चितवन र मकवानपुरमा कृषिको बजेट निरन्तर घट्दै
११ असोज २०८१
•
३ मिनेट पाठ
चितवन र मकवानपुरमा कृषिको बजेट निरन्तर घट्दै
चितवन र मकवानपुरमा कृषिको बजेट निरन्तर घटिरहेको छ । कृषि वस्तुको उत्पादन बढाएर आत्मनिर्भर बन्ने घोषणा गरेको सरकारले कृषि क्षेत्रको बजेट भने निरन्तर घटाउँदै लगेको देखिन्छ । दुई जिल्लाका लागि २४ करोडसम्म बजेट विनियोजन गरेको बागमती प्रदेश सरकारले बजेट खुम्चाएर ११ करोडमा झारेको छ ।




देश संघीय प्रणालीमा गएपछि जिल्ला कृषि विकास कार्यालय चितवन २०७५ सालदेखि मकवानपुर र चितवन हेर्ने गरी प्रदेश सरकार मातहत सञ्चालित भएको थियो । यसले पहिलो र दोस्रो वर्ष बजेटमा केही सन्तोषजनक देखिएपछि त्यसयता प्रदेश सरकारले बजेट घटाउँदे लगेको कृषि विकास कार्यालय चितवनका प्रमुख झलकनाथ कंडेलले जानकारी दिए । उनका अनुसार, प्रदेशबाट सञ्चालित भएको पहिलो वर्ष अर्थात आर्थिक वर्ष २०७५÷०७६ मा १५ करोड एक लाख ८३ हजार रुपैयाँ बजेट विनियोजन भएको थियो । अर्को आर्थिक वर्ष २०७६÷०७७ मा पहिलो वर्षको भन्दा ९ करोड बढीले बजेट विनियोजन गरी २४ करोड १३ लाख ८८ हजार रुपैयाँ विनियोज भएको थियो । यो बजेट नै चितवन र मकवानपुरको लागि प्रदेश सरकारले कृषिमा विनियोजन गरेको सबैभन्दा बढी रकम हो ।  

त्यसपछि प्रदेश सरकारले दुई जिल्लाका लागि कृषिमा बजेट निरन्तर घटाइरहेको छ । आर्थिक वर्ष २०७७÷०७८ मा १६ करोड ५१ लाख ६० हजार, आर्थिक वर्ष २०७८÷०७९ मा १६ करोड ९१ लाख ८० हजार, आव २०७९÷०८० मा १४ करोड १३ लाख ८८ हजार विनियोजन गरियो । आ.व. २०८०÷०८१ मा आईपुग्दा बजेट खुम्चाएर १३ करोड ९० लाख ३४ रुपैयाँमा झारियो । चालु आर्थिक वर्षमा कृषिको बजेट झन् खुम्चाउँदै ११ करोड ७९ लाखमा झारिएको कंडेलले जानकारी दिए ।  

यसरी बजेट निरन्तर घट्दै जाँदा किसानको माग अनुसार काम गर्न नसकिएको उनले बताए । ‘हामीले कृषिको सबै विषयलाई समेट्नु पर्दछ,’ उनले भने ‘दुई जिल्लामा कृषिका कार्यक्रम सञ्चालन गर्न कठिन नै छ।’

विनियोजित ११ करोड ७९ लाख रकममध्ये १५ प्रतिशत अर्थात् १ करोड ७७ लाख रुपैयाँ प्रशासनिकतर्फ खर्च हुने गर्दछ । पुजिँगत तर्फ ९ प्रतिशत अर्थात् १ करोड २ लाख रुपैयाँ बजेट रहेको छ । कृषिका कार्यक्रम सञ्चालन गर्न ९ करोड ७६ लाख रुपैयाँमात्र बजेट रहेको कार्यालयका योजना अधिकृत निर्मल पौडेलले जानकारी दिए । 

यो बजेटबाट यसवर्ष ४८ वटा कार्यक्रम सञ्चालन हुनेछन् । कार्यालयले धान, मकै आलु, लगायतका उन्नत बीउ, उन्नत प्रविधियुक्त संरचनामा तरकारी खेती, मकै, धान, कृषि उद्यमशिलता विकास लगायतका क्षेत्रमा प्राथमिकता दिएको छ ।  

चालू आवमा छनोट भएका कृषि प्रसार तथा तालिम कार्यक्रमका लागि नौ लाख, बाली संरक्षण कार्यक्रमलाई सात लाख, बाली विकास तथा बीज वृद्धि कार्यक्रमलाई ९४ लाख, कृषि विकास तथा बालीविशेष प्रवद्र्धन कार्यक्रमलाई सात करोड ३४ लाख र योजना, कृषि तथ्याङ्क तथा बजार विकास कार्यक्रमलाई ७२ लाख रूपैयाँ बजेट विनियोजन भएको छ । उनका अनुसार चितवनमा मह संकलन केन्द्र स्थापनाका लागि ५० लाख रूपैयाँ विनियोजन भएको छ ।

कार्यालयले गतवर्ष धान प्रवर्धन कार्यक्रममा चैते धानलाई प्राथमिकता दिइएको थियो । गत आवमा कार्यालयको वित्तीय प्रगति ८४ दशमलव ३ प्रतिशत भएको थियो, जुन पछिल्लो छ वर्षयताकै सबैभन्दा धेरै हो ।  

किसानहरुले पहाडी क्षेत्र र तराई क्षेत्रमा हावापानी सुहाउँदो कार्यक्रम राख्नुपर्ने बताएका छन् । जिल्लाला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले कृषकहरुलाई उद्यमशील बन्नबाट राज्यले प्रेरित गर्नुपर्ने बताए । किसानलाई राज्यले सहायता प्रदान गर्नुपर्ने भन्दै उनले किसानले उत्पादन गरेमात्रै देश समृद्ध हुने बताए ।

यस कार्यालयबाट योजना, कृषि तथ्यांक तथा बजार विकास कार्यक्रम, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना–ब्लक विकास कार्यक्रम सञ्चालित हुनेछन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनातर्फ ९ लाख ५० हजार रुपैयाँ विनियोजित रहेको छ ।  
अर्को समाचार
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
३ मिनेट अघि
•
१ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँके, बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 

केही दिनयता प्रेमको दिनचर्या बदलिएको छ। उनी हिजोआज बिहानै ताउमा सिंगाडा टिप्न पुग्ने र दिनभर बिक्री वितरण गर्ने कार्यमा व्यस्त छन्। परम्परागत सिंगाडाखेतीलाई व्यावसायिक रूप दिएर कश्यपले एकै सिजनमा करिब रु चार लाख आम्दानी गर्दै उदाहरणीय किसानको पहिचानसमेत बनाएका छन्।

वार्षिक रु २० हजार तिर्ने गरी गाउँपालिकासँग १५ कट्ठाभन्दा बढी क्षेत्रफलको तलाउ भाडामा लिएर कश्यपले वर्षौंदेखि सिंगाडाखेती गर्दै आएका छन्। अन्य अन्नबालीको तुलनामा कम लगानी र थोरै मिहिनेतमा राम्रो प्रतिफल पाइने भएकाले यस पेसाप्रति आकर्षित भएको प्रेमले बताए।

“अहिले सिंगाडाको सिजन हो, सिजनभर ६० क्विन्टलभन्दा बढी सिंगाडा बिक्री गर्छु,” कश्यपले भने, “प्रतिक्विन्टल रु छ हजारका दरले गाउँबाटै बिक्री भइरहेको छ, व्यापारीहरू खोज्दै गाउँमै आउने भएकाले बजारको कुनै चिन्ता छैन।”

कश्यपका लागि सिंगाडाखेती केवल व्यवसाय मात्र होइन, पुख्र्यौली विरासत पनि हो। बाउबाजेका पालादेखि चल्दै आएको यही पेशाले उनको आठ जनाको परिवारको जीविकोपार्जन धानेको छ।

सिजन सुरु भएसँगै कश्यप परिवारलाई बिहानदेखि साँझसम्म तलाउबाट सिंगाडा टिप्न, सफा गर्न र तौलेर व्यापारीलाई बुझाउन भ्याइनभ्याइ हुन्छ। माग अत्यधिक भएका बेला उहाँले चार–पाँच जना ज्यालादारी मजदुरसमेत लगाएर सिंगाडा टिप्ने गरेका छन्।

असार महिनामा तलाउको पानीमा बीउ रोपेपछि कात्तिक र मङ्सिर महिनामा सिंगाडा टिप्न तयार 

हुन्छ। एकपटक रोपेपछि सिजनभर तीन पटकसम्म फल टिप्न मिल्ने कश्यपको अनुभव छ। “सिंगाडाको बीउ असार महिनातिर पानीमा हाल्छौँ, कात्तिक–मङ्सिर महिनामा उत्पादन हुन्छ, अन्य बालीलाई जस्तो धेरै दुःख, मिहिनेत र लगानी गर्नुपर्दैन”, कश्यपले भने, “रोपेपछि दुई/तीन पटकसम्म आवश्यकताअनुसार किराबाट जोगाउन विषादी हाल्छौँ, भिटामिन पनि हाल्छौँ, अनि उत्पादन राम्रो हुन्छ।”

चाडपर्व र मेलामा अत्यधिक माग

बाँकेका विभिन्न तलाउ तथा पोखरीहरूमा सिंगाडाखेती हुने गर्छ। बाह्रै महिना नपाइने भएकाले कात्तिक–मङ्सिरको सिजनमा यसको माग उच्च रहन्छ। विशेषगरी चाडपर्व, व्रत र स्थानीय मेलाहरूमा सिंगाडाको खपत ह्वात्तै बढ्ने गर्छ। व्रत बस्नेहरूले सिंगाडालाई उसिनेर, पिसेर हलुवा बनाई खाने तथा तरकारीका रूपमा समेत प्रयोग गर्ने भएकाले उपभोक्ताको रोजाइमा पर्ने गरेको छ। यस वर्षको कार्तिक पूर्णिमा मेलामा मात्रै ठूलो परिमाणमा सिंगाडा खपत भएको कश्यपले बताए। नेपालगञ्जका खुद्रा व्यापारीहरू ताजा सिंगाडा किन्न सिधै नेवाजीगाउँ पुग्ने गरेका छन्।

उत्पादन र स्थानीय बजार राम्रो भए पनि भारतबाट अवैध रूपमा भित्रिने सिंगाडाले कहिलेकाहीँ स्थानीय किसानलाई मर्कामा पार्ने गरेको छ। भन्सार छली चोरीको बाटो हुँदै भित्रिने भारतीय सिंगाडा नेपालगञ्ज बजारमा सस्तो दरमा बिक्री हुन थालेपछि आफूहरूले पनि बाध्य भएर मूल्य घटाउनुपर्ने अवस्था आउने गरेको कश्यपको गुनासो छ। सीमा नाकामा कडाइ गरी स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न सके गाउँकै तलाउबाट अझै बढी आम्दानी गर्न सकिने उनको विश्वास छ।



सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
यो पनि पढौँ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस