१८ प्रतिशत विकास बजेटमा समृद्धिको सपना
१८ असार २०८१
•
३ मिनेट पाठ
१८ प्रतिशत विकास बजेटमा समृद्धिको सपना
मुलुकको विकासका लागि पूर्वाधारलगायत योजना निर्माण गर्नुपर्ने भए पनि पुँजी अभावका कारण विकासले गति लिन सकेको छैन। कर्मचारी तलब, सामाजिक सुरक्षालगायत चालु खर्चको दायित्व वृद्धि हुँदै गएपछि राजस्व बढ्न नसक्दा विकासमा सरकारलाई पुँजी अभाव भएको हो।




पुँजी अभावले सयौं विकासे आयोजना निर्माण अघि बढाउन कठिन भएको छ। सरकारले विनियोजन गर्ने कुल बजेटको करिब १८ प्रतिशत मात्र पुँजीगत खर्चमा बजेट विनियोजन हुन्छ। चालु आर्थिक वर्ष २०८०/८१ मा कुल १७ खर्ब ५१ अर्ब ३१ करोड रूपैयाँ बजेटमा पुँजीगत खर्च ३ खर्ब ७ अर्ब ४५ करोड विनियोजन भएको थियो। यो कुल बजेटको १७.२५ प्रतिशत मात्र हुन आउँछ। यो बजेट पनि मध्यावधि समीक्षामार्फत घटेको छ।

पुँजीगत खर्च पूर्वाधार निर्माणलगायत क्षेत्रमा खर्च हुन्छ। मुलुकमा पूर्वाधार निर्माण गर्न पुँजीको अभाव रहेको पूर्वअर्थ सचिव रामेश्वर खनाल बताउँछन्। ‘मुलुकको विकासका लागि ३५ प्रतिशत पुँजी निर्माण गर्नुपर्ने आवश्यकता छ,’ खनालले भने, ‘सरकारको पुँजीगत बजेट नै कम रहेको छ।’

७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य लिँदा ३५ प्रतिशत पुँजी निर्माण हुनुपर्ने भए पनि अहिले करिब १८ प्रतिशत मात्र भएको उनले बताए। ‘विकास लागि पूर्वाधारमा लगानी गर्नुपर्छ,’ खनालले भने, ‘तर पुँजी अभाव छ।’ राजनीतिक दलले सामाजिक सुरक्षामा बढी खर्च गर्दा पुँजीगत खर्च कम भएकाले उनले बताए। निजी क्षेत्रलाई साझेदार बनाएर पुँजी निर्माणका लागि बजेट बढाउनुपर्ने खनाल बताउँछन्। सिँचाइ, खानेपानी, सडक पूर्वाधार, विमानस्थल, जलविद्युत् लगायत क्षेत्रमा पुँजी आवश्यक रहेको उनले बताए।

पछिल्ला चार वर्षमा सरकारले विनियोजन गरेको पुँजीगत खर्च कुल बजेटको २० प्रतिशतभन्दा कम छ। आव २०७७/७८ मा कुल बजेटमा पुँजीगत खर्च १९.१२ प्रतिशत, आव २०७८/७९ मा १६.५० प्रतिशत, आव २०७९/८० मा १६.५१ प्रतिशत मात्र विनियोजन भएको छ। एकातर्फ पूर्वाधार निर्माणका लागि पुँजीगत रकम विनियोजन न्यून छ भने अर्कोतर्फ विनियोजित पुँजीगत रकम पनि खर्च हुन सकेको छैन। सामाजिक सुरक्षा, कर्मचारीलगायत चालु खर्चमा करिब ६५ प्रतिशत र वित्तीय व्यवस्थापनमा करिब १७ प्रतिशत खर्च भएकाले पुँजीगत खर्च कम भएको हो।

सरकारले चालु आव २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रूपैयाँको बजेट ल्याएकोमा मध्यावधि समीक्षामार्फत संशोधन भएको छ । कुल बजेटमध्ये चालु खर्च ११ खर्ब ४१ अर्ब ७८ करोड रूपैयाँ रहेको छ। यो कुल बजेटको ६५.२० प्रतिशत हो। त्यसैगरी वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ७ अर्ब ४५ करोड रूपैयाँ विनियोजन भएको थियो। यो कुल बजेटको १७.५५ प्रतिशत हो। वित्तीय व्यवस्थापनबाट सरकारले लिएको ऋणको साँवा तथा ब्याज तिर्ने काम हुन्छ। सरकारको सार्वजनिक ऋण बढ्दै गएकाले वित्तीय व्यवस्थापनमा पनि पुँजीगत बजेटकै हाराहारी रकम विनियोजन गर्नुपरेको हो।

पुँजीगतमा न्यून बजेट विनियोजन गरे पनि खर्च पनि कमजोर छ। चालु आर्थिक वर्ष सकिन लाग्दा पनि पुँजीगत खर्च आधा पनि हुन सकेको छैन। असार १५ सम्म सरकारले ४८.१३ प्रतिशत मात्र पुँजीगत खर्च गरेको छ। एकातर्फ पुँजीगत खर्च न्यून विनियोजन भएकोमा विनियोजित रकम पनि खर्च हुन नसक्नु चिन्ताको विषय हो। आर्थिक वर्ष सकिन १५ दिन बाँकी रहँदा करिब ८० प्रतिशत खर्च भएको छ। पुँजीगत खर्चको अवस्था निकै कमजोर भए पनि चालु खर्च भने ७६.१९ प्रतिशत भएको छ।  
अर्को समाचार
अधिकांश बहुवर्षीय योजनाको काम अन्तिम चरणमा, यसै वर्ष सक्ने लक्ष्य
१२ माघ २०८१
•
३ मिनेट पाठ
अधिकांश बहुवर्षीय योजनाको काम अन्तिम चरणमा, यसै वर्ष सक्ने लक्ष्य
सहरी विकास तथा भवन कार्यालय मकवानपुर हेटौँडाद्वारा सञ्चालित अधिकांश बहुवर्षीय योजनाको काम अन्तिम चरणमा पुगेका छन्। निर्धारित समयमै योजना सम्पन्न गर्न कार्यालयले नियमित अनुगमन र निगरानी बढाएपछि बहुवर्षीय योजनाको कामले तीव्रता पाएको हो।




हेटौँडा उपमहानगरपालिका–१० मा निर्माणाधीन बागमती प्रदेशसभा हलको काम सम्पन्न भई हस्तान्तरणको क्रममा रहेको सहरी विकास तथा भवन कार्यालय मकवानपुरका प्रमुख इञ्जिनियर सुवोध अधिकारीले जानकारी दिए।  

अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा सम्झौता भई निर्माण सुरु भएको प्रदेशसभा हलको काम यही पुस महिनामा सम्पन्न भइसकेको र छिट्टै हस्तान्तरण गर्ने तयारी भइरहेको प्रमुख अधिकारीले बताए। 'भवन निर्माण तथा रङरोगनको काम सकिएको छ,' प्रमुख अधिकारीले भने, 'प्रदेशसभा हलमा हाल्नुपर्ने फर्निचरहरू खरिदको प्रक्रियामा छ, फर्निचर हालिएसँगै प्रदेशसभा हल हस्तान्तरण हुन्छ। हाम्रो तर्फबाट गर्नुपर्ने सबै काम सम्पन्न भइसकेको र अब फर्निचरलगायत समान हाल्न मात्र बाँकी छ।'

भ्याटसहित कूल रु तीन करोड ५३ लाख ६१ हजार पाँच सय ८३ को लागतमा सिउँडी निर्माण सेवा हेटौँडाले प्रदेशसभा हलको निर्माण गरेको हो। प्रदेशसभा सचिवालयको कार्यालय नजिकै निर्माण गरिएको प्रदेशसभा हलमा सभा हलसँगै सभामुख र उपसभामुखको कार्यकक्ष तथा पत्रकार र पर्यवेक्षकहरू बस्ने कक्षको निर्माण गरिएको छ।  

हेटौँडा उपमहानगरपालिका–२ मा निर्माणाधीन बागमती प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् सभाहलको काम अन्तिम चरणमा पुगेको छ। आर्थिक वर्ष २०७७/७८ मा सम्झौता भई चालु आर्थिक वर्ष २०८१/८१ मा सम्पन्न गर्ने गरी निर्माण भइरहेको मुख्यमन्त्री सभाहलको हालसम्म ९९ प्रतिशत काम सम्पन्न भइरहेको सहरी विकास तथा भवन कार्यालय मकवानपुरले जनाएको छ।

भवन निर्माणको काम सम्पन्न भइसकेको र रङरोगनको काम अन्तिम चरणमा पुगेकाले यही २०८१ चैत महिनासम्ममा सम्पन्न हुने सहरी विकास तथा भवन कार्यालय मकवानपुरका प्रमुख इञ्जिनियर अधिकारीले बताए। उनका अनुसार संरक्षण/सेभ जेभी भरतपुरले भ्याटसहित रु  पाँच करोड २६ लाख ८३ हजार तीन सय ५९ को लागतमा सो सभाहल निर्माणको काम गरिरहेको छ।

त्यस्तै हेटौँडा उपमहानगरपालिका–१ स्थित हेटौँडा अस्पताल भवनको काम पनि तीव्र रूपमा भइरहेको छ। सहरी विकास तथा भवन कार्यालय मकवानपुरका अनुसार अस्पताल भवनको काम हालसम्म ८० प्रतिशत सम्पन्न भइसकेको छ। बिकोई/नवसिर्जनशील जेभी काठमाडौँले ठेक्का पाएको अस्पताल भवन निर्माणको काम चाँडौ सकिने गरी तीव्र रूपमा काम भइ रहेको जनाएको छ।

भ्याटसहित कूल रु २६ करोड ६४ लाख २५ हजार दुई सय ८० को लागतमा निर्माण भइरहेको अस्पताल भवनको निर्माणको काम सम्पन्न गर्न २०८१ असार मसान्तसम्म समयावधी भए यही २०८१ फागुन महिनाभित्र सम्पन्न गर्ने अनुमान गरिएको प्रमुख इञ्जिनियर अधिकारीको भनाइ छ। अस्पतालले जग्गाको व्यवस्थापन नगर्दा अस्पताल भवन निर्माणमा केही ढिलाइ भएको हो।

कार्यालयको बहुवर्षीय योजनाअन्तर्गत चितवनमा निर्माणाधीन जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय भवन र भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयको भवन चालु आर्थिक वर्षभित्रै सकिने गरी काम भइरहेको छ। दुवै कार्यालय भवनको गत २०८० चैत महिनामा सम्झौता भएको थियो। सम्झौता भए लगतैबाट निर्माण सुरु भएको ती कार्यालयको करिब ७० प्रतिशत काम सम्पन्न भएको कार्यालय प्रमुख ई. अधिकारीले बताए। 

चितवनको राप्ती ४ मा निर्माणाधीन इको टुरिजम पार्क, शिखर हरियाली को काम चालु आर्थिक वर्षभित्रै सकिने गरी काम तीव्र रूपमा अघि बढेको छ। कार्यालय प्रमुख ई अधिकारीका अनुसार टुरिजम पार्कभित्रका करिब ९५ प्रतिशत काम सकिएको र बाँकी काम तीव्र रूपमा भइरहेको छ। कूल रु सात करोड छ लाख ९६ हजारको लागतमा निर्माण भइरहेको पार्कको काम चालु आर्थिक वर्ष २०८१/८२ को असारसम्ममा सकिने लक्ष्य रहेको उनले बताए।  

त्यस्तै चितवनको रत्ननगरस्थित बकुलहर रत्ननगर अस्पताल मातृ शिशु भवनको काम चालु आवभित्रै सकिने गरी काम अघि बढेको छ। कूल रु नौ करोड ५८ लाख ८६ हजारमा ठेक्का सम्झौता भएको सो शिशु भवन निर्माण काम हालसम्म ९० प्रतिशत सम्पन्न भइसकेको सो कार्यालयले जनाएको छ।

बहुवर्षीय योजनाका काममा विभिन्न केही कारणले बीचमा ढिलाइ भए पनि सम्झौता अवधिभित्रै काम सम्पन्न गर्न निर्माण कम्पनीसँग समन्वय भइहेको प्रमुख ई. अधिकारीको कथन छ। रासस
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस