स्वतन्त्रता अर्थात् महिलाको आफ्नै सवारी
११ भदौ २०८१
•
५ मिनेट पाठ
स्वतन्त्रता अर्थात् महिलाको आफ्नै सवारी
राजधानी उपत्यकाका सडकमा कुनै बेला महिला चालकलाई देख्दा आश्चर्य मान्ने धेरै व्यक्ति थिए। धेरैलाई थाहा नहुन सक्छ, संसारमै पहिलो सवारी चालक पुरुष होइन महिला हुन् भन्ने।




आजभन्दा दुई सय ८० वर्षअघि नै जर्मनीमा बर्था बेञ्जले पहिलोपटक कार गुडाएकी थिइन्। अहिले नेपालको सडकमा सवारी गुडाउने महिला चालकका निम्ति पनि त्यो गर्वको विषय हो।

अचेल काठमाडौंका गल्लीगल्लीमा महिला चालक प्रशस्त देखिन्छन्। यिनै चालकको भीडमा एउटी हुन्, धनगढीकी शिक्षिका प्रियंका भट्ट। उनले उपत्यकाभित्र स्कुटर चलाउने गरेको करिब दुई वर्ष हुँदैछ। राजधानीका सडकमा आफ्नै साधनमा हुइँकिनु उनका निम्ति निकै रमाइलो छ।

बानेश्वरमा अस्थायी बसोबास गर्ने प्रियंका त्यहाँबाट पाटन ढोकास्थित रातोबगंला स्कुल पुगेर काम सकेपछि घर फर्किन घण्टौं लाग्ने गथ्र्यो। अहिले उनी आफैं स्कुटर चालक हुँदा कार्यस्थल र घर पानी पँधेरो जस्तै भएको अनुभव उनी सुनाउँछिन्।

गन्तव्यमा पुगेर घर फर्किंदा बाटोमै तीन घण्टा लाग्थ्यो, स्कुटर नहुँदा परिवार र साथीभाइसँग सधैं हारगुहार गर्नुथ्र्यो। ‘धनगढीमा स्कुटर त्यति धेरै चलाउँदिनथें, चलाए पनि कहिलेकाहीँ मात्रै,’ उनले भनिन्, ‘काठमाडौं प्रवेश गरेपछि निकै समय सार्वजनिक गाडीमै हिडेँ । गन्तव्यमा पुग्न र घर फर्कन दैनिक तीन घण्टा खर्चनुपर्थ्याे। सधैं पठाओ चढेर निर्वाह पनि नहुने। त्यसैले स्कुटर किन्ने निधो गरेँ ।’ स्कुटर चढेर आफ्नो गन्तव्यमा पुग्न जम्मा ३० मिनट लाग्ने गरेको उनी बताउँछिन्।

उपत्यकाबाहिर सवारी साधन चलाउनुभन्दा धेरै सहज र सभ्य रहेको प्रियंकाको अनुभव छ। उनका अनुसार उपत्यका बाहिर बाटो खाली हुने हुँदा जथाभावी सवारी साधन चलाउने मान्छे धेरै हुन्थे। उनीहरूको मनलाग्दीले गाडी तथा बाइक चलाउँदा धेरै दुर्घटना सामना गर्नुपर्छ। ट्राफिक नियम कसैले पालना गर्दैनन्। हेल्मेट नलगाइ आफ्नो गन्तव्यमा पुगेर आउँछन्। उपत्यकाभित्र भने त्यस्तो नभएर घरबाट निस्कनुभन्दा पहिले आफ्नो सवारी साधनको कागजपत्र छ छैन भनेर हेरेपछि मात्र हिँड्ने गरेको उनको अनुभव छ।

‘म तराईमा हुर्केको मान्छे हुँ। मैले तराईमा विना लाइन्सेन्स स्कुटर धेरै चलाएँ तर काठमाडौंमा आएर स्कुटर चलाउन धेरै गाह्रो भयो। मैले महिनौं स्कुटर चलाउन छोडें। अब त अरूको भर पर्नु हुँदैन भन्ने लाग्यो। आफैंले विस्तारै चलाउनु पर्छ भनेर काठमाडौंको सडकहरूमा दुईचार दिन भाइको सहयताले स्कुटर चलाउन थालें,’ उनले भनिन्। जब कि धनगढीमा एक्लै धेरै टाढासम्म पुगेर सहजै घर फर्किएको अनुभव पनि स्कुटर चालक प्रियंकाको छ। अहिले उनी उपत्यकाभित्र स्कुटर सहजै चलाउन सक्ने भएकी छिन्।‘

बानेश्वरबाट विभिन्न स्थानमा निस्कँदा मेरो स्कुटरको स्पिड भनेको २५ देखि ३५ किलोमिटर प्रतिघन्टा मात्रै हो। त्यो भन्दा कहिले माथि जाँदैन।  

ट्राफिक नियमको पालना गर्दा सबैलाई सहज हुन्छ। यहाँ त ट्राफिक नियमभन्दा बाहिर बसेर सवारी चलाए घरमै फोन आउँछ। तपाइले यहाँ नियम मिच्नु भएको छ भनेर फोन आउने गर्छ,’ उनले भनिन्। उपत्यकामा सवारी चलाउनु भनेको संसारको जुनसुकै कुनामा गएर पनि आनन्दले गाडी चलाउन सकिन्छ भन्ने उनको अनुभवले बताउँछ।

उपत्यकामा तीव्र गतिमा चलाइने गाडी तथा बाइकबाट त्रसित हुनु आवश्यक छैन किनभने अहिले त्यसरी चलाउने चालकलाई ट्राफिकले समात्ने गरेको उनी सुनाउँछिन्। उपत्यकाका कतिपय गल्लीहरूमा चाहिँ आफूहरूले विस्तारै स्कुटर चलाएर हिँड्दा पछाडिबाट आएका बाइकहरूले ठूलो आवाजसहित हर्न बजाएर सातो लिने गरेको प्रियंकाको अनुभव छ।

त्यस्तै उपत्यकाभित्रको सडकमा २३ वर्षदेखि गाडी चलाउँदै आएकी पत्रकार बबिता बस्नेत  उपत्यकाभित्र सवारी चलाउन निकै कठिन रहेको बताउँछिन्। सुरुका दिनमा गाडी चलाउँदा उनलाई अरू सवारी चालकले अनौठो तरिकाले हेर्ने गरेको उनको अुनभव छ। आजभोलि भने उपत्यकामा गाडी चलाउन सहज हुने गरेको उनले बताइन्।

‘काठमाडौंमा सवारी चलाउन अहिले पहिलाको जस्तो अवस्था छैन्,’ उनले नागरिकसँग भनिन्, ‘अहिले बाटोभरि जताततै ट्राफिक नियम पालना गर्नुपर्छ। यसो गर्दा सबैलाई सहज पनि हुन्छ। कहिले काहीँ बाइकवालाहरू कताबाट आएर एक्कासी स्वाट्ट बाटो काटी दिन्छन्। त्यसले गर्दा अलि गाह्रो हुन्छ ।’ अझै पनि जथाभावी बाटो काट्ने पैदलयात्री भने कम नभएको उनको अनुभव छ।

नेपाल घुम्न आएको साथीलाई आफ्नो गाडीमा राखेर पार्कभिलेजमा खाना खुवाउन लैजाँदा विदेशी साथीले भनेको बबिता सम्झन्छिन्, ‘यस्तो ट्राफिक जाम, भिडभाड पनि उस्तै बबिता तिमीले कसरी गाडी चलाइरहेकी छौ? म त छक्क परें। यस्तो भिडमा यति मजाले गाडी चलाउनु भनेको धेरै राम्रो हो। तिमी त संसारको जुनसुकै ठाउँमा मज्जाले गाडी चलाउन सक्छौ। म त यस्तो ठाउँमा गाडी चलाउन सक्दिन।’

अरूले चलाएको सवारीमाभन्दा आफूले सवारी चलाएर बाटोमा निस्कँदा धेरै आनन्द आउने बबिता बताउँछिन्। ‘सबै महिलाले आफैं सवारी चलाएर हिँडे कसैसँग भरपर्नु पर्दैन। साथै सवारी चलाउनु भनेको महिला सशक्तीकरणसँगै आत्मविश्वास बढ्नु पनि हो,’ उनले भनिन्।

प्रियंका र बबिताजस्तै काठमाडौंको बल्खु बस्ने कानुन व्यवसायी लक्ष्मी पाठक पनि स्कुटर चढ्छिन् । उनी पनि काठमाडौंको गल्लीगल्लीमा स्कुटर लिएर हिँडेको करिब १५ वर्ष भएको छ। बालबच्चा ससानै हुँदा उनलाई काठमाडौंको विभिन्न ठाउँमा बच्चालाई लिएर हिँड्न सास्ती हुन्थ्यो। बालबच्चालाई घरमा छोडेर एक्लै कतै गएका बेला पनि समयमा घर पुग्न नपाउँदा धेरै दुख पाएको उनी सुनाउँछिन्।

आफैं स्कुटर चालक भएपछि समय बचत भएको उनी बताउँछिन्। समय मात्रै होइन, विद्युतीय स्कुटर भएकाले पैसासमेत बचत भएको उनी सुनाउँछिन्। ‘आफूसँग सवारी नहुँदा धेरै दुःख भोग्नुपर्‍यो,’ उनी भन्छिन्, ‘पठाओ पनि कति चढ्नु? सधैं पठाओ र अरूलाई हेल्प मागेर साध्य हुने कुरै भएन। अहिले आफ्नै सवारी छ। आफू पुग्नुपर्ने हरेक गन्तव्यमा समयमै पुगिन्छ।’

उनका अनुसार उपत्यकाबाहिर ओभरस्पिडमा जति पनि हिँड्न पाइन्छ। काठमाडौंमा त्यो सिस्टम नभएकाले सबै सवारी चालकलाई सजिलो छ। उपत्यका ट्राफिक नियममा बाँधिएको छ। सबैले ट्राफिक नियम पालना गर्नैपर्ने बाध्य छ। जसले गर्दा काठमाडौंमा सवारी चलाउन धेरै सजिलो भएको अनुभव सुनाउँछिन्।

उनी भन्छिन्, ‘महिला सवारी चालकमा अलि आत्मविश्वास नभएको जस्तो लाग्छ। पछाडिबाट आउने बाइकवाला तथा ठूला सवारी चालकले हर्न बजाउँदा कोही कोही तर्सिएर लड्ने गर्छन्। कतिपय महिला ससानो कुरामा डराएर सन्तुलन बिगारिरहेका हुन्छन् ।’

काठमाडौंको सडकहरूमा विना लाइसेन्स चलाउँछु भन्ने आँट कसैमा नहुने उनी सुनाउँछिन्।

‘मलाई खुसी लाग्छ, उपत्यकाभित्र ट्राफिक नियममा पलना गर्दै सवारी चलाउन पाउँदा। चोकचोकमा ट्राफिक हुन्छन्। उनीहरूलाई छलेर सवारी चलाउँछु भन्ने चिताउनै पर्दैन। उपत्यकाबाहिर कागजपत्र विना सवारी चलाइरहेको हुन्छन्, त्यस्तो गर्न काठमाडौंमा सम्भव छैन्,’ लक्ष्मीले नागरिकसँग भनिन्।

दुःखसुख नभई जीवन चल्दैन। सहज तरिकाले जीवन चलाउन आफ्नै सवारीले धेरै साथ दिएको उनी बताउँछिन्। उनका अनुसार महिला उद्यमशीलताको विकासमा आफ्नो साधानले ठूलो भूमिका निर्वाह गरेको छ।

‘महिलाले सवारी लिएर हिँडेपछि पहिले जिस्क्याउनेदेखि हतोत्साहित गर्नेसम्मका मानिस थिए’, उनी भन्छिन्। अहिले आफ्नै सवारी साधन हुँदा स्वतन्त्रताको अनुभव गरेको उनले बताइन्। 
अर्को समाचार
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
३५ मिनेट अघि
•
१ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
काठमाडौँ,  नेपाल बैंकर्स सङ्घले बैंकिङ तथा वित्तीय क्षेत्रको विकास, आधुनिकीकरण र दिगो विकासमा विशिष्ट योगदान पुर्‍याएका सङ्घका पूर्वअध्यक्ष उपेन्द्र पौड्याललाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरेको छ।




सङ्घको ४०औँ वार्षिक साधारणसभाका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्वनाथ पौडेलले पौड्याललाई सम्मानपत्र प्रदान गरेका हुन्।

सङ्घले जारी गरेको प्रेस विज्ञप्तिअनुसार पौड्यालले नेपाल बैंकर्स सङ्घको अध्यक्ष, नबिल बैंकको अध्यक्ष, एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृत तथा ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुज (जिएबिभी) एसिया प्यासिफिकको क्षेत्रीय प्रतिनिधिका रूपमा रहेर बैंकिङ क्षेत्रमा योगदान पुर्‍याएका छन्।

सन् १९८० को दशकदेखि नेपालको बैंकिङ क्षेत्रमा सुरु भएको उदारीकरण प्रक्रियासँगै पौड्यालको व्यावसायिक यात्रा अघि बढेको थियो। परम्परागत बैंकिङ अभ्यासलाई आधुनिक, प्रतिस्पर्धात्मक र प्रविधिमैत्री प्रणालीमा रूपान्तरण गर्न उनीले अनुभव, दक्षता र नेतृत्वमार्फत महत्त्वपूर्ण भूमिका निर्वाह गरेकाे सङ्घले जनाएको छ।

सम्मानपछि पौड्यालले आफ्नो चार दशक लामो बैंकिङ यात्राको उपलब्धि व्यक्तिगत नभई सहकर्मी, नियामक, ग्राहक, सेयरधनी र परिवारको सामूहिक योगदानको परिणाम भएको बताए।

कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए। सेयर बजार, विदेशी विनिमय, सुधार तथा बैंकिङ सुपरिवेक्षणका क्षेत्रमा क्रमिक सुधार अघि बढाइने उनले बताए।

विदेशी मुद्रा सञ्चिति र बैंकिङ प्रणालीमा तरलता बढेको उल्लेख गर्दै गभर्नर पौडेलले आगामी वर्ष पनि वित्तीय स्थिरता कायम राख्ने प्रतिबद्धता व्यक्त गरे। उनीले बैंकहरूलाई मौद्रिक नीतिअनुसार वित्तीय उत्पादन ल्याउन, कृषि तथा साना र मझौला उद्यममा लगानी विस्तार गर्न र उद्यमशीलतालाई प्रोत्साहन गर्न आग्रह गरे।

बैंकहरूको लगानी ठूला व्यावसायिक घरानामा मात्र केन्द्रित नभई साना व्यवसायी तथा सर्वसाधारणसम्म पुग्नुपर्नेमा जोड दिँदै उनले आकारमा ठूलो मात्र नभई गुणस्तर र सुशासनका दृष्टिले पनि सक्षम बैंक निर्माण गर्नुपर्ने बताए।

यसैबीच, सङ्घको ४०औँ वार्षिक साधारणसभाले ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीलाई नयाँ अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ। उनी यसअघि सङ्घको उपाध्यक्ष थिए।

साधारणसभाले कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाललाई उपाध्यक्षमा निर्वाचित गरेको छ।

निवर्तमान अध्यक्ष तथा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्ने सबै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत तथा सरोकारवाला पक्षप्रति कृतज्ञता ज्ञापन गरे।

नवनिर्वाचित अध्यक्ष रेग्मीले बैंकिङ क्षेत्रप्रतिको जनविश्वास अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले कृषि तथा साना र मझौला उद्यममा लगानी विस्तार, वित्तीय स्थिरता र डिजिटल बैंकिङलाई प्राथमिकता दिँदै सबै सरोकारवालासँग संवाद र सहकार्य गरेर अघि बढ्ने बताए।
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ९ सेकेन्ड अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
यो पनि पढौँ
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ३२ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस