पर्यटन व्यवसायीको गुनासो: क्यानको लापर्बाहीले हवाई भाडा वृद्धि
३० कार्तिक २०८१
•
३ मिनेट पाठ
पर्यटन व्यवसायीको गुनासो: क्यानको लापर्बाहीले हवाई भाडा वृद्धि
नेपाल नागरिक उड्डयन प्राधिरकण (क्यान)को लापर्बाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक बढेको पर्यटन आरोप व्यवसायीले लगाएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति गर्ने क्रममा विमानस्थल बन्द हुँदा हवाई यात्रुलाई पर्ने असुविधाप्रति क्यानले बेवास्ता गर्दा हवाई भाडा बढेको उनीहरूले बताए।




दैनिक हजारौं स्वदेशी र विदेशी हवाई यात्रु आवतजावत गर्ने अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्र बिस्तार गर्दा सोहीअनुसारको गृहकार्य नपुगेको ट्रेकिङ एजेन्सी एसोसियसन अफ नेपाल (टान) का अध्यक्ष सागर पाण्डेले बताए। ‘क्यानले समयमै वायुसेवा प्रदायक कम्पनीलाई यसबारे छलफल गरेर समाधान नखोज्दा सम्पूर्ण हवाई यात्रु मारमा परे,’ उनले भने, ‘वायुसेवा कम्पनी जस्तो अत्यावश्यक र संवेदनशील क्षेत्रलाई सर्ट नोटिस दिएर हुन्छ ?

धेरै अगाडिदेखि विमानस्थल बिस्तार गर्ने कुरा आइरहेको भए पनि क्यानले सम्बन्धित पक्षलाई पर्याप्त समय दिएर यात्रुहरूलाई पर्न सक्ने मर्कालाई न्यूनीकरण गर्न योजना तयार नगर्नु क्यानको कमजोरी भएको उनले बताए। प्राधिकरणले छोटो सूचना दिएर वायुसेवा कम्पनीलाई काम गराउन खोज्दा मुलुकको हवाई क्षेत्रलाई निर्देशित गर्ने प्रशासनिक निकायको कमजोर र अव्यवहारिक दृष्टिकोण छताछुल्ल भएको अध्यक्ष पाण्डेले आरोप लगाए।

नियामक निकायको अदूरदर्शी तवरले काम गर्ने कमजोर प्रणालीका कारण समग्र मुलुकको हवाई क्षेत्रप्रति नराम्रो सन्देश गएको पर्यटन व्यवसायी बताउँछन्। प्राधिकरणले वायुसेवा कम्पनीलाई पर्याप्त पूर्वतयारीको समय नदिदाँ यो अवस्था आएको अध्यक्ष पाण्डेले बताए। ‘यो सवालमा क्यान चुकेको छ,’ उनले भने, ‘क्यानको कारण अन्तर्राष्ट्रिय स्तरमै नेपालको हवाई क्षेत्र पुनः आलोचित बन्नुप¥यो।’

राज्यका निकायले अपरिपक्व तवरले काम गरिदिँदा अन्तर्राष्ट्रिय स्तरमा नेपालको हवाई क्षेत्रको छवि धमिलिने र यात्रु पनि मारमा परेका छन्। अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूले नेपालमा उडान गर्न नरूचाउने जोखिम बढेको छ। सरकार र सम्बन्धित निकायले आफ्नो जिम्मेवारी राम्रोसँग पूरा नगर्दा यात्रु, वायुसेवा कम्पनी र समग्र पर्यटन क्षेत्रलाई प्रत्यक्ष असर परेको अध्यक्ष पाण्डेले बताए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक लामो समयसम्म बन्द भएसँगै अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक बढेको छ। विमानस्थल ट्याक्सी वे विस्तारका लागि गत बिहीबार रातीदेखि दैनिक १४ घण्टा मात्र सञ्चालन हुने भएपछि सबैजसो अन्तर्राष्ट्रिय हवाईसेवा प्रदायक कम्पनीले चर्को भाडा असुल्न थालेका हुन्।

यसैक्रममा विभिन्न निकाय तथा संघसंस्थाले हवाई सेवा कम्पनीले मनोमानी तवरले बढाएको भाडा वृद्धिबारे बिरोध गरिरहेका छन्। सम्बन्धित मन्त्रालय तथा मन्त्रीहरूलाई भेटेर चर्को हवाई भाडा वृद्धिदर घटाइदिन आग्रह गरेका छन्।

यस्तै विमानस्थल विस्तारको क्रममा गर्नुपर्ने पूर्वतयारी नगरेको होटल एसोसिएसन हानका अध्यक्ष विनायक शाहले बताए। ‘विमानस्थल बिस्तार कार्यले पर्यटन क्षेत्र र यात्रुमा पर्ने मर्काबारे क्यानले अपेक्षित गृहकार्य गरेको देखिएन्’ अध्यक्ष शाहले भने, ‘सरकार काम गर्न त खोज्छ तर कामबारे कहिले पनि उचित अध्ययन र योजना बनाउँदैन।’ परिणमस्वरूप समग्र मुलुक र त्यससँग सम्बन्धित क्षेत्रले त्यसको मूल्य चुकाउनुपर्ने उनले बताए। साथै उनले पर्यटक आउने समयमा सरकारले विमानस्थल बिस्तार गर्दा पर्यटन व्यवसायी मारमा परेको बताए।

विमानस्थल बन्द भएको बाहनामा यात्रुसँग चर्को भाडा असुल्न थालेपछि प्राधिकरणले हवाई कम्पनीलाई भाडादर घटाउन निर्देशन दिएको थियो। १५ भन्दा बढी हवाई कम्पनीलाई सरकारले हवाई टिकटको उपलब्धता एवं सहज र सुलभ हवाई यातायात सञ्चालन गर्न भनेको थियो तर अहिलेसम्म चर्को भाडादर नियन्त्रण भएको छैन।

यसैक्रममा अन्तर्राष्ट्रिय हवाई भाडादर अस्वाभाविक बढ्नुमा वायुसेवा कम्पनीको नियत नै त्रुटिपूर्ण भएको प्राधिकरणले जनाएको छ।

गत बिहीबारदेखि आइकाओको मापदण्डअनुसार विमानस्थलभित्रको संवेदनशील क्षेत्रका दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सी वे’, उत्तरतर्फको ‘इन्टरनेसनल एप्रोन’ र विमानस्थलबाट पूर्वतर्फको ‘ह्यांगर एप्रोन’ बिस्तार भइरहेको छ। रन वेबाट दायाँबायाँ ७५ मिटर दूरीसम्मको क्षेत्र अति संवेदनशील भएकाले सुरक्षा संवेदनशीलतालाई विचार गरी सो क्षेत्रभित्र काम भइरहेको छ। विमानस्थल राती १० बजेदेखि बिहान ८ बजेसम्म दैनिक १० घण्टा बन्द गरिँदै आएको छ।
अर्को समाचार
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
११ घण्टा अघि
•
२ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि-२०८३’ पुनरावलोकन गर्न आग्रह गरेका छन्।




कार्यविधिका केही प्रावधान सकारात्मक भए पनि यसले निजी क्षेत्र र निर्माण व्यवसायीमाथि थप चुनौती थपेको उनको भनाइ छ।

शुक्रबार नवौं सामाजिक सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै पाण्डेले एउटै श्रम बजारमा दुईथरी ज्याला प्रणाली लागू हुँदा गम्भीर असर पर्ने औँल्याए।

‘निजी क्षेत्रको न्यूनतम ज्याला मासिक १९ हजार ५५० रुपैयाँ र दैनिक ७५४ रुपैयाँ रहेको अवस्थामा सार्वजनिक खरिदमा आबद्ध अकुशल श्रमिकको दैनिक ज्याला १ हजार ७४० रुपैयाँ निर्धारण गरिएको छ,’ उनले भने, ‘एउटै श्रम बजारमा दुईथरी ज्याला प्रणालीले निजी क्षेत्रबाट श्रमिक पलायन हुने, उद्योगको लागत बढ्ने र प्रतिस्पर्धात्मक क्षमता कमजोर हुने जोखिम छ।’

पुराना ठेक्काको दररेट, लागत अनुमान र बोलपत्रमा नयाँ ज्याला तथा १० प्रतिशत योगदान समावेश नभएको अवस्थामा नयाँ व्यवस्था तत्काल लागू गर्दा व्यवसायीलाई ठूलो आर्थिक भार पर्ने पाण्डेले बताए।

यस्तो व्यवस्था कार्यान्वयनमा ल्याउनुअघि रोजगारदाता, श्रमिक र सम्बन्धित सरोकारवालासँग पर्याप्त छलफल तथा परामर्श गर्नुपर्नेमा उनले जोड दिए।

कार्यक्रममा पाण्डेले सामाजिक सुरक्षा कोषमा रोजगारदाता र श्रमिकको योगदानमा देखिएको असमानता हटाई प्रणालीलाई थप व्यावहारिक र प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराए।

सामाजिक सुरक्षा श्रमिकको अधिकार र रोजगारदाताको दायित्वसँग जोडिएको विषय भएकाले मन्त्रालयको नाम वा संरचना परिवर्तन हुँदैमा श्रमिकको सामाजिक सुरक्षाप्रतिको जिम्मेवारी कमजोर हुन नहुने धारणा उनले राखे।

सामाजिक सुरक्षा कोषमा हाल अर्बौं रुपैयाँ जम्मा भइसकेको उल्लेख गर्दै पाण्डेले त्यो रकम बैंकमा थन्क्याएर राख्नुभन्दा पूर्वाधार, जलविद्युत्, उद्योग र रोजगारी सिर्जना गर्ने उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने सुझाव दिए।

सोही कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको दायरा विस्तार गर्न सरकारले आगामी बजेटमा पर्याप्त रकम विनियोजन गर्ने बताए।

सामाजिक सुरक्षा कोषमा श्रमिक तथा कर्मचारीको आबद्धता बढाउन सरकारले चालु वर्ष १ अर्ब ८० करोड रुपैयाँ विनियोजन गरेको जानकारीसमेत उनले दिए।
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
यो पनि पढौँ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ४७ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस