मुस्ताङमा बढ्न थाल्यो बाह्य पर्यटकको चहलपहल
१८ असोज २०८१
•
३ मिनेट पाठ
मुस्ताङमा बढ्न थाल्यो बाह्य पर्यटकको चहलपहल
मुस्ताङमा बाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ। मुक्तिनाथ मन्दिर, कागबेनी, कोरला नाका, लोमान्थाङ, सिंजा जोङ गुफा, जोमसोम, ढुम्वा ताल, ठिनी, मार्फा, लेतेलगायत पर्यटकीय स्थलमा चहलपहल बढेको हो।




अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को जोमसोमस्थित कार्यालय प्रमुख प्रमोदराज रेग्मीले केही दिनयता आन्तरिक पर्यटकको चाप बढेको र विदेशी पर्यटकको आगमन बढेको बताए। ‘सडक र हवाईमार्ग भएर मुस्ताङ घुम्न आएका आन्तरिक पर्यटकका कारण चहलपहल बढेको छ,’ उनले भने, ‘थोराङ्ला, उपल्लो मुस्ताङ र जोमसोम आसपासका क्षेत्रमा पनि विदेशी पर्यटकको चहलपहल बढेको छ।’

सडक यातायातको सहजता, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा भएका प्रवर्द्धनात्मक गतिविधि, सामाजिक सञ्जालको प्रभाव, सुविधायुक्त होटल सञ्चालन, विश्व प्रसिद्ध पदयात्रासम्बन्धी सञ्चारमाध्यमले मुस्ताङलाई घुम्नैपर्ने गन्तव्यमा समेट्नु, विदेशी समुदायका प्रभावशाली व्यक्तिको भ्रमणले मुस्ताङ पर्यटकको रोजाइमा परेको हो।

वि.सं. २०८१ को असोज महिना शुरु भएयता सडक मार्ग भएर २० हजार चार सय ४६ जना पर्यटक मुस्ताङ भित्रिएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक विशाल अधिकारीले बताए।

म्याग्दीको सिमानामा रहेको घाँसा स्थित प्रहरी चौकीले मुस्ताङ भित्र्ने पर्यटकको विवरण सहित तथ्याङ राख्दै आएको छ। असोज महिना शुरु भएयता चार हजार ४४ वटा सवारी साधनमा १४ हजार ८५० स्वदेशी र पाँच हजार पाँच सय ९६ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएका हुन्।

बेनी–जोमसोम सडक प्रयोग गरी गत आव २०८०÷०८१ मा तीन लाख १८ हजार आठ सय १४ स्वदेशी पर्यटक सडक मार्ग भएर मुस्ताङ घुम्न आएका थिए। आव २०७९÷८० मा मुस्ताङ घुम्ने आन्तरिक पर्यटकको सङ्ख्या तीन लाख तीन हजार आठ सय थियो।

एक्याप जोमसोमको तथ्याङ्क अनुसार चालु आवको साउन र भदौमा सात हजार पाँच सय ९९ पर्यटकले मुस्ताङ घुमेका छन्। गत आवको साउन र भदौमा मुस्ताङ घुम्ने पर्यटकको सङ्ख्या पाँच हजार एक सय ७५ थियो।

गत आर्थिक वर्षमा एक लाख २१ हजार तीन सय ५२ विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका थिए। आव २०७९/८० मा ७१ हजार सात सय सात र आव २०७८÷७९ मा ३८ हजार आठ सय ९६ पर्यटक मुस्ताङ घुम्न आएका एक्यापले जनाएको छ।

ऐतिहासिक र धार्मिक महत्वको मुस्ताङको पृथक भू–बनोट, प्राकृतिक, भौगोलिक, सांस्कृतिक, जैविक विविधताले विश्वभरका पर्यटक आकर्षित हुँदै आएका छन्। शरद यामसँगै खुल्न थालेको मौसम मुस्ताङ घुम्नका लागि उपयुक्त मानिन्छ।

लोमान्थाङका होटल व्यवसायी छेवाङ गुरुङले बर्खायाम सकिन थालेसँगै मुस्ताङमा पर्यटकको चहलपहल बढ्न थालेको बताए। ‘बर्खा सकिन र हिउँद सुरु हुन लागेको यो मौसम हावापानी र वातावरणका हिसाबले पनि मुस्ताङ घुम्न उपयुक्त समय हो’, उनले भने, ‘अन्य समयमाभन्दा असोज–कात्तिकमा यहाँ धेरै पर्यटकहरु आउने गर्छन्।’

विदेशीको तुलनामा स्वदेशी पर्यटक बढी छन्। चाडपर्वको लामो बिदा शुरु भएसँगै आमा समूह, वन समूह, क्लब, सहकारी संस्था र शैक्षिक संस्थाबाट पनि समूह बनाएर भ्रमणमा आएका छन्। कागबेनीबाट कोरला नाकासम्मको उपल्लो मुस्ताङको अर्धनिषेधित भूगोलमा भ्रमण गर्न विदेशीले १० दिनका लागि पाँच सय डलर शुल्क तिर्नुपर्छ।

गण्डकी प्रदेशको लमजुङ, कास्की, मनाङ, मुस्ताङ र म्याग्दी जिल्लामा समेटिएको एक्याप क्षेत्रको भ्रमण गर्न सार्क मुलकका पर्यटकलाई प्रतिव्यक्ति रु एक हजार र तेस्रो मुलुकका पर्यटकलाई प्रतिव्यक्ति रु तीन हजार तोकिएको छ। रासस
अर्को समाचार
मुस्ताङमा हिउँ पर्ने याममा हिउँ नपर्दा ...
०१ जेष्ठ २०८२
•
४ मिनेट पाठ
मुस्ताङमा हिउँ पर्ने याममा हिउँ नपर्दा ...
मुस्ताङमा तीन वर्ष यता हिउँ पर्ने याममा हिउँ परेको छैन । हिउँ नपरेकै कारण यहाँको कृषि प्रणालीमा गम्भीर असर परिरहेको स्थानीयवासी शेरबहादुर गुरुङले बताए।




पछिल्ला वर्षमा स्याउमा विभिन्न किसिमका रोग लाग्न थालेको उल्लेख गर्दै उहाँले जलवायु परिवर्तनको प्रत्यक्ष असर मुस्ताङमा परिरहेको बताए। स्थानीयवासीका अनुसार पछिल्ला वर्ष तल्लो भेगमा हुने स्याउ क्रमशः माथिल्लो भेगतर्फ सर्दै गएको छ । विगत दुई दशककै अन्तरालमा यहाँको कृषि प्रणालीमा नै ठूलो परिवर्तन आइसकेको स्थानीयको अनुभव छ ।

दुई दशक अघिसम्म स्याउको राम्रो उत्पादन हुने मुस्ताङको लेतेमा अहिले भने स्याउको उत्पादन छैन । लेते माथिको कोवाङसम्म पनि स्याउ खेती हुन छोडेको छ । विगतमा समुद्री सतहबाट दुई हजारदेखि तीन हजार मिटर उचाइसम्म स्याउ फल्ने गरेकोमा अहिले भने तीन हजार पाँच सयदेखि चार हजार मिटरसम्म उचाइसम्म स्याउ फल्ने गरेको शीतोष्ण बागबानी विकास केन्द्र मार्फा मुस्ताङका प्रमुख पद्मनाथ आत्रेयले जानकारी दिए। विगतमा स्याउ राम्रै फल्ने मुस्ताङको लेतेमा जलवायु परिवर्तनकै कारण स्याउ विस्थापन नै भैसकेको उनले जानकारी दिए। लेते समुन्द्री सतहबाट  दुई हजार २०० मिटर उचाइमा रहेको छ ।

बर्षेनी बढ्दो तापमानका कारण कृषि प्रणालीमा नै धेरै प्रभाव परिरहेको जनाउँदै उनले पछिल्ला वर्षमा शमशितोेष्ण हावापानीमा पाइने किवी शितोष्ण हावापानी भएका मुस्ताङका लेते तथा घाँसामा फल्न थालेको जानकारी दिए।

प्रमुख आत्रेयका अनुसार बढ्दो तापमान बृद्धिसँगै स्याउ लगायतको खेती माथिल्ला भागमा सर्दै गएको वास्तविकतालाई दृष्टिगत गर्दै शितोष्ण बागबानी केन्दले उपल्लो मुस्ताङ क्षेत्रका स्थानीयलाई  लक्षित गरी ल्होघेकर दामोदरकुण्ड गाउँपालिकाको घमीमा शाखा विस्तार गर्ने तयारी गरिएको छ । “हामी उक्त क्षेत्रमा आवश्यक पर्ने स्याउ लगायत फलफूलका बिरुवा त्यहीँबाट नै स्थानीयलाई उपलब्ध गराउने सोच राख्दै फार्म निर्माणका लागि जग्गा प्राप्ती प्रक्रियालाई अघि बढाइसकेका छौं”, उनले भने, “उक्त क्षेत्रमा फार्म निर्माणका लागि लगभग आठ सय रोपनी भन्दा बढी क्षेत्रफलको जग्गा नापी गरिसकिएको छ ।”

केन्द्रका तर्फबाट स्याउको विरुवाका साथै नासपाती, ओखर, खुर्पानी जस्ता फलफूका विरुवा उत्पादन गरि वितरण गर्ने गरिएको उनले जानकारी दिए। त्यस्तै स्याउबाली भित्र अन्य अन्तरवाली समेत गर्ने गरी विउविजन तयार गर्ने काम पनि केन्द्रबाट भैरहेको उनको भनाइ छ । पछिल्ला वर्षमा टुकुचेभन्दा माथि मुक्तिनाथ, छुसाङ लगायतका स्थानमा स्याउ खेती फस्टाउँदै गएको स्थानीयवासी बताउँछन् । माथिल्ला भेगमा स्याउ खेती फस्टाउँदै गएपछि कृषकहरू पनि यसतर्फ आकर्षित बन्दै गएका छन् ।

मुक्तिनाथभन्दा माथि उपल्लो मुस्ताङको लोमन्थाङसम्म स्याउ खेती बढ्दै गएको र पहिला उपल्लो भेगमा सानो आकारमा फल्ने गरेका स्याउ अहिले ठूलाठूला फल्न थालेको स्थानीयले बताए ।  नेपालकै कम पानी पर्ने ठाउँका रुपमा चिनिएको मुस्ताङमा अहिले भने भारी वर्षा हुँदा समस्या परेको अर्का स्थानीय सुकबहादुर विक बताउँछन्। विगत तीन वर्ष यता हिउँ पर्ने याममा हिउँ नपर्दा यहाँको स्याउ खेतीमा ठूलो असर परेको उनले बताए।

विगतमा पानी नपर्ने भएकै कारण परम्परागत रुपमा निर्माण गरिका माटाका संरचना ठूलो जोखिममा परेका छन् । हिउँ नपरेकै कारण पानीका मुहान सुकेर बस्ती नै सानुपर्ने जस्ता गम्भीर समस्याहरू निम्तन थालेको नेपाल पत्रकार महासंघ मुस्ताङका अध्यक्ष सुनदेवी रसाइलीले बताइन्। स्याउ खेती सहित अन्य बालीनालीमा रोगको प्रकोप बढ्नुका साथै पुशपालन लगायतमा पनि समस्या बढ्न थालेको उनको भनाइ छ।

नीलगिरि हिमालका फेदीका बस्तीहरू लुप्रा, मार्फा, जोमसोम, छैरु, ठिनी, स्याङ लगायतका गाउँमा बर्सेनि जलवायुु परिवर्तनको असर बढ्दै गएको छ । यी क्षेत्रमा प्राचीन कालदेखि नै परम्परागत माटोले छाइएका घरहरू रहेको र माटोका छत भएका घरमा पानी पर्न थालेसँगै माटो पग्लिन थाल्दा समस्या बढेको ठिनीका युवा निरज थकालीले बताए।

अत्याधिक चिसो हुने ठाउँ भएका कारण तापक्रम सन्तुलनका लागि माटाले छाइएका घरमा यहाँका स्थानीयवासी कहिलेकाहीँ पर्ने हिउँ बेल्चा लगायतको प्रयोगबाट फाल्ने गरिन्थ्यो । पछिल्ला वर्षमा पानी नै पर्न थालेपछि माटो निर्मित संरचना पग्लन थालेको हो । पानी पर्न थालेपछि माटाले छाइएका घरहरू चुहिन थालेको बताउँदै उनले पछिल्ला समयमा माटाका संरचना निर्माण गर्ने क्रम घट्दै सिमेन्ट तथा फलामको प्रयोग बढीरहेको बताए।

जलवायु परिवर्तनको बढ्दो असरसँगै हिउँदमा सुक्खा पहिरो र वर्षामा भारी वर्षा गम्भीर चुनौतीका रुपमा देखिएको घरपझोङगाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले बताए। जलवायु परिवर्तनकै कारण काली नदीको बहाव बढ्दै जाँदा वर्षेनी तटबन्ध भत्काउने क्रम बढीरहेको उनले बताए। स्याउ लगायतका अन्य कृषि बालीमा परिरहेको जलवायुपरिवर्तनको असरलाई न्युनीकरण गर्नेतर्फ लाग्नुपर्ने उनको भनाइ छ । वासुदेव पौडेल/रासस
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock २ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस