बक्यौता नबुझाएसम्म बिजुलीको लाइन जोडिदैन: कुलमान घिसिङ
१२ कार्तिक २०८१
•
६ मिनेट पाठ
बक्यौता नबुझाएसम्म बिजुलीको लाइन जोडिदैन: कुलमान घिसिङ
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बक्यौता नतिरेका उद्योगमा बिजुलीको लाइन नजोडिने बताएका छन्। डेडिकेटेड र ट्रंकलाइन बक्यौता तिर्न अटेर गरेको भन्दै प्राधिकरणले ती उद्योगहरुको लाइन बन्द गरिदिएको छ।यही सेरोफेरोमा न्युज एजेन्सी नेपालले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग गरेको कुराकानीको सम्पादित अंश–




फिरौती नभई उद्योगले प्रयोग गरेको बिजुलीको महसूल उठाउन लागेका हौँ

नेपाली नागरिकलाई १८ घण्टासम्म लोडशेडिङमा राखेर उद्योग चलाएबापत नेपाल विद्युत् प्राधिकरणले बक्यौता रकम उठाउन खोजेको राज्यको राजस्व हो । प्राधिकरणले राजस्व उठाउन खोज्दा कसरी फिरौती मागेको हुन्छ ? हामी सबै बाँकी बक्यौता रकम उठाउनुपर्छ भनेर लाग्नुपर्ने होइन ? सबै निकाय जिम्मेवार छैनौँ ? विद्युत् प्राधिकरण, ऊर्जा मन्त्रालय र सरकार सबै निकाय जिम्मेवार छौँ । उद्योगहरूसँग डेडिकेटेड र ट्रङ्क लाइनको बक्यौता रकम उठाउनुपर्छ भनेर लागेका छौँ । उद्योगको लाइन काट्दा मन्त्रिपरिषद्बाट पटक–पटक लाइन जोड्न निर्देशन आयो । त्यसपछि प्राधिकरणले उद्योगमा लाइन जोड्दै आएको हो । त्यसपछि अहिले अन्तिम पटक उद्योगहरूको लाइन काटेको छौँ ।

सबैतिरबाट प्राधिकरणलाई डेडिकेटेड र ट्रङ्क लाइनको बक्यौता रकम उठाउन निर्देशन छ

अब कति समयका लागि रोक्ने हो ? ५/६ वर्ष भइसक्यो । प्राधिकरणले उद्योगहरूलाई पटक–पटक समय दिएको छ । व्यवसायीहरूलाई विभिन्न निकायमा जाने अवसर पनि दिएका छौँ । उद्योगी व्यवसायीहरू अदालत, मन्त्रिपरिषद्, संसदीय समितिदेखि सबै निकायमा जानुभएको छ । तर सबैतिरबाट प्राधिकरणलाई डेडिकेटेड र ट्रङ्क लाइनको बक्यौता रकम उठाउन निर्देशन भएको छ । प्राधिकरणले अन्तिम पटक तीन महिनाका लागि प्रधानमन्त्रीको अनुरोध र नियमन आयोगले बिजुलीको लाइन नकाट्नु भनेकाले हामीले जोडेका थियौँ । प्राधिकरणले लाइन काटेको चौथो पटक हो । तीन महिना समय दिँदा पनि उद्योगी व्यवसायीहरूले केही पनि गरेनन् । व्यवसायीहरूले समय थप गर्न माग गरे । न त सरकारका कुनै निकायले समय थप गर्न निर्देशन दियो । कतैबाट पनि केही नभएकाले विद्युत् प्राधिकरणको व्यवस्थापकीय दायित्वअनुसार प्राधिकरणको बोर्डले तत्काल बिजुलीको महसूल उठाउनु भनेकाले प्राधिकरणले लाइन काटेर बक्यौता उठाउन खोजेको हो ।

प्राधिकरणले उद्योगी व्यवसायीसँग राजनीतिकीकरण गरेको छैन

प्राधिकरणले उद्योगी व्यवसायीहरूसँग राजस्व उठाउन खोज्दा कसरी राजनीतिकीकरण हुन्छ ? मैले किन राजनीतिक गर्ने ? प्राधिकरणको बक्यौता उठाउने विषय व्यावसायिक हो । उद्योगीहरूले उद्योगमा खपत गरेको बिजुलीको महसूल प्राधिकरणले उठाउन खाजेको विषय कसरी राजनीतिक हुन्छ ? प्राधिकरणले महसूल उठाउन अन्तिम पटक तीन महिनाको समय दिएको थियो । तीन महिन समय सकिएपछि पनि बक्यौता रकम नआएपछि प्राधिकरण लाइन काट्न बाध्य भएको हो । राजनीतिकीकरण उद्योगी साथीहरूले गर्नुभएको छ । विधि प्रक्रियालाई मिचेर सिधा संसद्, मन्त्रिपरिषद्, राजनीतिक दलहरूकोमा पुगेर विभिन्न किसिमका दबाब सिर्जना गर्ने काम उद्योगीहरूले गरेका छन् । विधि, प्रक्रियामा उद्योगीहरू नआएर सिधै अदालत जाँदा सबै मुद्दा अदालतले खारेज गरेको छ । प्राधिकरणले राजनीतिकीकरण किन गर्ने ? प्राधिकरणलाई डेडिकेटेड र ट्रङ्क लाइनको विषयमा राजनीतिकीकरण गर्नुपर्ने बाध्यता पनि छैन । गरेका पनि छैनौँ । शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओली प्रधानमन्त्री भएको पालामा उद्योगहरूको बिजुलीको लाइन काटेका छौँ । प्रचण्ड सरकारको पालामा २४ दिनसम्म लाइन काटेका थियौँ । अहिले मात्रै लाइन काटेको भए राजनीतिकीकरण गरेको हुन्थ्यो । संसद्को लेखा समितिमा किन बक्यौता रकम नउठाएको भन्दै प्रश्न उठेको छ ।

२८ महिनाको बाँकी बक्यौता रकम नतिरेसम्म प्राधिकरणले उद्योगहरूमा लाइन जोड्दैन

बक्यौता रकम नउठाएकाले प्राधिकरणका निर्देशकलाई कारबाही गर्नुपर्छ भन्नेसमेतको आरोप लागेको छ । प्राधिकरणले डेडिकेटेड र ट्रङ्क लाइनको बाँकी बक्यौता रकम नउठाउने भनेका छैनौँ । प्राधिकरणले बक्यौता उठाउन खोज्दा पटक–पटक माथिल्लो निकायबाट निर्देशन भएको अवस्था छ । प्राधिकरणको अन्तिम विकल्प भनेको उद्योगहरूको बिजुलीको लाइन काट्ने हो । उद्योगहरूले डेडिकेटेड र ट्रङ्क लाइनको २८ महिनाको बाँकी बक्यौता रकम नतिरेसम्म विद्युत् प्राधिकरणले लाइन जोड्दैन ।

सरकारको निर्देशन मानेको छु

सरकारको निर्देशन नमानेको भए तीन पटकसम्म उद्योगहरूको लाइन काटेर जोड्ने थिएनौँ । सरकारको निर्देशन पालना गरेर प्राधिकरणले तीन महिनासम्मका लागि म्याद दिएर लाइन जोडेको हो । विद्युत् प्राधिकरण ऐनअन्तर्गत नेपाल सरकारको निर्देशन विद्युत् प्राधिकरणले मान्नुपर्छ । नियमसम्मत हुने सरकार, मन्त्रिपरिषद्, मन्त्री सबैको निर्देशन पालना गरेका छौँ । तर विधिभन्दा बाहेक भयो भने माथिल्लो निकायको लिखित निर्देशन माग्ने गरेका छौँ । प्राधिकरणलाई विगत सात वर्षदेखि पारदर्शी र व्यावसायिक निकायका रूपमा चलाउनुपर्छ भनेर त्यहीअनुसार सञ्चालन भइरहेको छ । गलत निर्देशन भए गर्न मिल्दैन भनेर सम्झाउने काम गरेको छ । प्राधिकरणका हरेक क्रियाकलाप सरकार र विभागीय मन्त्रीको निर्देशनअनुसार प्राधिकरणको बोर्डले गरेको हुन्छ । कानूनी रूपमा वैधानिक आधारमा काम गर्छौँ ।

प्राधिकरणले उद्योगको लाइन सधैँका लागि काटेको होइन

अब उद्योगको बिजुली जोड्ने र काट्ने किन गर्ने ? बिजुली जोड्ने र काट्ने विषयले समाधान ल्याउँदैन । जबसम्म समाधान हुँदैन तबसम्म उद्योगहरूको बिजुली जोड्ने र काट्ने भन्ने दोहोरिँदैन । डेडिकेटेड र ट्रङ्क लाइनको बक्यौता रकमको समाधान हुनुपर्छ । बिजुलीको लाइन काटेपछि आठ वटा उद्योगले बक्यौता तिरेका छन् । प्राधिकरणले उद्योगको लाइन सधैँका लागि काटेको होइन । प्राधिकरणले २८ किस्ता दिएको छ । सबै पैसा एकमुष्ट दिनु पनि भनेका छैनौँ । पहिलो किस्ताको रकम प्राधिकरणलाई तिरेको एक घण्टाभित्र लाइन जोडिन्छ । उद्योगहरूले पैसा तिर्दैनौँ भनेर हुँदैन ।

विवाद ल्याउने काम गरेको छैन

डेडिकेटेड र ट्रङ्क लाइनको बक्यौता मेरो कार्यकालमा सिर्जित भएको विषय होइन । म भन्दा पहिलाको कार्यकालमा सिर्जित समस्या हो । त्यो बेला डेडिकेटेड र ट्रङ्क लाइनको महसूल तोकेर बिल नगरेको अवस्था छ । म आएपछि बिल गरेको अवस्था हो । उद्योगहरूले प्रयोग गरेको बिजुलीको अर्बौं बक्यौता उठाउन लाग्दा विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङले के गर्न लाग्यो भनेर चर्चा गरेको कुरा मैले बुझेको छैन । मैले कुनै पनि विवाद ल्याउने काम गरेको छैन । बिजुलीको महसूल जसरी भए पनि उठाउनुपर्छ । विद्युत् प्राधिकरणका सबै कर्मचारी महसूल उठाउनुपर्छ भन्ने कुरामा एक छौँ ।

जिम्मेवार व्यक्तिहरूले प्राधिकरणले काटेको बिल ठीक छैन भन्नु गलत

विभिन्न फोरममा जिम्मेवार व्यक्तिहरूले प्राधिकरणले काटेको बिल ठीक छैन भन्ने गरेको कुरा आइरहेको छ । बिल शतप्रतिशत ठीक छ । बिल कुनै बनावटी होइन । खपत नगरेको बिजुलीको महसूल किन तिर्ने भनेर प्रश्नहरू गर्ने गरिएको छ । प्राधिकरणले उद्योगहरूलाई खपत गरेको युनिटको मात्रै बिल गरेको छ । यो प्राधिकरणमा रेकर्ड छ । उद्योगहरूले सामान्य बिल तिरेका थिए । त्यही युनिटमा प्राधिकरणले डेडिकेटेड र ट्रङ्क लाइनको प्रिमियम शुल्क नतिरेको हुनाले त्यो मात्रै लगाएको हो । खपत नगरेको बिल कसरी तिर्ने भन्ने होइन ।
अर्को समाचार
बहराइनबाट कुलमानका तीन सन्देश: साथ दिनुस्, अगाडि बढ्न तयार छु
२२ असार २०८२
•
४ मिनेट पाठ
बहराइनबाट कुलमानका तीन सन्देश: साथ दिनुस्, अगाडि बढ्न तयार छु
नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ अहिले बहराइनको भ्रमणमा छन्। ‘उज्यालो नेपाल' अभियान लिएर गत असार १७ गते बहराइनतर्फ लागेका घिसिङलाई त्यहाँस्थित नेपाली समुदायले संयुक्त अभिनन्दन गरेको छ।




गत २०८१ चैत ११ गते कार्यकाल सकिनु चार महिनाअगावै सरकारले बर्खास्त गरेपछि राजनीतिमा आउने छनक दिइरहेका घिसिङले बहराइन पुगेर ‘जनताको साथ’ खोजेका छन्। उनले साथ पाए आफू अगाडि बढ्ने बताएका छन्।

खासगरी विदेशी भूमिमा कार्यरत नेपाली युवा र त्यहाँस्थित नेपाली समुदायलाई लक्षित गरेर भ्रमणमा निस्केका घिसिङ दुबई, कतारलगायतका देश पनि पुग्दैछन्। ती देशहरूमा पनि उनले एवम्-रीतले नेपाली युवा र त्यहाँस्थित नेपाली समुदायसँगै अन्तर्क्रिया गर्नेछन्। यता नेपालमा विभिन्न पार्टी तथा मोर्चाबाट आउँदो उपनिर्वाचनमा रुपन्देही-३ मा उम्मेदवार बन्ने चर्चा चलिरहँदा घिसिङ भने डायस्पोराकेन्द्रित छन्। उनले आफ्ना कुरा राख्ने र उनीहरूलाई पनि सुन्ने गरिरहेका छन्।

यसैबीच बहराइनमा उनलाई नेपाली समुदायले संयुक्त अभिनन्दन गरेको छ। अभिनन्दनपछि आफ्ना कुरा राख्दै ‘उज्यालो नेपाल’ अभियानमा सरिक हुनका लागि आह्वानसमेत गरेका छन्। आफ्नो कुरा राख्ने क्रममा उनले मुख्यत: तीन विषय भनेका छन्।

पहिलो- सम्मान गर्नुपर्ने व्यक्तिलाई अपमान

घिसिङले नेपालमा सम्मान गर्नुपर्ने व्यक्तिलाई अपमान गर्नुपर्छ भन्ने भाष्य सृजना हुँदै गएको औँल्याएका छन्। आफ्नो धारणा राख्ने क्रममा उनले भनेका छन्, ‘वास्तवमा नेपालमा जसलाई सम्मान गर्नुपर्ने हो, त्यसलाई सम्मान गरिँदैन। जसलाई कारबाही गर्नुपर्ने हो, त्यसको सम्मान हुन्छ भन्ने एउटा भाष्य क्रियट हुँदै गयो भने कसरी नेपाल बन्छ, कसरी नेपाली युवाहरू देशभित्र रहन्छन् ?'

उनले देशभित्र केही हुन्छ, केही आस जगाउँछौँ भनेर केही युवाहरू राजनीतिमा आएको पनि बताएका छन्। 'केही आत्मविश्वास जनाउँछौँ भनेर केही युवाहरू राजनीतिक क्षेत्रमा पनि आएको देखिन्छ। बालेनजी, हर्क साम्पाङ, गोपाल हमाललगायत केही आस जगाएर आउनुभयो। उहाँहरूले पनि केही समस्याहरू बेहोरिरहनुभएको छ, तपाईंहरूलाई जानकारी छ। रविजी पार्टी नै खोलेर आउनुभयो, उहाँहरूका समस्याहरू पनि तपाईं आम दाजुभाइ-दिदीबहिनीहरूलाई थाहा भएकै कुरा हो। मैले यसमा धेरै कुरा गर्न चाहन्नँ तर, जति पनि आस, सम्मान र आत्मबललाई अगाडि बढाउनुपर्ने विषयहरूमा राज्यले कतिको महत्त्व दिएको छ भन्ने विषयले हामी दाजुभाइ दिदीबहिनीहरू देशभित्र रहने कि नरहने भन्ने विषय छ,’ उनले भनेका छन्।

संयुक्त अभिनन्दनका क्रममा कुलमान घिसिङ।
त्यसो त घिसिङ सरकारको बर्खास्तीमा परेका हुन्। नेपाल विद्युत् प्राधिकरणमा कार्यकारी निर्देशकको कार्यकाल सकिनु चार महिना मात्रै बाँकी रहँदा सरकारले उनलाई गत २०८१ चैत्र ११ गते पदबाट बर्खास्त गर्‍यो। उनले यही विषय उधिन्दै यो विषय बोलेका हुन्।

‘विद्युत् प्राधिकरणबाट निस्कनु ४ महिना हुँदा मलाई निकाल्नुपर्ने बाध्यता के पर्‍यो ? आज जनताले सोधिरहनुभएको छ, म पनि सोधिरहेको छु। म निस्किनेबित्तिकै विद्युत् प्राधिकरण त घाटामै थियो, यो त फेब्रिकेटेड नाफाको बनाइएछ, जति पनि डेटा छन्, त्यो त म्यानिपुलेटेड डेटा रहेछन् भनेर जुनखाले मेसेज बाहिर पठाउन खोजियो, त्यो राम्रो थिएन,’ उनले भने।

उनले आफूले प्राधिकरणबाट सम्मानपूर्वक बहिर्गमनको अपेक्षा राखेको पनि बताए। ‘राज्यले एउटा सम्मानपूर्वक बिदाइ गर्छ जस्तो लागेको थियो तर, ४ महिना हुँदा बर्खास्त गर्‍यो। ४ महिनाभन्दा अगाडि ९ महिनासम्म हरेक दिन, हरेक महिना स्पष्टीकरण सोधियो, किन राम्रो काम गर्‍यौ भनेर,’ उनले भने।

दोस्रो- नेपालको लिडरसीपले आशा जगाउनै सकेनन्

घिसिङले नेपालमा लिडरसीपले आशा जगाउनै नसकेको बताएका छन्। तर, यसबेला नेपालमा आशा, आत्मविश्वास लगाउने खाले लिडरसीपको आवश्यकता रहेको उनले औँल्याए। ‘अब नेपालको अभियान उज्यालो अभियान हुनुपर्छ। समृद्धिको अभियान, सामाजिक न्याय, सुशासन र डेलिभरीको अभियान हुनुपर्छ। कुरा मात्रै गरेर हुँदैन, रिजल्टमा दिनुपर्‍यो। अब सबैका लागि विश्वास, आत्मविश्वास आवश्यक छ। तर, नेपालका लिडरसीपले आशा जगाउनै सकेनन्। अब त्यस्तो लिडरसीपको आवश्यकता छ,’ उनले भनेका छन्।

कुलमान घिसिङ अभिनन्दन कार्यक्रमा सहभागीहरू।
अब आर्थिक क्रान्ति, सामाजिक न्याय, सुशासका र समृद्धिका लागि अभियान हुनुपर्ने उनले बताएका छन्। यो अभियानले मात्रै आशा, आत्मविश्वास र भरोसा जगाउन सक्ने भनाइ घिसिङको छ। त्यस्ता खाले लिडरसीपका लागि पनि अभियान अगाडि बढाउनुपर्ने जोड उनको थियो।

तेस्रो- साथ दिनुस्, अगाडि बढ्न तयार छु

घिसिङले आफ्नो अभियानलाई साथ दिनका लागि आह्वानसमेत गरेका छन्। उनले अभियानले आशा जगाउने बताएका छन्। ‘यो अर्थतन्त्र, सामाजिक जीवन र आत्मविश्वास जागृत गर्ने अभियान हो। यो भएन भने युवाहरूको पलायन रोकिँदैन,’ उनले भने।

आफ्नो कुरा राख्दै कुलमान घिसिङ।
उनले साथ पाए आफू अगाडि बढ्ने पनि बताए। त्यसका लागि अभियानमा जोडिनका लागि उनले आह्वान गरे। ‘उज्यालो अभियान लिएर अगाडि बढौँ, यो अभियान भनेको देशलाई उज्यालो बनउने, तपाईंको अनुहार उज्यालो बनाउने, हाम्रा बा-आमा, बालबच्चाहरूको अनुहार उज्यालो बनाउने अभियान हो, तपाईंहरू साथ दिनुस्, म अगडि बढ्न तयार छु,’ उनले प्रतिबद्धता जनाए।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस