीति लिइएको हो।




ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनताको जलविद्युत् कार्यक्रम (सञ्‍चालन तथा व्यवस्थापन) कार्यविधि, २०७५ (दोस्रो संशोधन)मार्फत यस्तो व्यवस्था गरेको हो।

दुई लाखदेखि अधिकतम पाँच लाखसम्म विना धितो सहुलियत कर्जा लिएर लगानी गर्न पाउने व्यवस्था गरिएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले बताए। ‘विपन्न नागरिकलाई जलविद्युत्को सेयर सुनिश्चित गर्ने व्यवस्था मिलाएका छौं,’ खड्काले भने, ‘अब सेयर लगानी गर्ने र त्यसको प्रतिफल जनताले पाउँछन्।’

सरकारले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ। सुरुमा आयोजना प्रभावित जिल्ला र प्रसारण लाइन रहेका जिल्लाका विपन्न वासिन्दामा लागु गरिए पनि विस्तारै उक्त व्यवस्थालाई देशभर लागु गर्ने मन्त्रालयले जनाएको छ।

सरकारले दिएको घरधुरीको संख्याअनुसार गरिब तथा अति विपन्न वर्गको पहिचान गरी उनीहरूको सेयरको ग्यारेन्टी सरकारले लिनेछ। सरकारले जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत मुलुकभर २२ जलविद्युत् आयोजनालाई अगाडि सारेको छ।

जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत संखुवासभाको चार सय ८२ मेगावाटको अरूण किमाथांका, संखुवासभाकै एक हजार मेगावाटको माथिल्लो अरूण, ३० मेगावाटको इखुवा, तीन सय ७२ मेगावाटको अरूण–४, ताप्लेजुङमा रहेको ७२ मेगावाटको घुन्साखोला, ताप्लेजुङमा रहेको ७० मेगावाटको सिम्वुआ खोला, दोलखामा रहेको पाँच सय ९६ मेगावाटको तामाकोसी, नुवाकोटमा रहेको ३७ मेगावाटको माथिल्लो त्रिशुली–३ बी आयोजना रहेका छन्।

त्यसैगरी, गोरखाको ६० मेगावाटको बुढी गण्डकी ग्वारखोला, एक सय मेगावाटको बुढीगण्डकी प्रोक, दुई सय ४० मेगावाटको बुढीगण्डकी–२, सुर्खेतको ४० मेगावाटको भेरीबबई डाइभर्सन, कालिकोटमा चार सय ९२ मेगावाटको फुकोट कर्णाली, डोल्पा र जाजरकोटमा ९२ मेगावाटको जगदुल्ला एक सय ६५ मेगावाटको जगदुल्ला–२, बझाङमा दुई सय एक मेगावाटको चैनपुर सेती, एक सय ६३ मेगावाटको सेती–३, बझाङमा ५० मेगावाटको अपर सेती, रसुवामा १४.८ मेगावाटको माथिल्लो सान्जेल, रसुवामा एक सय ११ मेगावाटको रसुवागढी आयोजनामा त्यहाँ विपन्न स्थानीयले सहुलियत कर्जा लिएर सेयर हाल्न पाउनेछन्।

सेयर खरीदका लागि आयोजना निर्माण हुने जिल्लाभित्रका आर्थिक रूपले विपन्न पिछडिएका र गरिब नागरिकलाई बैंक तथा वित्तीय संस्थामार्फत शतप्रतिशत विना धितो सहुलियत व्याजदरमा कर्जा उपलब्ध गराउन कम्पनीले मन्त्रालयको सहयोग लिई आवश्यक व्यवस्था मिलाउने कार्यविधिमा उल्लेख छ।

मन्त्रालयले नेपाल सरकारले परिभाषा गरेका विपन्न नागरिक र स्थानीय तहले सिफारिस गरेका विपन्न नागरिकलाई प्राथमिकता दिएर काम गर्नेछ। ‘यसले विपन्न वर्गलाई अगाडि बढाउँदै समृद्ध मुलुक निर्माणमा सहयोग पुर्‍याउँछ,’ मन्त्री खड्काले भने, ‘ सरकार तल्लो वर्गका नागरिक र न्यून आय भएका राष्ट्रसेवक कर्मचारीलाई लक्षित गरी यो कार्यविधि संशोधन गरेको हो।’

जनताको जलविद्युत् कार्यक्रम अन्तर्गतका आयोजना निर्माण गर्ने कम्पनीको सेयर संरचनामा कम्तीमा एकाउन्‍न प्रतिशत संस्थापक समूह र बढीमा उनन्चास प्रतिशत सर्वसाधारण समूह रहने व्यवस्था गरिएको छ।

प्राकृतिक स्रोतमाथिको अधिकार सबै नागरिकमा समान हुने भएकाले आर्थिक दृष्टिले विपन्न रहेका नागरिकलाई समेट्ने गरी जलविद्युत्को विकास तथा निर्माणमा नेपाली जनताको सहभागिता बढाउन लागिएको हो। यो कार्यक्रम सञ्चालनमा आएपछि गरिबीको रेखामुनी रहेका लक्षित वर्गको आर्थिक एवम् सामाजिक जीवनस्तरमा सुधार आउने ऊर्जा सचिव सुरेश आचार्यले बताए। ‘विपन्न वर्गको जीवनस्तर उकास्न सो कार्यविधि संशोधन गरिएको हो’, उनले भने।

आन्तरिक पुँजी बजारको माध्यमबाट नेपाली नागरिकलाई जलविद्युत् आयोजना गर्ने उद्देश्यले सेयर लगानी गर्ने र त्यसको प्रतिफल जनताले सुनिश्चित गर्ने व्यवस्था गरिएको हो। मन्त्रालयको सहमति लिई जलविद्युत् आयोजनाको प्रकृति र क्षमताको आधारमा कर्जा तथा स्वपुँजीको संरचनामा आवश्यकता अनुसार कर्जा तथा स्वपुँजी अनुपात कायम गर्न सक्ने व्यवस्था गरेको छ।

सेयरमा पहुँच बढाउन संस्थापक तथा सर्वसाधारण समूहको सेयर सम्बन्धी व्यवस्था संशोधन गरिएको छ। संशोधित व्यवस्था अनुसार सम्बन्धित कम्पनीले मन्त्रालयको सहमति लिई दफा ५ बमोजिमको संस्थापक समूहका सेयरधनीको लागि छुट्याइएको सेयर विभाजन गर्दा नेपाल सरकार, प्रदेश सरकार, सम्बन्धित आयोजना रहेको जिल्लाको स्थानीय तह, नेपाल सरकारले तोकेको निकाय तथा संगठित संस्था, स्वदेशी वा विदेशी लगानीकर्तालाई सहभागी गराउन सक्ने व्यवस्था छ।

त्यसैगरी, दफा ५ बमोजिम सर्वसाधारण समूहको लागि छुट्याइएको सेयर संरचनामा आयोजना प्रभावित वासिन्दालाई प्राथमिकता दिई दोहोरो सेयर नपाउने गरी व्यवस्था गरेको छ। त्यस्तो सेयर पाउनेमा जलविद्युत् आयोजना रहेको जिल्लाका प्रभावित बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक, सम्बन्धित जिल्लाको आर्थिक रूपले विपन्‍न नागरिक, आयोजना प्रभावित स्थानीय बासिन्दा, सम्बन्धित कम्पनीमा कार्यरत कर्मचारी, आयोजना रहेको जिल्लामा कार्यरत श्रेणीविहीन/निम्न तह वा सो सरहका अन्य राष्ट्रसेवक कर्मचारी रहेका छन्।
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
१ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
यो पनि पढौँ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस