नेपाली भान्सामा रुचाइँदै कोरियाली किम्ची
०९ जेष्ठ २०८१
•
४ मिनेट पाठ
नेपाली भान्सामा रुचाइँदै कोरियाली किम्ची
वैदेशिक रोजगारीले विप्रेषण मात्र भित्र्याएको छैन, नेपालमा अन्य देशका खाना संस्कृति पनि भित्रिँदैछन्। नेपाली सिन्कीका पारखीलाई अब कोरियाली ‘किम्ची’ को स्वाद मिठो लाग्न थालेको छ। कोरियाली जीवनको अभिन्न अंग बनेको किम्चीको स्वाद अब नेपाली जिब्रोमा पनि झुन्डिन थालेको छ।




त्यो स्वाद पूरा गर्न अब यहीं यसको उत्पादन पनि हुँदै छ। ‘कोरिया–ह्याप्पी माइग्रेसन’ अर्थात् ‘के–हामी’ परियोजना र नेपाल सरकारको संयुक्त आयोजनामा यहाँ भर्खरै नेपाली महिलालाई लोकप्रिय परिकार किम्ची र किम्बाब’ बनाउने तालिम दिइएको हो।

किम्चीका निम्ति रायो साग चाहिन्छ। नेपालमा यो सजिलै पाइन्छ। त्यसैलाई सदुपयोग गर्न किम्ची बनाउने तालिम दिइएको हो। कोरियाबाट फर्केका आप्रवासीको स्थिर पुनः एकीकरण र उद्यमशीलता अभिवृद्धि गरी सामाजिक, आर्थिक विकासमा योगदान पुर्‍याउनु यो कार्यक्रमको लक्ष्य हो। 

तालिममा सहभागी एक कोरियाली प्रशिक्षकले नेपालको साग राम्रो नभएको भनी भारतबाट ल्याइने गरेकोप्रति दुःखी व्यक्त गरिन्। ‘नेपालमा यति धेरै साग पाइन्छ,’ उनले भनिन्, ‘आफ्नै देशमा उत्पादन भएको सागबाट राम्रो किम्ची बन्छ। किन अरूको देशमा भर गर्ने ? आफैं बनाउने नि।’

ती प्रशिक्षकका अनुसार यहाँ उत्पादित किम्ची काठमाडौंलगायतका देशभरिका कोरियाली रेस्टुरेन्टमा बिक्री गर्न सकिन्छ। यसले नेपालमा रोजगारीका अवसर पनि बढाउँछ। तालिममा सहभागी नेपाली महिलालाई किम्चीको लागि साग काट्ने तरिका सिकाउँदै उनले भनिन्, ‘मुख आँ गरेर सागलाई तेर्सो पारेर हाल्दा अट्ने तरिकाले काट्ने हो। साग पखालेर त्यसलाई सुक्खा पार्नुपर्छ। किम्ची बनाउने मसला पनि यहीँ बनाउन सकिन्छ।’

किम्चीलाई दक्षिण कोरियामा स्वास्थ्यवर्धक खाना अर्थात् ‘सुपर फुड’ का रूपमा चिनाउने गरिन्छ। यसलाई राम्ररी साँधेका कारण पाचन प्रणालीलाई सहयोग पुर्‍याउने किसिमको मानिन्छ। किम्चीलाई विभिन्न तरकारीसँग मिसाउन पनि सकिन्छ। किम्ची तयार गर्ने अनेकन् तरिका छन्।

यो गुनिलो परिकारलाई कोरियाली सांस्कृतिक सम्पदाका रूपमा समेत लिइन्छ। सबै कोरियाली खानामा बिहानदेखि रातिसम्म विभिन्न प्रहरमा प्रयोग गर्न सकिन्छ। किम्चीलाई सजिलोका लागि अचार वर्गमा राखे पनि अचार र किम्चीमा भिन्नता छ।

किम्ची चाइनिज साग, बन्दा, काँक्रो, मुला तथा यसको साग, इत्यादिबाट अलगअलग नाममा बनाइन्छ। यसलाई बनाउँदा चक्कुको प्रयोगदेखि सरसफाइसम्ममा ध्यान दिनुपर्छ। यसमा पारंगत नभई गतिलो परिकार बन्दैन।

‘भान्सा जति सफा राख्यौं, उति हामीलाई फाइदा हो,’ कोरियाली प्रशिक्षकले भनिन्, ‘हरेक घरको सफाइ तिनको भान्सा र शौचालय हेरेर थाहा हुन्छ। भान्साको सामान सहि तरिकाले उपयोग गर्नुपर्छ। त्यसको हिफाजत पनि उत्तिकै गर्नु जरुरी छ।’

तरकारी काट्ने कट्टिबोर्डलाई कहिल्यै भुइँमा नराख्ने, आफूले लगाइरहेका लुगाले हात नपुछ्नेजस्ता व्यावहारिक सिपसमेत कोरियाली प्रशिक्षकले दिएका थिए। लोकप्रिय कोरियाली खानामा साम गेप साल, विविम बाप, बुलगोजी, जपचा, साम्गेताङ, किम्वाप र किम्ची जिगेलगायत छन्। रायोको सागबाट बन्ने किम्ची चिनी, सस, चामलको पिठोबाट बनाइन्छ।

कोरियन खानामा साम गेप साल बँदेलको मासु टेबलमा राखिएको चुलोमा आफैंले ग्रिल गरेर खान सकिन्छ। ग्रिल गरिएको मासुलाई चाइनिज साग वा नेपाली रायोको साग, सब्जी, सलाद, अचार, सखरखण्ड, खुर्सानी र काँचो लसुन राखेर बेरेर खान सकिन्छ। कोरियन खानामा पोर्क र बिफ हुन्छ। 

पहिलोचोटि कोरियाली रेस्टुरेन्टमा जानेलाई यी परिकार खाने तरिका थाहा हुँदैन। खान थालेपछि यसको स्वादले पल्काउँछ। नेपाली भान्छामा अझै कोरियाली खाना पसिसकेको छैन तर रेस्टुरेन्टमा भने यो लोकप्रिय हुँदै गएको छ।

गुन्द्रुक, हाम्रो नेपालमा पाइने प्रसिद्ध र मिठो हिउँदे परिकार मानिन्छ। फ्रान्समा चिज र वाइन, जापानमा सुसी, भियतनाममा चामलको चाउचाउ खाएर ती देशहरूका इतिहास गहिराइमा बुझ्न सकिन्छ। त्यस्तै प्राचीनकालदेखि चलिआएको दक्षिण कोरियाको खाना भन्नेबित्तिकै सबैभन्दा पहिला किम्ची आउँछ।

‘सागमा नुन खुर्सानी हालेर मोलिन्छ पकाइँदैन। सिलामको पात यसै खाइन्छ। सुक्खा तरकारीहरूमा भुटेको तिल अनिवार्य छर्नुपर्छ। ‘खाना’ प्राकृति र मानव जीवनसँग जोड्ने एउटा पुल हो,’ कोरियाबाट फर्किएका नेपाली महिलालाई तालिम दिँदै प्रशिक्षक कोरियन महिलाले भनिन्।  

कोरियाली खानाका हरेक परिकार प्रायः काँचो सागापात हुन्छ। प्राकृतिक रूप नहराउने, स्वाद र बास्ना उस्तै रहने गरी थोरै मात्र पकाउने कोरियाली तरिका स्वास्थ्यका निम्ति लाभदायक छ। यसले काँचाकचिलो खान र त्यसबाट लाभान्वित हुन खाद्य विशेषज्ञहरूले दिएको सुझाव पुष्टि हुन्छ।

अबको सपना मातृभूमि भन्ने नाराका साथ सुरु गरिएको तालिम परियोजना सन् २०२४ देखि २०२८ सम्म सञ्चालन हुने छ। कोरियाबाट फर्केकाहरूमा उद्यमशीलता विकास, रेमिटेन्सको सदुपयोग जस्ता विषयमा जानकारी गराइ पुनः एकीकरण गर्ने उद्देश्यले ८० लाख अमरिकी डलर (एक अर्बभन्दा बढी नेपाली रूपैयाँ) को कार्यक्रम अघि सारिएको हो।
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
३ मिनेट अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
यो पनि पढौँ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस