नेप्से ११.२४ अंकले घट्दा कारोबार पनि घट्यो
२७ कार्तिक २०८१
•
१ मिनेट पाठ
नेप्से ११.२४ अंकले घट्दा कारोबार पनि घट्यो
छठविदापछि लगातार दुई कारोबार बढेर बन्द भएको नेप्से परिसूचक मंगलबार  घटेर बन्द भएको छ।




आज नेप्से परिसूचक ११.२४ अंक घटेर २७४८.९६ विन्दुमा झरेको छ। त्यसैगरी  सेन्सेटिभ इण्डेक्स १.९३ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.७३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५४ अंक घटेको छ।पछिल्ला दुई कारोबार दिनमा नेप्से परिसूचक ८४.६८ अंक बढेको थियो।

नेप्सेसँगै आज कारोबार पनि घटेको छ।अघिल्लो कारोबार दिन अर्थात सोमबार ११ अर्ब ३१ करोडको शेयर खरिदबिक्री भएको बजारमा आज  ३१२ स्टकको ८२ हजार ५७० पटकको कारोबारमा ७ अर्ब ८५ करोड ९७ लाख रुपैयाँ बराबरको १ करोड ६७ लाख ८६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आज नेप्से घटेपनि आज  ४ वटा कम्पनी शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। आज गुराँस लघुवित्त वित्तीय संस्था, मेन्छियाम हाइड्रोपावर,बेष्ट फाइनान्स र एनएलजी इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

आज १३ उपसमूहमध्ये  ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ। 

अर्को समाचार
नेप्से १० अंकले घट्दा झण्डै चार अर्बको कारोबार
१० माघ २०८०
•
२ मिनेट पाठ
नेप्से १० अंकले घट्दा झण्डै चार अर्बको कारोबार
साताको चौथो कारोबार दिन बुधबार सेयर मापन परिसूचक नेप्से दोहोरो अंकले घटेको छ।




बुधबार नेप्से परिसूचक १०.२५ अंकले घटेर २०८८.०४ विन्दुमा झारेको छ। दिनभरजसो सेयरबजार तीव्र उतारचढावपूर्ण हुँदै कारोबार बन्द हुने बेला घट्यो।

बुधबार १५३ कम्पनीको सेयर घट्यो भने ८० कम्पनीको सेयर बढ्यो। १४ कम्पनीको सेयर स्थिर रह्यो। एक करोड १० लाख ५९ हजार ९ सय ४९ कित्ता सेयर किनबेच हुँदा तीन अर्ब ८९ करोड ७० लाख २२ हजार ५ सय ९८ रुपैयाँको सेयर कारोबार भयो।

नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार नेप्सेका तीनवटै सूचक घटेर राताम्मे भयो। सेन्सेटिभ सूचक  ०.७३ अंकले घट्यो भने फ्लोट सूचक पनि ०.७० अंकले घट्यो। त्यसैगरी सेन्सेटिभ फ्लोट सूचक पनि ०.२२ अंकले घट्यो।

नेप्सेका १३ उपसमूहमध्ये बुधबार ११ उपसमूहको सेयर घट्यो भने दुई उपसमूहको सेयर बढ्यो। बुधबार घट्ने उपसमूहमा विकास बैंकतर्फ रह्यो। सो उपसमूह ४०.६२ अंकले घट्यो। त्यसैगरी जीवनबीमातर्फ पनि ३८.०५ अंक र हाइड्रोपावरतर्फ पनि ३३.४३ अंकले घट्यो।

बुधबार बढ्ने उपसमूहमा बैंकिङतर्फ १.१३ अंक र म्युचुअल फण्डतर्फ पनि ०.०२ अंकले बढेको छ। बुधबार सबैभन्दा धेरै सेयर बढ्ने कम्पनीमा चन्द्रगिरी हिल्स कम्पनी र मिडसोलु हाइड्रोपावर कम्पनी रह्यो। ती दुवै कम्पनीको सेयर १० प्रतिशतले बढेको छ।

बुधबार सबैभन्दा धेरै सेयर घट्ने कम्पनीमा तेह्रथुम पावर कम्पनी रह्यो। सो कम्पनीको सेयर १० प्रतिशतले घट्यो। त्यसैगरी एनएमबी माइक्रोफाइनान्स कम्पनीको सेयर पनि ६.२० प्रतिशत र सिवाईसी लघुवित्त कम्पनीको सेयर ५.१४ प्रतिशतले घटेको छ।

साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक २५.६३ अंकले घटेर २१३०.१८ विन्दुमा झरेको थियो। आइतबार १७७ कम्पनीको सेयर घट्यो भने ६४ कम्पनीको सेयर बढ्यो। ६ कम्पनीको सेयर स्थिर रह्यो। आइतबार दुई करोड २८ लाख २० हजार २७९ कित्ता सेयर किनबेच हुँदा सात अर्ब ६७ करोड ७७ लाख ४० हजार ५८ रुपैयाँको सेयर कारोबार भएकाे थियाे।

साताको दोस्रो कारोबार दिन सोमबार दिनभरजसो नेप्से उतारचढावपूर्ण हुँदै ३१.४९ अंकले घटेर २०९८.६९ विन्दुमा झरेको थियो। सोमबार २०९ कम्पनीको सेयर घट्यो भने ३६ कम्पनीको सेयर बढ्यो। दुई कम्पनीको सेयर स्थिर रह्यो। सोमबार एक करोड ८० लाख ४३ हजार २४४ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ३६ करोड ६० लाख ७० हजार तीन रुपैयाँको सेयर कारोबार भयो।

साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक ०.४० अंकले घटेर २०८८.२९ विन्दुमा झरेको थियो। सो दिन १३७ कम्पनीको सेयर घट्यो भने १०३ कम्पनीको सेयर बढ्यो। आठ कम्पनीको सेयर स्थिर रह्यो।

मंगलबार एक करोड १८ लाख एक हजार तीन सय ६० कित्ता सेयर किनबेच हुँदा चार अर्ब २९ करोड ४५ लाख ६६ हजार सात सय ५१ रुपैयाँको सेयर कारोबार भएकाे थियाे।
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस