पर्यटकको ‘ट्रान्जिट’ बन्दै पोखरा
१३ वैशाख २०८१
•
५ मिनेट पाठ
पर्यटकको ‘ट्रान्जिट’ बन्दै पोखरा
अन्नपूर्ण क्षेत्रको पदयात्रामा विदेशी पाहुना। तस्बिर: नागरिक
केही वर्ष अघिसम्म अन्नपूर्ण आधारशिविर (एबिसी) क्षेत्रको पदयात्रामा जाने अधिकांश विदेशी पदयात्रीले पोखरालाई ‘सुरुवाती’ वा ‘अन्तिम’ गन्तव्य बनाउँथे। पदयात्रामा जानेहरू हवाईजहाज वा गाडीबाट पोखरासम्म आउँथे, अनि पोखरामा कम्तिमा एकरात बिताएर भोलिपल्ट पदयात्रामा निस्कन्थे। पोखराबाट पदयात्रा सुरु हुन्थ्यो। त्यस्तै पद यात्रा सकेर फर्किनेहरू पनि पोखरालाई अन्तिम बास बनाएर गन्तव्य तय गर्दथे।  




अहिले भने पदयात्रीको पदयात्रा शैली फेरिएको छ। पदयात्रामा जाने पाहुना बिहानैको उडानमा पोखरा ओर्लिन्छन्, त्यसपछि विमानस्थलमै लिन आइपुगेको गाडी चढेर पदयात्राको प्रस्थान बिन्दुसम्म पुग्न थालेका छन्।

गाडीमा आउनेहरू पनि पोखरामा बासै नबसी सिधै पदयात्रा सुरु हुने ठाउँसम्म पुग्ने गरेका छन्। पदयात्रा सकेर फर्किनेहरू पनि जसोतसो बेलुकीसम्म पोखरा झरिसक्ने र जहाज चढेर काठमाडौं पुग्न थालेका छन्।

कम समय लिएर पदयात्रामा निस्कने पर्यटकहरूले अहिले पोखरालाई ‘ट्रान्जिट’ मात्र बनाउन थालेका छन्। अन्नपूर्ण आधारशिविर (एबिसी) को प्रवेशद्वार मानिने घान्द्रुकसम्मै अहिले गाडी पुग्छ। यस्तै आधारशिविर मार्गकै झिनुसम्म पनि गाडी पुग्ने गरेका छन्।

केही वर्ष अघिसम्म घान्द्रुक र झिनुसम्म जानका लागि नयाँपुलदेखि नै पैदल हिँड्नुपर्दथ्यो। त्यो करिब एकदिनको पैदलयात्रा थियो तर मोटरबाटोले गर्दा पैदलयात्रा अवधि छोटिएको छ। त्यस्तै आधारशिविरको पदयात्रा सकेर फर्किनेहरू पनि घान्द्रुक वा झिनुबाटै गाडी चढ्न पाउँछन्।

पदयात्रा सकेर गाडी चढेर बेलुकीसम्म पोखरा फर्किनेहरू त्यही बेलुकी हवाईजहाज चढेर काठमाडौंसम्म पुग्न थालेका छन। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएर बिहान सबेरैदेखि बेलुकी अबेरसम्म उडान सञ्चालन हुँदा अहिले यात्रा सहज भएको छ।

बिहानै पोखरा ओर्लिन मिल्ने र बेलुकी अबेरसम्ममा काठमाडौं पुग्न सकिने भएपछि व्यवसायीले पनि त्यही अनुसारको प्याकेज बनाएर पदयात्रा गराउन थालेका छन्। अन्नपूर्ण आधारशिविर पदमार्गमा पर्ने माछापुच्छ्रे आधारशिविर (एबिसी) का व्यवसायी दिलीप गुरुङका अनुसार अहिले पोखराबाट दुईदेखि साढे दुई दिनमै अन्नपूर्ण आधारशिविर पुग्न सकिन्छ।

पोखराबाट गाडीमा सहजै झिनुसम्म पुगेपछि पदयात्राको बाटो धेरै छोट्टिने उनले बताए। ‘काठमाडौंबाट पहिलो उडानमा बिहानै पोखरा ओर्लेका पाहुना दिउँसै झिनु आइपुग्छन्। त्यसपछि छोमरोङ हुँदै अघि बढ्दा पदयात्रा अवधि घटेको छ,’ गुरुङले भने, ‘फर्किदा पनि बेलुकीसम्म पोखरा पुग्ने गरी झिनुबाटै पाहुना गाडी चढ्छन्। त्यसपछि सिधै विमानस्थल पुग्न सकिन्छ।’

गुरुङका अनुसार पछिल्लो समय चिनियाँ, मलेसिया र कोरियाका पाहुनाले पोखरालाई बढी मात्रामा ट्रान्जिट बनाएर यात्रा गर्न थालेका छन्। ‘ती मुलुकका पाहुनासँग समय पनि कम हुने गरेको छ। त्यसले गर्दा पोखरालाई छलेर उनीहरू काठमाडौंबाट एकैदिनमा छोमरोङ आउने गरेका छन्,’ उनले भने, ‘फर्किंदा पनि उनीहरूले पोखरालाई छलेर जाने गरेका छन्।’

उनका अनुसार छोमरोङदेखि दुई दिनमा सहजै एबिसी उक्लिन सकिन्छ। फर्किदा भने त्यो गति झन् बढी हुन्छ। उनका अनुसार हिमालय वा दोभानबाट पोखरा झरेर बेलुकी जहाज चढेर काठमाडौं पुग्न सकिन्छ। एबिसीबाट पनि एकैदिनमा सहजै दोभान वा हिमालय झर्न सकिन्छ। ‘विमानस्थलमा गाडी तयार हुन्छ, जहाजबाट ओर्लेपछि गाडी चढेर सिधै झिनुसम्म गाडीमा र त्यसपछि छोमरोङ उक्लिन्छन्,’ उनले भने, ‘युरोपियन मुलुकका पाहुना बरु बढी समय लिएर आएका हुन्छन् तर एसियाली मुलुकका पाहुनासँग समय कम हुने गरेको छ। त्यसले गर्दा उनीहरूले हतारमा पदयात्रा पूरा गर्छन्।’

उनका अनुसार पोखरामा बासै नबसी अन्नपूर्ण आधारशिविरको पदयात्रामा आउने पर्यटक पछिल्लो समय धेरै हुने गरेका छन्।

‘काठमाडौंका धेरै व्यवसायीले अहिले पोखरालाई छलेर सिधै आधारशिविर आउने गरी प्याकेज बनाउन थालेका छन्। पछिल्लो समय नयाँपुल–घान्द्रुक सडक नै व्यस्त बनेको छ,’ उनले भने, ‘गाडी पाएपछि कोही पनि हिँड्न खोज्दैनन्। अहिले पदमार्गको माथिसम्मको मोटरबाटोले त्यही अवस्था देखाएको छ।’

उनका अनुसार अहिले पोखरादेखि आधारशिविरसम्मको पदयात्रा चारदिनमै पनि पूरा हुन थालेको छ। विदेशी मात्र नभई स्वदेशीले पनि त्यस्तै शैली अपनाउने गरेको उनले बताए।

‘नेपालीले बरु आउँदा वा फर्किंदा पोखरामा रात बिताउँछन् तर विदेशीले पोखरालाई छलेर गन्तव्यमा पुग्न थालेका छन्। यसले पोखराको पर्यटन व्यवसायमा पनि मार परेको छ,’ उनले भने, ‘पोखरामा गतिविधि नभएकाले पनि यस्तो अवस्था आएको हुनसक्छ।’ पोखराबाट काठमाडौंसम्मको रात्रीकालिन उडान भएपछि बेलुकी फर्किने तालिका लिएर पर्यटकहरू आउने गरेको उनले बताए।

होटल संघका केन्द्रीय सदस्य भरतराज पराजुली पोखरामा पाहुना अड्याउने खालका नियमित गतिविधि नहुँदा कतिपय आन्तरिक र धेरै विदेशी पर्यटकले पोखरालाई ट्रान्जिट बनाउन थालेको बताउँछन्। ‘पोखरामा रात्रीकालीन मनोरञ्जनका पर्यटकीय गतिविधि धेरै छैनन्। त्यसैले पोखरा ट्रान्जिट मात्र बन्न थालेको छ,’ पराजुलीले भने, ‘पुरानो विमानस्थल बिहान अबेर खुल्ने र बेलुकी छिटो बन्द हुने हुँदा पोखरामा एक रातको बसाइ अनिवार्य जस्तै थियो तर अहिले अन्तर्राष्ट्रिय बिमानस्थल बिहान सबेरै र राती अबेरसम्म सञ्चालन हुने भएपछि त्यहाँ नरोकिई आउजाउ सहज भएको छ।’

‘पाहुनालाई पोखरामै रोक्ने गतिविधि छैनन्। पोखरामा नियमित गतिविधि हुने हो भने पाहुना अडिन्छन्। नत्र रात बिताउन मात्र पोखरा बसाइ बाध्यकारी बनेन,’ उनले भने, ‘पोखराको बसाइ अवधि बढाउने हो भने केही प्रावधान पनि फेरबदल गर्नुपर्छ। अन्नपूर्ण क्षेत्र प्रवेशको अनुमतिपत्र पोखराबाट मात्र जारी गर्न पाउने हो भने यो पाहुनाको पोखरा बसाइ हुन्छ।’

पोखरामा बेलुकीको समयमा पाहुना आकर्षण गर्ने खालको गतिविधि गराउने हो भने पोखरा ट्रान्जिट मात्र बन्ने चलन कम हुने उनले बताए। ‘रात्रीकालीन लाइफस्टाइलमा रमाउन पनि पाहुना पोखरा बस्थे तर ती गतिविधि भएनन्,’ उनले भने।

पदयात्रा व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकी अध्यक्ष धर्मराज पन्थी पनि पछिल्लो पटक पोखरालाई आन्तरिक र बाह्य दुवैखाले पर्यटकले ‘ट्रान्जिट’ बनाउन थालेको बताउँछन्।

‘पोखरा नटेकी नहुने भएर मात्र हो’, उनले भने, ‘कतिपय पाहुना पोखरामा बासै नबसी गन्तव्यमा निस्कन्छन् र पदयात्रा सकेर फर्किन्छन्, सबै पाहुनालाई हवाई सेवाले सहज बनाएको छ।’

उनका अनुसार कतिपय विदेशी त पोखरामा बासै बस्दैनन्। जो नितान्त पदयात्राका लागि आएका हुन्छन्, उनीहरूका लागि पोखरामा बास नबसी जहाँबाट नहिँडी हुँदैन त्यहीँ पुग्छन्। पदयात्रा सकेर फर्किदा पनि उनीहरूको तालिका काठमाडौंसम्मको हुन्छ। गाडीमा आउनेले पनि पोखरालाई छल्न थालेका छन्। ‘सबै पर्यटकले पोखरालाई ट्रान्जिट बनाएको होइन तर यो प्रवृत्ति बढ्दो छ,’ उनले भने।

पन्थीका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक उडानमा मात्र सीमित हुँदा पनि यो अवस्था आएको हो। ‘अन्तर्राष्ट्रिय उडान हुँदो हो त राती अबेरसम्म पनि पाहुना पोखरा ओर्लन्थे। ती पाहुना पोखरामा बास बस्न बाध्य हुन्थे तर अहिले आन्तरिक उडानका यात्रु हुन्। उनीहरूको बसाइ अवधि कम छ,’ पन्थीले भने, ‘पोखरामा बसाइ अवधि कम हुँदा त्यसको असर व्यवसायमा परेको छ।’ 
अर्को समाचार
अन्नपूर्ण क्षेत्रको पदयात्राः आधारशिविर क्षेत्र खुल्यो, फेरो अझै अवरुद्ध
१५ असोज २०८३
•
४ मिनेट पाठ
अन्नपूर्ण क्षेत्रको पदयात्राः आधारशिविर क्षेत्र खुल्यो, फेरो अझै अवरुद्ध
अन्नपूर्ण आधारशिविर क्षेत्रको पदयात्रामा रहेका विदेशी। तस्बिरः नागरिक
निरन्तरको वर्षा र त्यसपछिको अवरोधले रोकिएको अन्नपूर्ण क्षेत्रको पदयात्रा आंशिक खुला भएको छ। अन्नपूर्ण क्षेत्रका केही पदयात्रा रुट विदेशी पर्यटकका लागि खुला गरेसँगै पाहुना जान थालेका छन्। कतिपय रुटको पदयात्रा भने अझै खुल्न सकेको छैन। मौसम नबिग्रेमा अबका केहीदिनमा सबैतिरका पदमार्ग खुला हुने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को अपेक्षा छ।  




एक्यापका फोकल फर्सन नरेन्द्र श्रेष्ठका अनुसार अन्नपूर्ण आधारशिविर (एबिसी) पदमार्ग मंगलबारदेखि पूर्ण रुपमा खुला भएको छ। विदेशी पर्यटकहरु धमाधम अहिले एबिसीतिर उक्लिन थालेको उनले बताए। उनका अनुसार मंगलबार पहिलो दिन नै एबिसीका लागि भनेर झन्डै साढे ६ सय विदेशी पर्यटक छोमरोङबाट उकालो लागेका थिए। त्यो क्रम अहिले पनि चलिरहेको उनले बताए।  

त्यस्तै अन्नपूर्ण क्षेत्रकै घान्द्रुक, घोरेपानीका लागि पनि पाहुना जान थालेका छन्। अर्को पदमार्ग मर्दी हिमाल पदमार्गको पदयात्राका लागि पदमार्ग खुलेको पहिलो दिन नै ३ सय जना पाहुना उकालो लागेका थिए।

‘लामो वर्षा र अवरोधपछि खुलेको पदयात्राका लागि पहिलो दिन नै झन्डै एकहजार पर्यटकले एक्यापबाट अनुमति लिएका थिए, अहिले पनि परमिट लिने क्रम बढिरहेको छ,’ श्रेष्ठले भने, ‘धेरैदिनसम्म रोकिएको पदमार्ग खुलेसँगै विदेशी पाहुनाको भीड बढेको छ।’ 
विश्वकै चर्चित अन्नपूर्ण फेरोका पदमार्ग भने अझै पूर्ण रुपमा खुलेको छैन। एक्यापका अनुसार अहिले अन्नपूर्ण फेरो अन्तर्गत पर्ने कोत्रोसम्म मात्र गाडी चल्छ। त्यसभन्दा माथि गाडीका लागि बाटोको पहुँच अवरुद्ध छ। त्यसैले पर्यटक कोत्रोसम्म मात्र गाडीमा जान सक्छन। मनाङको चामेबाट माथि अहिले पर्यटकलाई जान दिइएको छैन।

चामेमा पाँचदिन अघि झरेको भीषण पहिरोले मर्स्याङ्दी नदी थुनिएपछि पदमार्ग रोकिएको छ। चामेमा थुनिएको नदीको वहाव खुलाउने प्रयास भईरहेको र वहाव खुलेर पुलको आवागमन खुल्नासाथ अन्नपूर्ण फेरोको पदयात्रामा पर्यटक पठाउन सकिने उनले बताए। त्यस्तै फेरोको पदमार्ग अन्तर्गत थोराङला फेँदी क्षेत्रमा पनि बाक्लो हिउँ जमेकोले पदयात्रा खुलिसकेको छैन।

माथिल्लो मनाङ क्षेत्रमा खासै पर्यटक रोकिएका छैनन। वर्षा सुरु हुनु अगावै पुगेका पर्यटक फर्किसकेका छन्। तलबाट जाने पर्यटक चामेमै रोकिएकोले पनि अहिले माथिल्लो मनाङमा पाहुना नरहेको उनले सुनाए। ‘थोराङलाको पदयात्राका लागि चामेको अवरोध खुुल्नुपर्छ, त्यो अहिलेका लागि बाँकी नै छ, छिटोगरि बाटो खुलाउने प्रयास भईरहेको छ,’ श्रेष्ठले भने, ‘अन्नपूर्ण फेरोको पदयात्रा आंशिक मात्र खुला छ, त्यो पनि पैदल मात्र हुन्छ।’

अर्काे हिमाली जिल्ला मुस्ताङ भने सञ्चार सम्पर्कबाट बिच्छेद छ। त्यसबाहेक बेनी–जोमसोम सडक खण्ड पनि अवरुद्ध रहेकोले अहिले त्यो क्षेत्रमा पाहुना पठाइएको छैन। ‘जोमसोमतिर सञ्चार सम्पर्क विच्छेद छ। कालिगण्डकी करिडोर नखुलेसम्म मुस्ताङको यात्रा सहज हुँदैन,’ उनले भने, ‘पैदल हिड्नका लागि त खासै समस्या नहोला, तर, गाडीको यात्रा भने अवरुद्ध छ। मनाङ हुँदै गएर थोराङला पास गरेर मुक्तिनाथ ओर्लिएपनि त्यसपछि गाडी चढ्न पाइँदैन।’

एक्यापले बाढिपछिको यो समयमा विदेशी पर्यटकका लागि व्यक्तिगत नभई समूहमा मात्र पदयात्रा अनुमति जारी गरेको छ। अहिलेका लागि व्यक्तिगत रुपमा पदयात्रामा जान नपाइने एक्यापले बताएको छ। एक्लो व्यक्ति पदयात्रामा जान नपाउने, तर, साथमा गाइड लिएर भने जान पाइने उनले बताए।  

व्यावसायीले पर्यटकीय सिजन सुरु हुनै लाग्दा पर्यटन क्षेत्रमा अप्ठेरो अवस्था सिर्जना भएपनि यतिबेला बल्ल सहज भएको बताएका छन्। माछापुच्छ्रे आधारशिविर (एमबिसी)का पर्यटन व्यावसायी दिलीप गुरुङ भन्छन, ‘पर्यटन क्षेत्रमा बाढिपहिरोले अवरोध गरेको थियो। अब भने खुला भएको छ। पाहुना पनि आउन थालेका छन्।’  

सिजनको मुखैमा यो पटक रसुवा भोटेकोशीको बाढीका कारण नेपालमा विदेशी पाहुनाको आगमन प्रभावित भएको थियो। त्यसपछि निरन्तरको वर्षाले समस्या थपिदिएको भएपनि अहिले खुला भएको उनले बताए। ‘अब भने पर्यटक आउन थालेका छन्। झन्डै एकमहिनासम्म पर्यटकको आगमन रोकिएकोमा अब सुचारु भएको छ,’ उनले भने।  

छोमरोङ पर्यटन व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका एबिसीका व्यावसायी जगनराज गुरुङले पनि सोमबारदेखि पर्यटक एबिसीतिर उकालो लागेको बताए। ‘सोमबार थोरै संख्यामा मात्र पाहुना गएका थिए। मंगलबार भने पर्याप्त संख्यामा पाहुना एबिसी उक्लेका छन,’ उनले भने, ‘सुनसान रहेको पर्यटकीय पदमार्गमा चहलपहल बढेको छ। लामो समयपछि पाहुना पाउँदा व्यावसायी पनि खुसी छन्।’  

उनले पनि पछिल्लो साताको वर्षाले पदमार्ग ठप्प भएपनि अब भने पाहुना आउजाउ गर्न थालेको बताए। ‘यो बेला पदमार्ग भरिभराउ हुनुपर्ने हो। तर, पाहुना आउन पाएका थिएनन। आएका पाहुना पनि पदयात्रामा जानबाट रोकिएका थिए। अब भने बाटो खुलेको छ, पदयात्रा सुचारु भएको छ,’ गुरुङले भने, ‘यो बेला ढुक्कले पदयात्रामा जान सकिन्छ। विदेशी पाहुनाको पदयात्रा सुरु भएको छ।’
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ५१ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ५६ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस