नौवस्ता औद्योगिक क्षेत्र निर्माण सुस्त
३० साउन २०८१
•
४ मिनेट पाठ
नौवस्ता औद्योगिक क्षेत्र निर्माण सुस्त
नौवस्ता औद्योगिक क्षेत्रमा पुनः नक्सांकन गर्न आइपुगेको प्राविधिक सहितको टोली ।तस्बिर: अर्जुन ओली/नागरिक
बाँकेको बैजनाथमा बन्न लागेको लुम्बिनी प्रदेश स्तरको ‘नौवस्ता औद्योगिक क्षेत्र’ निर्माण कार्य सुस्ताएको छ। निर्माणाधीन औद्योगिक क्षेत्र आसपासको मानव बस्तीका कारण औद्योगिक क्षेत्र निर्माणको काम लामो समय देखी रोकिएको थियो। मानव बस्तीलाई व्यवस्थापन गरेर औद्योगिक क्षेत्र निर्माणका लागि पुनः नक्सांकन गरिए पनि भौतिक पूर्वाधार निर्माणको काम अगाडी बढ्न नसकेको हो।




औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले ६ महिनाअघि ड्रोनमार्फत र स्थलगत रुपमा पुनः नक्सांकन गरेको थियो। औद्योगिक क्षेत्र निर्माण स्थलको पुनः नक्सांकन भएपनि निर्माणको काम अगाडी बढ्न सकेको छैन। औद्योगिक क्षेत्रको पुनः नक्सांकन भएपनि निर्माण प्रक्रिया अगाडी नबढेको भन्दै स्थानीय बासिन्दाले चिन्ता व्यक्त गरेका छन्।

बजैनाथ–३ नौवस्ता निवासी स्थानीय भावना चौधरीले पुनः नक्सांकन अनुसार औद्योगिक क्षेत्र निर्माणको काम चाँडो अगाडी बढाउनुपर्ने माग गरिन्। ‘मानव बस्तीलाई जोगाएर औद्योगिक क्षेत्र निर्माण गर्न जसरी पुनः नक्सांकन गरियो, सोही अनुसार सरकारले चाँडोभन्दा चाँडो निर्माणको काम अगाडी बढाउनुपर्छ,’ उनले भनिन्।

बजैनाथ–३ का वडाअध्यक्ष निखिल बैगारले औद्योगिक क्षेत्र निर्माणको काम अगाडी बढाउनलाई कुनै खालको बाधा, व्यवधान अब नभएको बताए। ‘हाम्रो तर्फबाट गर्नुपर्ने सहजीकरणको काम गरिरहेका छौँ, स्थानीय बासिन्दा, क्षेत्रीय कारागार, सशस्त्र प्रहरी क्याम्प र औद्योगिक क्षेत्रको जग्गा छुट्टाएर नयाँ नक्सांकन गरिसकेपछि अब त्यसलाई सरकारले आवश्यक निर्णय गरेर वैधानिकता दिनुपर्छ,’ वडाअध्यक्ष बैगारले भने।

सरकारले साबिकको नौबस्ता गाविस हाल बजैनाथ गाउँपालिकाको उत्तरमा रत्न राजमार्ग, दक्षिणमा डिगिया डाँडा, पूर्वमा गाभर र पश्चिममा पितमारीको चार किल्लामा रहेको ५ सय २५ बिघा सरकारी जग्गा मध्ये कुल ३ सय ३८ बिघा जग्गालाई यसअघि औद्योगिक क्षेत्रको नाममा ल्याएको थियो। तर, उक्त जग्गालाई स्थानीय बासिन्दा, क्षेत्रीय कारागार, सशस्त्र प्रहरी क्याम्पले पनि उपयोग गरेपछि पुनः नक्सांकन गरेर औद्योगिक क्षेत्रको क्षेत्रफल घटाइएको हो।

नयाँ नक्सांकन अनुसार कुल ३ सय ३८ बिघा मध्ये स्थानीय बासिन्दालाई ५५ बिघा, सशस्त्र प्रहरी क्याम्पलाई २० बिघा र क्षेत्रीय कारागारलाई १० बिघा छुट्टाएर नौवस्ता औद्योगिक क्षेत्रको नाममा अब २ सय ५३ बिघा जग्गा कायम हुने भएको छ।

पुनः नक्सांकन कार्यलाई वैधानिकता दिन नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले निर्णय गर्नुपर्ने अवस्था रहेको बजैनाथ गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाही बताउँछन्। ‘नयाँ नक्सांकन अनुसार औद्योगिक क्षेत्र बनाउनका लागि स्थानीय सरकारले गर्नुपर्ने कुनै काम बाँकी राखेको छैन,’ अध्यक्ष शाहीले भने, ‘जनताको बस्ती जोगाउँदै कारागार र सशस्त्र प्रहरीलाई समेत जग्गा छुट्टाएर बाँकी जमिन औद्योगिक क्षेत्रको कायम हुने गरी नक्सा प्रमाणित सहित हामी डेलिगेसन गइसकेका छौँ, क्याबिनेटको निर्णय भएपछि नयाँ नक्सांकन अनुसार औद्योगिक क्षेत्रको जग्गा छुटिन्छ।’ स्थानीय सरकारको तर्फबाट प्रमाणीकरण गरेर पठाइसकेको अध्यक्ष शाहीले बताए।

नौवस्ता औद्योगिक क्षेत्र सङ्घीय सरकारले सुरु गर्न लागेको बहुवर्षिय आयोजना हो। २०७२ चैत १ गतेको मन्त्रिपरिषद् बैठकबाट सरकारले बाँकेको नौवस्तामा लुम्बिनी प्रदेश स्तरिय औद्योगिक क्षेत्र स्थापना गर्ने घोषणा गरेको थियो। घोषणा पश्चात् सरकारले २०७५ कात्तिक ७ गते औद्योगिक क्षेत्र परियोजना कार्यालय स्थापना गरेको थियो।

औद्योगिक क्षेत्रमा उत्पन्न विवाद लामो समयसम्म चलेका कारण निर्माण कार्य अगाडी बढ्न सकेन। औद्योगिक क्षेत्र निर्माण स्थलमा बसोबास गर्ने स्थानीयले बस्ती व्यवस्थापन गर्नुपर्ने माग गर्दै आएका थिए। औद्योगिक क्षेत्र निर्माण स्थलमा बस्ती व्यवस्थापनको मुद्दा हरेक निर्वाचनमा राजनीतिक दलका लागि प्रमुख एजेण्डा समेत बन्ने गरेको थियो।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड सञ्चालक समितिका अध्यक्ष बाबुराम पन्तले पुनः नक्सांकनको काम गरिसकेपछि सोही अनुसार चालु वर्ष २०८१/०८२ बाट केही काम सुरु गर्ने योजना रहेको बताए। ‘चालु आर्थिक वर्षबाट नौवस्ता औद्योगिक क्षेत्रको काम अगाडी बढाउने तयारी गर्दैछौं,’ उनले नागरिकसँग भने ‘अहिले बर्खाको समय छ, पुनः नक्सांकनको काम सम्पन्न भइसकेकाले अब बिस्तारै काम अगाडी बढ्छ।’

चालु वर्षमा गर्नुपर्ने कामका लागि सरकारले आवश्यकता अनुसारको बजेट विनियोजन गरेको अध्यक्ष पन्तले सुनाए। ‘यो करिब ९ अर्बको योजना हो, चालु वर्षमा काम गर्नका लागि आवश्यक पर्ने बजेट पर्याप्त नै छ,’ उनले भने। औद्योगिक क्षेत्र निर्माणको काम गर्नलाई कुनै समस्या नभएको अध्यक्ष पन्तले बताए।

औद्योगिक क्षेत्रभित्र सडक, बिद्युत, पानी, आवास, प्रशासन, भन्सार, इन्धन पम्प, दूषित पानी प्रशोधन प्लान्ट, हेभी ट्रक पार्किङ लगायतका पूर्वाधार निर्माण गर्ने औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले जनाएको छ। औद्योगिक क्षेत्रबाट २० हजार भन्दा बढी व्यक्तिले रोजगारी पाउने अनुमान गरिएको छ।  
अर्को समाचार
बाँकेको नौवस्ता औद्योगिक क्षेत्र अतिक्रमण गरी बनाइएका टहरा हटाउन सुरु
१० चैत्र २०८१
•
१ मिनेट पाठ
बाँकेको नौवस्ता औद्योगिक क्षेत्र अतिक्रमण गरी बनाइएका टहरा हटाउन सुरु
बाँकेको नौवस्ता औद्योगिक क्षेत्र अतिक्रमण गरी बनाएका घर टहरा हटाउन सुरु गरिएको छ ।




बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ३ मा लुम्बिनी प्रदेश स्तरीय ‘नौवस्ता औद्योगिक क्षेत्र’ निर्माण गरिँदै छ । जग्गा सिमांकन गर्न खोज्दा यसअघि विवाद भएको थियो । औद्योगिक क्षेत्रको जग्गा सिमाङ्कनमा विवाद उत्पन्न भएपछि गत बिहीबार जिल्ला प्रशासन कार्यालय बाँकेमा बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले सोमबारबाट जग्गा सिमांकन गर्ने सहमति गरेको थियो । 

जग्गाको सिमांकन स्वरूप सोमबार मानव बस्ती र औद्योगिक क्षेत्रको जग्गाको बिचबाट बाटो खोल्न अतिक्रमित क्षेत्र खाली गराउन सुरु गरिएको हो । औद्योगिक क्षेत्र निर्माण स्थलमा अहिले दुई वटा जेसिबी प्रयोग गरेर ठाउँ खाली गराउन सुरु गरिएको छ । 

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धक पदम ओलीले सर्वदलीय र सर्वपक्षीय निर्णय अनुसार खाली गराउन सुरु गरिएको बताए । ‘स्थानीय बासिन्दालाई सम्झाउने बुझाउने काम पनि गरेका छौँ,’ ओलीले भने ‘औद्योगिक क्षेत्रको एरिया बाहेक हामीहरू बाहिर जाँदैनौँ ।’ घर, टहरा हटाउन ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १५ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock २० मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस