प्याराग्लाइडिङः ‘सोलो’ उडान खुल्ला खोलिदेउ
२५ भदौ २०८१
•
२ मिनेट पाठ
प्याराग्लाइडिङः ‘सोलो’ उडान खुल्ला खोलिदेउ
नेपाल हवाई खेलकुद संस्था (ना)ले प्याराग्लाइडिङमा सोलो उडान खुल्ला गर्न माग गरेको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै बन्द गरिएको सोलो उडान खुल्ला गर्न व्यावसायीले जोड दिएका हुन।  




पोखरामा मंगलबार भएको संस्थाको २१ औं साधारणसभा तथा १० औं अधिवेशनमा बोल्दै ना का अध्यक्ष सुनिलबहादुर भट्टराईले पोखराको पर्यटन उकास्ने हो भने सोलो उडान खोल्नुको विकल्प नरहेको बताए। सोलो उडान नहुँदा विदेशी पर्यटकको आगमन कम भएको उनको भनाई छ। विदेशी प्याराग्लाईडरहरु पोखरामा सिक्न र उड्न आउने गरेको तर सोलो उडान हुन छाडेपछि आउन छाडेको उनले दाबी गरे। एनले भने, ‘यसले गर्दा प्याराग्लाइडिङलाई ठूलो धक्का दिइरहेको छ। यसलाई जतिसक्दो चाँडो खोल्नुपर्छ।’

सोलो उडान खुल्ला गर्ने बित्तिकै त्यस्ता रोकिएका पर्यटक नेपाल आउने उनले दाबी गरे। यसले सिथिल पर्यटनलाई राहत दिने उनको ठम्याई छ। त्यसबाहेक सोलो उडान नहुँदा नयाँ जनशक्ति उत्पादनमा समेत समस्या परेको उनले बताए।

अध्यक्ष भट्टराईले सराङ्कोट र तोरीपानीबाट प्याराग्लाइडिङ उडान बन्द गर्दा त्यसको असर व्यवसायमा परेको बताए। तर अहिले फेरी तोरीपानीबाटै उडान हुन शुरु भएपछि केहि उत्साह थपिएपनि अवतरण गर्ने ठाउँ टाढा हुँदा पुराने लयमा भने फर्काउन नसकिएको गुनासो गरे। ‘टेकअफ त पुरानै तोरीपानीमा फर्कियो,’ उनले भने, ‘तर ल्याण्डिङ खपौंदीमा फर्किएको छैन। यसको असर व्यवसायमा परिरहेको छ।’ खपौंदीमै ल्याण्डिङ गर्ने वातावरण मिलाउनपनि आग्रह गर्दै उनले त्यसो गर्न सके प्याराग्लाइडिङ मात्र नभई समग्र पर्यटन नै पुरानै लयमा फर्किने विश्वास व्यक्त गरे।

त्यस्तै, उनले प्याराग्लाइडिङको विश्वकप, एसिया कपलगायतका प्रतियोगिताहरु निरन्तर गरिरहनु पर्ने समेत बताए। यसले पनि विदेशी प्याराग्लाईडर र पर्यटकहरुलाई आकर्षित गर्ने उनको भनाई थियो।

साधारण सभामा प्रतिवेदन प्रस्तुत गर्दै महासचिव बलराम आचार्यले पनि प्याराग्लाईडिङको सोलो उडान खोल्नका लागि पहल गरिने बताएका छन्। सोलो उडान खुल्ला गर्नका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणसँग आवश्यक समन्वय गरिदै आएको छ, प्रतिवेदनमा उनले भनेका छन्, ‘सोलो उडानको सुनिश्चितता गर्नु नै आजको मुख्य आवश्यक्ता हो।’ त्यस्तै, खपौंदीमा ल्याण्डिङ गर्ने, प्याराग्लाईडिङको राष्ट्रिय, अन्तर्राष्ट्रिय प्रतियोगिता गर्ने, प्याराग्लाईडिङ पाइलटका लागि तालिम लगायतलाई पनि उनले प्राथमिकताका साथ प्रतिवेदनमा समेटेका छन्।

कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले पोखराको पर्यटनमा प्याराग्लाइडिङ खम्बाको रुपमा रहेको बताए। पोखरामा प्याराग्लाइडिङ राखिराख्नुपर्ने भन्दै उनले भने, ‘यसको संरक्षण र प्रवद्र्धन गरेरै यहाँको पर्यटनलाई माथि उकास्न सकिन्छ। यसका लागि प्रदेश सरकार यहाँहरुलाई सहयोग गर्न तयार छ।’

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पदका उम्मेदवार अर्जुन पोखरेलले आफूले जितेर अध्यक्ष भएमा प्याराग्लाइडिङलाई उच्च प्राथमिकता दिएर योजना र कार्यक्रम ल्याउने बताए।पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारीले प्याराग्लाइडिङ पोखराको पर्यटनको मेरुदण्ड भएको बताए। यसलाई बलियो बनाउन सकेमात्र पोखराको पर्यटनले गति लिने उनको भनाई थियो।  
अर्को समाचार
झन्डै तीनवर्षपछि खुल्यो प्याराग्लाइडिङको ‘सोलो’ उडान
२४ असार २०८२
•
४ मिनेट पाठ
झन्डै तीनवर्षपछि खुल्यो प्याराग्लाइडिङको ‘सोलो’ उडान
झन्डै तीनवर्षदेखि रोकिएको प्याराग्लाइडिङको सोलो (एकल) उडानलाई खुला गरिएको छ। नेपालको हवाई सेवाको नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले प्याराग्लाइडिङको सोलो उडान खुला गरेको हो।  




स्वदेशी र विदेशी प्यारापाइलटको पेशागत क्षमता तथा दक्षता अभिवृद्धि गर्ने तथा प्याराग्लाइडिङको सोलो उडानमार्फत देशको पर्यटन प्रवर्द्धनमा विकास गर्ने उद्देश्य सहित सोलो उडान खुला गरेको प्राधिकरणले बताएको छ।  

प्राधिकरणका मनोरञ्जनात्मक उड्डयन शाखा प्रमुख ज्ञानेन्द्र भुलले सोलो प्याराग्लाइडिङ उडान सम्बन्धि कार्यविधी अनुसार उडानको अनुमति दिएको बताए। ‘झन्डै तीनवर्षदेखि पोखरा क्षेत्रमा प्याराग्लाइडिङको सोलो उडान रोकिएको थियो । तर, अब भने खुला भएको छ। अब एकल पाइलटले उडान गर्न पाउँछन,’ भुलले भने, ‘व्यवस्थित तरिका अपनाएर एकल उडानका लागि खुला गरिएको हो। पहिले भन्दा केही व्यवस्थित हुनैपर्छ।’

झन्डै तीनवर्ष अघि मानवीय क्षति हुने गरि सराङकोटमा प्याराग्लाइडिङ दुर्घटना भएपछि प्राधिकरणले तत्कालै प्याराग्लाइडिङका सबैखाले उडानमा रोक लगाएको थियो। तर, केही समय पछाडि व्यावसायिक (टेण्डम) उडान भने खुलाइएको थियो। तर, सोलोका लागि भने ठाउँ नभएको भन्दै उडान रोकिएको थियो। प्याराग्लाइडिङको सोलो उडान खुला गर्नका लागि व्यावसायीले बारम्बार माग गर्दै आएका थिए। तर, प्राधिकरणले व्यवस्थित हुन नपाएको भन्दै रोकिरहेको थियो।  

प्रमुख भुलका अनुसार प्याराग्लाइडिङ उडानका लागि तोकिएको क्षेत्रभित्र मात्र उडान गर्न पाउनेगरि सोलोको उडान खुला गरिएको हो। प्राधिकरणका अनुसार प्याराग्लाइडिङ व्यावसायीको छाता संस्था नेपाल हवाई खेलकुद संस्था (ना) को जिम्मामा रहेको प्याराग्लाइडिङ क्षेत्रभित्रै रहनेगरि संस्थाकै प्रत्यक्ष निगरानी तथा सुपरिवेक्षण मात्र सोलो उडान गर्न सक्ने गरि कडाई गरिएको छ।

‘नियमनमा कडाई गरेर मात्र सोलो उडान खुला गरिएको हो। प्राधिकरणले तोकेको प्याराग्लाइडिङ क्षेत्र भन्दा बाहिर उडान गर्न नपाउनेगरि कडाई गरिएको छ,’ उनले भने।
प्राधिकरणले प्याराग्लाइडिङको सोलो उडानको भिन्दै कार्यविधि बनाएर व्यवस्थित गरेको पनि उनले बताए। प्राधिकरणका अनुसार कार्यविधीमा तोकिएको प्याराग्लाइडिङ क्षेत्रबाहेक अन्यत्र उड्न नपाउने गरि कडाई गरिएको छ। किनकी एकल उडानका पाइलटले मनलाग्दी उडान गरिदिँदा हेलिकप्टर र हवाईजहाजलाई असर पर्ने गरेको गुनासो प्राधिकरणमा पुग्ने गरेको थियो।  

लागुपदार्थ र मादक पदार्थ सेवन गर्न रोक लगाउँदै उडान गर्दै पाइलटलाई प्रविधिमार्फत पनि नियमन गर्नुपर्ने गरि कडाई गरिएको छ। ‘सोलो पाइलट गतिविधि संचालन गर्दा कुनैपनि मानवीय क्षति, घटना वा दुर्घटना भएमा त्यसको सम्पूर्ण जिम्मेवारी स्वयं उडानमा भाग लिने पाइलट तथा पाइलट आवद्ध कम्पनि हुनुपर्नेछ,’ कार्यविधिमा भनिएको छ, ‘प्राधिकरणले तोकेको सर्त पालना नगरेमा सम्बन्धित सोलो उडानको अनुमति समेत रद्द हुने, पाइलटको इजाजत तथा कम्पकिो प्रमाणपत्र समेत निलम्बन हुनेछ।’

व्यावसायीका अनुसार पोखराको प्याराग्लाइडिङ विश्वकै उत्कृष्ट पाँचौमा पर्छ। तर, पछिल्लो केही समयदेखि पोखराको प्यााराग्लाइडिङको उडान ओझेलमा परेको व्यावसायीको गुनासो थियो। सोलो उडान बन्द हुँदा कतिपय विदेशी पाइलटले उड्न नपाएको र त्यसले पोखराको पर्यटनमा पनि असर पारेको गुनासो व्यावसायीको थियो। सोलो उडान रोकिँदा प्याराग्लाइडिङ उडान क्षेत्रमा प्रवेश गर्ने नयाँ पाइलट उत्पादनमा पनि असर परेको व्यावसायीको गुनासो थियो।  

व्यावसायीका अनुसार सोलोको उडान रोकिँदा ठुलो खर्च गरेर प्याराग्लाइडिङ उड्न आउने प्रकृतिप्रेमी पर्यटक आउनबाट रोकिएका थिए। प्रकृति नियाल्न आउने भएकोले सोलोको अवरोधले ती सोलो पाइलट रोकिँदा त्यसको असर व्यावसायमा परेको पनि व्यावसायीले बताउँदै आएका थिए। प्याराग्लाइडिङ पाइलटहरुका अनुसार अक्टोवर र नोभेम्बरमा नेपाल प्याराग्लाइडिङ उडानका लागि सबैभन्दा राम्रो समय मानिन्छ। यो सिजनमा उड्नकै लागि भनेर विदेशीहरु ग्लाइडरको झोला बोकेर टाढाटाढादेखि आउने गरेका थिए।  

नेपाल हवाई खेलकुद संस्था (ना)का अध्यक्ष अनिल केसी कार्यविधि बनाएर सोलो उडान व्यवस्थित बनाउन खोजिएको बताए। प्राधिकरणले देशभरको सोलो उडानका लागि कार्यविधि बनाएको भएपनि पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल भएकोले अझ बढी व्यवस्थित गर्नुपर्ने अवस्था रहेको उनले बताए। 

‘पोखराको हकमा सोलो उडानलाई थप व्यवस्थित गर्नुपर्छ। टेण्डम भन्दा सोलो अझ बढी व्यवस्थित हुनुपर्छ। किनकी टेण्डममा यात्रु सहितको उडान हुने भएकोले तोकिएको समय मात्र उडान गर्ने हुन्छ। तर, सोलो एकल उडान भएकोले स्वतन्त्र उड्ने भएकोले व्यवस्थित गर्नुपर्छ। सोलोका लागि थप व्यवस्थित हुनैपर्छ,’ उनले भने।  
सोलो उडान खुला भएसँगैै आएका विदेशी पाइलट एक्लै उड्न पाउने उनले बताए। ‘सोलो उडानका लागि आएका विदेशी पाइलट उड्न रोकिएका थिए। तर, अबको सिजनमा सोलो उडानका पाइलट पोखरा आउन सक्नेछन,’ उनले भने, ‘यसले पर्यटन क्षेत्रमा राहत दिनेछ।’ व्यावसायीका अनुसार सोलो उडान गर्नकै लागि भनेर वर्षमा करिब एकहजार विदेशी पाइलट पोखरामा आउने गर्दथे। पोखरामा उड्न नपाएपछि ती पाइलट आउनै छाडेका थिए।  

सोलो उडानका लागि आउने ती करिब एकहजार पर्यटक १५ दिनदेखि २ महिनासम्म पोखरामा बस्थे। ‘सोलो उडान उनीहरु आउँदा पर्यटन चलायमान हुने गरेको थियो। खर्चालु पर्यटकको नेपाल आउने बाटो नै बन्द भएकोमा अब भने खुलेको छ,’ उनले भने।  
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
यो पनि पढौँ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस