वाणिज्य बैंकहरूको नाफा ६४ अर्ब
२२ साउन २०८१
•
४ मिनेट पाठ
वाणिज्य बैंकहरूको नाफा ६४ अर्ब
मुलुकको आन्तिरिक अर्थतन्त्र अपेक्षित सुधार नभए पनि वाणिज्य बैंकहरूले भने नाफा बढाएका छन्। २० वटा वाणिज्य बैंकले एक वर्षमा करिब सवा ६४ अर्ब रूपैयाँ खुद नाफा आर्जन गरेका छन्।




वाणिज्य बैंकहरूले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१को चौथो त्रैमासिक वित्तीय विवरण अनुसार ६४ अर्ब १६ करोड रूपैयाँ खुद नाफा कमाएका हुन्। आर्थिक वर्ष २०७९/८० को तुलनामा गत आवमा औसत खुद नाफा १३.४० प्रतिशत बढेको बैंकहरूले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ। आव २०७९/८० मा बैंकहरूको नाफा ५६ अर्ब ५८ करोड रूपैयाँ मात्र थियो।

बैंकहरूको नाफा बढे पनि समग्रमा धेरै उत्साहजनक भने छैन। १० बैंकको नाफा बढेको छ भने १० बैंकको नाफा घटेको छ। नाफा बढे पनि वितरणयोग्य नाफा भने निकै कम रहेको छ। कुल नाफाको करिब १२ प्रतिशत अर्थात सात अर्ब ६२ करोड रूपैयाँ मात्रै वितरणयोग्य नाफा रहेको छ। बैंकहरूको वितरणयोग्य नाफा ५१.२८ प्रतिशतले घटेको छ। बैंकहरूको नाफा उच्च देखिए पनि वितरणयोग्य नाफा न्यून छ। बैंकले लगानी गरेको कर्जाको साँवा, ब्याज उठ्न नसक्दा वितरणयोग्य नाफा कम छ। कतिपय बैंकको वितरणयोग्य नाफा त ऋणात्मक छ।

सबैभन्दा धेरै नाफा कमाउने बैंकमा नबिल बैंक अग्रस्थानमा रहेको छ। नबिलले आव २०८०/८१ मा सात अर्ब ६ करोड रूपैयाँ नाफा कमाएको छ। सबैभन्दा कम नाफा माछापुच्छ्रे बैंकको रहेको छ। माछापुच्छ्रेको नाफा एक अर्ब २५ करोड रूपैयाँ छ। प्रभु बैंकको नाफाको वृद्धिदर सबैभन्दा धेरै छ। प्रभुको नाफा १६ गुणा बढेको छ। एनआइसी एसिया बैंकको नाफा भने सबैभन्दा धेरै ६८.९ प्रतिशतले घटेको छ।

नबिल, नेपाल एसबिआई, कुमारी, प्राइम, हिमालयन, लक्ष्मी सनराइज, कृषि विकास, एभरेष्ट, प्रभु र नेपाल इन्भेष्टमेन्ट बैंकले नाफा बढाएका छन्। त्यसैगरी, माछापुच्छ्रे, सिटिजन्स्, एनआइसी एसिया, नेपाल बैंक, एनमएबी, सानिमा, सिद्धार्थ, स्ट्यान्डर्ड चार्टर्ड, ग्लोबल आइएमई र राष्ट्रिय वाणिज्य बैंकको नाफा घटेको छ।

वाणिज्य बैंकको औषत लाभांश क्षमता ५.८५ प्रतिशत रहेको छ। अघिल्लो वर्षको तुलनामा लाभांश क्षमता घटेको छ। अघिल्लो आर्थिक वर्षमा बैंकहरूको औसत लाभांश क्षमता ९.६५ प्रतिशत रहेकोमा गत आवमा औसत लाभांश क्षमता ५.८५ प्रतिशत मात्र देखिएको हो। २० वटा बैंकमध्ये सबैभन्दा धेरै लाभांश वितरण गर्ने क्षमता एभरेष्ट बैंकको रहेको छ।

एभरेष्टको लाभांश क्षमता २९.८६ प्रतिशत छ भने स्ट्यान्डर्ड चार्टर्ड बैंकको २६.५ प्रतिशत रहेको छ। त्यसैगरी, नबिल बैंकको १४.२६ प्रतिशत, नेपाल एसबिआइको १०.७६ प्रतिशत र सानिमाको १०.४ प्रतिशत लाभांश क्षमता रहेको छ। केही बैंकको लाभांश क्षमता ऋणात्मक रहेको छ। कुमारी, हिमालयन, एनआइसी एसिया र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको लाभांश क्षमता ऋणात्मक देखिएको हो।

वाणिज्य बैंकहरूले नाफा बढाए पनि खराब कर्जा (एनपिएल) पनि बढेको छ। गत बैंकहरूको खराब कर्जा करिब साढे १७ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०८०/८१ को असारसम्म वाणिज्य बैंकहरूको औसत एनपिएल १७.५६ प्रतिशत बढेर चार प्रतिशत पुगेको छ। जबकि अघिल्लो वर्षको सोही अवधिमा औसत तीन प्रतिशत मात्रै खराब कर्जा थियो। २० वटा वाणिज्य बैंकमध्ये १७ वटा बैंकको खराब कर्जा बढेको छ भने सात वटा वाणिज्य बैंकले खराब कर्जा घटाएका छन्।

सबैभन्दा धेरै खराब कर्जा एनआइसी एसिया बैंकको रहेको छ। एनआइसी बैंकको खराब कर्जा २८७.५ प्रतिशत बढेर ३.४१ प्रतिशत बिन्दु पुगेको हो। त्यसैगरी, स्ट्यान्डर्ड चार्टर्ड बैंकको खराबकर्जा ८१.३५ प्रतिशत बढेर २.१४ प्रतिशत बिन्दु, माछापुच्छ्रे बैंकको ६०.६१ प्रतिशत बढेर ३.६३ प्रतिशत बिन्दु, लक्ष्मी सनराइज बैंकको ५७.८५ प्रतिशत ४.७२ प्रतिशत बिन्दु, ग्लोबल आइएमई बैंकको ३८.७३ प्रतिशत बढेर ४.३७ प्रतिशत बिन्दु, सानिमा बैंकको ३२.०६ प्रतिशत बढेर १.७३ प्रतिशत बिन्दुमा पुगेको छ।

त्यसैगरी, कृषि विकास बैंकको ३४.७४ प्रतिशत बढेर ३.४४ प्रतिशत बिन्दु, सिटिजन्स बैंकको २० प्रतिशत बढेर ४.०७ प्रतिशत बिन्दु, एनएमबी बैंकको १८.९० प्रतिशत बढेर ३.२७ प्रतिशत बिन्दु, नेपाल बैंक लिमिटेडको १५.०८ प्रतिशत बढेर ३.२८ प्रतिशत बिन्दु पुगेको बैंकहरूले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ।

त्यसैगरी, नबिल बैंकको १३.५६ प्रतिशत बढेर ३.८५ प्रतिशत बिन्दु, सिद्धार्थ बैंकको १०.४४ प्रतिशत बढेर २.२२ प्रतिशत बिन्दु र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआइएमबी)को ९.०३ प्रतिशत बढेर ४.९५ प्रतिशत बिन्दुमा खराब कर्जा पुगेको छ।

सात वटा वाणिज्य बैंकले खराब कर्जा घटाए पनि अरू बैंकको खराब कर्जा बढेको छ। कुमारी बैंकको खराब कर्जा ०.२० प्रतिशत घटेर ४.९५ प्रतिशत बिन्दु, हिमालयन बैंकको ०.४० प्रतिशत घटेर ४.९१ प्रतिशत बिन्दु, राष्ट्रिय वाणिज्य बैंकको ३.१८ प्रतिशत घटेर ३.६५ प्रतिशत बिन्दु, प्राइम बैंकको ३.७१ प्रतिशत घटेर ४.६७ प्रतिशत बिन्दु, प्रभु बैंकको ४.०१ प्रतिशत घटेर ४.७८ प्रतिशत बिन्दु, एभरेष्ट बैंकको १०.१२ प्रतिशत घटेर ०.७१ प्रतिशत बिन्दु र नेपाल एसबीआई बैंकको १७.३५ प्रतिशत घटेर दुई प्रतिशत बिन्दुमा एनपीएल कायम भएको छ।
अर्को समाचार
वाणिज्य बैंकहरूको नाफा सवा ४१ अर्ब
०८ वैशाख २०८२
•
३ मिनेट पाठ
वाणिज्य बैंकहरूको नाफा सवा ४१ अर्ब
वाणिज्य बैंकहरूले पोहोरको तुलनामा नाफा बढाएका छन्। गत आर्थिक वर्षको तुलनमा यस वर्षको तेस्रो त्रैमासमा १.४ प्रतिशतले खुद नाफा वृद्धि गरेका हुन्। वाणिज्य बैंकहरूले आइतबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार यो वर्षको तेस्रो त्रैमाससम्ममा ४१ अर्ब २५ करोड खुद नाफा आर्जन गरेका हुन्। पोहोरको सोही अवधि बैंकहरूले करिब ४० अर्ब ६८ करोड रूपैयाँ को खुद नाफा कमाएका थिए।




बैंकहरूले नाफामा सामान्य सुधार आए पनि खराब कर्जा भने बढेको छ। विवरण अनुसार चैत मसान्तसम्ममा नबिल बैंकले सबैभन्दा धेरै नाफा कमाएको छ। नबिल बैंकको नाफा पाँच अर्ब पाँच करोड रूपैयाँ रहेको छ।

त्यसैगरी दोस्रो स्थानमा नाफा गर्नेमा नेपाल इन्भेस्टमेन्ट मेघा बैंक रहेको छ। नेपाल इन्भेस्टमेन्ट बैंकको नाफा चार अर्ब ५४ करोड रहेको छ। त्यसैगरी आइएमई बैंकले चार अर्ब ५३ करोड रूपैयाँ, एभरेष्ट बैंकले तीन अर्ब ४५ करोड रूपैयाँ, नेपाल बैंक लिमिटेडले दुई अर्ब ७८ करोड रूपैयाँ खुद नाफा कमाएका छन्।

त्यसैगरी एनएमबी बैंकले दुई अर्ब ३७ करोड रूपैयाँ, प्राइम कमर्सियल बैंकले दुई अर्ब २२ करोड रूपैयाँ, स्टान्डर्ड चार्टर्ड बैंकले दुई अर्ब १७ करोड रूपैयाँ, प्रभु बैंकले एक अर्ब ८७ करोड रूपैयाँ, कृषि विकास बैंकले एक अर्ब ८४ करोड रूपैयाँ, सिद्धार्थ बैंकले एक अर्ब ६६ करोड रूपैयाँ नाफा कमाएका छन्।

त्यसैगरी सानिमा बैंकले एक अर्ब ६५ करोड, लक्ष्मी सनराइज बैंकले एक अर्ब ६५ करोड रूपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले एक अर्ब २० करोड रूपैयाँ, नेपाल एसविआई बैंकले एक अर्ब २० करोड रूपैयाँ, माछापुच्छ«े बैंकले एक अर्ब १० करोड रूपैयाँ, सिटिजन्स बैंकले ९६ करोड, हिमालयन बैंकले ५० करोड रूपैयाँ, कुमारी बैंकले ३८ करोड ५८ लाख रूपैयाँ खुद नाफा कमाएका छन्। सबैभन्दा न्यून नाफा कमाउनेमा एनआइसी एसिया बैंक रहेको छ। एनआइसी एसिया बैंकको नाफा १५ करोड ७६ लाख रूपैयाँ रहेको छ।

चालु आवमा वाणिज्य बैंकहरूको खराब कर्जा (एनपिएल) बढेको छ। गत आवको चैतसम्मको तुलनामा यो अवधिमा बैंकहरूको खराब कर्जा १.२३ प्रतिशत बिन्दुले बढेको छ। चैतसम्म बैंकहरूको औसत खराब कर्जा अनुपात ४.८२ प्रतिशत पुगेको छ। पोहोर सोही अवधिमा वाणिज्य बैंकहरूको खराब कर्जा औसत ३.६ प्रतिशत रहेको थियो।

सबैभन्दा धेरै एनपिएल नेपाल एसबिआई बैंकको रहेको छ। एसबिआई बैंकको खराब कर्जा १०५ प्रतिशतले बढेर ४.०६ प्रतिशत बिन्दुमा पुगेको छ।

हिमालयनको खराब कर्जा ५४.८३ प्रतिशत बढेर ७.६८ प्रतिशत बिन्दु, एनआइसी एसिया बैंकको ८६.६८ प्रतिशत बढेर ५.७५ प्रतिशत बिन्दु, सानिमा बैंकको ८०.९५ प्रतिशत बढेर ३.४२ प्रतिशत बिन्दु, माछापुच्छ«े बैंकको ७३.२८ प्रतिशत बढेर ४.५४ प्रतिशत बिन्दु, सिद्धार्थ बैंकको ६०.३१ प्रतिशत बढेर ४.०४ प्रतिशत बिन्दुमा, एनएमबी बैंकको ५६.२९ प्रतिशत बढेर ४.४७ प्रतिशत बिन्दु पुगेको छ।

त्यसैगरी सिटिजन्स बैंकको ५१.८६ प्रतिशत बढेर ५.७१ प्रतिशत बिन्दु, कृषि विकास बैंकको ५०.९० प्रतिशत बढेर ४.९८ प्रतिशत बिन्दु, कुमारी बैंकको ४१.०१ प्रतिशत बढेर ६.९८ प्रतिशत बिन्दु, प्राइम बैंकको ३१.७० प्रतिशत बढेर ५.६५ प्रतिशत बिन्दु, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआइएमबी)को ३०.०४ प्रतिशत बढेर ६.०६ प्रतिशत बिन्दु, नबिल बैंकको २२.७७ प्रतिशत बढेर ४.९६ प्रतिशत बिन्दु, नेपाल बैंकको १२.३७ प्रतिशत बढेर ५.४५ प्रतिशत बिन्दु, राष्ट्रिय वाणिज्य बैंकको ९.०६ प्रतिशत बढेर ४.६९ प्रतिशत, लक्ष्मी सनराइज बैंकको ६.७३ प्रतिशत बढेर ५.८६ प्रतिशत बिन्दु, प्रभु बैंकको ५.८२ प्रतिशत बढेर ५.०९ प्रतिशत बिन्दु बिन्दुमा एनपिएल पुगेको छ। त्यसैगरी ग्लोबल आइएमई बैंकको एनपिएल ५.०६ प्रतिशत बढेर ४.९८ प्रतिशत पुगेको छ।

त्यसैगरी स्ट्यान्डर्ड चार्टर्ड बैंकको एनपिएल ३२.७१ प्रतिशत घटेर १.४४ प्रतिशत बिन्दु र एभरेष्ट बैंकको ८.५७ प्रतिशत घटेर ०.६४ प्रतिशत बिन्दुमा झरेको छ।
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ५१ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस