नेपाल महिला उद्यमी महासंघ प्रतिनिधिले शुक्रबार परराष्ट्रमन्त्री डा.आरजु राणासँग भेटवार्ता गरेका छन्।
महासंघ अध्यक्ष शोभा ज्ञवाली र कार्यकारी निर्देशक अभिलाषा पौडेलले नवनियुक्त मन्त्री राणालाई शुक्रबार उनकै निवास बुढानीलकण्ठ पुगेर कार्यकाल सफलताको शुभकामना र बधाई दिएका हुन्।
भेटमा महासंघ अध्यक्ष ज्ञवाली र कार्यकारी निर्देशक पौडेलले नेपाली महिला उद्यमीले उत्पादन गरेका सामानहरुलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउन आवश्यक पहल गरिदिन मन्त्री राणालाई आग्रह गरेका थिए।
आफ्ना उत्पादनलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा कसरी प्रवद्र्धन गर्न सकिन्छ भन्ने विषयमा मन्त्री राणासँग छलफल भएको अध्यक्ष ज्ञवालीले जानकारी दिइन्।
भेटमा मन्त्री राणाले महिला उद्यमशीलताका समस्या र अवसर बारे जानकारी लिँदै नेपाल महिला उद्यमी महासंघले गरेका कामको प्रशंसा गरेकी थिइन् ।
महिला उद्यमी महासङ्घ (FWEAN) को अध्यक्ष शोभा ज्ञवालीको नेतृत्वमा एक प्रतिनिधिमण्डलले उपराष्ट्रपति राम सहाय प्रसाद यादवसँग शिष्टाचार भेट गरेको छ। भेटमा महिला उद्यमशीलताको प्रवर्द्धन तथा समावेशी आर्थिक विकासका विषयमा केन्द्रित ज्ञापनपत्रसमेत हस्तान्तरण गरेको छ।
भेटमा महासङ्घले आगामी जुलाई ११ मा काठमाडौंमा आयोजना गर्न लागिएको International woman Leadership Conclave बारे जानकारी गराएको थियो। सो अवसरमा सहभागी नेपाली तथा विदेशी प्रतिनिधिहरूले नेपालको महिला सशक्तीकरण, जलवायुअनुकूल व्यवसाय, एआईको उपयोग र निर्यात योग्यताको सन्दर्भमा विचार आदान-प्रदान गर्ने उल्लेख गरिएको छ।
महासङ्घको तर्फबाट बुझाइएको ज्ञापनपत्रमा महिला उद्यमशीलता, सामाजिक समावेशीकरण, आर्थिक रूपान्तरण र सरकारी नीति तथा संरचनामा महिला नेतृत्वको सुनिश्चितता जस्ता विषयहरू समेटिएको छ।
भेटमा महासङ्घका प्रतिनिधि, परराष्ट्र मन्त्रालयका प्रतिनिधि तथा पाकिस्तान, दुबई र श्रीलङ्काका प्यानलिस्टहरू पनि सहभागी थिए। उपराष्ट्रपति यादवले महिला उद्यमीहरूको प्रयासको प्रशंसा गर्दै नीतिगत कुराहरू उठाका थिए। 'मुख्य कुरा त उद्यमशीलतामा के-के ल्याइएको छ, कसरी अगाडि बढाउनेलगायतका विषयमा महत्त्वपूर्ण कुराकानी भएको थियो,' अध्यक्ष ज्ञवालीले भनिन्। उपराष्ट्रपति यादवले कार्यक्रमका लागि शुभकामनासमेत व्यक्त गरेका थिए।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...