रुपन्देहीमा भए २०७ उद्योग बन्द
१४ जेष्ठ २०८१
•
१ मिनेट पाठ
रुपन्देहीमा भए २०७ उद्योग बन्द
रुपन्देहीमा चालु आर्थिक वर्ष २०८०/८१ मा दुई सय सात उद्योग बन्द भएका छन्। घरेलु तथा साना उद्योग कार्यालय रुपन्देहीका कार्यालय प्रमुख नेत्रप्रसाद भुसालका अनुसार चालु आवको वैशाखसम्ममा रुपन्देहीमा दुई सय सात उद्योगले कार्यालयबाट लगत कट्टा गराएका छन्। गत आवमा यसरी लगत कट्टा गराउने उद्योगको सङ्ख्या दुई सय १७ रहेको थियो।




कार्यालय प्रमुख भुसालले आर्थिक मन्दीको असर रुपन्देहीमा पनि देखिएको बताए। उत्पादन घट्नुका साथै व्यावसायिक कारोबार पनि घट्दै गएको उनले बताए।

‘उद्योग बन्द गराउने मात्र हैन नयाँ दर्ता गराउने क्रम पनि घट्दै गएको छ’, उनले भने, ‘आव २०७९/८० मा एक हजार एक सय ३० उद्योग दर्ता भएकामा चालु आवमा सात सय २९ मात्र दर्ता भएका छन्।’

उद्योग मात्र हैन वाणिज्यतर्फको अवस्था पनि उस्तै छ। गत आवमा एक हजार तीन सय चार व्यवसाय दर्ता भएकामा चालु आवमा हालसम्म एक हजार एक सय ७५ मात्र दर्ता भएका छन्।

आव २०७९/८० मा व्यवसाय बन्द गराउनेको सङ्ख्या १९ वटा रहेको थियो भने चालु आवमा हालसम्म २६ वटा व्यवसाय बन्द भएको प्रमुख भुसालले जानकारी दिए।

आर्थिक मन्दीको सबैभन्दा बढी असर उत्पादनमूलक उद्योगमा परेको उद्योग वाणिज्य सङ्घका अध्यक्ष ठाकुर कुमार श्रेष्ठ बताउँछन्।

‘रुपन्देही औद्योगिक केन्द्रको रुपमा रहेको छ, यहाँ ठूला–ठूला उद्योग छन्’, उनले भने, ‘कतिपय बन्द भइसके भने सञ्चालनमा रहेका पनि ३० देखि ४० प्रतिशत मात्र उत्पादन गर्ने अवस्थामा छन्।’

रुपन्देहीमा रहेका १० सिमेन्ट उद्योगमध्ये आधा बन्द भइसकेका छन्। व्यवसाय र अन्य निर्माणजन्य उद्योगको अवस्था पनि नाजुक रहेको उनको भनाइ छ।

सरकारले उद्योगी व्यापारीले राखेका सुझाव समयमै कार्यान्वयन गर्नुपर्ने उनको धारणा छ। अब आउने बजेटमा निजी क्षेत्रले उठाएका कुरा सम्बोधन हुनुपर्नेमा उनले जोड दिए। 
अर्को समाचार
रुपन्देही-३ उपनिर्वाचन : रास्वपाबाट सागर ढकालको चर्चा
१७ असार २०८२
•
२ मिनेट पाठ
रुपन्देही-३ उपनिर्वाचन : रास्वपाबाट सागर ढकालको चर्चा
रुपन्देही प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ३ मा आउँदो कात्तिक १७ गते उपनिर्वाचन हुँदैछ। उपनिर्वाचनको मिति घोषणा भएसँगै दलहरू त्यसको तयारीमा जुटेका छन्। सत्तासीन दल नेकपा (एमाले) ले खिमलाल भट्टराईलाई उम्मेदवार बनाउने घोषणा गरिसकेको छ। त्यस्तै पहिलो ठूलो दल नेपाली कांग्रेस र तेस्रो ठूलो दल नेकपा (माओवादी केन्द्र) लगायत छलफलमा छन्।




चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट भने सागर ढकालको चर्चा छ। ढकाल पछिल्लो निर्वाचनमा डडेलधुराबाट पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग स्वतन्त्र रूपमा उम्मेदवार बनेका व्यक्ति हुन्। तर, पराजित हुन पुगे। त्यसपछि केही समय विदेसिएका उनी केही महिनाअघि स्वदेश फर्किएका छन्।

स्वदेश फर्किएपछि उनको रास्वपासँग हिमचिम बढेको छ। गत जेठ ५ गते मात्रै उनी रास्वपा नेत्री तथा सांसद सुमना श्रेष्ठसँग सिंहदरबार छिरेका थिए। उनीहरूले त्यहीँबाटै फेसबूक लाइभ पनि गरेका थिए। ढकालले त्यही लाइभबाटै आउँदो निर्वाचनमा उम्मेदवार बन्ने बताएका थिए भने सुमनाले जिताइदिनका लागि आह्वान गरेकी थिइन्।

अहिले आएर आसन्न उपनिर्वाचनमा ढकाल रास्वपाबाटै रुपन्देही-३ बाट उम्मेदवार बन्ने चर्चा चलेको छ। त्यसो त ढकाल आफैँले त्यो छनक दिएका छन्। ‘रुपन्देही-३ का मेरो प्यारो जनता, यो हजुरको क्षेत्रको मात्र चुनाव होइन, देशको चुनाव हो र देशको पीडा, आँसु र आवाज बोल्न तयार भएर बस्नुहोला। नेपाली जनताले जित्ने मात्र होइन, सफा-चट् क्लीनस्वीप गर्ने हो, सफा-चट्, रुपन्देही-३,’ उनले भनेका छन्, ‘नेपालको इतिहास रच्न तयार हुनुहुन्छ ?’

यसबारे जिज्ञासा राख्दा रास्वपा प्रवक्ता मनीष झाले रुपन्देही-३ बाट पार्टीका तर्फबाट ढकाल उम्मेदवार बन्ने सम्भावना रहेको बताए। ‘चर्चा छ, चर्चा हुनु भनेको सम्भावना पनि छ भनिएको हो। चर्चा, सिफारिस, निष्कर्ष र निर्णय हुँदै अगाडि जाने हो तर, चर्चा हुनु, भइरहनु राम्रो कुरा हो,’ प्रवक्ता झाले भने।

पार्टी मूलधारको राजनीतिमा आएपछि 'गणतन्त्रको पहिलो राष्ट्रपति प्रचण्ड' भनेर माओवादी नेता-कार्यकर्ताहरूले चलाएको भित्ते-लेखन अभियान र त्यसबारे सोधिएको प्रश्नमा तत्कालीन सभामुख सुवासचन्द्र नेम्वाङले 'त्यो राम्रो हो, उहाँहरूले यो व्यवस्था त स्वीकारिसक्नुभयो नि' भनेर दिएको जवाफको प्रसङ्ग जोड्दै प्रवक्ता झाले पार्टीबाट ढकालको चर्चा हुनु पनि राम्रो भएको बताए।

'चर्चा हुनु भनेको राम्रो हो। रास्वपा नेता, समर्थकहरू तथा मतदाताहरूले सागर ढकाल रास्वपाको उम्मेदवार हो भनेर चलेको चर्चामा उत्साहित हुनु उहाँहरूले पनि सागर ढकाललाई उम्मेदवारका रूपमा स्वीकारिसक्नुभयो भन्ने कुरा हो,' प्रवक्ता झाले भने, 'त्यसो भन्नुको मतलब मनीष झाको उम्मेदवार सागर ढकाल होइन नि। तर, चर्चा हुनु भनेको सधैँ नै सम्भावना छ भन्ने हो। निर्णय भइसकेको छैन। चर्चा, सिफारिस, छलफल, निष्कर्ष र निर्णय गर्दाखेरि अब उहाँ उम्मेदवार बन्नका लागि अझै चार चरण बाँकी छन्।'
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस