लुम्बिनी प्रदेशको खर्च ६६ प्रतिशत मात्र
३२ असार २०८१
•
३ मिनेट पाठ
लुम्बिनी प्रदेशको खर्च ६६ प्रतिशत मात्र
चालु आर्थिक वर्षमा लुम्बिनी प्रदेश सरकारले ६६ दशमलव १४ प्रतिशत खर्च गरेको छ। प्रदेश सरकारले चालु आवमा चालुतर्फ १७ अर्ब २२ करोड २७ लाख ९९ हजार रूपैयाँ विनियोजन गरेकामा १० अर्ब ७४ करोड २७ लाख ९३ हजार तीन सय ५५ रूपैयाँ खर्च भएको छ।




पुँजीगततर्फ २३ अर्ब २५ करोड ६९ लाख एक हजार विनियोजन भएकामा १६ अर्ब तीन करोड सात लाख १७ हजार आठ सय ४७  रूपैयाँ खर्च भएको प्रदेश कोष नियन्त्रक दीपक ज्ञवालीले बताए। प्रदेश सरकारले आव २०८०/८१ मा रु ४० अर्ब ४७ करोड ९७ लाख विनियोजन गरेको थियो।

विनियोजन भएकोमध्ये ६६ दशमलव १४ प्रतिशत अर्थात रु २६ करोड ७७ करोड ३५ लाख ११ हजार दुई सय तीन मात्र खर्च गरेको कोष नियन्त्रक ज्ञवालीले बताए। उनका अनुसार चालु आवमा चालु खर्च भन्दा पुँजीगत खर्च बढी भएको छ।

सबैभन्दा बढी खर्च खानेपानी, ग्रामीण तथा सहरी विकास मन्त्रालयले ७७ दशमलव ४० प्रतिशत गरेको छभने सबैभन्दा कम मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले १६ दशमलव ६९ प्रतिशत मात्र खर्च गरेको छ।

पुँजीगत खर्चतर्फ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नौ दशमलव शून्य नौ प्रतिशत मात्र खर्च गरेको छ। प्रदेश लेखा नियन्त्रकको कार्यालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार लुम्बिनी प्रदेशको प्रदेशसभाका लागि ३३ करोड ८८ लाख ३८ हजार रूपैयाँ बजेट रहेकामा सोको ६६ दशमलव ३४ प्रतिशत मात्र खर्च भएको छ।

प्रदेश लोक सेवा आयोगको रु १० करोड बजेटको ६९ दशमलव ५३ प्रतिशत, अर्थ मन्त्रालयको रु छ करोड ५१ लाख १५ हजार सात सय ३६ बजेटमध्ये ५० प्रतिशत खर्च गरेका कोष नियन्त्रक ज्ञवालीले बताए।

उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयको रु ७२ करोड पाँच लाख ५८ हजार नौ सय ३१ मध्ये ४७ दशमलव १० प्रतिशत, कृषि तथा भूमि व्यवस्था मन्त्रालयको रु एक अर्ब २२ करोड ९१ लाख ८१ हजार तीन सय १४ मध्ये ६२ दशमलव ७४ प्रतिशत खर्च भएको देखिन्छ।

गृह मन्त्रालयले विनियोजित रकममध्ये ६२ दशमलव १० प्रतिशत, वन तथा वातावरण मन्त्रालयले ६२ दशमलव ७९ प्रतिशत, भौतिक पूर्वाधार मन्त्रालयले ७० दशमलव ०६ प्रतिशत, सामाजिक विकास मन्त्रालयले ५४ दशमलव ३९ प्रतिशत खर्च गरेका छन्।

“स्वास्थ्य मन्त्रालयले ७३ दशमलव ४९ प्रतिशत, प्रदेश योजना आयोगले ४१ दशमलव ९७ प्रतिशत खर्च गरेका छन्। विविधमा चार लाख ४० हजार छुट्याइएकोमा सोको शुन्य दशमलव ०३ प्रतिशत मात्र खर्च भएको तथ्याङ्कबाट देखिन्छ”, उनले भने।

स्थानीय तह वित्त हस्तान्तरणतर्फ रु तीन अर्ब ३७ करोड १० लाख ५६ हजार दुई सय ४२ रुपैया बजेटमध्ये ९३ दशमलव ९१ प्रतिशत खर्च भएको छ। बजेट निर्माण अनुसार स्रोत प्राप्ति नहुँदा कठिनाइ भएको प्रदेश लेखा नियन्त्रक ज्ञवालीको भनाइ छ।

“सञ्चित कोषलाई ऋणात्मक गर्न नमिल्ने भएकाले हामीले असारको अन्तिमतिर आएर अनिवार्य दायित्वका तलब भत्ता, सङ्घीय सशर्त खर्च बाहेकको अन्य रकम रोक्नुपर्ने अवस्था आएको छ”, ज्ञवालीले भने। उनका अनुसार यो वर्षको करिब रु दुई अर्बको दायित्व भुक्तानी अर्को आर्थिक वर्षका लागि सरेको छ।

सङ्घीय सरकारको बजेटमा करिब ९० प्रतिशत भर पर्दा प्रदेश सरकार ऋणात्मक अवस्थामा गएको प्रदेश कोष नियन्त्रक ज्ञवालीको भनाइ छ। समानीकरण अनुदान उपलब्ध गराउने भनिएको रकममध्ये ७४ दशमलव ११ प्रतिशत मात्र उपलब्ध गराइएको थियो। रु आठ अर्ब १४ करोड समानीकरण अनुदानअन्तर्गत प्राप्त हुनुपर्नेमा रु छ अर्ब तीन करोड मात्र आएको थियो।

“करिब दुई अर्ब १० करोड रूपैयाँ बराबरको समानीकरण अनुदान बापतको रकम उपलब्ध भएन”, कोष नियन्त्रक ज्ञवालीले भने, “अन्तिम किस्ता नदिएकाले सो बराबरको रकम चालु आर्थिक वर्षको भुक्तानी रोक्नुपर्ने अवस्था आएको हो।”
अर्को समाचार
लुम्बिनीमा आधा आर्थिक वर्ष सकिँदा पुँजीगत खर्च जम्मा १२ प्रतिशत
१६ माघ २०७८
•
३ मिनेट पाठ
लुम्बिनीमा आधा आर्थिक वर्ष सकिँदा पुँजीगत खर्च जम्मा १२ प्रतिशत
लुम्बिनी प्रदेशमा यो वर्ष पनि प्रदेशको बजेट खर्च निराशजनक छ। आधा आर्थिक वर्ष सकिँदा विकास बजेटको खर्चदर जम्मा १२ प्रतिशत छ। चालु आर्थिक वर्ष २०७८/२०७९ को ६ महिनामा प्रदेश सरकारले कुल बजेटतर्फ जम्मा १५.४६ प्रतिशत बजेट खर्च गरेको हो। विकास बजेटको खर्चदर झन न्युन छ। साउनदेखि पुष मसान्तसम्मको पुँजीगत खर्च जम्मा १२.६८  प्रतिशत रहेको प्रदेश लेखा नियन्त्रण कार्यालयले जनाएको छ। चालु वर्षकालागि सरकारले कुल ४० अर्ब ९५ करोड ९७ लाख बजेट ल्याएको थियो। त्यसमध्ये पुष मसान्तसम्म जम्मा ६ अर्ब ३३ करोड ११ लाख रुपैँया बजेट खर्च भएको प्रदेश लेखा नियन्त्रण कार्यालय बुटवलका प्रमुख दिपक ज्ञवालीले जानकारी दिए।  




पुँजीगत तर्फको २२ अर्ब ४७ करोड १५ लाख बजेट मध्ये चालु बर्षका ६ महिनामा जम्मा २ अर्ब ८४ करोड ९३ लाख अर्थात १२  प्रतिशत खर्च भएको छ। चालु तर्फको १८ अर्ब ४८ करोड ८१ लाख बजेट मध्ये पुष मसान्तसम्म ३ अर्ब ४८ करोड १७ लाख अर्थात १८.८३ प्रतिशत खर्च भएको प्रमुख कोष नियन्त्रक ज्ञवालीले जानकारी दिए।  

प्रदेशमा गठबन्धन सरकार बनेसंगै मन्त्रालय टुक्रयाएर १२ पुर्याइएको छ। तर कुनैपनि मन्त्रालयको बजेट खर्चदर सन्तोषजनक छैन।  सांसद व्यवस्थापनकालागि गठबन्धनको सरकारले टुक्रयाइएका मन्त्रालयहरु लामो समय कार्यालय र कर्मचारी बिहिन भएकाले बजेट खर्चदर न्युन रहेको सम्बन्धित मन्त्रालयका अधिकारीहरुको विश्लेषण छ।  लकडाउनको बेला भन्दा पनि यसपाली बजेट खर्च दर कम छ। गत बर्ष कोभिडका कारण भएको लामो समयको लकडाउनले आर्थिक गतिविधिहरु सुस्ताएको थियो। गत वर्षको सोही अवधीको पुँजीगत खर्चको तुलनामा यो बर्ष खर्चदर करिब ५ प्रतिशत कम हो।  

प्रमुख कोष नियन्त्रक ज्ञवालीले यो वर्ष दुई/दुई पटक बजेट ल्याउने परिस्थिती सृजना हुँदा समयमै कार्यान्वनयमा जान नपाएकाले खर्चदर कम देखिएको बताए। भुक्तानीमा हुने ढिलाइले पनि खर्च कम देखिने उनको भनाइ छ।  प्रदेशका १२ वटै मन्त्रालयको प्रगती सन्तोषजनक छैन। आर्थिक मामिला तथा योजना मन्त्रालयले चालु वर्षका ६ महिनामा ३१ करोड बजेट मध्ये जम्मा ३ करोड खर्च गरेको छ। उसको बजेट खर्चको कार्यप्रगती १० प्रतिशत हो। भौतिक पुर्वाधार विकास मन्त्रालयले ९ अर्ब ९ करोडको बजेट मध्य आधा आर्थिक वर्ष सकिदा जम्मा १ अर्ब ३९ करोड बजेट खर्च गरेको छ। मन्त्रालयको पुँजीगत खर्च १४ प्रतिशत छ। उर्जा जलश्रोत तथा सिंचाइ मन्त्रालयको ३ अर्ब ६२ करोड बजेट मध्य ६ महिना बितिसक्दा सम्म जम्मा २९ करोड अर्थात ८ प्रतिशत बजेट खर्च भएको छ। भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले ३ अर्ब ४० करोड मध्ये ६ महिनामा जम्मा २५ करोड ४६ लाख अर्थात ७.४८ प्रतिशत बजेट खर्च गरेको छ।  

ग्रमिण तथा सहरी विकास मन्त्रालयले ५ अर्व ९६ करोड मध्ये जम्मा ५७ करोड ७३ लाख बजेट खर्च गरेको छ। यो मन्त्रालयले ६ महिनामा ९.६८ प्रतिशत मात्रै बजेट खर्च गरेको हो। वन वातावरण तथा भु–सरक्षण मन्त्रालयले १ अर्ब ८६ करोड मध्ये ६ महिनामा जम्मा २८ करोड ३३ लाख अर्थात १५ प्रतिशत बजेट खर्च गरेको छ। शिक्षा तथा सामाजिक विकास मन्त्रालयले २ अर्ब ७४ करोड मध्ये पुष मसान्त सम्म ३६ करोड ६७ लाख मात्रै खर्च गरेको छ। उसको ६ महिनाको कार्यप्रगती १३.३५ प्रतिशत छ। आन्तरिक  मामिला तथा कानुन मन्त्रालयको खर्च दर १८.४ प्रतिशत छ। ६ महिनामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २९ प्रतिशत, श्रम,रोजगार तथा यातायात व्यवस्था मन्त्रालयले १० प्रतिशत बजेट मात्रै खर्च गरेका छन्।  

सबैभन्दा धेरै बजेट खर्च गर्ने मन्त्रालय उद्योग वन तथा वातावरण हो । उसले ६ महिनामा ४८ प्रतिशत खर्च गरेको छ। मन्त्रालयको कुल बजेट जम्मा ४२ करोड १ लाख हो। त्यसमध्ये मन्त्रालयले पुष मसान्त सम्म २० करोड ३३ लाख खर्च गरेको छ। सबै भन्दा कम महिला वालवालिका तथा जेष्ठ नागरिक मन्त्रालयले ०.४३ प्रतिशत प्रतिशत मात्रै बजेट खर्च गरेको छ। मन्त्रालयले पाएको कुल बजेट जम्मा ६१ करोड ११ लाख मध्ये २६ लाख ४७ हजार खर्च गरेको छ। यो रकम पनि चालु खर्च तर्फको हो। मन्त्रालयले पुँजीगत तर्फको एक पैसा पनि खर्च गर्न सकेको छैन।
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १४ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस