पोखराका सहकारी पीडितहरूले प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रचण्डलाई कालो झन्डा देखाएका छन्।
नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश कमिटीले बुधवार पोखरा सभागृहमा आयोजना गरेको प्रदेश स्तरीय वैचारिक एवम् राजनीतिक प्रशिक्षण’ कार्यक्रममा सहभागी हुन जाने क्रममा पोखराको सूर्य दर्शन सहकारीका पीडितहरूले प्रधानमन्त्री दाहाललाई कालो झन्डा देखाएका हुन् । कार्यक्रम स्थल पोखरा सभागृह गेट अगाडि पुगेका उनलाई सहकारी पीडितहरूले सहकारी पीडितहरूलाई न्याय दे,बचतकर्ताहरूको बचत रकम फिर्ता दे’लगायतका नारा पनि लगाएका थिए।

कालो झन्डा देखाउने क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो । सो क्रममा ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको सूर्य दर्शन सहकारी बचत पीडित सङ्घर्ष समितिका संयोजक किरण श्रेष्ठले जानकारी दिए ।उनका अनुसार प्रहरीले गरेको हस्तक्षेपका क्रममा दुई जना सहकारी पीडित घाइतेसमेत भएका छन्।प्रधानमन्त्रीले दाहालले भने सहकारी पीडितहरूले नबुझीकन आफूलाई कालो झन्डा देखाएको गुनासो गरे । सरकार सहकारी पीडितको पक्षमा लडिराखेको तर सहकारी पीडितले भने नबुझी कालो झन्डा देखाएर ब्लण्डर मिस्टेक गरेको उनले टिप्पणी गरे । तपाइहरूले नबुझीकन कालो झन्डा देखाउनु भो,उनले भने,‘जुन सरकार तपाइहरूको पक्षमा लडिराख्या छ र भर्खरै ५ लाखको दरले तपाइहरूको बचत फिर्ता गर्ने जिम्मा लिइएको छ । त्यो सरकारलाई कालो झन्डा देखाएर ठूलो ब्लण्डर गर्नु भो । यस्तो बुद्धि तिर नलाग्नुहोला ।’