सिरिजङ्गाले ल्यायो ५३ करोड ७७ लाख २९ हजार रुपैयाँको बजेट
१२ असार २०८१
•
२ मिनेट पाठ
सिरिजङ्गाले ल्यायो ५३ करोड ७७ लाख २९ हजार रुपैयाँको बजेट
ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाले आर्थिक बर्ष ५३ करोड ७७ लाख २९ हजार रुपैयाँको बजेट ल्याएको छ। सोमवार गाउँपालिकाको १५ औं गाउँसभा तथा अधिवेशनको दोस्रो बैठकमा उपाध्यक्ष डाक्टर चित्रकुमार मावो लिम्बूले उक्त बजेट प्रस्तुत गरेका हुन्। सिरिजङ्गा गाउँपालिकाले गत जेठ १० गते नै आगामी आर्थिक बर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरी पारित गरिसकेको थियो।




नीति तथा कार्यक्रम पारित भएपछि गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि बजेट प्रस्तुत गरेको हो। गाउँपालिकाले पालिकाको चालूतर्फ ८२ वटा शीर्षकमा ९ करोड २४ लाख ४३ हजार ८ सय रुपैयाँ बिनियोजन गरेको छ। गाउँपालिका स्तरीय १८ वटा कार्यक्रममा २ करोड बिनियोजन गरेको छ।

पालिका स्तरीय कार्यक्रममा सिरिजङ्गा फलफूल जुस उद्योग निर्माण, होमस्टे सञ्चालन अनुदान कार्यक्रम,तरकारी वाली,फलफूल,फूल,किवी नर्सरी निमार्ण कार्यक्रम, माटो ल्याव व्यवस्थापन कार्यक्रम कृषिवालीमा लाग्ने रोग किरा नियन्त्रण तथा सुक्ष्म खाद्य तत्व व्यवस्थापन कार्यक्रम,भेटनरी अस्पताल व्यवस्थापन तथा सञ्चालन कार्यक्रम पशुपंक्षिको औषधि खरिद,गाउँपालिकाको गतिविधि लगायत पर्यटकिय क्षेत्र प्रचारप्रसार,नाईट्रोजन खरिद सहितका कार्यक्रममा समावेश भएका छन्।

सामाजिक विकासतर्फ ४७ वटा शीर्षकका कार्यक्रममा ३ करोड ७३ लाख ९८ हजार २ सय रुपैयाँ बिनियोजन भएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत मधुर नेपालीले जानकारी दिए। पूर्वाधार विकासतर्फ २९ वटा योजनामा ४ करोड २५ लाख रुपैयाँ बिनियोजन भएको छ।

वन वातावरण तथा विपद् व्यवस्थापनतर्फका ७ वटा योजनामा ७० लाख रुपैयाँ बिनियोजन भएको छ। संस्थागत विकास तथा सेवा प्रवाहतर्फ ८ वटा योजनामा १ करोड २० लाख तथा समुपुरक कोषतर्फ ९० लाख गरी गाउँपालिका स्तरीय योजनामा कूल १२ करोड ७८ लाख ९८ हजार २ सय रुपैयाँ बिनियोजन भएको छ। वडा स्तरीय योजना अन्तरगत वडा नं १ देखि वडा नं ८ प्रत्येकका लागि लागि ३७ लाख ५० हजार रुपैयाँका दरले कूल ३ करोड रुपैयाँ बिनियोजन भएको छ।

चालू खर्च,गाउँपालिका स्तरीय योजना र वडागत खर्च गरी कूल २५ करोड ३ लाख ४२ हजार रुपैयाँ बिनियोजन भएको छ। नेपाल सरकारबाट सर्शत रुपमा प्राप्त हुने अनुदान रकमबाट २४ करोड ७७ लाख ४९ हजार रुपैयाँ सर्शत कार्यक्रमका शीर्षकमा बिनियोजन भएको छ। 

नेपाल सरकारबाट प्राप्त हुने बिशेष अनुदानमार्फत तेल्लोक माविमा भवन निर्माणका लागि १ करोड २५ लाख बिनियोजन भएको छ। यस्तै,प्रदेश सरकारबाट प्राप्त हुने दुईवटा योजनामा १ करोड तथा सर्शत अनुदानतर्फ १८ वटा कार्यक्रममा १ करोड ५४ लाख ३ हजार रकम बिनियोजन भएको छ।

करुणा फाउण्डेसनमार्फत अपाङ्गता सम्वन्धी कार्यक्रम सञ्चालनका लागि १६ लाख ८५ हजार रुपैयाँ बिनियोजन भएको छ। ह्युमन प्राटिक्स फाउण्डेसन,ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रिड) नेपाल,गतिशिल कोष तथा निर्माण परियोजना र हिमाली संरक्षण मञ्च जस्ता राष्ट्रिय तथा अन्तराष्ट्रिय गैर सरकारी संस्थाका कार्यक्रम पनि पालिकामा समावेश भएका छन्।  
अर्को समाचार
सिकैचा उपनिर्वाचनः दुई मतदान स्थल र दुईवटा मतदान केन्द्र रहने
२७ कार्तिक २०८१
•
२ मिनेट पाठ
सिकैचा उपनिर्वाचनः दुई मतदान स्थल र दुईवटा मतदान केन्द्र रहने
ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं ३ को वडाध्यक्ष उपनिर्वाचनका लागि दुईवटा मतदान स्थल र दुईवटै मतदान केन्द्र हुने भएका छन्। 




निर्वाचन आयोगले सरस्वती मावि कुञ्जारीमा एक तथा दुर्गा मावि ओसेमा एक गरी दुईवटा मतदान स्थल तथा दुईवटै मात्र मतदान केन्द्र रहने निर्णय गरेको जानकारी प्राप्त भएको निमित्त जिल्ला निर्वाचन अधिकारी बान्दवराज दुलालले बताए।

एक हजारभन्दा बढी मतदाता भए एउटा मतदान स्थलमा पनि दुई वा सो भन्दा बढी मतदान केन्द्र बनाउन सकिने प्रावधान रहेको छ। एक हजार पाँच सय २८ मतदाता रहेको सिकैचामा कुञ्जारी मतदान स्थलमा एक हजार २६ मतदाता छन्।

एक हजार भन्दा थोरै मात्र बढी मतदाता भएकोले सो मतदान स्थलमा थप अर्को मतदान केन्द्र थप नभएको हुनसक्ने आङ्कलन गरिएको छ। मतदान केन्द्र थप हुने बित्तिकै मतदान अधिकृत सहितका सबै जनशिक्त थप गर्नुपर्ने हुन्छ।

निमित्त जिल्ला निर्वाचन अधिकारी दुलालका अनुसार कुञ्जारी मतदान स्थलमा पाँच सय ५७ पुरुष तथा चार सय ६९ महिला मतदाता छन्।

ओसे मतदान स्थलमा दुई सय ८७ पुरुष तथा दुई सय १५ महिला मतदाता रहेका छन्। यसोगर्दा सिकैचाको उपनिर्वाचनमा आठ सय ४४ पुरुष र छ सय ८४ महिला मतदाता छन्।

२०७९ सालको स्थानीय तहको निर्वाचनमा पनि सिकैचामा अहिले जस्तै दुईवटै मतदान स्थल र प्रत्येक मतदान स्थलमा एक–एक गरी दुईवटै केन्द्र रहेका थिए। २०७९ सालमा कुञ्जारी मतदान स्थलमा नौ सय ९४ तथा ओसे मतदान स्थलमा पाँच सय २९ गरी कूल एक हजार पाँच सय २३ मतदाता थिए। अहिलेको उपनिर्वाचनका क्रममा पाँचजना मतदाता मात्र थपिएको देखिएको छ।

मतदाता तुलनामा गर्दा २०७९ सालभन्दा अहिलेको उपनिर्वाचनका लागि कुञ्जारी मतदान स्थलमा ३२ जना मतदाता बढेका छन् भने ओसे मतदान स्थलमा २७ जना मतदाता घटेका छन्।

जिल्ला निर्वाचन कार्यालयका अनुसार ताप्लेजुङमा २०८१ साल मंसिर १५ गते सम्म १८ बर्ष पूरा हुने मतदाताको संख्या ८९ हजार १ सय ८९ रहेको छ। त्यसमा ४७ हजार ६ सय २७ पुरुष र ४१ हजार ५ सय ६२ महिला रहेका छन्। २०७९ सालको स्थानीय तहको निर्वाचनमा ४७ हजार ६ सय ५५ पुरुष र ४२ हजार २५ जना महिला गरी कूल ८९ हजार ६ सय ८० मतदाता थिए।

मृत्यु भएका, नाम सारी अन्यत्र लगेका,दोहोरो नाम भए हटाईएकासहित निर्वाचन आयोगले अद्यावधिक सहितको पछिल्लो मतदाता संख्या सार्वजनिक गरेको हो।
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस